१५ असार, बझाङ ।
बझाङ जिल्लामा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पको पराकम्पन नभई आजको भूकम्प नयाँ भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार दिउँसो २ बजेर ५५ मिनेट जाँदा बझाङ सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पले पारेको क्षतिबारे जानकारी आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बझाङले भूकम्पको क्षति पुर्याएको आशंका गरेपनि विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

यसैबिच पहिलो भूकम्प पछि ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको दोस्रा भूकम्पको पराकम्पन गएको छ ।

लगातार दुई पटक भूकम्प जाँजा बझागं र आसपास जिल्लाका नागरिक त्रसित हुनुका साथै भूकम्पले पार्न सक्ने क्षतिमा सचेत बनेका छन् ।

16.12¡ÆC