Kathmandu, June 10: Deputy Prime Minister and Minister for Foreign Affairs Kamal Thapa left for New Delhi, India today to attend and preside over the Convocation Ceremony of the South Asian University on 11 June, 2016. He will be on visit to India from 10 June, 2016 to 12 June, 2016.

During his visit, DPM Thapa will hold a bilateral meeting with his counterpart Sushma Swaraj, Minister of External Affairs of India and is expected to have meetings with other political leaders of the Government of India and discuss matters of mutual interest and current Nepal-India relations as well.

He will also address a gathering at the Observer Research Foundation on the current state of the Nepal-India relations and also meet the press at the Press Club of India.

Before leaving for India, talking to RSS, DPM Thapa said that his two-day visit would be centred to further strengthen bilateral relations.

The delegation comprises Joint Secretary Mani Prasad Bhattarai, and other officials of the Ministry. He is scheduled to return home on 12 June, 2016.

He was seen off at the Tribhuvan International Airport by high level officials of the Ministry of Foreign Affairs and Indian Ambassador to Nepal Ranjit Rae among others

गोरु रेट्ने पाँचजना पक्राउ, गौ बध ऐनमा मुद्दा तयारी

२८ जेठ, चितवन ।
चितवनको माडीबाट गोरु काटेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय जनावर गाई प्रजातिको गोरु काटेको अभियोगमा माडी ३ की सुनीता नेपाली, माडी ४ का १६ बर्षीय सागर नेपाली सोही ठाउंँकै १९ बर्षीय शिव नेपाली ,माडी ४ कै २५ बर्षका जीवन नेपाली र माडीकै ४५ बर्षीया कोपीला नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक बसन्त बहादुर कुंवरले जानकारी दिनुभयो ।

माडीको चितापुल नजीकैको सीसौ घारीमा काटिएर फालिएको अबस्थामा गोरु भेटिएको र खोजतलास र स्थानीयको जानकारीको आधारमा उनीहरुलाइ बिहीबार पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय , चितवनमा ल्याइएको छ ।

गाईको पोष्टमार्टम गरी मुचुल्का उठाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाइ गौ वध ऐन अन्र्तगत मुद्धा चलाउने तयारी भइरहेको पनि प्रहरी उपरीक्षक कुंवरले जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा गोरुलाइ रेटेर रगत र २ वटा फीला लगेको जनाएको छ ।

जापान आउँदै हुनुहुन्छ वा भर्खरै आउनुभएको ? छ यि कुरा सँधै ख्याल राख्नुहोला !

२८ जेठ, काठमाडौं ।
तपाई जापान आउँदै हुनुहुन्छ वा भर्खरै आउनुभएको छ भने तपाईलाई यि जानकारी सँधैको लागि उपयोगी र लाभदायक रहन सक्छ । जापान आएको धेरै समय भएकाहरुको हकमा भने व्यवहारत यस्ता कुरा जानेबुझ्ने हुने हुनाले यसले थप सहयोग मात्र गर्न सक्छ ।

नेपाली परिभेषमा हुर्केका हामीलाई नेपालमा गरेका बानी र व्यवहार अनि बोलीचालि र आनीबानी सामान्य लागेपनि जापानीहरु हाम्रा त्यस्ता बानीहरुलाई असजिलो मान्ने या भनौं रुचाउने गर्दैनन् । कम्तिमा पनि जापानमा रहँदा यहाँको बातावारणमा घुलमिल भएर रहनको लागि हामीले त्यस्ता बानीमा सुधार ल्याउनु आवश्यक हुन्छ ।

जापानमा बोली चालीमा मात्र नभई तपाई कुनै ठाउँमा जाँदा यात्रामा, कुनै ठाउँमा प्रवेश गर्दा, कुनै कुरा खाँदा, प्रयोग गर्दा र हिँड्ने बेलामा समेत ख्याल गर्नैपर्ने हुन्छ । जसले तपाईलाई जापानीबिच घुलमिल हुन र काम गर्न सहज हुन्छ ।

कुरा गर्दा
- तपाई जापानीहरुसँग बोल्दै वा कुरा गर्दै हुनुहुन्छ भने पहिलो कुरा तपाई सुरुवातमा अभिवादन गर्न कहिल्यै नभुल्नुहोला । जापानीहरु भेट्दा वा छुट्दा हरेक पटक शिर नुहाएर अभिवादन गर्नेगर्दछन् ।
भेटमा खुशी साथ अभिवादन र छुट्दा मुस्कान सहित विदाई गर्ने जापानी संस्कार नै छ । जापानीहरु एकै दिन जति पटक भेटेपनि यो संस्कार लाई भुल्दैनन् ।

