१५ असार,काठमाडौं ।
सरकारी विद्यालयप्रति अभिभावकको वितृष्णा बढेपछि सरकारले १९ वटा विद्यालयको गुणस्तर सुधार गरी नमुना विद्यालयका रुपमा सञ्चालन गर्ने भएको छ ।

यी विद्यालयको स्तरोन्नति गरी बूढानिलकण्ठ र एसओएस मोडलमा सञ्चालन गर्ने सरकारको योजना छ । यी १९ विद्यालय सुधारमा १ अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने शिक्षा विभागले जनाएको छ ।

बूढानीलकण्ठ र एसओएस सरकार र दाताको लगानीका सफल विद्यालय मानिन्छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

सुधार गर्न लागिएका विद्यालयको पूर्वाधार बूढानीलकण्ठ स्कुलको जस्तै सबैखाले आधारभूत सुविधासम्पन्न हुनेछन् ।
यिनको शैक्षिक गुणस्तर निजी बोर्डिङ स्कुलसरह हुने विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा उपनिर्देशक योगेन्द्रप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार यस्ता नमुना विद्यालय सञ्चालन र व्यवस्थापन सफल भए आगामी वर्ष विस्तार गरी ३ सय पुर्याइने योजना छ ।

पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ र ५ विकास क्षेत्रमा १र१ वटा पर्ने गरी विद्यालय सञ्चालन गरिने बरालले बताए ।

15.97¡ÆC