कोपा अमेरिका :इक्वेडर अभागी सावित,ब्राजिल बराबरीमा रोकियो

एजेन्सी,जेठ २३ । कोपा अमेरिका फुटबलमा इक्वेडरले ब्राजिललाई बराबरीमा रोकेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा स्ट्राइकर नेइमार बिनानै मैदान उत्रेको ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो ।  यो खेलमा इक्वेडर अभागी सावित भयो । इक्वेडरका एनर भ्यालेन्सियाले गोल गरेपनि कोपा अमेरिकाका अधिकारीले त्यसलाई गोलको मान्यता दिएनन् ।

आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका देखिए:ओली

काठमाडौं,जेठ २३ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो। 'अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन्। यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ।

यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ। बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए। बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए। उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्रीले पनि त्यस्तो कुनै सहमति नभएको भन्दै बैठकमा आश्वस्त पारेका थिए। उनले छलफलमा ११ बुँदा र १२ बुँदा आएको भए पनि त्यसलाई हटाएर नौ बुँदामा झारिएको र बाहिर आएभन्दा कुनै अर्को सहमति नभएको दाबी गरेका थिए। उनले आफूले यस्तो सहमति गर्नैपरेको अवस्थामा पार्टीका शीर्ष नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने बताएका थिए।

फ्रेन्च ओपन : महिला एकल तर्फको उपाधि गार्बिनेलाई

एजेन्सी,जेठ २३ ।  विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सलाई हराउँदै फ्रेन्च ओपन टेनिसको महिला एक तर्फको उपाधि स्पेनकी गार्बिने मुगुरुजाले जितेकी छन् । चौथो बरियताकी मुगुरुजाले विलियम्सलाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गर्दै  पहिलो पटक ग्राण्डस्लाम उपाधि जितेक हुन् । २२ वर्षकी मुगुरुजासँगको पराजयले २२ वटा ग्राण्डस्लाम उपाधि जितेकी ३४ वर्षकी विलियम्सको २३ औं उपाधि जित्दै विश्व टेनिसमा स्टेफी ग्राफले बनाएको कीर्तिमानमा बराबरी गर्ने सपना पूरा हुन सकेन ।

कोपा अमेरिका: हाइटीलाई हराँउदै पेरुको विजयी सुरुवात

एजेन्सी,जेठ २३ । कोपा अमेरिका फुटबलमा हाइटीलाई हराँउदै पेरुले विजयी सुरुवात गरेको छ । आइतबार बिहान वासिङटनमा भएको खेलमा पेरुले हाइटीलाई १–० ले पराजित गरेके हो ।

पेरुलाई विजयी बनाउन एक मात्र गोल खेलका ६१ औं मिनेटमा पाओलो गुरेरोले गरे । त्यसपछि कुनै पनि टोलीवाट गोल हुन सकेन र खेल पेरुले जित्यो । यो जित सहित  समूह बीमा रहेको पेरुले जितसँगै तीन अंक जोडेको छ ।

नेपाल र नेपालीको तर्फवाट कुमामोतो भूकम्प पीडितप्रति सहानुभुती र ऐक्यबद्धता (फोटो फिचर)

२३ जेठ, कुमामोतो, जापान ।
जापानको कुमामोतो भूकम्प पीडित बस्तीमा पुगेर जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले नेपाल सरकार र नेपाली जनताको तर्फवाट सहानुभुती र ऐक्यबद्धता व्यक्त गर्नुभएको छ ।

कावा राजदूत राजभण्डारीले भुकम्प प्रभावित वस्ति सहित कुमामोतोका विशिष्ट व्यक्तिहरुसँग भेटेर गत अप्रिल १६ तारिखमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पले कुमामोतो क्षेत्रमा पुर्याएको जनधनको क्षतिमा दुख व्यक्त गर्नुभयो ।

भेटका अवसरमार कावा राजदूत राजभण्डारीले नेपाल सरकार सँगै जापानमा रहेका करिव ६० हजार नेपाली कुमामोतो वासीको दुखको यस घडिमा साथमा रहेको बताउनुभएको थियो ।

राजदूत भण्डारीले सो अवसरमा कुमामोतो सिटिका गर्भनर डा. इकुओ खाबासिमा र कुमामोतो सिटिका मेयर खाजुफुमी ओनीशीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो ।