– तपाई कसैसँग कुरा गर्दैहुनुहुन्छ भने ध्यान अन्त नलैजानुहोला । नेपाली परिवेश वा अन्यत्र जस्तै जापानीहरुपनि कुराकानीका क्रममा आफुलाई वेवास्ता गरेजस्तो गरेर अन्य ध्यान दिएको कुरा नसुनेको लागेमा असहज महसुश गर्छन् । हरेक पटक बोलिरहेको कुरामा प्रतिक्रिया चाहन्छन् । त्यसैले एकजनासँग कुरा गर्दैहुनुहुन्छ भने उसलाई समय दिनुस् र कुरा गर्ने गर्नुस् ।

- तपाईलाई सहयोग गरेकोमा मात्र होइन तपाईले सहयोग नै गर्नुभएको छ भनेपनि भेटपछि छुट्दा धन्यवाद र अभिवादन छुटाउन हुन्न । साथै गरेको काम पुर्ण र त्रुटि रहित गर्ने जापानी विशेषता नै छ ।

कस्ता कुरा जापानीलाई मन पर्दैन वा कुरा गर्न चाहँदैनन् ।

संस्कारगत आधारमा सम्मान आदर गर्नेमा जापानीहरुको संस्कृती उच्च छ । तर उनिहरुभित्रको बारेमा पनि तपाईले बुझ्न थाल्नुभयो भने केही यस्ताकुराहरु छन् जसमा उनिहरु घमण्ड गर्छन् । केही कुरा तिरस्कार गर्छन् भने कति कुरा सुन्न र छलफल गर्नै रुचाउँदैनन् । त्यसैले यस्ता कुरामा जापानीहरुसँग कुरा वा छलफल सकेसम्म नगर्नुनै बेश हुन्छ ।

- हामीले निरंकुश राजतन्त्रलाई फालेको १ दशक पुगेको छ । संवैधानिक रहेपनि अधिकारको दुरुपयोग गर्दा पुस्तैनी शासन गर्ने राजतन्त्र फालेका हामीलाई जापानमा रहेको संवैधानिक राजतन्त्र र यसप्रतिको सम्मान अचम्म लाग्नु स्वाभाविक हो ।

तर जापानीबिच यो कुनै अचम्मको विषय छैन । राजपरिवारले देशको लागि निभाएको भुमिका, पदिय र अधिकार क्षेत्रभित्र रहेर गरेका कामले यो संस्था जापानीबिच श्रद्धाको पद बनिरहेको छ ।
छिटफुट रुपमा राजनीति गर्ने एकाधलाई यो संस्थाबारे चित्त नबुझेपनि उनिहरुपनि राजसंस्थाको बारेमा बिरोध र आलोचना गर्दैनन् । त्यसमा पनि राजनीतिमा सचेत तर सक्रिय सहभागीता नजनाइरहने जापानीहरु राजसंस्थाको आलोचना वा यसलाई हटाउने जस्ता विषयमा कहिल्यै कसैसँग छलफल गर्दैनन । र यस्तो छलफललाई उनिहरु रुचाउँदैनन् । त्यसैले जापानी राजसंस्थाको बारेमा तपाई कुरागर्दै हुनुहुन्छ भने यस्ता कुरा बिचार गरेर मात्र आफ्ना कुरा राख्नुहोला ।

जापानीलाई कोरियन वा चाइनिज जस्तो नभन्नुस्

हामी आफैंपनि वर्णको आधारमा कसैले भारतीय जस्तो वा अन्य कुनै देशको जस्तो भन्यो भने रुचाउँदैनौं । त्यसको खण्डन गर्दै आफु नेपाली भएको गर्वका साथ बताउछौं ।

जापानीहरुमा पनि ठिक त्यस्तै बानी छ । उनीहरुलाई हेर्दा कोरियन वा चाइनिज जस्तो देखिएपनि झुक्किएर पनि ति देशको जस्तो नभन्नुहोला । बरु अन्य देशको जस्तो लागेपनि तपाई जापानी हो है । भन्दा यसले खासै असर पार्दैन । अन्य देशका भएपनि उनिहरुले बरु जापानीनै जस्तो देखेकोमा नराम्रो मान्दैनन् ।

