UDMF again bycotts today’s house meeting

The United Democratic Madhesi Front has boycotted today's meeting of the Legislature-Parliament.

The UDMF has been boycotting the House meeting citing the government has not addressed their demands. Lawmakers of the UDMF protested by standing at their respective seats soon after Speaker Onsari Gharti announced beginning of the meeting and provided time to UDMF lawmaker Narsingh Chaudhary to speak.

Lawmaker Chaudhary expressed the view that they have been launching agitation continuously to establish people's rights and demands as the new constitution has not ensured proportional and inclusiveness.

Cooperation necessary to meet targets of drinking water and sanitation

Minister for Water Supply and Sanitation, Prem Bahadur Singh said Nepal's constitution recognises people's access to safe drinking water as their fundamental right and insisted on cooperation among all to get this right ensured.

At an interaction programme organised by the Drinking Water and Sanitation Consumers' Federation, the participants demand guarantee of supply of safe drinking water and sanitation facilities to all.

They stressed on cooperation among the authorities concerned to meet the target of ensuring drinking water and sanitation facilities to hundred per cent population by 2017 AD.

Lack of safe drinking water and sanitation is still the main cause of 72 per cent of child and adult diseases in Nepal.

Risk remains despite steady poverty reduction : WB

The high degree of vulnerability among the Nepali households with increased risk for every two Nepalis that have escaped poverty from falling back below the poverty line was underscored in a study released today.

A report 'Moving Up the Ladder: Poverty Reduction and Social Mobility in Nepal' made public by the World Bank Group showed that 45 per cent of Nepalis who are not directly poor are vulnerable to falling into poverty.

"The recently experienced earthquake and the trade disruptions were major events," the study reveals, adding further, "but Nepalis routinely deal with a variety of smaller but higher frequency shocks that threaten their livelihoods, erode their assets and limit their ability to invest in the human capital of children."

'The report further states that protection from these dull disasters will not only safeguard welfare in the short run but also help them take more risk and be more enterprising.

Poudel echoes need for negotiation to find solution

Nepali Congress senior leader, Ram Chandra Poudel, today reiterated the need to find solutions to the demands raised by agitating Federal Alliance through dialogue and negotiations.

The senior leader of the main opposition visited Tundhikhel, where the Federal Alliance leaders are holding relay hunger strike, and called on the ruling coalition parties to show more zeal in addressing the 'appropriate demands'.

Accusing the ruling coalition parties of not being serious enough towards addressing the demands, Poudel assured of his party's stride to get the demands heard through renewed negotiations.

The Federal Alliance has been holding a relay hunger strike for past two weeks to mount pressure on the ruling parties.

संस्कृत शिक्षा: उपेक्षा र हानि – अयोध्या प्रसाद श्रीवास्तव

नेपाल ९४ प्रतिशत ओमकार परिवार र ८१ प्रतिशत हिन्दूहरु भएको देश हो यसको राष्ट्र्भाषा नेपाली हो र नेपाली भाषा को उत्पत्ति संस्कृत र हिन्दी ( खडी बोली) बाट भएको हो । यो देश को सामाजिक संस्कृति सनातन धर्मीय सिद्धान्त र प्रचलनहरुमाथि निर्भर र निर्देशित रहेको छ र किनकि सनातन धर्म ( हिन्दुत्व भने पनि हुन्छ )को बीज मन्त्र र आचार विचार सहितको ज्ञान विज्ञान वेद पुराण आदि सबै थोक संस्कृत भाषा मै लिपिबद्ध रहेकोले नेपाली भाषा र संस्कृतिको परिचय, पहिचान,आचार र मर्यादाहरुको वास्तविक ज्ञान संस्कृतको अध्ययन अथवा अनुशीलन बिना सम्भव नै छैन ।

हामी आधुनिक ज्ञान विज्ञान र विकासको जति सुकै उच्च शिखरमा पुगेपनि आफनै बारेमा, आफनै धरातल र  म को हूँ, किन हूँ, कस्तो् हूँ, भन्ने कुरा थाह पाउनकोलागि कि त हामीले संस्कृत पढनु पर्दछ कि त संस्कृतका ज्ञाताहरुको सतसंगका साथै धार्मिक सांस्कृतिक अभ्यास र आचरणको अनुकरण गर्नु पर्ने हुन्छ । संस्कृत र संस्कृतिको परिचय र ज्ञान बिना हाम्रो जीवन अधूरो, अपूरो, एकांगी र सारहीन हुन्छ ।