भेटका क्रममा गैर आवासिय नेपाली संघ एनआरएन जापानका अध्यक्ष सुदन थापा एवं एनआरएन सल्लाहकार रहनुभएका जिज्ञानकुमार थापा समेतको उपस्थिति रहेको थियो ।

भेटका अवसरमा नेपाल जापान दौंत्य सम्वन्ध सँगै जापानले गत वर्ष नेपालका भूकम्प प्रभावितहरुलाई गरेको सहयोगको स्मरण गरिएको थियो ।

कुमामोतो वासीको दुखको घडीमा नेपाली जनता साथमा रहेको भन्दै आफुले गत वर्ष नेपाललाई गरेको सहयोगको लागि कुमामोतोका गर्भनर, मेयर सहित जापानी जनतामा सो अवसरमा धन्यवाद व्यक्त गरेको कावा राजदूत राजभण्डारीले टपनेपालन्युज डटकमलाई जानकारी दिनुभयो ।

सो अवसरमा कावा राजदूत गहेन्द्रराज राजभण्डारी सहितको नेपाली टोलीले कुमामोतो भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीहरुसँग भेटघाट गर्नुका साथै भूकम्प पछिको अवस्थाको बारेमा छलफल गरेको थियो ।

यसैगरि कावा राजदूत राजभण्डारीले कुमामोतो भूकम्प प्रभावित बस्तिमा स्वयंसेवा गर्न खटिएको नेपाली टोलिसँगपनि भेटघाट गर्नुका साथै आफ्नै प्रयासमा निशुल्क रुपमा गरिरहेको सेवाको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

जापानमा रहेका नेपालीहरुको एक टोली स्वस्फूर्त रुपमा हाल कुमामोतो क्षेत्रमा सरसफाई तथा भूकम्पमा परि भत्किएका घरका संरचना हटाउने लगायतका काममा खटिरहेको छ ।

यस्तै भूकम्पबाट प्रभावित भइ मानसिक रुपमा परेको असर कम गर्नकै लागि भनेर नेपाली गोग गुरु नेत्र ज्ञवालीले जापानीहरुलाई योगाभ्यास गराउनुभएको थियो ।

दुखको घडीमा नेपालीहरुले गरेको सहयोग र सद्भावको लागि धन्यवाद व्यक्त गर्दै कुमामोतोवासी जापानीहरुले नेपाल जापानको सँधै असल मित्र रहँदै आएको स्मरण गरेका थिए ।

अध्यक्षमा अग्रवाल,महासचिवको जिम्मेवारी पारस खड्कालाई

काठमाडौ,जेठ २२ । नेपाली राष्ट्रिय टिमको पूर्व कप्तान पवनकुमार अग्रवाल क्रिकेट खेलाडी संघको अध्यक्षमा चयन भएका छन् । त्रिवि क्रिकेट मैदानको हलमा शनिवार भएको वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । महासचिवको जिम्मेवारी भने वर्तमान नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले पाएका छन् । समितिको उपाध्यक्षमा विनोदकुमार दास र सिता रानामगर,सचिवमा अनिलकुमार मण्डर र कोषाध्यक्षमा पृथु बास्कोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु वस्नेत, शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, निरा राजोपाध्याय र विनोद भण्डारी चयन भएका छन् ।  नयाँ कार्यसमितिको समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

कार्यसमिति:

अध्यक्ष – पवनकुमार अग्रवाल

उपाध्यक्ष – विनोदकुमार दास

उपाध्यक्ष – सिता रानामगर

महासचिव – पारस खड्का

सचिव – अनिलकुमार मण्डल

कोषाध्यक्ष – पृथु वास्कोटा

सदस्यहरु :