तर ख्याल राख्नुस् अन्य देशको जस्तो लागेमा यस्ता कुरा नभनीहाल्नु्स । उनिहरुको बोलीको लवज, बसाई, गर्ने काम आदिका आधारमा कुन देशका हुन पहिचान गर्न सकिन्छ । जसले गर्दा समस्यामा परिंदैन । त्यसैले अन्य देशका भएपनि भन्नै पर्ने अवस्थामा बाहेक तपाईले सामान्य अडकल काडेकै भरमा उनिहरुको देशबारे नबताउनुहोला । जसले गर्दा उनिहरुको भावनामा चोट लाग्दैन । जसरी नेपालीलाई तपाई भारतीय हो । हेर्दा भारतीय जस्तै देखिन्छ भन्दा हामी त्यसलाई रुचाउँदैनौं र आफ्नो बचाउ गर्छौं ।

यसमा जोड्नुपर्ने एउटा महत्वपूर्ण कुरा भने जापानको ओकिनावा राज्यका नागरिकबारे छ । जहाँका जापानीहरु उनिहरुलाई अरुले ओकिनावा वासी भनेर संवोधन गरेको मन पराउँछन् । जापान भित्रको पनि ओकिनावा राज्यका भएपनि उनिहरुलाई जापानी भन्दा बढी ओकिनावावासी भनेको मनपर्छ ।

विवादास्पद भूमी, सेना र विश्वयुद्ध
शताब्दीऔंदेखी जापानसँग भियतनाम देखी ताईवान, कोरिया र मुख्य गरी चिनसँग सिमा र भूमि का विषयमा विवाद रहँदै आएको छ ।

हाल ताईवान, चीन र कोरियाबिच विवाद रहेको साउथ चाइना समुन्द्र क्षेत्र सँगै जापानको रसियासँगपनि विवाद रहेको छ । यद्यपी अन्य देशको तुलनामा जापान र चीनबिच समुन्द्री क्षेत्रमा रहेका साना टापुका विषयमा सताब्दिऔं देखी विवाद छ ।

२० औं अशाब्दि अघिसम्म जापानको एक कोलोनीको रुपमा रहेको कोरिया र दोस्रो विश्वयुद्धका समयमा चीनमा जापानी सेनाले गरेको अपराध विश्वभर चर्चा र आलोचनाको विषय बन्ने गरेको छ । यद्यपी जापानीहरुसँग यस्ता विषयसँगै दोस्रो विश्वयुद्ध र जापानी भुमिका सहित हिरोसिमा नागासाकी दुखद घटना लगायत विषयमा तपाईले प्रशंग वेगर आफुले कहिल्यैपनि कुरा ननिकाल्नु वेश हुन्छ । किनभने यस्ता विषयमा जापानीहरु जिद्दि अनि एकोहोरो स्वभावका हुन्छन् भने उनिहरुका कुरामा शत प्रतिशत सहमत नभएमा तपाईमाथि नै उनिहरुले प्रश्न वा छुट्टै नजरले हेर्ने संभावना रहन्छ ।

संस्कृतिमा विविधता धर्ममा संकिर्णता

पश्चिमा जस्तै जापानीहरुपनि आफ्नो धर्मका बारेमा नेपाली व्यवहारको तुलना गर्दा केही संकिर्ण लाग्ने गर्छन् ।

जापानमा विभिन्न धर्महरु मनाउने गरेपनि बुद्ध धर्म र यसकै जापानी अवतार आदिलाई मानेर प्रकृति पुजा सँगै जापानीहरुले अनेकन धर्ममान्ने गर्छन् ।

पछिल्लो समय नेपालमा जस्तै जापानमा पनि नजानिंदो पाराले क्रिश्चियन धर्मको प्रचार र मान्नेहरुको संख्या केही बढेको पाइन्छ ।