नेपालमा अहिले कस्तो स्थिति देखा परीरहेको छ कि कुनै पनि स्कूल कलेज, सभा वा सोसायटीमा कसैले प्रसंगवश संस्कृत श्लोक या शव्दावलीको प्रयोग गरि हाल्यो भने केही मानिस त वक्ता प्रति उत्सुकताले हेर्छन् तर धेरै जसो श्रोताहरु झस्किन्छन् र वक्ता प्रति घृणा, द्धैष र तिरस्कृत दृष्टिले हेर्छन्, शोषक, सामन्ती, परम्परावादी, ब्राह्मणवादी ठान्दछन् । नेपाली समाजमा यस्तो सोंच र  दिशा धारा देखेर हामीले कस्तो आत्मघाती समाजको निर्माण गरीरहेका छौं ? सोचेर दुख लाग्दछ ।

आखिर यो नेपाली समाज, खास गरेर हिन्दु समाज आफनो मूल देखि नै किन विलग हुन पुगेको छ भन्ने प्रश्न उठ्दछ | नेपालमा राजनीतिक परिवर्तन र विकासको क्रममा के देखा पर्दछ भने हामीले परिवर्तनको नाममा आफना सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका समसामायिक त्रुटिहरुलाई त लत्याँछौं, साथै जोश र आक्रोशमा हाम्रा लाभदायक धरातलीय मूल्य, मान्यता र मर्यादाहरु समेतलाई तिलांजली दिने गरेका छौं । कोही कसैलाई गाली गर्नू, शराप्नु र उच्छृंखल व्यवहार गर्नू नेतृत्व र विकासको प्रथम आवश्यक शर्त हो भन्ने नेपाली राजनीतिको रीतिले गर्दा ढुंगालाई भए पनि गाली गर्नु पर्ने हाम्रो स्वभाव नै बसी सकेको छ ।

हामीले पश्चिमा नारीको दाँजोमा पुग्नलाई कुनै बेला नेपाली नारीलाई चुरा पोते र सिन्दूर फाल्न प्रोत्साहित गर्दछौं, छोटो लुगा लगाउन र अंग प्रदर्शन गर्न उचाल्छौं भने कुनै बेला कोई महिलालाई चुरा पोतेले सिंगार्न पठाउँछौं । कहिले पिता पुर्खाको मरणोत्तर  क्रिया कर्म नै गर्दैनौं र कहिले त तीन दिन अथवा पाँच दिनमा कर्म सकिने कुरा गर्दछौं|  हिन्दूबाटै गाई काटन लगाउने र खाने तथा भैंसीको पूजा गर्ने काम पनि यहींका तथाकथित हिन्दू ब्राह्मण नेता द्धारा भएको छ  । श्राद्धले त अब अन्तिम स्वास ली रहेको छ । धार्मिक र सांस्कृतिक काम कुराहरुलाई हामीले ढोंग, पाखण्ड, रुढिवादिता र विकास विरोधी काम ठान्दछौं । गन्धर्व विवाहलाई बढी प्रचलनमा ल्याउन खोजी रहेका छौं । हामी मध्येको जो कोहीले जुनसुकै रीति थीति र मर्यादाको शास्त्रीय या गैरशास्त्रीय जुनसुकै तरीकाले पालन गरे पनि  हुने, नगरेपनि हुने भएकोले पूर्णा उन्मुक्त र स्वच्छन्द नेपाली समाज विशेषतया हिन्दू समाजले कोई कसैको कुरा सुन्ने वा मान्ने पक्षमा नभएको र हामी सामाजिक भएरपनि कुनै निश्चित सामाजिक नियम , मापदण्ड र मर्यादा भित्र बस्न मन पराउँदैनौं र यसलाई बन्धन ठान्दछौं । स्वतन्त्रताको अनुभूति स्वेक्षा र स्वनिर्मित मर्यादालाई ठान्दछौं । अब त कोही  कुनै निश्चित मापदण्ड र मर्यादामा छैन भन्ने स्थितिमा पुगी रहेकाले हामी उच्छृंखल त भैरहेका छैनौं, हामी मानवता छोडेर कहीं पशुता तिर उन्मुख त भैरहेका छैनौं ? शंका लाग्न थालेको छ । यस्तो किन त ? भन्ने हकमा निम्न दुइ वटा कारण देखन सकिन्छ ।

