१५ असार काठमाडौं । नेपालसहित दक्षिण एसियाली मनसुन अनियमित र अस्तव्यस्त बनेपछि अनुमानका लागि मनसुन सुरु हुने समुद्रमा रोबोट छाडिएको छ ।

दक्षिण एसियामा मनुसुन सुरु हुने बंगालको खाडीमा भारतीय र ब्रिटिस वैज्ञानिकहरुले शनिबारदेखि सातवटा रोबोट छाडेका हुन् ।

रोबोटले समुद्रभित्र पानीको अवस्था र मनसुनका लागि चाहिने उपयुक्त तापक्रम,नुनको मात्रा, हाव तथा पानीको बहाव अध्ययन गर्नेछ ।

रोबटले उपलव्ध गराउने तथ्यांकका आधारमा मनसुन अनुमान बढी विश्वस्तरीय बनाउन सकिने वैज्ञानिक दाबी छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा जलबायु तथा मौसम पूर्वानुमान महाशाखाका पूर्वप्रमुख मणिरत्न शाक्यले भारतीय वैज्ञानिकहरुले गर्ने मनसुन अनुमानको प्रत्यक्ष र बढी फाइदा नेपालले लिन सक्ने बताए ।

बंगालको खाडीबाट उत्पन्न हुने मनसुन प्रणाली नेपाल हुँदै पाकिस्तानतिर जान्छ, यसले नेपालमा समेत मौसम अनुमान सहज हुन्छ ।

मौसम अनुमान थप विश्वासिलो बनाउन हेलिकप्टरमार्फत वायुमण्डलको तापक्रमसमेत नाप्ने योजना रहेको भारतीय मौसमविज्ञान विभागले जनाएको छ । नेपाली मौसमविद्लाई मनसुन अनुमानका लागि भारतीय अनुन्धान र अनुमानलाई नै स्रोतका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।

15.51¡ÆC