धर्म मान्ने स्वतन्त्रता रहेको यहाँ जापानीबिच पनि एउटै धर्मभित्र पनि अनेकन धर्मगुरुको छुट्टा छुट्टै आस्थामा पछि लाग्ने कट्टर जापानीहरु यहाँ पाइन्छन् । एकले अर्को धर्म गुरुलाई नमान्ने र तिरस्कार गर्न समेत पछि नपर्ने जापानीसँग उनिहरुका धर्मका बारेमा चासो र जिज्ञासा राखेर जानकारी लिनु रोचक र उनिहरुले राम्रो मानेपनि त्यसबारेमा प्रतिप्रश्न र कारणहरु भने नखोतल्नु होला । जसले गर्दा बन्दै गरेको सम्वन्ध र मित्रतामा तगारो नआओस् ।

सामान प्रयोग गर्दा वा काम नियाल्दा

जापानीहरुको कुनै सामान प्रयोग गर्दै हुनुहुन्छ भने सानो भन्दा सानो कुरा पनि नसोधिकन कहिल्यै प्रयोग नगर्नुहोला ।
मानौं मोबाइल फोनको चार्जर त्यसै रहिराखेको छ वा तपाईसँग चार्जर छ र चार्ज गर्ने ठाउँ देख्नु भएको छ भने पनि सोधेर मात्र गर्नुहोला । जापानीहरु अरुको कुनैपनि कुरा प्रयोग गर्दा अनुमति लिएर मात्र गर्छन् भने अभिवादन र धन्यवाद नियमीत जस्तै ।

रेष्टुरेण्ट होटल जस्ता सार्वजनिक ठाउँमा बाहेक अन्यत्र नसोधिकन कहिल्नै पस्नु हुँदैन । कसैले केही गरिरहेको छ भने चियाउने, एकोहोरो हेरिरहने जस्ता बानी कहिल्यै नगर्नुहोला ।

कुनै ठाउँ वा व्यक्तिको फोटो लिंदै हुनुहुन्छ भने सोधेर मात्र फोटो खिच्नु पर्दछ । कोहीपनि जापानीको तस्विर सामान्य लागेर कहिल्यै नलिनुहोला ।

घरमा बस्दा ठूलो स्वरले नबोल्ने, सरसफाइमा सँधै ध्यान दिने, कोठा, बिजुली, पानी आदिको पैसा समयमै तिर्ने आदि कुरा तपाईले कोठा लिएर बस्दा समयमै गर्नुपर्ने महत्वपूर्ण कुरा हुन् । यस बाहेक कति बजेभित्र के कुरा गर्न पाइने भन्ने कुरा तपाई बसेको ठाउँ अनुसार फरक हुने हुनाले सामान्यतया राती १० बजेपछि र बिहान ८ बजेअघि आवाज आउनेगरि कोठामा कुनै काम, लुगाधुने मेसिन चलाउने, म्युजिक बजाउने, कराउने लगायतका काम कहिल्यै गर्नुहुँदैन ।

तपाई जहाँसुकै जाँदा पनि तपाईको व्यक्तिगत परिचय खुल्ने कार्डका साथै काम गर्ने अनुमति, विद्यार्थी, व्यापारिक वा पर्यटकीय भिषा तपाई के मा रहनुभएको छ बोक्नैपर्ने यस्ता कार्ड साथमा कहिल्यै छुटाउनु हुँदैन ।

कथंकदाचित पताई यि सबै कुरा रहेर पनि समस्या पर्नुभयो भने यसमा तपाईले भाषा जानेका व्यक्तिको सम्पर्क नम्वर साथमा राख्नुपर्छ । जसले तपाईलाई सहयोग पुग्नेछ । त्यसैले जापान आउँदै हुनुहुन्छ वा भर्खरै आउनुभएको छ भने तपाईले जापानी भाषा सिक्नैपर्ने हुन्छ । जसले तपाईलाई काम, यात्रा, जापानीबिच घुलमिल हुन मात्र होइन तपाईको प्रगतिमा समेत सहयोग गर्नेछ ।

यस बाहेक जापानमा रहँदा तपाईले नेपाली राजदूतावास, गैर आवासिय नेपाली संघ, चिनेजानेका व्यक्ति आवद्ध संस्था, पत्रकार लगायतको सम्पर्क नम्वर साथमा राख्नुभयो भने तपाईको जापान यात्रामा सँधै सहयोग पुग्नेछ ।

इथियोपियाका ६० सैनिकको हत्या

२८ जेठ, एजेन्सी ।
सोमालियाको इस्लामिक बिद्रोही संगठन अल–शबाबले इथियोपियाका ६० सैनिकको हत्या गरेको दाबी गरेको छ ।