१, राजनीतिक नेता र बुद्धिजीवीहरु ले विकासको परिभाषा र मापदण्ड पश्चिमी जगतमा खोजेका छन् नेपाली माटोको अवहेलना भएको छ । यो माटोले खोजेको आचरणको पहिचान गर्न सकेका छैनौ र पश्चिमी सभ्यतामा रहेका सजिला व्यवहारहरुलाई नेपाली समाज र संस्कृतिमा प्रवेश गराएकाले यद्धपि नेपाली पहिचान विलीन हुँदै गएको छ तर उनीहरुले यसलाई विकास ठानेका छन् ।

२, पश्चिमी जगतको भौतिकवादी चिन्तन र विश्वस्तर मै अव्यवहारिक ठहर भैरहेको कम्युनिज्मको हावाले राजनीतिक वृत्तका अगुवाहरुलाई बढी आकर्षित गरेकोले इनले जनतालाई भड्काई आफनो भूमिबाट खुट्टा उचाली शून्य आकाशमा उभिएर कम्युनिज्मका साथै क्रिश्चियनिटीलाई समेत भित्र्याएका छन् । यी दुवै कुरालाई जनतामाथि लाद्न सह्य र सहज बनाएर नेपाललाई श्रमिक राज्य बनाउनकालागी निरंकुश शासन सजिलो तरीकाले संचालक गर्ने उद्देश्यले जनतालाई ज्ञान विज्ञान देखि टाढा राखन ज्ञान विज्ञानको प्रमुख श्रोत संस्कृत भाषा, मानव धर्म (हिन्दू धर्म)का शाश्वत सिद्धान्त दया, क्षमा प्रेम, सहिष्णुता आदि र धार्मिक अभ्यास माथि तीब्र प्रहार गरेका छन । माओवादीले त हिन्दू धर्मका( अन्य कुनै धर्मलाई छोएको छैन ) पुस्तक र मठ मन्दिर जलाउने, क्रियापुत्री र वेदपाठी तथा श्रीमद्भागवतको माध्यम द्धारा धर्मलाई बल पुरयाउने पंडित नारायण पोखरेल जस्तालाई काट्न्, भजन कीर्तन पूजा आजा जस्ता आत्मिक उन्नतिको काम गर्न नदिने र हिंसा र दमनको माध्यम द्धारा हिन्दू हरु मा भय त्रास र आतंक फैलाएर, राज्य लाई धर्म निरपेक्ष गराएर क्रिश्चियनिटीलाई व्यापक बल र आधार तयार गरि दिएको छ । अब यही धार्मिक हतियारका माध्यमबाट विदेशी षडयन्त्रकारीहरु ले नेपालको सार्वभौम सत्तामाथि बक्र दृष्टि राख्दै  यसै धर्मतन्त्रको अजेय अस्त्रबाट आफना कठपुतली नेताहरु द्धारा जनताको बीचको पारस्परिक सुमधुर सम्बन्धलाई खलबल्याएर अन्तमा विदेशी शक्तिलाई सबै जनाको झगडा मिलाउने “महतौ,बडघर अथवा चौधरी” बन्ने बाटो प्रशस्त गरेर देशको सम्प्रभुतामा नै आँच आउन सकने आधार श्रृजना गरेकाले यी नेताहरु, पद, पैसा र सत्ताका लोभी हुन् अथवा विदेशी षडयन्त्रका शिकार निरीह प्राणी मात्र हुन् यो कुरा भविष्यले नै बताउला । तर जे होस्, उच्च महत्वाकांक्षा र राजनीतिक उद्धेश्यले गर्दा संस्कृत विद्या माथी घोर प्रहार गरेर नेपाली भाषा र संस्कृतिको घाँटी रेटने काम भएको छ ।

नेपालीका लागि संस्कृतको महत्व

१, पहिलो कुरा त संस्कृत भाषा नेपाली भाषाको जननी हो । संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन । नेपालीको आत्मा संस्कृत मै बसेको छ  हाम्रो संस्कृतिमा यदि समसामयिक कुनै  विकृति र विसंगति देखा पर्दछ भने त्यसलाई सजिलै निर्मूल पार्ने प्रभावकारी आधार पनि  संस्कृत नै हो ।

