काठमाडौं,जेठ २२ ।भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ । फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको आजको अन्नपूर्णमा समाचार छ । नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भ निरीक्षण अनुगमन, स्तम्भको गणना, पुनर्निर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ ।

मोरङका प्रजिअ तोयम रायाका अनुसार बैठकमा फिल्ड सर्भे टिमले एक वर्षमा नेपाल भारतको सिमानामा चार सय ९३ वटा सीमा स्तम्भ मर्मत समभार गरेको छ । पुराना स्तम्भ क्षति भएपछि त्यही ठाउँमा ७९ वटा नायाँ स्तम्भ निर्माण गर्नुपरेको छ । अनुगमनका क्रममा नेपाल भारत सीमा षेत्रका एक सय ४७ वटा सीमास्तम्भ हराएका पाइएका छन् । सीमास्तम्भ कसरी हराए भन्ने बारेमा पनि खोजी गर्न दुवै देशका अधिकारी सहमत भएका छन् ।

काठमाडौं,जेठ २२ । अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याका सम्बन्धमा शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ-‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रि विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

रिपोर्टमा भनिएको छ-अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालको कमजोर सुरक्षा प्रणालीबाट फाइदा उठाएर उनीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्र नबनाई क्रिडास्थल नै बनाउने खतरा बढेर गएको छ ।’

नेपालमा आतंकबादविरुद्धको कानुन नै अहिलेसम्म बन्न नसकेको र भारतीय सीमामा परिचालित सुरक्षा फौजसमेत प्रभावकारी नभएको भन्दै रिपोर्टमा नेपाल प्रहरीसँग आतंकवादसँग लड्न सानो संयन्त्र भएपनि यसले प्रभावकारी भूमिका खेल्नेमा अमेरिकाले शंका व्यक्त गरेको छ ।

नेपालको सुरक्षा निकायमा आधुनिकता प्रवेश गर्न नसक्दा आतंकवादी संगठनले त्यसको फाइदा उठाएर नेपाललाई आफ्नो क्रिडास्थल बनाउन सक्नेतर्फ रिपोर्टमा सचेत गराइएको छ ।

काठमाडौं,जेठ २२ । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ ।

पुरातात्त्विक महत्त्वका धरोहरले रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति लिनेछ । सबै योजना पूरा हुन कम्तीमा १० वर्ष लाग्नेछ ।

बागमतीमा उफ्रनेछन् माछा

तीन वर्षभित्र बागमतीमा माछा उफ्रनेछन्, पानीहाँस डुबुल्की मार्नेछन् । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको उद्गम बिन्दुमा मानवनिर्मित दुई ठूला कृत्रिम ताल बनाउनेछ । तालबाट बग्ने पानीले सुन्दर बागमतीको सपना साकार पार्नेछ । यसका लागि एसियाली विकास बैंकले प्राधिकरणलाई आर्थिक सहयोग गर्नेछ ।

प्राधिकरण अबको १० वर्षभित्र काठमाडौं उपत्यकामा अत्याधुनिक स्याटलाइट सिटी निर्माणमा जुटेको छ । पहिलो चरणमा उपत्यकामा तीनवटा स्याटलाइट सिटी निर्माण हुनेछन् । पहिलो स्याटलाइट सिटी एक लाख रोपनी क्षेत्रफल, दोस्रो ३० हजार रोपनी र तेस्रो ४० हजार रोपनी क्षेत्रफल भएको जग्गामा निर्माण हुनेछ । पहिलो स्याटलाइट सिटी पाँच वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । दोस्रो र तेस्रो स्याटलाइट सिटी भने आठ वर्षभित्र निर्माण गरिनेछ । प्राधिकरणको यो महत्त्वाकांक्षी योजनालाई सरकारले बजेटमा समेटेको छ । पहिलो स्याटलाइट सिटीको डिपिआर तत्काल सुरु हुनेछ ।

कहाँ कसरी गुड्नेछ मेट्रो रेल ?