अल–शबाबका लडाकुले सोमालियाको हेलगन शहरमा रहेको अफ्रिकन युनियनका सैनिकको बेस क्याम्पमा आक्रमण गरी इथियोपियाका सैनिको हत्या गरेको बिबिसीले जनाएको छ ।

अफ्रिकी युनियनले इथियोपियाका सैनिक मारिएको बारेमा केही बताएको छैन । हेलगनमा दोहोरो भिडन्त भएको र धेरैको ज्यान गएको हुन सक्ने अधिकारकर्मीले बताएका छन् ।

अफ्रिकन युनियनले जवाफी कारबाहीमा एक सय १० जना बिद्रोही लडाकु मारिएको जनाएको छ ।

ओबामाद्धारा राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनलाई समर्थन

२८ जेठ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनावको उम्मेदवारीका लागि हिलारी क्लिन्टनलाई समर्थन गरेका छन् ।

ओबामाले आफु संलग्न डेमोक्याट्रिक पार्टीको तर्फबाट आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि क्लिन्टनलाई समर्थन गर्ने बताएका हुन् ।

डेमोक्याट्रिकको तर्फबाट क्लिन्टन र सिनेटर बर्नी सान्ड्रेस प्रतिस्पर्धामा छन् । राष्ट्रपति ओबामाले सिनेटर सान्ड्रेससँगको छलफलपछि क्लिन्टनलाई आफ्नो समर्थन रहेको औपचारिक घोषणा गरेका हुन् ।

ओबामाले भिडियो सन्देश जारी गर्दै क्लिन्टन राष्ट्रपतिको जिम्मेवारीका लागि अहिलेसम्मकै उत्कृष्ट र योग्य व्यक्ति रहेको बताएका छन् ।

राष्ट्रपति ओबामा र क्लिन्टनले चाँडै नै राष्ट्रपति चुनवाको संयुक्त प्रचारप्रसार अभियान सुरु गर्ने तयारी गरेको पनि अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

जाजरकोटमा ६५ प्रतिशत पुजिगत वजेट खर्च

२८ जेठ, जाजरकोट ।
आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहँदा जिल्लामा झण्डै ६५ प्रतिशत पुँजीगत वजेट खर्च भएको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्षको खर्च प्रगति राम्रो भएको वताइएको छ ।

विभिन्न सरकारी कार्यालय मार्फत खर्च हुने जिल्लाको कुल पुँजीगत वजेट हिजोसम्मको रेकर्डमा ५८ करोड ८८ लाख ३९ हजार ५ सय रुपैया भएको कोष नियन्त्रक याम बहादुर वुढाले जानकारी दिनुभयो ।

जाजरकोटका विभिन्न कार्यालय मार्फत विहिवार सम्म ३८ करोड २१ लाख ७ हजार तीन सय ३७ रुपैया ६१ पैसा खर्च भई निकासा भएको कोष नियन्त्रक वुढाले वताउनुभयो ।

रुकुमको चौरजहारी स्थित सडक डिभिजन कार्यालय मार्फत खर्च हुने २३ करोड ११ लाख ८३ हजार पुँजीगत वजेट जिल्लाको मात्र नभएर डोल्पा र रुकुम जिल्लाको पनि भएको वुढाको भनाई छ ।

अर्घाखाँचीको नरपानिमा जीप दुर्घटना हुँदा ५ जना घाईते

२८ जेठ, अर्घाखाँची ।
बुटवलबाट सन्धिखर्कको लागी छुटेको देउराली यातायात ब्यबसायी समितिको लु १ ज १४४६ नम्बरको जिप हिजो बेलुका ९ः३० मा नरपानिमा दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा नुबाकोट बरबास बस्ने बर्ष ४० कि हरिकला घर्तीमगर ,सोहि ठाउँका बर्ष ४५ बर्षकै चोपबहादुर घर्तीमगर ,सनपा १ बस्ने साबित्रा बेलबासे, कपिलबस्तु घर भई हाल सन्धिखर्क बस्ने बर्ष ३५ कि सुनिता पटेल ,सोही ठाउँकै बर्ष ५० कि रुमाली पटेल रहनु भएको छ । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भै रहेको छ ।

घाईतेहरु मध्ये बर्ष ५० कि रुमाली पटेलको टाउकोमा चोट लागे पनि खतरा मुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा।जगनाथ तिबारीले बताउनु भएको छ ।