२, चार वेद,उन्नईस पुराण, मनु,याज्ञवल्क्य, पाराशर, अत्रि आदि  स्मृतिहरु, षटदर्शन आदि शास्त्रहरु ज्ञान विज्ञानका अभूतपूर्व ग्रन्थहरु  हुन् । अँग्रेजहरु ले यो कुरा राम्ररी बुझेर म्याक्समूलरले भारतबाट थुप्रै ग्रन्थहरुलाई लण्दन पुर्याएका थिये र अँग्रेजहरुले इनको अध्ययन र अनुसन्धानमा आफनो जीवन लगाएका छन् र विकासको सोपान चढदै मंगल ग्रह सम्मको यात्रामा लागी परेका छन् ।

३, अमेरिका को विश्वविख्यात वैज्ञानिक संस्था नासाले संस्कृत लाई विश्व कै उत्कृष्ट र बहुउपयोगी भाषा ठहर गरेको छ र भविष्यमा यसै भाषामा कम्प्यूटर र बिना चालकको कार र वायुयानको विकास हुने निश्चित छ ।

४, संसारका २५० वटा विश्वविद्यालयमा संस्कृतको पठन पाठन भैरहेको छ । जर्मनी, अमेरिका र लंदनका केही स्कूलहरmमा संस्कृत विषय अनिवार्य छ ।

५,  नेपालमा संस्कृत बाहुनहरु को भाषा हो यसै भाषाको आधारमा बाहुनहरु ले समाजमा शोषण गरेका छन् र आफूहरु  उच्च बनेका छन् भन्ने आरोप छ । यदि यो आक्षेप सही हो भने त कथित दलित, जनजाति  आदि पिछडा वर्गलाई माथि उठाउनको लाथि संस्कृत किन पढाईदैन । संस्कृतमा तिनको पहुँच पुर्याएर  तिनलाई पनि उच्च,सवर्ण र ज्ञानी बन्ने अवसर किन दिइदैन ? तिनकोलागि त यो विद्या झन बढी र नितान्त आवश्यक नै भएकोले तिनको यो विद्या पढन पाउने अधिकार किन खोसेको हो ? कसले उत्तर देला ?

६, गौतम बुद्ध र रामानुजाचार्यले र हिन्दू सम्प्रदायका जुन सुकै प्रवर्तकले संस्कृत भाषा को अतुलनीय भण्डारबाट उच्च ज्ञान प्राप्त गरे ।  त्यस ज्ञानबाट, गरीब, दुखी, अज्ञानी, दलित र तत्कालीन भाषामा चाण्डाल भनिएकाहरु सबैलाई अंकमाल गरे, समाजको प्रत्येक वर्गले वहाँहरुको माया पायो । वहाँहरुले आफनो ज्ञानलाई लोक भाषामा वितरित गरेकाले समाजले ज्ञानको अमूल्य निधि पायो, जान्यो बुझ्यो र ज्ञानी भयो ।
समाजमा फैलिएको हिंसा र युद्ध रोकियो र सुख शान्ति छायो । तर वहाँहरु को अवसान पछि वहाँहरु द्धारा प्रतिपादित धर्म र सम्प्रदायमा र सामाजिक व्यवहारमा जुन नयाँ नयाँ प्रश्नहरु उव्जे तिनको उत्तर दिन वहाँहरुका शिष्यहरुसंग संस्कृतको ज्ञान नभएकोले तिनले आफनो बुद्धिले जे देखे त्यही भने । यसले गर्दा ती धर्म र सम्प्रदायहरुको विकास,सुदृढीकरण र प्रवद्र्धनमा ठूलो बाधा आयो । धर्म सम्प्रदायहरुमा विभाजित भये । यी धर्म प्रवर्तकहरुका अनुयायीहरुले संस्कृत भाषामा रहेका वेद पुराण आदिको अध्ययन गरेको भए समाजलाई वेद पुराणकै आख्यानहरुबाट कुरा बुझाउन सजिलो हुने थियो । आजका दिनमा पनि यदि कुनै धर्म सम्प्रदायले आफूलाई हिन्दू मान्यता संग आबद्ध राखेको छ तर संस्कृतमा लेखबद्धभएका धर्मग्रन्थहरु देखि अलग बस्ने नीति लिएको छ भने त्यस्को दिगो विकासमा विश्वास गर्ने ठाउं देखिदैन । हिन्दुत्वमा आधारित धर्म देखि संस्कृत लाई अलग राखनु भनेको “गुड खानु तर गुलियो नखानु”, “स्वर्ग जाने रहर छ तर कात्रो देखि डर लाग्छ ” भन्ने उखानहरु चरितार्थ गर्नू हो ।