अध्ययनअनुसार उपत्यकाभित्र पाँच स्थानमा ‘मेट्रो रेल’को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक ‘फ्लाई ओभर’मा हुनेछ । चौथो र पाँचौँ लाइमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ । पहिलो लाइनको रुट सातदोबाटो–पुल्चोक– त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुनेछ । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म हुनेछ ।

तेस्रोको लिक भने चक्रपथ वरिपरि निर्माण हुनेछ । चौथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिनेछ ।

पाँचौँ लिक धोबीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नारायणहिटी–नयाँ बजार हुँदै गोंगबुसम्म निर्माण गरिनेछ।

काठमाडौं,जेठ २२ । संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मुलुकमा तैनाथ हुने नेपाली शान्ति सेनाले प्रयोग गर्ने हतियारको बारेमा संयुक्त राष्ट्र संघले गम्भीर आपत्ति जनाएको छ । विश्वमा शान्ति सेना पठाउने छैठौं मुलुकका रुपमा रहेको नेपालले शान्ति सेनामा पठाउँदा राष्ट्र संघले तनोकेको मापदण्डभन्दा बाहिरको हतियार पठाएको भन्दै राष्ट्र संघले नेपाल सरकारको ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्म शान्ति सेनाका रुपमा खटिने नेपाली सुरक्षा फौजले राष्ट्र संघको मापदण्ड पूरा गर्न नसकेको आजको नेपाल समाचारपत्रमा समाचार छ ।

द्वन्द्वग्रस्त मुलुकमा खटिएका नेपाली शान्ति सैनिकहरुले यसअघि नै राष्ट्र संघले फेजआउट गरेको ७ प्वाइन्ट ६२ क्यालिवरको हतियार प्रयोग गर्दै आएका छन् । राष्ट्र संघले शान्ति मिसनहरु जटिल बन्दै गएकाले आधुनिक हतियार प्रयोग गर्नु पर्ने भन्दै शान्ति सेना उपलब्ध गराउँदै आएका मुलुकलाई ५ प्वाइन्ट ५६ क्यालिवरको हतियार प्रयोगमा ल्याउन निर्देशन दिएको भएपनि नेपालले भने राष्ट्र संघको निर्देशनलाई पालना गरेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना शान्ति सैनिकको रुपमा खटिने सुरक्षा फौजले अहिले पनि ७ प्वाइन्ट ६२ क्यालिबरको हतियार नै प्रयोग गर्दै आएकाले हतियारको कारण देखाएर राष्ट्र संघले नेपाली मिसनको कटौती गर्ने खतरा बढेर गएको छ ।

काठमाडौं,जेठ २२ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ले अहिले नै सरकारको नेतृत्व गर्ने इच्छा आफूलाई नभएको बताएका छन् । सरकारको नेतृत्व गर्ने इच्छा जाहेर गरेको भए कांग्रेस र मधेसी दलहरुले समर्थन गरेकै बेला आफू प्रधानमन्त्री भइसक्ने अवस्था आउँदा पनि राष्ट्रिय हितका लागि एमालेकै सरकारका लाई समर्थन गरेको प्रचण्डले बताएको आजको अन्नपूर्णमा समाचार छ । माओवादी केन्द्र दोलखाको चौंथो जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको स्पस्ट पारे । सरकार गम्भीर संकटमा परेका बेला सरकार परिवर्तन गरी बहुमतीय सरकार गठन गर्नुको कुनै ओचित्य नभएका कारण आफू प्रधानमन्त्री बन्नबाट पछि हटेको प्रचण्डले बताए । एमालेसँग भएको नौबुँदे सहमतिमा बजेट सार्वजनिक भएपछि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको भन्दै घुमाउरो भाषामा दाहालले एमालेलाई सहमति नभुल्न आग्रह गरे ।

