१६ असार, लमजुङ ।
सुन्दरवजार नगरपालिका ४, पैह्रेमा दिउँसै वाघको आक्रमणवाट एक जना प्रहरी सहायक निरीक्षक सहित ५ जना घाईते भएका छन् ।

स्थानीयका अनुसार घाइते हुनेहरुमा सुन्दरबजार ४ का भरत तामाङ, फेदीकुनाका गोपाल डौलिया, फेदीकुनाकै रमेश परियार, पैह्रेमा मजदूरी गर्दै आएका सल्यानका छविलाल वुढाथोकी र ईप्रका भोटेओडारका प्रहरी सहायक निरीक्षक गोलकुमार श्रेष्ठ घाईते भएका हुन् ।

घाईते ४ जनाको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भैरहेको छ । छविलाल पौडेलको टाउकोमा चोट लागेको छ । भरत तामाङको पाखुरामा चोट लागेको छ ।

उनीहरु दुवैको अवस्था अहिले सामान्य रहेको अस्पतालवाट स्थानीय दीपक भुजेलले टेलिफोनमा वताउनुभयो । गोपाल डौलिया र रमेश परियार सामान्य उपचार पश्चात् घर फर्किएको पनि उहाँको भनाई छ ।

15.47¡ÆC