७, संस्कृत भाषाका आधारमा अगाडी बढीरहेको विज्ञानले बनाएको मेशीन, औजार, उपकरण आदि भोलीका दिनमा नेपालीले कसरी प्रयोगमा ल्याउला ? अँग्रेज गुरुका पाउमा बसेर संस्कृत शिक्षा लिने हाम्रा अभागी सन्तानले हामीलाई र आजको बौद्धिक र राजनीतिक नेतृत्व प्रति कस्तो भाव राखने होलान् ? घर घरमा तुलसी रोपनु पर्दछ र तुलसीर बेलपत्रको काढा खानु पर्दछ,यज्ञ यज्ञादि र श्राद्ध तर्पण गर्नु पर्दछ ,यो लाभदायक कुरा हो भनेर अँग्रेजले भन्न थाले पछि वाल्ल परेर हेर्ने हाम्रा संततिको अनुहार र तिनका आँगनमा अँग्रेज पुरोहितले संस्कृतको श्लोक बोल्दाको दृश्य कल्पना गर्दा पीडा को अनुभूति हुन्छ ?हुँदैन ,  मननीय छ ।

चितवन भरतपुर को इ पेपरमा संस्कृत भाषा देखि हामी टाढिदै छौ . ..  भन्ने लेखका निम्न कुराहर मननयोग्य छन् ।

१,संस्कृत अँगे्रजीको साथ साथै युरोपियन तथा सबै प्रमुख भाषाहरुको जननी हो । यो हिमवत् खण्डको अधिकारिक भाषा हो । दक्षिण एशियामा मुगलहरmको साम्राज्य स्थापना हुनु भन्दा अघि सम्म संस्कृत समस्त आर्याव्रत कै राजभाषा थियो ।

२, यस भाषाका विद्धानहरुले संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरु मध्ये सबै भन्दा बढी शव्दहरु छन् भन्छन् । संस्कृत भाषाको शव्दकोषमा १०२ अरब ७५ करोड ५० लाख शव्दहरु छन् । एउटै चीजका सयकडौं पर्यायवाची शव्दहरु हात्तीका मात्रै एक सय जति शव्दहरु छन् ।

३, अन्य भाषाको तुलनामा संस्कृतमा सब भन्दा कम शव्दमा वाक्य पूरा हुन्छ ।

४, संस्कृत बोल्दा जिब्रोका सबै मांसपेशीहरु को उपयोग हुन्छ र शरीरको तन्त्रिकातन्त्र सक्रिय हुन गै मधुमेह, व्लडपे्रशर र कोलस्ट्र्ल नियंत्रणमा रहन्छ ।

५ नासाले संस्कृतलाई संसारको सब भन्दा स्पष्ट भाषा भनेको छ र उसले ६० हजार भंदा बढी संकलन गरेका ताडपत्रका पान्डुलिपिहरु मा अनुसन्धान गरिरहेको छ ।

६, स्पीच थेरेपीमा संस्कृत सहयोगी शिद्ध हुन्छ र एकाग्रता बढाउँछ ।

७, नासाका वैज्ञानिकका अनुसार अंतरिक्ष यात्री लाई अरु जुनसुकै भाषामा समाचार पठाउँदा वाक्य उल्टिन्छन् र अर्थको अनर्थ लाग्न सक्छ तर संस्कृतको वाक्य उल्टे पनि अर्थ बदलिदैन ।

८,जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइन्छ र लंदन र आयरलैण्डका केही विद्यालयहरुमा संस्कृत विषय अनिवार्य छ ।

संस्कृतका सन्तान देशका कर्णधारहरुको जागरुकताको लागि यो भन्दा बढी लेख्नु पर्दैन होला । यति ले कुरा बुझाउन सकिदैन भने त “मूरख हृदय न चेत चाहे गुरु मिलइ विरंचि सम ” को स्थिति छ भन्न बाध्य हुने अवस्था हुन्छ ।

