Open University bill endorsed

The meeting of the Legislature-Parliament has passed with majority the Nepal Open University Bill-2072 BS.

With the approval of the bill, it will help ensuring higher education access to all as such modality was in discussion for a decade.

The concept of the Open University was developed aimed at producing skilled manpower basically targeting to those who are unable to regularly attend the classes.

Similarly, in the meeting Education Minister Giriraj Mani Pokharel had responded the various queries raised by the lawmakers regarding the bill.

चलचित्र पुरस्कार-बसुन्धरालाई ‘दीर्घसाधना सम्मान’

नेपाल चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ वाट आज चलचित्रकर्मीहरुलाई सम्मानित गरेको छ ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित चलचित्रकर्मीहरुलाई सम्मान गर्नुभयो ।
दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु तीन लाख ५१ हजार १सय ११ रुपयाँसहित सम्मान गरियो ।

त्यसैगरी गत वर्ष प्रदर्शित चलचित्र मध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्रले मनोरञ्जनका साथै साँस्कृतिक र सामाजिक रुपान्तरणमा पनि महत्वपूर्ण योग्दान पुर्‍याएको वताउनुभयो ।

राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरताको प्रयोग र भाषाभाषीवीचको एकतामा  पनि चलचित्रले सहयोग पुर्याएको वताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाली,कला र सस्कृतिको सरक्षणमा चलचित्र क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउनुभयो

नेपालमा खुला विश्वविद्यालयको बाटो खुल्यो

१६ असार, काठमाडौं ।
नेपालमा खुला विश्वविद्यालय स्थापनाको सम्भावना बढेको छ । व्यवस्थापिका संसद्ले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित गरेसँगै खुला विश्वविद्यालय स्थापनाको सम्भावना बढेको हो । संसद्को आजको बैठकबाट विधेयक बहुमतले पारित भएको छ ।

विधेयक पारित भएसँगै नेपाल भित्रका विभिन्न स्थान तथा विदेशमा रहेका विद्यार्थीले विश्वविद्यालयमा हाजिर नभइकन उच्च शिक्षा पढ्न पाउने भएका छन् । उच्च शिक्षामा विद्यार्थीको पहुँच बढाउनका लागि भन्दै सरकारले खुला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक केही महिना पहिले संसदमा पेश गरेको थियो ।

विधेयक अनुसार खुला विश्वविद्यालयमा कर्मचारी भर्नाका लागि अन्य विश्वविद्यालयमा जस्तो सेवा आयोगको गठन हुने छैन ।

खुला विश्वविद्यालयको कार्यकारी परिषद्लाई नै कर्मचारी भर्नाको अधिकार दिएर विधेयक पारित गरिएको छ । गैरआवासीय नेपाली संघले खुला विश्वविद्यालयसम्बन्धी कानून बनाउन पाँच वर्ष अगाडिदेखि पहल गर्दै आएको थियो।

संसद् बैठकले विशेष आर्थिक क्षेत्र विधेयक र औद्योगिक व्यवसाय विधेयक २०७१ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।

प्रहरी तालिम गरिरहेकामाथि अफगानस्तानमा आक्रमण, कम्तिमा ४० जनाको मृत्यु

१६ असार, एजेन्सी ।
अफगानिस्थानको राजधानी काबुलमा प्रहरी प्रशिक्षार्थीहरुको गाडीमा गरिएको आत्मघाती आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ ।

ग्राजुएट्स कार्यक्रमबाट फर्कंदै गरेको प्रशिक्षार्थीलाई लक्षित गरेर काबुलको पश्चिमी बाहिरी क्षेत्रमा दुई वटा आत्मघाती बम विष्फोट गराइएको बिबिसिले लेखेको छ ।

बिस्फोटमा केही घाईते भएका छन् ।  एक हप्ता अघि मात्र काबुलमा नै भएको  विष्फोटनमा १२ नेपालीसहित १५ जनाको मृत्यु भएको थियो ।

भुँइमा बसेर पढ्न बाध्य

१६ असार, जाँजरकोट ।
हिमालय निम्न माध्यामिक विद्यालय नायकवाडा ४ गोठ गाउँका विद्यार्थीहरु कक्षाकोठाको चिसो भुँइको धुलोमा बसेर पढ्न बाध्य भएका छन् ।

विद्यार्थीहरुको बढ्दो चाप सँगै भौतिक पुर्वाधारको अभाव भएपछि उनिहरु भुँइमा बसेर पढ्न बाध्य भएका हुन् ।

उक्त विद्यालयमा पर्याप्त डेस्क बेञ्च नहँुदा विद्यार्थीहरु भुँइमा बसेर पढ्न बाध्य बनेको उक्त विद्यालयका प्रधानाध्यापक उदय चौधरीले बताउनुभयो ।

नेपाल बिद्युत प्राधिकरण लम्की शाखाको चरम लापरबाही

१६ असार, कैलाली ।
नेपाल बिद्युत प्राधिकरण लम्की शाखाको चरम लापरबाहीका कारण विद्युत अनियमित हुन थालेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

गर्मीयाममा हुन थालेको अनियमित विद्युतले कैलालीको लम्की आसपासका क्षेत्रका गाबिसहरुको जनजीवन नराम्ररी प्रभावित भएको हो ।

बिना जानकारी लम्की बिद्युत शाखाले लोडसेडिङ्ग बढाउदा यस क्षेत्रका स्थानीयबासिहरु आक्रोसित समेत भएका छन् ।

विद्युत कर्मचारीहरुले लोडसेडीङ्ग नभएको बेला पनि बिद्युत काट्ने गरेको जनताहरुले गुनासो गरेका छन ।

