काँग्रेसले दातासँग गरेको सम्झौताले गर्दा भूकम्प पिडितले एकमुष्ट २ लाख नपाउने

१५ असार, काठमाडौं ।
भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन दातासँग गरिएको सम्झौता बाधक देखिएको छ ।

नेपाली काँग्रेस नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले विश्व बैंकलगायतका दाताहरुसँग गरेको सम्झौताका कारण सरकारले चाहेर पनि एकमुष्ट दुई लाख रुपैयाँ दिन नसक्ने देखिएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजना गरिएका दाता सम्मेलनअनुसार अघिल्लो सरकारले विश्व बैंकसहित उसको अगुवाइमा दातृ निकायसँग समझौता गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा अर्थमनत्री महले २९ साउन २०७२मा दातृ निकायसँग सम्झौता गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

भूकम्पपीडितलाई एकमुष्ट रुपमा अनुदान रकम दिन नपाइने किटानी व्यवस्थासहत राखिएका अन्य कतिपय अव्यवहारिक प्रावधानकै कारण पीडितले लामो समयसम्म अनुदानसमेत पाउन नसकेको पाइएको छ । दातासँग गरिएको समझौतामा दुइ किस्ताभन्दा बढीमा मात्रै अनुदान बाँड्न पाइने उल्लेख छ ।

भारत बल्ल लाईनमा आउँदै । नयाँ संविधानले नेपालमा लोकतन्त्र सुदृढः भारत

१५ असार, काठमाडौं ।
नयाँ संविधान जारी भएपछि नाकाबन्दी गरेर दुख दिंदै दुस्मनी साँधेको भारत यतिखेर आएर फेरी नेपालको संविधानको तारिफ गर्दै सम्वन्ध सुधारमा लागेको छ ।

नेपाललाई नाकाबन्दी गरेर दुख दिएको भारतले बल्ल आएर आफ्नो आधिकारिक दस्ताबेजमा नेपालमा संविधान जारी भएर बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ भएको उल्लेख गरेको छ।

भारतीय विदेश मन्त्रालय ‘साउथ ब्लक’ ले प्रधानमन्त्री नरेन्द्र मोदीको दुईबर्से कार्यकालको अवसर र प्रतिपक्षले नेपाल नीति घोर असफल भएको आरोप लगाउँदै गर्दा यस्तो दस्ताबेज सार्वजनिक गरेको हो ।

‘गत सेप्टेम्बर २०१५ मा नयाँ संविधान अनुमोदन भएबाट नेपालको बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ हुनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ’, भारतीय विदेश मन्त्रालयले निकालेको ‘म्यापिङ न्यु फ्रन्टियर्स टु इयर्स अफ पाथ ब्रेकिङ डिप्लोमेसी’ नामक पुस्तिकाको नेपाल खण्डमा भनिएको आजको अन्नपूर्णमा समाचार छ ।

संविधानसँगका केही आन्तरिक विषयमा भने अझै मिल्न बाँकी रहे पनि ती चाँडै समाधान भएर जाने भारतको अपेक्षा रहेको पुस्तिकामा उल्लेख छ। पुस्तिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको पनि उल्लेख छ। भारतले आधिकारिक प्रकाशनमा नेपालको संविधानबारे सकारात्मक धारणा बाहिर ल्याएर नेपाल नीतिमा ‘कोर्स करेक्सन’ गर्न खोजेको विश्लेषण गरिएको छ।

दक्षिणी छिमेकी भारतले संविधान जारी भएको पर्सिपल्टदेखि सीमानाकाबाट नेपालतिर इन्धन र खाद्यान्न आपूर्ति रोक लगाएको थियो। संविधानमा आफ्नो समर्थन नरहेको भन्दै आन्दोलित मधेसी दलले वीरगन्ज नाकामा गरेको प्रदर्शन र धर्नालाई बहाना बनाएर भारतले नेपालमा नाकाबन्दी गरेको थियो।