लेखक अयोध्या प्रसाद श्रीवास्तव  नेपाल सरकार गृह मन्त्रालय का अवकाश प्राप्त अधिकृत, त्रिभुवन विश्वविद्यालय सम्बद्ध बबई बहुमुखी कयाम्पसका संस्थापक तथा राजनीति शास्त्र का उपप्राध्यापक र उमा वेन्चर कम्पनीका कानुनी सल्लाहकार तथा चर्चित लेखक र विचारक हुन् ।   वहाँले शीलवती, कर्म फलको सुनिश्चित सिद्धान्त, कर्मकाण्ड भास्कर, मेरो अख्तियारी र उत्तराधिकार, भगवान कहाँ छन् र कस्ता छन् नामक पुस्तक हरु लेखनु भएको छ ।   लेखक लाई www.ayodhyashrivastav.com मा सम्पर्क गर्न सकिन्छ ।

नेपालले ४५ करोडमा आफ्नै दूतावास भवन किन्यो

१५ असार, काठमाडौं ।
नेपाल सरकारले थाइल्यान्डको राजधानी बैंककमा ४५ करोड रुपैयाँमा आफ्नै भवन किनेको छ ।

सरकारले चार रोपनी जग्गा र त्यसमा निर्मित भवन दुतावास प्रयोजनका लागि खरिद गरेको छ ।

नेपाली दूतावास थाइल्याण्डका अनुसार उक्त जग्गा र भवन आजैदेखि दूतावासको स्वामित्वमा आएको छ ।

स्थापनाकालदेखि भाडामा रहेको दूतावास आफ्नै भवनमा रहनेभएपछि देशको आर्थिक भार कम हुने ठानिएको छ ।

बझाङमा भूकम्प गयो, क्षतिको विवरण आउन बाँकी

१५ असार, बझाङ ।
बझाङ जिल्लामा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पको पराकम्पन नभई आजको भूकम्प नयाँ भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार दिउँसो २ बजेर ५५ मिनेट जाँदा बझाङ सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पले पारेको क्षतिबारे जानकारी आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बझाङले भूकम्पको क्षति पुर्याएको आशंका गरेपनि विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

यसैबिच पहिलो भूकम्प पछि ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको दोस्रा भूकम्पको पराकम्पन गएको छ ।

लगातार दुई पटक भूकम्प जाँजा बझागं र आसपास जिल्लाका नागरिक त्रसित हुनुका साथै भूकम्पले पार्न सक्ने क्षतिमा सचेत बनेका छन् ।

दोधारा चाँदनीका ३ बिद्यालयलाई शैक्षिक सामग्री बितरण

पप्पु गुरुङ्, १५ असार / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका बिद्यालयका जनजाती छात्र / छात्राहरुका लागी आज शैक्षिक सामग्री बितरण गरिएको छ् । नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीको आयोजनामा आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ५ देखि १० वडा सम्मका ३ बिद्यालयहरुका ४० जना आदीबासी जनजाती बालवालिकाहरुका लागी शैक्षिक सामग्री बितरण गरिएको नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीका संयोजक जयकुमार लिम्बुले जानकारी दिनुभएको छ् । कमलशा प्राथमिक बिद्यालय, पुर्णागिरी प्राथमिक बिद्यालय र लक्ष्मी उच्च माध्यमिक बिद्यालय का ४० जना आदीबासी जनजाती बालवालिकाहरुका लागी १० थान डिष्कनरी, १ सय ६० थान कापी, ४० थान झोला र २ सय थान कलम बितरण गरिएको नेपाल आदीबासी नगर सम्वन्य परिषद दोधारा चाँदनीका सचिव चन्दन थापा मगरले बताउनुभएको छ् । साबिकको दोधारा गाबिस कार्यालयको सभा कक्षमा संचालित शैक्षिक सामग्री बितरण कार्यक्रमका सभापति नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीका संयोजक जयकुमार लिम्बु रहनुभएको थियो, भने प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका कार्यालयका सयुक्त वडा सचिव मोहन सुनार रहनुभएको थियो । यसै गरि अतिथीमा नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु, बोद्ध बिहार संरक्षण समितीका अध्यक्ष टाँस बहादुर थापा मगर, पत्रकार पप्पु गुरुङ्ग, शिक्षक प्रतिनिधीहरुको साँझा सहभागिता रहेको थियो । नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीले हिजो पनि साबिकको चाँदनी गाबिसको कार्यालयको सभा कक्षमा दोधारा चाँदनी नगरपालिका वडा नं. १ देखि ४ वडा सम्मका ३ बिद्यालयहरुका ४० जना आदीबासी जनजाती बालवालिकाहरुका लागी शैक्षिक सामग्री बितरण गरेको थियो ।