राजु वस्नेत

शक्तिप्रसाद गौचन

ज्ञानेन्द्र मल्ल

निरा राजोपाध्याय

विनोद भण्डारी

शिक्षा विधेयक पारित, कक्षा १२ सम्म माध्यमिक तह, एसएलसी परीक्षा प्रणालीको अन्त्य

काठमाडौं,जेठ २२ । व्यवस्थापिका संसद बैठकले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ ।  व्यवस्थापिका संसदको शनिबार बसेको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म विद्यालय तह भएको छ । एक साता अघि संसदमा निर्णयार्थ पेस भएको उक्त विधेयक सर्वसम्मत रुपले पारित भएको हो । सत्तापक्ष र विपक्षी सबै सांसदले उक्त विधेयकमा समर्थन जनाए पछि उत्त विधेयक पास भएको हो ।संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा)(आठौं संशोधन विधेयक २०७३०) लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सभामुख ओनसरी घर्तीले निर्णयार्थ पेस गरेको उक्त प्रस्तावको विपक्षमा हुन्नु भन्ने स्वर नसुनिएपछि सर्वसम्मतले पारित भएको हो । अब राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि उक्त कानुन कार्यान्वयनमा आउने छ ।

अब कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा हुने भएको छ । कक्षा १० को अन्तिममा हुदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसीजस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।

दोधारा चाँदनीको सुरक्षा मजबुद बनाउन छलफल

पप्पु गुरुङ्, २२ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । ईलाका प्रहरी कार्यायमा दोधारा चाँदनीको समग्र सुरक्षा ब्यवस्था मजबुद बनाउन छलफल भएको छ् । ईलाका प्रहरी कार्यालयको आयोजनामा आज एक कार्यक्रम संचालन गरि दोधारा चाँदनीको सुरक्षा ब्यवस्था तथा गरिएका सुरक्षा अवस्थाको बारे समिक्षा गरिएको प्रहरीले जनाएको छ् । दोधारा चाँदनीमा केही दिन अघि संचालनमा आएको मदिरा तथा डिजे ब्यवस्थापनको बारे छलफल समेत गरिएको थियो । दोधारा चाँदनीको सुरक्षा ब्यवस्थालाई कसरी मजबुत तथा चुस्त दुरुस्त बनाउने बिषयमा दोधारा चाँदनीका सबै राजनितिक दलका प्रतिनिधी, बजार ब्यस्थापन समिती, महलिा अधिकारकर्मी लगाएत सरोकारवारवाला बिच प्रतिबद्धता जाहेर गरेका थिए । दोधारा चाँदनीलाई कसरी सुरक्षा ब्यवस्था शान्तिमय बनाउन सकिन्छ भन्ने बिषयमा सबै सरोकारवालाले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र विर विश्वकर्माको अध्यक्षतामा संचालित छलफल कार्यक्रममा नेपाली काग्रेंसका नगर अध्यक्ष डम्मर बहादुर चन्द, नेकपा (एमाले) नगरकमिटीका अध्यक्ष किशोर कुमार लिम्बु, साबिकको दोधारा गाबिसको कार्यालयका पुर्व अध्यक्ष बेल बहादुर राना, चाँदनी गाबिस बजार ब्यवस्थापन समितीका अध्यक्ष मृग बहादुर सिंह, नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापति धन बहादुर शाही, नयाँ शक्ती नगरकमिटीका अध्यक्ष पदम बहादुर सिंह, नेकपा (माओबादी) का नगरकमिटीका अध्यक्ष भरत भट्ट, पत्रकार पप्पु गुरुङ्ग, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य राजिब खड्का लगाएतको उपस्थिती रहेको थियो । उक्त अवसरमा दोधारा चाँदनीमा तात्तिदै आएको सुन्दरनगर प्रहरी निरिक्षक माथी हातपात तथा त्यसको साम्य बिषयमा छलफल केन्द्रित भएको नेकपा (एमाले) नगरकमिटि अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिएका छन् ।

पुग्ला त बादलको बोली । अबको केही दिनमै प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा

काठमाडौं,जेठ  २२ । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अबको केहि दिनमा नै प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गर्नु भएको छ ।  आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको प्रधानमन्त्री हुने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि कुनै पनि पक्षसँग भद्र सहमति नभएको दाबी गर्दै आएका बेला  सिन्धुलीमा शनिबार विहान भएको पत्रकार भेटघाटका क्रममा नेता बादलले यस्तो घोषणा गरेका हुन् । पार्टी भेटघाटको लागि सिन्धुली पुगेका बादलले संविधान कार्यान्वयन र पुनर्निर्माणको लागि बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व प्रचण्डले गर्ने दाबी गरे ।