काठमाडौं,जेठ २२ । वीरगन्जको अलौंसँग सीमा जोडिएको भारतीय भू-भागमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)को उदघाटन समारोह नेपाली पक्षले बहिष्कार गरेको छ। शुक्रबार आयोजित उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले निम्तो दिए पनि नेपाली अधिकारी र उद्योगी व्यपारीहरु उक्त उदघाटन समारोहमा सहभागी भएनन्। नेपाल र भारत दुवैतर्फ बन्दै गरेको आइसीपीको भारततर्फको भन्सार जाँचचौकीको शुक्रबार उदघाटन गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

नेपालतर्फको निर्माण कार्य भने अधुरै छ। दुवै तर्फको भौतिक संरचनाको निर्माण भारत सरकारले नै गर्दै आएको छ। नेपालतर्फको निर्माण कार्य अधुरै रहेका बेला भारतले आफनोतर्फको मात्र निर्माण कार्य सकेर एकलौटी रुपमा शुक्रबारदेखि आइसीपीको सञ्चालन गरेको हो।

भारतीय महावाणिज्य दूतावासकी वाणिज्यदूत अन्जु रन्जन, भारतीय ल्याण्ड कोट अथोरिटी चेयरमेन वाइ एस सेरावत र रक्सौल कस्टमका अधिकारी आर के सिंहले संयुक्त रुपमा आइसीपीको उदघाटन गरेका थिए। भारतीय सरकारको एकलौटी कदमप्रति रुष्ट भएको नै नेपाली पक्षले उदघाटन समारोह बहिष्कार गरेको हो।

उदघाटन समारोहमा सहभागी हुन भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरे , पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ , वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया सहित वीरगन्जका प्रतिष्ठित उद्योगी व्यपारीलाइ निम्तो दिएको थियो।तर उदघाटन समारोहमा नेपालका तर्फबाट कोही पनि सहभागी भएनन्।

भन्सार विभागबाट आदेश नआएकाले आफु भारतीय आइसीपीको उदघाटन कार्यक्रममा सहभागी नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख पोखरेलले अन्नपूर्ण पोष्टलाई बताए। उनले भने, ‘एक त औपचारिक निम्तो पनि थिएन, भारतीय पक्षले अनौपचारिक रुपमा मात्रै आउनु भनेका थिए, उनले भने, ‘अर्को माथिको आदेश पनि थिएन, त्यसैले म गइन।’

काठमाडौं,जेठ २१ । प्रथम वीरगणेशमान कप राष्ट्रिय महिला पूरुष ह्याण्डबल प्रतियोगीताको सेमिफाइनल समिकरण पुरा भएको छ । कपन आकासेधार स्थीत ह्याण्डबल मैदानतमा शुक्रबार सम्पन्न खेलहरुमा पुरुष तर्फ आयोजक सदाबहार खेलकुद समाजको ए टिम सहित हिमालय क्लब बाटुलेचौर, तथा एपिफ क्लब र नेपाल आर्मी सेमिफाइनलमा पुग्न सफल भएका छन । सदाबहारले मध्यमाञ्चललाई १० का विरुद्ध ६ गोलले पराजित गरेको हो । सदाबहारका लागि दिपेन्द« गुरुङ्गले सर्वाधिक ४ गोल गरेका थिए । दोस्रो खेलमा हिमालय क्लब बाटुलेचौर ले सदाबहार खेलकुद समाज बि लाई २०–७ गोलले पराजित गरेको हो । बाटुलेचौरका लागि बासु गुरुङ्गले सर्वाधिक ८ गोल गरेका थिए । त्यसैगरी एपिफले, मध्माञ्चलाई, नेपाली आर्मीले सदाबहार बि लाई पराजित गरी सेमीफाइनलमा पुग्न सफल भएका हुन । महिला तर्फको खेलमा नेपाल आर्मीले मध्यमाञ्चलाई ३५–६ को फराकिलो गोलअन्तरले पारजित गरेको छ । महिला तर्फको फाइनल प्रतिस्पर्धा नेपाल आर्मी तथा सशस्त्र प्रहरी विच २३ गते हुनेछ ।

काठमाडौं,जेठ २१ । बंगलादेशको ढाकामा सम्पन्न फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल बास्केटबल संघले शुक्रबार स्वागत गरेको छ ।