रोबोटले समुन्द्रबाट नेपालको मौसम अनुमान गर्दै

१५ असार काठमाडौं । नेपालसहित दक्षिण एसियाली मनसुन अनियमित र अस्तव्यस्त बनेपछि अनुमानका लागि मनसुन सुरु हुने समुद्रमा रोबोट छाडिएको छ ।

दक्षिण एसियामा मनुसुन सुरु हुने बंगालको खाडीमा भारतीय र ब्रिटिस वैज्ञानिकहरुले शनिबारदेखि सातवटा रोबोट छाडेका हुन् ।

रोबोटले समुद्रभित्र पानीको अवस्था र मनसुनका लागि चाहिने उपयुक्त तापक्रम,नुनको मात्रा, हाव तथा पानीको बहाव अध्ययन गर्नेछ ।

रोबटले उपलव्ध गराउने तथ्यांकका आधारमा मनसुन अनुमान बढी विश्वस्तरीय बनाउन सकिने वैज्ञानिक दाबी छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा जलबायु तथा मौसम पूर्वानुमान महाशाखाका पूर्वप्रमुख मणिरत्न शाक्यले भारतीय वैज्ञानिकहरुले गर्ने मनसुन अनुमानको प्रत्यक्ष र बढी फाइदा नेपालले लिन सक्ने बताए ।

बंगालको खाडीबाट उत्पन्न हुने मनसुन प्रणाली नेपाल हुँदै पाकिस्तानतिर जान्छ, यसले नेपालमा समेत मौसम अनुमान सहज हुन्छ ।

मौसम अनुमान थप विश्वासिलो बनाउन हेलिकप्टरमार्फत वायुमण्डलको तापक्रमसमेत नाप्ने योजना रहेको भारतीय मौसमविज्ञान विभागले जनाएको छ । नेपाली मौसमविद्लाई मनसुन अनुमानका लागि भारतीय अनुन्धान र अनुमानलाई नै स्रोतका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सेयर बजार प्रयोग गरेर कालोधन सेतो बनाउँदै व्यापारी

१५ असार काठमाडौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि रु त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले  बताए ।

द्लगििलगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन । ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका आजको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन् । ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन ।

नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ । ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ ।’

अवैध व्यापार, करछली, भ्रष्टाचार र बिचौलियाका कामदेखि अन्य गैरकानुनी कार्यबाट कमाएको अनधिकृत सम्पत्ति आर्जन गर्ने व्यक्तिले आफ्ना विश्वासका सेयर ब्रोकरलाई नगद ल्याएर दिन्छन् ।

ब्रोकरले त्यो रकमबाट १० लाख रुपैयाँको सीमा ननाघ्ने गरी सेयर किन्दै जान्छन् । किनभने, १० लाखभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्छ । त्यस्तो कारोबारको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाइलाई दिनुपर्छ । त्यसो हुँदा ब्रोकरले एक करोड रुपैयाँको सेयर किन्न हप्तौँ लगाउँछन्।

ब्रोकरले प्राप्त नगद आफ्नो कम्पनीको खातामा जम्मा गर्छन् र अर्को ब्रोकरलाई चेकमै भुक्तानी दिन्छन् । जब त्यसरी किनिएको सेयर बेचिन्छ, नगद ब्रोकरलाई दिने लगानीकर्ताले एसी पेई ९खातामा भुक्तानी हुने० चेक पाउँछ । त्यो चेक लगानीकर्ताको बैंक खातामा जम्मा गर्दा सम्पत्तिको स्रोत देखिने मात्रै होइन, कर तिरेर ‘सेतो धन’ भइसक्छ ।

सुरुमा सेयर किन्दा पैसा कहाँबाट आयो भनेर राज्यले खोजी गर्न नसक्दा यसरी कालो धन सेतो भइरहेको विज्ञहरूले बताएका छन् । पहिल्यैदेखि हुन्थ्यो यसरी सेयर बजारमार्फत सम्पत्ति शुद्धीकरण गर्ने क्रम गणतन्त्र स्थापनापछि बढ्न थालेको थियो ।

‘त्यतिवेला पनि घरजग्गा र सेयरमा ठूलो पैसा आएको थियो,’ ब्रोकरहरूले भने, ‘अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ ।’ उनीहरूका अनुसार यसरी बजारमा भित्रिने पैसाको आकार पहिलो ‘लाख’मा थियो, अहिले ‘करोड’मा पुगेको छ ।