राष्ट्रिय एकताबिना संविधान कार्यान्वयन गरेर देखाउन प्रचण्डको चुनौती

मन्थली,जेठ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसंविधान कार्यान्वयन मुख्य चुनौती भएको बताएका छन् ।  रामेछापको मन्थलीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले संविधान कार्यान्वयन मुख्य चुनौती भएको बताएका हुन् ।

राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानून निर्माण लगायतका काम गर्न कठिनाइ हुने भन्दै राष्ट्रिय एकता अनिर्वाय रहेको  बताउनु भएको छ ।  आफू प्रधानमन्त्री बन्नका लागि एकताको कुरा नगरेको भन्दै प्रचण्डले मुलुकको निकासका लागि राष्ट्रिय सहमति आवश्यक भएकोमा उनले जोड दिए ।

नेपाली टोली जापान कुमामोतो भूकम्प पीडितको सेवा गर्दै (फोटो फिचर)

२२ जेठ, जापान ।
कुमामोतो भूकम्प प्रभावित वस्तीमा पुगेको नेपाली टोलिले आज बिहानैबाट सहयोगको काम थालेको छ ।

नेपाली टोलीले भूकम्प प्रभावितहरुको घर घरमा पुगेर सरसफाई सहित भूकम्पमा परि भत्किएका घरमा रहेका सामान निकाल्ने लगायतको काम आज बिहानैबाट थालेको हो ।

प्रल्हादसिंह महतको नेतृत्वमा गएको नेपाली टोलिमा जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारी समेतको सहभागीता रहेको छ ।

स्वयंसेवी टोलिले बिहानैबाट काम थालेको जानकारी दिंदै टोलीमा सहभागी विइ फर अल संस्थाका अध्यक्ष समेत रहनुभएका सरोज कुमार खत्रीले स्थानिय संघ संस्थासँगको समन्वय र स्थानियसँग छलफलपछि भत्किएका घरभित्र रहेका सामान निकाल्ने, सरसफाइ लगायतको काम एकसाथ थालिएको बताउनुभयो ।

१० जनाको टोलीमा एनआरएन जापान अध्यक्ष सुदन थापा, एनआरएन जापान सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएनका सचिव बुद्धीराज घिमिरे, नेत्र ज्ञवाली, केशव थापा, विइ फर अलका अध्यक्ष सरोजकुमार खत्री र योग गुरु नेत्र ज्ञवाली लगायतको सहभागीता रहेको छ ।

गत अप्रिल १६ तारिखमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि कुमामोतो क्षेत्रमा ५० जनाको मृत्यु भएको थियो ।

हजारौं घाइते र लाखौं विस्थापित भएको सो क्षेत्रमा अझैपनि दशौं हजार व्यक्ति अस्थाई शिविरहरुमा आश्रय लिएर बसिराखेका छन् ।

यसअघि सोही क्षेत्रमा भूकम्प लगत्तै गैर आवसिय नेपाली संघ जापानको नेतृत्वमा गएको एक टोलीले भूकम्प प्रभावितहरुलाई नेपाली खाना सहितको सहयोग गरेको थियो ।

राजदूत सहितको नेपाली स्वंसेवी टोली कुमामोतो प्रस्थान

कोपा अमेरिका : अमेरिकालाई हराँउदै कोलम्बियाको विजयी सुरुवात

एजेन्सी,जेठ २२ । आयोजक अमेरिकालाई हराउदै कोलम्बियलो कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार बिहान भएको उद्धघाटन खेलमा कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले पराजित गरेको हो । कोलम्बियाको जिताउन क्रिष्टियन सापाटा र कप्तान जेम्स रोड्रिग्वेजले एक एक गोल गरे ।

८ औं मिनेटमा सापाटाको गोलबाट कोलम्बियाले सुरुवाति अग्रता लियो । ४२ औं मिनेटमा रोड्रिग्वेजले कोलम्बियाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र कोलम्बिया २–० ले विजयी भयो । दक्षिण अमेरिका बाहिर पहिलो पटक भएको प्रतियोगितमा अमेरिका र कोलम्बिया रहेको समूह एमा कोस्टा रिका र पाराग्वे पनि छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web