दुर्घटना चालकले मादक पदार्थ सेबन गरेका कारण भएको आरोप यात्रुहरुले लगाएका छन् । घटनाबारे छानबिन गर्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यलयका प्रमुख रेशम राना भाटले जानकारी दिनुभएको छ ।

इक्यान बृहत शैक्षिक मेला सुरु

२८ जेठ, काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ 'इक्यान'ले आजदेखि बृहत शैक्षिक मेला सुरु हुँदैछ ।

राजधानीको भृकुटीमण्डपमा हुने इक्यान मेला सोमबारसम्म चल्नेछ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना र अवसरहरुको परामर्श दिन मेला गर्न लागेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

परामर्श दिने संस्थाहरुको दुई सय २५ स्टल हुनेछ । त्यस्तै २५ वटा पेभिलियन पनि हुनेछ । मेलाले व्यवसाय प्रबद्र्धन गर्ने र सरोकारवाला अभिभावक, विद्यार्थीलाई सुचित गराउने मुख्य उद्येश्य राखेको छ ।

मेलामा आउने विद्यार्थीले अष्ट्रेलियाको नयाँ नितीको बारेमा जानकारी दिन बिशेष जोड दिने भएको छ । बिगतको मेलामा विदेशी शिक्षण संस्थाले सिधै स्टल राख्ने गरेको थियो । यसपाली इक्यान सदस्य मार्फत मात्रै स्टल राख्न पाउने नयाँ व्यवस्था गरेको छ ।

मेलामा अष्ट्रेलियाको १८ वटा, न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्थाले सहभागीता जनाउँदैछन् ।

सार्क मुख्य सचिव बैठक आज सकिँदै

२८ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन 'सार्क'का मुख्य सचिवहरुको बैठक आज सकिदैँछ । काठमाण्डुमा हिजो सुरु सार्क मुख्य सचिव स्तरीय चौथो दुई दिने बैठकमा विभिन्न कार्यपत्र पेश भएका छन् ।

सार्क क्षेत्रमा आर्थिक समृद्धिका लागि बैठकले साझा एजेण्डा तय गर्नेछ । बैठकमा अफगानिस्तान र माल्दिभ्स बाहेक अन्य मुलुकका मुख्य सचिव तथा क्याविनेट सचिवहरुको उपस्थिति छ ।

आज सकिने दुई दिने बैठकमा सहभागी मुलुकहरुले आ आफ्नो मुलुकको सफल कार्यक्रमहरु प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री कमल थापा चौथो पटक भारत जाँदै, यस्तो छ भ्रमण तालिका

२८ जेठ, काठमाडौं ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ । सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा भाग लिन परराष्ट्रमन्त्री थापा भारत जान लाग्नु भएको हो ।

नेपाल सार्क मन्त्रिपरिषद् अध्यक्ष रहेकाले त्यसैको हैसियतमा आगामी समारोहमा भाग लिन थापा भारत जान लाग्नु भएको हो । बिहान पौने ११ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री थापाका सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि त्यहाँ उहाँले राजनीतिक भेट समेत गर्ने जनाइएको छ । थापाको भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटघाट गर्ने कार्यक्रम तय भइसकेको छ ।

भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध मजबुत बनाउनु रहेको बताइएको छ । उहाँको भारत भ्रमण तीन दिनको हुनेछ । नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा थापाले भारत भ्रमण गर्न लाग्नुभएको चौथो पटक हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि नेपाल र भारतबीच उच्च राजनीतिक तहमा भेटवार्ता हुन सकेको थिएन ।

मन्त्री थापाको भ्रमणले पुनः दुई देशको उच्च राजनीतिक तहमा संवाद सुरु गर्ने जनाइएको छ ।

युरोकप फुटबल आजदेखि, हेर्नुहोस् नेपाली समय अनुसारको खेल

२८ जेठ,एजेन्सी ।

मिनी विश्वकपको रुपमा हेरिने गरेको विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरोकपको १५औं संस्करण आजदेखि फ्रान्समा सुरु हुदैछ । उदघाटन खेल आयोजक राष्ट्र फ्रान्सले रोमानियाको सामना गर्दैछ । विश्व बरियतामा १७औं स्थानमा रहेको फ्रान्स समूह ए मा बलियो टिमको रुपमा आफुलाई स्थान पाएको छ ।