भारतले संविधानको पहिलो संशोधनमा भने स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीको फागुनमा सम्पन्न भारत भ्रमणअघि भारतले नाकाबन्दी हटाएको थियो। ओलीको भारत भ्रमणबाट सम्बन्ध सुध्रिने अपेक्षा गरिए पनि भारतीय पक्षले संविधानप्रति असन्तुष्टि कायम रहेको सन्देश दिन भ्रमणपछि संयुक्त वक्तव्यसमेत जारी गर्न अस्वीकार गरेको थियो।

आत्मघाती बम विस्फोटमा टर्की विमानस्थलमा कम्तिमा ३६ को मृत्यु

१५ असार, काठमाडौं ।
टर्कीको प्रमुख सहर इस्तानबुलको अतातुर्क अन्र्तराष्टिय विमानस्थममा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परि करिव १ सय जना घाइते भएको विमानस्थल प्रशासनले जानकारी दिएको छ । अन्तराष्ट्रिय टर्मिनल नजिक गराइएको विस्फोटमा परि मारिएका अधिकाशं टर्कीका नागरिक भएको ठानिएपनि परिचय खुल्न बाँकी रहेको छ ।

आत्मघाती आक्रमणकारीले कालशनिकोव राइफबाट गोली चलाइर केहीको हत्या गरेको थियो ।

बम विस्फोटपनि विमानस्थल बन्द गरिएको छ । मानिसहरुलाई विमानस्थलबाट टाढा जान निर्देशन दिंदै प्रहरीले व्यापक खानतलासी र अनुसन्धान थालेको छ ।

कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । सरकार एवं कुर्द चरमपन्थीबीच टर्कीमा गत साल संघर्ष विराम सकिएपछि यस्ता विस्फोटका आक्रमणमा मृद्धि भएको छ ।
यद्यपी बिमानस्थल बम आक्रमणको जिम्मा भने कसैले लिइसकेको छैन ।

मलेसियामा काम गर्ने नेपालीको तलब बढ्यो

१५ असार, मलेसिया ।
मलेसियामा काम गर्ने नेपालीहरुको तलब बढेको छ ।

निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय मलेसियन सरकारले गरेको छ ।

मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक शुक्रबार 'जुलाई १' देखि लागू गर्ने भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदारबाहेक सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक २७ सय रुपैयाँले वृद्धि हुनेछ ।

यो नीतिअनुसार शुक्रबारदेखि लागू हुनेगरि पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा फरक फरक पारिश्रमिक लागू हुनेछ । पूर्वी क्षेत्रमा 'साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लाबुवान' कार्यरत कामदारले यसअघि आठसय २० रिंगिट प्राप्त गर्दै आएकोमा अब नौसय २० रिंगिट र त्यसबाहेकका क्षेत्रमा ९पश्चिमी मलेसियारप्रायद्धिप मलेसिया० कार्यरत कामदारले यसअघि नौसय रिंगिट प्राप्त गर्दै आएकोमा अब मासिक १ हजार रिंगिट पारिश्रमिक पाउनेछन् ।

गत बर्ष अक्टोबर २३ मा मलेसियाली प्रधानमन्त्री नजिब रजाकले आर्थिक बर्ष २०१६ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बृद्धिको घोषणा गरेका थिए । उक्त घोषित नीति पूर्ण रुपमा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् । यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् ।

मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो । उसले गत २०१२ सेप्टेम्बर ६ मा उक्त नीति कार्यान्वयनका ल्याउन यससम्बन्धी निर्देशिका समेत जारी गरेको थियो । पहिलोपटक पारिश्रमिक नीति घोषणा गरिएको झण्डै ४ बर्षपछि त्यसमा थप परिमार्जन गरि मासिक १ सय रिंगिट पारिश्रमिक बृद्धि गरिएको हो । तर लेभी रकम भने कामदारले सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । सरकारले लेभी शुल्क कामदारको पारिश्रमिकबाट कटौती गर्न पाउने कानुनी व्यवस्था छ ।

यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । मलेसियाले अब नयां पारिश्रमिकसम्बन्धी नीति लागू गर्न सबै रोजगारदातालाई निर्देशन दिइसकेको छ । तर कतिपय रोजगारदाता भने सरकारको यो नीतिप्रति सन्तुष्ट छैनन् । गत सन् २००९ को एक अध्ययनअनुसार मलेसियाको निजी क्षेत्रमा कार्यरतमध्ये ३३ दशमलब ८ प्रतिशत कामदारले मासिक ७ सय रिंगिट भन्दा कम कमाइ गर्ने गरेका थिए । हालसम्म मासिक नौसय रिंगिट पारश्रमिक पाएका नेपालीले अब नयां नीति कडाईका साथ लागू भएमा थप लाभान्वित हुनेछन् ।

सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नीति र मलेसियाको मुद्रामा आएको गिरावटका कारण पनि पछिल्लो एकबर्षयता मलेसिया आउने नेपाली हवात्तै घटेका छन् । यद्यपी मलेसियाले कामदारको पारिश्रमिक बृद्धि गरेकाले अब मलेसिया आउने नेपालीको संख्या बढ्नसक्ने अनुमान कतिपयले गर्न थालेका छन् । मलेसियामा बहुसंख्यक नेपाली सेवा, उत्पादन र सुरक्षाक्षेत्रमा कार्यरत छन् । तीमध्ये सेवा र सुरक्षा क्षेत्रमा आकर्षक क्षेत्र मानिन्छन् ।
साभार:इकान्तिपुर/रामचन्द्र गिरी

नेपाल फेस्टिवल जापानको खाना स्टल बुकिंग आज अन्तिम दिन

१५ असार, टोकियो ।
जापानमा हुन लागेको नवौं नेपाल फेस्टिवलको खाना स्टल बुकिंग आज अन्तिम दिन भएकाले समयमै स्टल बुक गर्न आग्रह गरिएको छ ।

नेपाल फेस्टिवललाई नाफा घाटाको ब्यापारको रुपमा मात्र नहेरी प्रत्यक्ष नेपाल र नेपालीको प्रतिष्ठा संग जोडिएको कार्यक्रम पनि भएको भन्दै आयोजक संस्था एनआरएन जापानका अध्यक्ष सुदन थापाले आज समयमै स्टल बुक गराउन आग्रह गर्नुभएको छ ।

नेपाल र नेपालीका निम्ति नेपालीले आयोजना गरिएको कार्यक्रम भएकाले नेपालको लागि हुन लागेको कार्यक्रममा आफ्नो सहभागीताको लागि पनि व्यवसायिहरुलाई स्टल बुक गराउन आग्रह गर्नुभएको छ ।

नेपाल फेस्टिवल जापानमा रहेका संघ संस्था, बुद्धिजिबी, पत्रकार, बिधार्थी, कामदार, ब्यबसायी, नेपाललाई मायागर्नेहरुको साझा कार्यक्रम हो अध्यक्ष थापाले भन्नुभएको छ तपाई हरुले सहयोग गर्नु भएको १ येन ले पनि नेपाल र नेपालीको प्रतिष्ठा संग जोडिएको कार्यक्रम भब्य, सभ्य रुपमा सफल हुन सक्छ आफ्नो आफ्नो ठाउँ बाट सम्पूर्ण महानुभाबहरु लाई सहयोगको निम्ति अपिल गर्दछु ।

यो वर्ष बिशेष रुपमा नेपाल जापान कुटनीतिक सम्बन्ध को ६० औं वर्ष गांठको अवसरमा नेपाल फेस्टिबलको आयोजना हुन लागेको हो ।
नेपाल डे जस्ता विशेष कार्यक्रमले नेपाल र जापान बीचको सम्बन्ध झन् प्रगाड हुने विश्वास लिइएको छ ।

नेपाल फेस्टिबलबाट आर्जित सम्पूर्ण रकम एनआरएन जापानले स्थापना गर्न लागेको ५ करोडको आपतकालीन कोषमा जम्मा हुने अध्यक्ष थापाको भनाई छ ।