जुलाई १ र २ तारिखमा भएको प्रतियोगितामा नेपालले श्रीलंकालाई ६५–६४ तथा बंगलादेशलाई ५७–५४ ले पराजित गरेको थियो । राउन्ड रोविन लिगका आधारमा भएको चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल भारतसंग ११७–४० ले पछि परेपछि उपविजेतामा सीमित भएको थियो ।

भारत विजेता बन्दै जुलाइ १५ देखि २४ तारिखसम्म इरानमा हुने यु–१८ पुरुष एसियाली बास्केटबल च्याम्पियनसिपका लागि छनोट भयो । विजेता मात्र च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान छ ।

नेपाली खेलाडी टोलीमा कुन्खेनजित थिङ लामा (कप्तान), अजय कुँवर, निश्चल महर्जन, माधवप्रसाद निरौला, अजय कुश्वाहा, सौगातदीप सिंह, जसाङ सुनुवार, आशिष बस्नेत, प्रगुन महर्जन, युवराज तामाङ, शशि पराजुली तथा निकेश राखाल मगर रहेका छन् ।

त्यस्तै प्रशिक्षकमा रविन्द्रमान महर्जन र सहायक प्रशिक्षकमा केदार बुढाथोकी तथा टिम व्यवस्थापकमा राजेश महर्जन छन् । टोलीलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली, नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा टोलीलाई खादा र टीका लगाइ स्वागत गर्दै बधाइ दिएका थिए । उपाध्यक्ष शेर्पाले टोलीलाई नगद पुरस्कारका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं, जेठ २१ । चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसंग मिलेर स्वर्ण हात पारिन् । सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह–सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको सो पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।

मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।

समग्रमा मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३ सय १९ अंक बटुल्यो । दोश्रो भएको पश्चिमाञ्चलले २ सय १९ अंक बटुल्यो । १ सय १८ अंकसाथ मध्यपश्चिाञ्चल तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

फुटबल ः मध्यमाञ्चल र पश्चिमाञ्चलाई पहिलो

फुटबलको छात्रामा मध्यमाञ्चल र छात्रमा पश्चिमाञ्चलले उपाधि जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चलाई १–० गोलले पराजित ग¥यो । रजनी ठोकरले निर्णायक गोल गरिन् । छात्रको उपाधि भिडन्तमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई १–० गोलले हरायो । मन्दिप बानियाँले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

भलिबल ः पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

भलिबलको छात्रमा पश्चिमाञ्चल च्याम्पियन बन्यो । फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१७, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२०, २५–१८ र २५–२१ ले हराउदै तेश्रो भयो । छात्रामा मध्यमाञ्चलले बाजी मा¥यो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई सीधा सेटमा २५–१४, २५–१७ र २५–१७ ले पाखा लगायो । तेश्रो स्थानमा चित्त बुझाएको मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १९–२५, २५–९, २५–१० र २५–१४ ले पन्छायो ।

कबड्डी ः सुप र मध्यमाञ्चल शीर्ष स्थानमा

कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल छात्रमा पहिलो भयो । सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४८–४१ ले पराजित ग¥यो । पश्चिमाञ्चल पूर्वाञ्चललाई ५३–२२ ले हराउदै तेश्रो भयो । छात्राको फाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलाई ५०–३४ ले हराउदै पहिलो भयो । तेश्रो भएको पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलाई ६१–२७ ले हरायो ।

क्रिकेट ः मध्यमाञ्चललाई स्वर्ण

मध्यमाञ्चल फाइनलमा मध्यपश्चिमाञ्चललाई सजिलै ३४ रनले हराएर च्याम्पियन बन्यो । टस जिती पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । मध्य पश्चिमाञ्चल जवाफमा १९.४ ओभरमा १२३ रनमा अलआउट भयो । सुरज तिमल्सिनाले चार र मुकेश शाहले तीन विकेट लिएपछि मधपश्चिमाञ्चलको पाली धराशायी भएको हो ।

तीनदिने प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव लक्षमणप्रसाद मैनाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