२४ देशका टोलीले भाग लिने युरोकप २०१६ मा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । युरोकप विश्वकपपछिको दोस्रो चर्चित फुटबल मानिन्छ । प्रत्येक समूहमा रहेका चार मध्ये शीर्ष दुईमा रहने १२ टोली तथा तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टोली गरी अन्तिम १६ मा प्रवेश गर्ने छन् र नकआउट चरण शुरु हुनेछ ।

समूह ए

जेठ २८ फ्रान्स रोमानिया १२:४५ बजे राति

जेठ २९ अल्वानिया स्विट्जरल्याण्ड ५:४५ बजे बेलुका

असार १ रोमानिया स्विट्जरल्याण्ड ९:४५ बजे राति

असार १ फ्रान्स अल्वानिया १२:४५ बजे राति

असार ५ रोमानिया अल्वानिया १२:४५ बजे राति

असार ५ स्विट्जरल्याण्ड फ्रान्स १२:४५ बजे राति

समूह बी

जेठ २९ वेल्स स्लोभाकिया ९:४५ बजे राति

जेठ २९ इंगल्याण्ड रुस १२:४५ बजे राति

असार १ रुस स्लोभाकिया ६:४५ बजे बेलुका

असार २ इंगल्याण्ड वेल्स ६:४५ बजे बेलुका

असार ६ रुस वेल्स १२:४५ बजे राति

असार ६ स्लोभाकिया इंगल्याण्ड १२:४५ बजे राति

समूह सी

जेठ ३० पोल्याण्ड उत्तरी आयरल्याण्ड ९:४५ बजे राति

जेठ ३० जर्मनी युक्रेन १२:४५ बजे राति

असार २ युक्रेन उत्तरी आयरल्याण्ड ९:४५ बजे राति

असार २ जर्मनी पोल्याण्ड १२:४५ बजे राति

असार ७ युक्रेन पोल्याण्ड ९:४५ बजे राति

असार ७ उत्तरी आयरल्याण्ड जर्मनी ९:४५ बजे राति

समूह डी

जेठ ३० टर्की क्रोएसिया ६:४५ बजे बेलुका

जेठ ३१ स्पेन चेक गणतन्त्र ६:४५ बजे बेलुका

असार ३ चेक गणतन्त्र क्रोएसिया ९:४५ बजे राति

असार ३ स्पेन टर्की १२:४५ बजे राति

असार ७ चेक गणतन्त्र टर्की १२:४५ बजे राति

असार ७ क्रोएसिया स्पेन १२:४५ बजे राति

समूह ई

जेठ ३१ आयरल्याण्ड स्विडेन ९:४५ बजे राति

जेठ ३१ बेल्जियम इटली १२:४५ बजे राति

असार ३ इटली स्विडेन ६:४५ बजे बेलुका

असार ४ बेल्जियम आयरल्याण्ड ६:४५ बजे बेलुका

असार ८ इटली आयरल्याण्ड १२:४५ बजे राति

असार ८ स्विडेन बेल्जियम १२:४५ बजे राति

समूह एफ

जेठ ३२ अष्ट्रिया हंगेरी ९:४५ बजे राति

जेठ ३२ पोर्चुगल आइसल्याण्ड १२:४५ बजे राति

असार ४ आइसल्याण्ड हंगेरी ९:४५ बजे राति

असार ४ पोर्चुगल अष्ट्रिया १२:४५ बजे राति

असार ८ आइसल्याण्ड अष्ट्रिया ९:४५ बजे राति

असार ८ हंगेरी पोर्चुगल ९:४५ बजे राति

उपराष्ट्रपति पुनको पहिलो बिदेश भ्रमण चीनबाट सुरु

२८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पहिलो बिदेश भ्रमण आज चीनबाट गर्दैछन् । पुन चीन भ्रमणको लागि आज १ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

चीन भ्रमणका क्रममा उपराष्ट्रपति पुनले चौथो चीन दक्षिण एसिमा मेला, २४ औं चीन कन्मिङ आयात निर्यात व्यापार मेला र चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने भएका छन् ।

भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, स्वकीय सचिव सुकबहादुर रोका, प्रेस संयोजक, पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाल लगायत ११ जना सहभागी छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो ।

चीनको साता व्यापी भ्रमण सकेर उपराष्ट्रपति पुन असार २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

24.15¡ÆC