'नेपाल डे फेस्टिवल' अतिथि देवो भव : 'नेपालको चिनारि र एकता प्रदर्शनको अवसर'-अध्यक्ष थापा

दोधारा चाँदनीका दलित हात्ती पिडितहरुका लाई राहत सामग्री बितरण

पप्पु गुरुङ्, १४ असार / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका हात्ती पिडितहरुका लागी आज राहत सामग्री बितरण गरिएको छ् । दलित नगर सम्वय परिषद दोधारा चाँदनीको आयोजनामा आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलका दलित हात्ती हात्ती पिडितहरुका लागी राहत सामग्री बितरण गरिएको हो । बिगत दिनहरुमा बडुवाल टोलमा स्थानियहरुका बाली नाली खाएर तथा दर्जनौ घर भत्काएर आतंक मच्चाउदै आएको हुदा उनिहरुका लागी राहत बितरण गरिएको दलित नगर सम्वन्य परिषद दोधारा चाँदनीका संयोजक पर्सा सुनारले जानकारी दिनुभएको छ् । साबिकको चाँदनी गाबिसको कार्यालयको सभा कक्षमा संचालित राहत बितरण कार्यक्रममा बडुवाल टोलका ३१ दलित घरधुरीलाई राहत बितरण गरिएको हो । प्रत्येक ३१ घरधुरीलाई १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ लिटर खाने तेल गरि जम्मा रु. १६ हजार बराबरको राहत सामग्री बितरण गरिएको दलित नगर सम्वन्य परिषद दोधारा चाँदनीका प्रतिनिधी भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । साबिकको चाँदनी गाबिसको कार्यालयमा गरिएको राहत बितरण कार्यक्रममा नेकपा(एमाले) का दोधारा चाँदनी नगरकमिटी अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा माओबादी केन्द्रका प्रतिनिधी भरत भट्ट, पत्रकार पप्पु गुरुङ्ग लगाएत हात्तीपिडितहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनीनगरपालिका बडुवाल टोलका स्थानियहरुले लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीको बथानले खाएर तथा उधनेर नष्ट गर्दै आएपछि ढिलै भएपनि राहत बितरण गरिएकोमा स्थानियहरु खुशी भएका छन् ।

सहमति जुटाउन बसेको वैठक निष्कर्षविहिन,आजको संसदको बैठकपनि अन्योलमा

काठमाडौं,असार १४ । व्यव्स्थापिका संसदमा देखिएको अवरोध हटाउन बसेको वैठक निश्कर्षहीन सकिएको छ । मंगलबार विहानै बसेको कार्यदलको बैठकमा दलहरुले आ-आफ्नै अडान दोहोर्‍याएपछि वैठक निष्र्कषविहिन बनेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राखेको माग अनुसार भूकम्प प्रभावितहरुलाई एकमुष्ट दुई लाख दिन कार्यविधी संसोधनका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको थियो ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत भूकम्प पीडित परिवारलाई ३ लाख दिनुपर्ने माग गरेपछि कांग्रेसले अडान नछाड्ने संकेत दिएको छ । हिजो सदन अवरोध हटाउन चार दलीय कार्यदल गठन भएको थियो । नेपाली कांग्रेसले ४ दिनदेखि संसद अवरोध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्न पाउनु भएको छैन । व्यवस्थापिका संसदको बैठक आज दिउँसो साढे ३ बजे बोलाइएको छ । दलहरुबीच सहमति भए संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेछ ।

विप्लब भन्छन्-‘हामीले गर्न खोजेको क्रान्ति हो, युद्ध होइन’

काठमाडौं,असार १४ । नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आफूहरुले युद्ध नभर्इ क्रान्ति गर्न खोजेको बताएका छन् । उनले पछिल्लो समय विप्लब माओवादीले युद्ध गर्दैछ भनेर विषयलाई तोडमोड गरेको बताएका छन् । क्रान्ति नेपाली जनताको विषय  भएको भन्दै विप्लवले  बौद्धिक वर्गदेखि सामान्य भरियासम्म देशको स्थितिबाट कोही सन्तुष्ट नभएको भन्दै क्रान्तिको आवस्यकता रहेको बताए ।