२१ जेठ, टोकियो ।

नेपाली टोली भूकम्प प्रभावित जापानको कुमोमोतोमा स्वयंसेवा गर्न त्यस तर्फ प्रस्थान गरेको छ ।

युवा व्यवसायी प्रल्हादसिंह महतको नेतृत्वमा १० जनाको टोली भूकम्प प्रभावित वस्तिमा सेवा गर्न आज त्यस तर्फ लागेको हो ।

स्वयंसेवी टोलिका प्रमुख महतका अनुसार टोलिमा जापानका लागि नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीको पनि सहभागीता रहेको छ ।

आज साँझ कुमामोतो पुग्ने टोलिले स्थानिय उद्दार टोली तथा संघ संस्थासँगको सहकार्यमा भूकम्पमा भत्केका संरचना हटाउने, सरसफाई, योग अभ्यास लगायतको सेवा गर्ने भएको छ ।

गत अप्रिल १६ तारिखमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्प पछि कुमामोतो क्षेत्रका हजारौं जापानी अझैपनि विभिन्न आश्रय स्थलहरुमा बस्दै आएका छन् ।

भूकम्पले भत्काएर संरचना हटाउन अझै महिनौं लाग्ने तथा सरसफाईको कमी भएका कारण नेपाली टोलीले सो क्षेत्रमा सरसफाई सहितको स्वयंसेवा गर्न जान लोको नेपाली टोली प्रमुख प्रल्हाद सिंह महतको भनाई छ ।

टोलिमा जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारी, एनआरएन जापान अध्यक्ष सुदन थापा, एनआरएन जापान सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएनका सचिव बुद्धीराज घिमिरे, नेत्र ज्ञवाली, केशव थापा, विइ फर अलका अध्यक्ष सरोजकुमार खत्री र योग गुरु नेत्र ज्ञवाली रहनुभएको छ । स्वयंसेवक टोली प्रमुख रहनुभएका महतका अनुसार क्षेत्रबाट आउने स्वयंसेवकहरु हिजोनै सो क्षेत्रमा पुगेको र टोकीयोबाट जाने टोली आज जान लागेको हो ।

नेपाली स्वंसेवी टोलीले आज बेलुकैबाट काम थाल्ने छ भने भोली र पर्सी खटिएर कुमामोतो भूकम्प प्रभावित बस्ती पुगेर सेवा गर्नेछ ।

स्मरणीय छ यसअघि भूकम्प लगत्तै गैर आवसिय नेपाली संघ जापानको नेतृत्वमा नेपाली टोलीले सो क्षेत्रमा पुगेर नेपाली खाना सहितको सेवा पुर्याएको थियो ।

जापान कुमामोतो भूकम्प प्रभावित क्षेत्र सहयोग गर्न जान स्वयंसेवक माग

२१ जेठ, काठमाडौं ।
नेपाली मौलिक कथालाई नेपाली परिभेषमा उतारेको चलचित्र कालोपोथी आजबाट प्रदर्शनमा आएको छ ।

मिन बहादुर भामको निर्देशनमा बनेको चलचित्र कालो पोथी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएपनि चलचित्रको बिहिबार विशेष प्रदर्शन गरिएको थियो ।

७२ औं भेनिस ७२ औं भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रिटिक्स विकतर्फको सेक्सनमा उत्कृष्ट फिल्म ठहरिएको चलचित्र मौलिक नेपाली कथामा आधारित छ ।

जात र बर्गका आभारमा भिन्नता रहेपनि प्रकाश र किरणले मित्रता कायम राख्छ भन्ने देखाउन खोजिएको चलचित्र डकुमेन्टी खालको छ ।

माओवादी द्धन्द्धको पृष्ठभूमिमा बनेको चलचित्रमा दुई बालसखा प्रकाश र किरणको मित्रतालाई कुखुराको अण्डासँग जोडेर उत्कृष्ठ ढंगमा प्रदर्शन गरिएको छ ।

