महाकाली नदीमा डुबेर एक भारतिय नागरिक बेपत्ता

जेष्ठ १७, २०७३ मा प्रकाशित | 945 views

पप्पु गुरुङ्-१७ जेठ, कञ्चनपुर ।

महाकाली नदीमा डुबेर एक भारतिय नागरिक बेपत्ता भएका छन् । भारतको लालकुवा, हल्दवान, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवाल महाकाली नदीमा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

हिजो अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर  महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् ।

बेपत्ता स्यामवालको खेजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय तथा परिवारजन लागेको बताईएको छ् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web