नयाँ पत्रिकासँगको अन्तरवार्तामा उनले भने ‘हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ। संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँ । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । ‘

विप्लबले प्रचण्डको नेतृत्वमा गरिएको जनयुद्धबाट उनी पछिहटेको आरोप लगाए । उनले आफूहरुको युद्ध पदका लागि भन्दा पनि राज्यको पुनरसंरचनाको लागि भएको भए पनि त्यसो नभएको बताए । उनले भने ‘ गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो जुन भएन’

विप्लवले भने’ माथिदेखि तलसम्म राज्यका अरू अंगमा साझेदारीसेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे।’

बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा बारे सोधिएको प्रश्नमा विप्लवले भने ‘बाबुरामजीले भयंकर कमजोरी गर्नुभयो भन्ने हाम्रो निष्कर्ष छ । उहाँ माओवादी हुनुभयो र आज विसर्जनमा जानुभयो । त्यतिवेला बाबुरामजीको एउटा तर्क थियो, प्रचण्डसँग बहस गर्दा । उहाँले प्रचण्डलाई पनि अलिकति अनुभववादी भन्नुहुन्थ्यो । ‘  विप्वबले भने ‘त्यत्रो बलिदानमा हिँडेको मान्छे, आज आएर त्यो मान्यता नै ठीक थिएन भन्दै हिँडनुभएको छ, त्यो उहाँकै लागि पनि घातक छ । तेस्रो उहाँ जहाँ पुग्नुभएको छ, त्यो राजनीति नयाँ शक्ति भनेर उहाँले भन्नुभएको छ, त्यो पुरानो सत्तासँगको आत्मसमर्पण हो ‘

आइसल्याण्डलाई ऐतिहासिक सफलता,इंग्ल्याण्ड बाहिरियो

एजेन्सी,असार १४ । इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्डसँग २-१ पराजित हुदै  फुटबलको महारथी टोली इंग्ल्याण्ड समुहचरणवाटै बाहिरिएको हो । आइसल्याण्डलाई ऐतिहासिक जित दिलाउन राग्नर सिगुर्डसन र कोल्बिएन सिग्थोर्सनले एक एक गोल गरे । इंग्ल्याण्डका लागि वायने रुनीले एक गोल गरे ।चौथो मिनेटमा नै रुनीले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै समय टिक्न सकेन । दुई मिनेटपछि आइसल्याण्डका सिगुर्डसनले बराबरी गोल फर्काए । १८ औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ । फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

युरोकपको उपाधि ह्याट्रिक गर्ने स्पेनको सपना समाप्त,इटाली क्वाटरफाइनलमा

एजेन्सी,असार १३ । स्पेनलाई हराँउदै इटाली युरोकप फुटवलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमवार राती भएको  भएको प्रिक्वाटरफाइनलमा स्पेनलाई २-० ले हराँउदै इटाली अन्तिम आठमा प्रवेश गरेको हो । इटालीलाई विजयी गराउदै चिलानी र पेलेले गोल गरे ।

पहिलो हाफको ३३ औं मिनेटमा चिलानीले गोल गदै इटालीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अग्रता लिएको चिलीको लागि अर्को गोल भने अतिरिक्त समय ९१ औ मिनेटमा भएको थियो । यो हारसँगै  लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउने  लक्ष्यमा रहेको स्पेनको सपना समाप्त भएको छ ।

मंसिरमा स्थानीय निकायको चुनाव तयारी

१४ असार, काठमाडौं ।
प्रधानमन्त्री के.पी. शार्मा ओलीले सरकारले आगामी मंसिरमा गर्ने स्थानीय निकाय निर्वाचनका लागि  निर्वाचन आयोगले गरिरहेको तयारीका विषयमा आयोगका पदाधिकारीहरुसंग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओली सोमबार निर्वाचन आयोग जानुभई सरकारले केही समय अघि संसदमा पेश गरेको कार्ययोजना अनुसर आगामी २०७४ माघ महिना भित्र सम्पन्न गर्नुपर्ने स्थानीय निकाय, प्रदेश, राष्ट्रपति, उपराष्ट्रपति र संसदको निर्वाचनका विषयमा छलफल गर्नुभएको हो ।

