पाँचथरमा जंगली च्याउ खाएर पाँच जनाको मृत्यु

जेष्ठ १७, २०७३ मा प्रकाशित | 1324 views

१७ जेठ, पाचथर ।
जिल्लाको आङनामा गाविस १ मा सोमबार जंगली च्याउ  खाएर सिकिस्त बिरामी भएका मध्ये उपचारको क्रममा आज पनि एक जनाको मृत्यु भएको छ ।

बिराटनगरको नोबल अस्पतालमा  उपचार गर्ने क्रममा आङना –१ की ३९ बर्षीय मनकुमारी माङलाकको आज मृत्यु भएको हो। यसअघि हिजो ४५ पदममाया माङलाक र उनका १३ बर्षीय छोरी कबिता माङलाक र ५ बर्षीय छोरी सोनी माङलाकको उपचार गर्न लैजाने  उपचारको क्रममा बाटो मै मृत्यु भएको थियो ।

जंगली बिसालु च्याउ खाएर पाँचथरमा सोमबार यता तीन परिवारका पाँचको  मृत्यु भएको हो ।

यसैगरी पाँचथर थर्पु –६ मा जंगली च्याउ खादाँ शनिबार  एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना सिकिस्त बिरामी रहेका छन् ।
च्याउ खाएर मृत्यु हुनेमा थर्पु –६ का धनबहादुर माबोकी ११ बर्षीय छोरी  एलिजा माबो रहेकी छन् ।

त्यस्तै १६ बषीर्य छोरी पुष्पा माबो, ९ बर्षिय छोरी सुलोचना माबो र ६ बर्षीय प्रशान्त माबो सिकिस्त बिरामी रहेका छन् । उनीहरुको थप उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा  भइरहेको छ ।
उनीहरुले शुक्रबार राती जंगलबाट ल्याएको जंगली च्याउ खाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web