नेपाल चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ वाट आज चलचित्रकर्मीहरुलाई सम्मानित गरेको छ ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित चलचित्रकर्मीहरुलाई सम्मान गर्नुभयो ।
दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु तीन लाख ५१ हजार १सय ११ रुपयाँसहित सम्मान गरियो ।

त्यसैगरी गत वर्ष प्रदर्शित चलचित्र मध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्रले मनोरञ्जनका साथै साँस्कृतिक र सामाजिक रुपान्तरणमा पनि महत्वपूर्ण योग्दान पुर्याएको वताउनुभयो ।

राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरताको प्रयोग र भाषाभाषीवीचको एकतामा पनि चलचित्रले सहयोग पुर्याएको वताउनुभयो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाली,कला र सस्कृतिको सरक्षणमा चलचित्र क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउनुभयो

17.16¡ÆC