काँग्रेस भन्छ-‘बजेट कार्यान्वयन हुनै सक्दैन’, कुन नेताले के भने ?

जेष्ठ १६, २०७३ मा प्रकाशित | 855 views

१७ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसले ‘आर्थिक अनुशासन तोडेर ल्याइएकाले आर्थिक वर्ष २०७३/७४ बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको छ ।

छलफलमा नेताहरू विमलेन्द्र निधि, डा। रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले हचुवामा ल्याइएकाले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डाँमाडोल बनाउने बताउनुभयो ।

कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने एवम् महँगी बढ्ने बैठकले ठहर गरेको छ ।

काँग्रेस नेता रमेश लेखकले चुनावमुखी, पार्टीगत नारा एवम् सस्तो लोकप्रियताका लागि बजेटमा कार्यक्रम ल्याइएको बताउनुभयो । चालु आर्थिक वर्षमा छुट्याइएको बजेट अहिलेसम्म २० प्रतिशत पनि खर्च नभएकाले पनि आगामी आवकोे महत्वाकाङ्क्षी बजेट कार्यान्वयन नहुने धारणा नेताहरूले राखेको नेता लेखकले बताउनुभयो ।

बजेटको आकार र प्राथमिकताको सूचना अघिल्लै दिन सञ्चारमाध्यमबाट सार्वजनिक भएकाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग गरेको नेता रमेश लेखकले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web