<p><span style="line-height: 1.42857143;">एजेन्सी,जेठ २३ । विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सलाई हराउँदै फ्रेन्च ओपन टेनिसको महिला एक तर्फको उपाधि स्पेनकी गार्बिने मुगुरुजाले जितेकी छन् । चौथो बरियताकी मुगुरुजाले विलियम्सलाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक ग्राण्डस्लाम उपाधि जितेक हुन् । २२ वर्षकी मुगुरुजासँगको पराजयले २२ वटा ग्राण्डस्लाम उपाधि जितेकी ३४ वर्षकी विलियम्सको २३ औं उपाधि जित्दै विश्व टेनिसमा स्टेफी ग्राफले बनाएको कीर्तिमानमा बराबरी गर्ने सपना पूरा हुन सकेन ।</span><br></p>
26.12¡ÆC