केही ब्रोकरका अनुसार अहिले भारतीय व्यवसायीले पनि नेपाली सेयर बजारमा लगानी बढाएका छन् । भारतमा सम्पत्तिको स्रोतमा बढी कडाइ हुन थालेपछि उनीहरूले नेपाली बजारमा लगानी गर्न थालेको ब्रोकरहरूको भनाइ छ । ‘भारतीयले नेपालका खासगरी मारवाडी समुदायलाई विश्वासमा लिएर उनीहरूमार्फत नै सेयर बजारमा लगानी गरिरहेका छन्,’ एक ब्रोकरले भने ।

घुस्याहा पुलीस ! दर्ता नै नभएका एजेन्टबाट सामान खरिद

१५ असार काठमाडौं ।  नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ ।

नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ ।

त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ । प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो ।

एउटै एजेन्टलाई सात करोड ८९ लाखसम्म पेस्की दिइएको छ । मोटोरोला प्याकेज खरिदका लागि प्रहरीले ग्रेहर्ड इलेक्ट्रोनिक्सलाई सात करोड ८९ लाख पेस्की दिएको हो ।

प्रहरीले हाएटेरा सेट खरिदका लागि प्लाटिनम इन्टरप्राइजेजलाई एक करोड ९३ लाख, डिजिटल फरेन्सिक ल्याबको सामान खरिदका लागि नीलगिरी इन्टरप्राइजेजलाई दुई करोड ७४ लाख पेस्की दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै, फरेन्सिक ल्याब इक्युपमेन्ट खरिदका लागि मुक्तिनाथ ट्रेड कन्सर्न एक करोड ५८ लाख दिइएको छ । प्रहरीको पिटी जुत्ता खरिद गर्न आज्ञा इम्पेक्सलाई एक करोड ३० लाख पेस्की दिइएको छ ।

खरिद व्यवस्थापन आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २० ९३० मा ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमासिकभित्र गरी सक्नुपर्ने व्यवस्था छ । तर, प्रहरी प्रधान कार्यालयमार्फत भएको ठेक्का व्यवस्थापन तेस्रो त्रैमासिकसम्ममा गरिएको छ ।

प्रहरीले आफ्नो भण्डारमा भएका जिन्सी सामान मौज्दातको अध्ययन नै नगरी थप खरिद गर्ने गरेको पनि पाइएको छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सामान खरिद गर्दा आवश्यकताको पहिचान गर्नुपर्ने हुन्छ । तर, प्रहरी प्रधान कार्यालयले अघिल्लो वर्ष खरिद गरेको ३१ करोड ७७ लाखको कपडा मौज्दात हुादाहुादै आर्थिक वर्षको अन्त्यमा त्यही सामान खरिद गरेको पाइएको महालेखाले जनाएको छ ।

सरकार आफैं बूढानीलकण्ठ जस्तै १९ विद्यालय चलाउँदै

१५ असार,काठमाडौं ।
सरकारी विद्यालयप्रति अभिभावकको वितृष्णा बढेपछि सरकारले १९ वटा विद्यालयको गुणस्तर सुधार गरी नमुना विद्यालयका रुपमा सञ्चालन गर्ने भएको छ ।

यी विद्यालयको स्तरोन्नति गरी बूढानिलकण्ठ र एसओएस मोडलमा सञ्चालन गर्ने सरकारको योजना छ ।  यी १९ विद्यालय सुधारमा १ अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने शिक्षा विभागले जनाएको छ ।

बूढानीलकण्ठ र एसओएस सरकार र दाताको लगानीका सफल विद्यालय मानिन्छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

सुधार गर्न लागिएका विद्यालयको पूर्वाधार बूढानीलकण्ठ स्कुलको जस्तै सबैखाले आधारभूत सुविधासम्पन्न हुनेछन् ।
यिनको शैक्षिक गुणस्तर निजी बोर्डिङ स्कुलसरह हुने विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा उपनिर्देशक योगेन्द्रप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार यस्ता नमुना विद्यालय सञ्चालन र व्यवस्थापन सफल भए आगामी वर्ष विस्तार गरी ३ सय पुर्‍याइने योजना छ ।

पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ र ५ विकास क्षेत्रमा १र१ वटा पर्ने गरी विद्यालय सञ्चालन गरिने बरालले बताए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web