बझाङमा भूकम्प गयो, क्षतिको विवरण आउन बाँकी

१५ असार, बझाङ ।
बझाङ जिल्लामा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पको पराकम्पन नभई आजको भूकम्प नयाँ भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार दिउँसो २ बजेर ५५ मिनेट जाँदा बझाङ सदमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयाना केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पले पारेको क्षतिबारे जानकारी आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बझाङले भूकम्पको क्षति पुर्याएको आशंका गरेपनि विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।

यसैबिच पहिलो भूकम्प पछि ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको दोस्रा भूकम्पको पराकम्पन गएको छ ।

लगातार दुई पटक भूकम्प जाँजा बझागं र आसपास जिल्लाका नागरिक त्रसित हुनुका साथै भूकम्पले पार्न सक्ने क्षतिमा सचेत बनेका छन् ।

दोधारा चाँदनीका ३ बिद्यालयलाई शैक्षिक सामग्री बितरण

पप्पु गुरुङ्, १५ असार / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका बिद्यालयका जनजाती छात्र / छात्राहरुका लागी आज शैक्षिक सामग्री बितरण गरिएको छ् । नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीको आयोजनामा आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ५ देखि १० वडा सम्मका ३ बिद्यालयहरुका ४० जना आदीबासी जनजाती बालवालिकाहरुका लागी शैक्षिक सामग्री बितरण गरिएको नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीका संयोजक जयकुमार लिम्बुले जानकारी दिनुभएको छ् । कमलशा प्राथमिक बिद्यालय, पुर्णागिरी प्राथमिक बिद्यालय र लक्ष्मी उच्च माध्यमिक बिद्यालय का ४० जना आदीबासी जनजाती बालवालिकाहरुका लागी १० थान डिष्कनरी, १ सय ६० थान कापी, ४० थान झोला र २ सय थान कलम बितरण गरिएको नेपाल आदीबासी नगर सम्वन्य परिषद दोधारा चाँदनीका सचिव चन्दन थापा मगरले बताउनुभएको छ् । साबिकको दोधारा गाबिस कार्यालयको सभा कक्षमा संचालित शैक्षिक सामग्री बितरण कार्यक्रमका सभापति नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीका संयोजक जयकुमार लिम्बु रहनुभएको थियो, भने प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिका कार्यालयका सयुक्त वडा सचिव मोहन सुनार रहनुभएको थियो । यसै गरि अतिथीमा नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु, बोद्ध बिहार संरक्षण समितीका अध्यक्ष टाँस बहादुर थापा मगर, पत्रकार पप्पु गुरुङ्ग, शिक्षक प्रतिनिधीहरुको साँझा सहभागिता रहेको थियो । नेपाल आदीबासी नगर सम्वय परिषद दोधारा चाँदनीले हिजो पनि साबिकको चाँदनी गाबिसको कार्यालयको सभा कक्षमा दोधारा चाँदनी नगरपालिका वडा नं. १ देखि ४ वडा सम्मका ३ बिद्यालयहरुका ४० जना आदीबासी जनजाती बालवालिकाहरुका लागी शैक्षिक सामग्री बितरण गरेको थियो ।

रोबोटले समुन्द्रबाट नेपालको मौसम अनुमान गर्दै

१५ असार काठमाडौं । नेपालसहित दक्षिण एसियाली मनसुन अनियमित र अस्तव्यस्त बनेपछि अनुमानका लागि मनसुन सुरु हुने समुद्रमा रोबोट छाडिएको छ ।

दक्षिण एसियामा मनुसुन सुरु हुने बंगालको खाडीमा भारतीय र ब्रिटिस वैज्ञानिकहरुले शनिबारदेखि सातवटा रोबोट छाडेका हुन् ।

रोबोटले समुद्रभित्र पानीको अवस्था र मनसुनका लागि चाहिने उपयुक्त तापक्रम,नुनको मात्रा, हाव तथा पानीको बहाव अध्ययन गर्नेछ ।