आफ्नो सपना साकार पार्न द्वयले कालो पोथी पालेर अन्डा बेच्दै पैसा जम्मा गर्छन् ।

तर पोथी हराएपछि फिल्मले नयाँ मोड लिन्छ भने दुई साथीले पनि पोथीको खोजीमा नयाँ यात्रा सुरु गर्छन् । यात्राका दौरान फिल्मले युद्धका बाछिटालाई माझधारमा रहेर पस्कन्छ ।

मिनबहादुर भाम निर्देशित चलचित्रमामा वेनिशा हमाल, खड्कराज नेपाली र शुक्रराज रोकायाको मुख्य भूमिका रहेको छ ।

मौलिक कथा र उत्कृष्ठ अवार्ड पाइसकेको कालो पोथीसँगै अस्लिल दृश्य समेटेर अश्लिलतालाई देखाएरै प्रदर्शन अघि सारेको छेस्को चलचित्र पनि शुक्रबारबाटै प्रदर्शनमा आएको छ ।

यी दुई चलचित्रसँगै भारतीय चलचित्र हाउफूल ३ पनि नेपाली बजारमा प्रदर्शनमा आएको छ ।

चलचित्र छेस्को अर्चना पनेरुका कारण चर्चामा छ । तर उनको अभिनय वा लोकप्रियताको कारण नभई उनले चलचित्र दिएको अश्लिल दृश्यका कारण हो ।

चलचित्रमा करण क्रेजी, अर्चना र राजन कार्कीको मुख्य अभिनयमा रहेको छ । चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।

२१ जेठ, काठमाडौं ।
सैनिक श्रीमती संघले दुई साताअघि आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएकी भारतीय हिरोइन लिन बर्दीधारी सैनिक अधिकारी पठाउने सैनिक मुख्यालयलाई रक्षा मन्त्रालयले कडा निर्देशन दिएको छ ।

रक्षाले भूकम्पपीडितको पुनस्र्थापना र पुनर्निर्माण कार्यमा सहयोग जुटाउने नाममा सैनिक श्रीमती संघले नियम मिचेको समेत बताएको छ ।

सांस्कृतिक कार्यक्रममा सहभागी हुन आएकी भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोराको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोसाकसहितका सेना खटाउने गल्ती नदोहोर्याउन रक्षा मन्त्रालयले सैनिक मुख्यालयको ध्यानाकर्षण गरेको हो ।

रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले जेठ १३ गते ४ बुँदे निर्देशन जारी गर्दै मन्त्रालयको निर्देशन कडाइकासथ लागू गर्न नेपाली सेनाको ध्यानाकर्षण गराएको हो।भारतीय कलाकार सिन्हाको स्वागतमा नेपाली सेनाका सहायक रथी विमानस्थलमा पोसाकसहित उपस्थित भएको समाचारसहितको फोटो सार्वजनिक भएको थियो ।

त्यसको प्रतिक्रिया स्वरुप रक्षा मन्त्रालयले जारी गरेको निर्देशनमा यसरी खटिएका सैनिक अधिकृत र जवानमाथि आन्तरिक कारबाही प्रक्रिया अघि बढाउन सैनिक मुख्यालयलाई निर्देशनसमेत दिएको छ। सिन्हालाई स्वागत तथा विदाई गर्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ठ कक्षको प्रयोग भएको विषयलाई ध्यान दिँदै रक्षा मन्त्रालयले उक्त कक्षको प्रयोग सरकारद्वारा स्वीकृत मापदण्ड बमोजिम गर्न गराउन पनि निर्देशन दिएको छ ।

त्यसैगरी, कुनै पनि विदेशी संघ–संस्था वा अतिथिहरू सहभागी भएर कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा नेपाली सेना वा त्यससँग सम्बन्धित उच्चपदस्थ पदाधिकारीहरूका श्रीमतीहरूको साझा संस्था श्रीमती संघले सम्बन्धित संस्था र मन्त्रालयको पूर्वस्वीकृति र सहमति अनुसारमात्रै गर्न गराउन पनि मन्त्रालयले सेनालाई निर्देशन दिएको छ।