सञ्चारकर्मीहरुलाई छलफलबारे जानकारी गराउँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले सरकारले केही आन्तरिक तयारी पुरा गरेपछि राजनीतिक दल र आयोगसंगको छलफलका आधारमा स्थानीय निकाय निर्वाचनका लागि अघि बढ्ने बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचनका लागि आवश्यक ऐन कानून बनेमा आयोग कुनै पनि निर्वाचनका लागि प्राविधिक रुपमा तयार रहेको बताउनुभयो ।

छलफल कार्यक्रमा प्रधानमन्त्री ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानून मन्त्री खरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग र आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा। यादव, निर्वाचन आयुक्त इला शर्मा, सचिव शारदाप्रसाद त्रिताल, सहसचिव वीरबहादुर राई र सुशील कोइरालाको सहभागिता थियो ।

असार १५ गते देशैभर धान दिवस, नेपाल भने अझै भातमा खान भारतकै भरमा

१४ असार, काठमाडौं ।
केन्द्रिय स्तरमा कृषि विभागको आयोजनामा र जिल्लाहरुमा जिल्ला कृषि विकास कार्यालयहरुको प्रमुख आयोजनामा धानदिवश तथा रोपाई महोत्सव मनाइने भएको बालि विकास निर्देशनालयका कार्यक्रम निर्देशक डिलाराम भण्डारीले जानकारी दिनुभएको छ । यस पालीको धान दिवश तथा रोपाई महोत्वसको नारा व्यवसायीक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार रहेको छ ।

असार १५ गते मनाइने धान दिवश तथा रोपाई महोत्सवको बारेमा जानकारी दिन सोमबार ललितपुरमा आयोजित कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. युवक ध्वज जिसी ले नेपालमा धान नै प्रमुख खाद्यान्न बाली भएकाले खाद्य सुरक्षाका लागि धानको उत्पादन बढाउनु जरुरी रहेको बताउनु भयो ।

महानिर्देशक जि।सी।ले नेपालमा बार्षिक करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने हुँदा धान उत्पादनमा हुने ह्रासले मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले पनि उत्पादनमा जोड दिनु जुरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा ३३५ कृषि क्षेत्रबाट प्राप्त भइरहेको मा धानको मात्रै योगदान २१५ रहेको कृषि विभागले जनाएको छ ।

यति हुँदा पनि नेपाल धानमा आत्मनिर्भर हुन सकेको छैन । धानमा आत्मनिर्भर हुन सँगै नेपाललाई धान निर्यात गर्ने मुलुक बनाउन, नेपालीले खानपीन को बानीमा सुधार गर्नुपर्ने र व्यवसायीक उत्पादनमा जोड दिनुपर्ने विभागले जनाएको छ ।

संसारमा, १६२० लाख हेक्टर क्षेत्रफलमा धानखेती लगाइन्छ भने ६३१० लाख मेट्रिकटन धान उत्पादन हुने देखिन्छ ।

त्यसको करिब ९०५ धान उत्पादन तथा उपभोग भने एसीयामै हुन्छ ।

एसियामा १५०० लाख हेक्टरमा खेति गरी ५७०० लाख मेट्रिक टन धान उत्पादन हुन्छ ।

विस्वमा सबै भन्दा बढी धान उत्पादन हुने देशमा चीन पर्दछ भने त्यस पछि भारतको स्थान दोस्रो रहेको छ ।

चीन र भारत पछि धान उत्पादनका लागि अरु अग्रणी देशमा इण्डोनेसीया बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यान्मार, फिलिपिन्स, ब्राजील र जापान पर्दछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web