सोलुखुम्बु जिल्ला शिक्षा कार्यालयको कार्यसम्पादनमा समस्या

१६ असार, सोलुखुम्बु ।

जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुको कार्यसम्पादनमा समस्या भएको छ । दरबन्दि अनुसारको कर्मचारी नहुदा कार्यसम्पादनमा समस्या भएको हो ।

कार्यालयमा एक जना लेखा अधिकृत र लेखापालको दरबन्दी भए पनि गत भदौ देखी दुबै पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले जानकारी दिनुभयो। वहाँका अनुसार लेखाको काम अनुभवका आधारमा प्रशासन फाटका खरिदारले गरिरहनुभएको छ ।

पहिलो चौमासिक निकासा पश्चात सरुवा गरिएको लेखा अधिकृतको सट्टा पटक पटक विभागमा माग गरिएको भएपनि बेवास्ता गरेको कार्यालयको आरोप छ ।

सुदूरपश्चिममा ६ महिनामा २ सय ८ मानव अधिकार उल्लङघन

१६ असार, कैलाली ।
सुदूरपश्चिममा ६ महिनाको अवधिमा २ सय ८ वटा मानव अधिकार उलंघनका घटना भएका छन ।

इन्सेक क्षेत्रीय कार्यालय धनगढीले आज आयोजना गरेको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा २०७२ पौष १५ गतेदेखि २०७३ असार १५सम्मको  अवधिमा २ सय ८ वटा मानव अधिकार उलंघनको घटना भएकोमा सबैभन्दा बढी महिलासंग सम्बन्धित अधिकार उलंघनको घटना भएको जनाइएको छ ।

६ महिनाको अवधिमा एक सय ९६ जना महिला पीडित भएको इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले बताउनुभयो ।

लमजुङमा दिउँसै वाघको आक्रमणबाट ५ जना घाईते

१६ असार, लमजुङ ।
सुन्दरवजार नगरपालिका ४, पैह्रेमा दिउँसै वाघको आक्रमणवाट एक जना प्रहरी सहायक निरीक्षक सहित ५ जना घाईते भएका छन् ।

स्थानीयका अनुसार घाइते हुनेहरुमा सुन्दरबजार ४ का भरत तामाङ, फेदीकुनाका गोपाल डौलिया, फेदीकुनाकै रमेश परियार, पैह्रेमा मजदूरी गर्दै आएका सल्यानका छविलाल वुढाथोकी र ईप्रका भोटेओडारका प्रहरी सहायक निरीक्षक गोलकुमार श्रेष्ठ घाईते भएका हुन् ।

घाईते ४ जनाको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भैरहेको छ । छविलाल पौडेलको टाउकोमा चोट लागेको छ । भरत तामाङको पाखुरामा चोट लागेको छ ।

उनीहरु दुवैको अवस्था अहिले सामान्य रहेको अस्पतालवाट स्थानीय दीपक भुजेलले टेलिफोनमा वताउनुभयो । गोपाल डौलिया र रमेश परियार सामान्य उपचार पश्चात् घर फर्किएको पनि उहाँको भनाई छ  ।

संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि दलहरुबिच राष्ट्रिय सहमतिको आवश्यकता-प्रचण्ड

१६ असार, नेपालगञ्ज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा आफ्नो नाममा सहमति भएको खण्डमा जिम्मेवारी लिन तयार रहेको बताउनुभएको छ ।

संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रमुख दलहरुबिच बृहत राष्ट्रिय सहमतिको आवश्यकता भएका कारण आफूले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको प्रचण्डको भनाई छ ।

आज नेपालगञ्जमा गत वर्षको भूकम्पमा परी निधन भएका संविधानसभाका पूर्व उपाध्यक्ष पुर्णकुमारी सुवेदीका छोरा अच्युत सुवेदीको प्रथम वार्षिकी तथा पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्नु पर्ने बताउनु भयो  ।

बाबुराम भन्छन्-‘तीनवटा चुनाव एकैपटक गर्नुपर्छ, चुनाव लड्न तयार छौं’

१६ असार, काठमाडौं ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीन वटै चुनाव एकै पटक गर्नुपर्ने बताउनुभएको छ ।

स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्दा खर्च पनि कम हुने भट्टराईले बताउनुभयो ।

स्थानीय निकाय पुनःसंरचनासम्वन्धी आयोगको काम सकेर सीमांकन पुनःसंरचना गरेपछि मात्रै चुनाव गर्नु पर्ने भट्टराईको भनाई छ ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले मंसिर, चैत वा अर्को वर्ष जहिले चुनाव गरेपनि नयाँ शक्ति तयार रहेको समेत बताउनुभयो ।

विप्लव’ नेतृत्वको माओवादीले सरकारलाई ज्ञापनपत्र बुझायो

१६ असार, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेलका टावरहरुमा आक्रमण गरेको आरोपमा गरिएका आफ्ना नेता–कार्यकर्ताहरुलाई रिहाई गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सिंहदरवार वरपरका क्षेत्रमा धर्ना सहित विरोध प्रदर्शन समेत गरेको माओवादीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

कालो ब्यानर र पार्टीको झण्डा बोकेका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

नेकपा माओवादीले भ्रष्टाचार, महंगी र कालोबजारीको विरोध गर्ने क्रममा आफ्ना कार्यकर्ताहरु पक्राउ परेको दाबी गरेको छ ।

उनीहरुलाई सम्मान रिहा गर्नुपर्ने र भूकम्प पीडितलाई एकमुष्ठ १० लाख रूपैयाँ दिनुपर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीको माग छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web