रोबटले उपलव्ध गराउने तथ्यांकका आधारमा मनसुन अनुमान बढी विश्वस्तरीय बनाउन सकिने वैज्ञानिक दाबी छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा जलबायु तथा मौसम पूर्वानुमान महाशाखाका पूर्वप्रमुख मणिरत्न शाक्यले भारतीय वैज्ञानिकहरुले गर्ने मनसुन अनुमानको प्रत्यक्ष र बढी फाइदा नेपालले लिन सक्ने बताए ।

बंगालको खाडीबाट उत्पन्न हुने मनसुन प्रणाली नेपाल हुँदै पाकिस्तानतिर जान्छ, यसले नेपालमा समेत मौसम अनुमान सहज हुन्छ ।

मौसम अनुमान थप विश्वासिलो बनाउन हेलिकप्टरमार्फत वायुमण्डलको तापक्रमसमेत नाप्ने योजना रहेको भारतीय मौसमविज्ञान विभागले जनाएको छ । नेपाली मौसमविद्लाई मनसुन अनुमानका लागि भारतीय अनुन्धान र अनुमानलाई नै स्रोतका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सेयर बजार प्रयोग गरेर कालोधन सेतो बनाउँदै व्यापारी

१५ असार काठमाडौं । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि रु त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले  बताए ।

द्लगििलगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन । ठूला व्यापारिक घराना, विदेशमा लगानी गर्दै आएका नेपाली, सेयर बजारका स्थापित खेलाडी र सरकारी कर्मचारीले यसरी ठूलो परिमाणमा सेयर खरिदमा रकम परिचालन गर्ने गरेका आजको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरूले आफ्ना विश्वासका ब्रोकरलाई नगद भुक्तानी गर्ने गरेको सरोकारवाला बताउँछन् । ब्रोकरहरूका अनुसार त्यसरी आउने अधिकांश रकमको स्रोत खुल्दैन ।

नगदमा हुने भुक्तानीको ठूलो हिस्सा करछली वा भ्रष्टाचारबाट आर्जित रकम हुन सक्छ । ‘यही बाटोबाट सम्पत्ति शुद्धीकरण गर्न सेयर बजारको प्रयोग गर्ने प्रवृत्ति अहिले बढेको छ,’ अर्का एक ब्रोकर भन्छन्, ‘पछिल्ला महिना सेयर बजार बढाउन यस्तो पैसाले पनि भूमिका खेलेको छ ।’

अवैध व्यापार, करछली, भ्रष्टाचार र बिचौलियाका कामदेखि अन्य गैरकानुनी कार्यबाट कमाएको अनधिकृत सम्पत्ति आर्जन गर्ने व्यक्तिले आफ्ना विश्वासका सेयर ब्रोकरलाई नगद ल्याएर दिन्छन् ।

ब्रोकरले त्यो रकमबाट १० लाख रुपैयाँको सीमा ननाघ्ने गरी सेयर किन्दै जान्छन् । किनभने, १० लाखभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनुपर्छ । त्यस्तो कारोबारको जानकारी राष्ट्र बैंकअन्तर्गतको वित्तीय सूचना इकाइलाई दिनुपर्छ । त्यसो हुँदा ब्रोकरले एक करोड रुपैयाँको सेयर किन्न हप्तौँ लगाउँछन्।

ब्रोकरले प्राप्त नगद आफ्नो कम्पनीको खातामा जम्मा गर्छन् र अर्को ब्रोकरलाई चेकमै भुक्तानी दिन्छन् । जब त्यसरी किनिएको सेयर बेचिन्छ, नगद ब्रोकरलाई दिने लगानीकर्ताले एसी पेई ९खातामा भुक्तानी हुने० चेक पाउँछ । त्यो चेक लगानीकर्ताको बैंक खातामा जम्मा गर्दा सम्पत्तिको स्रोत देखिने मात्रै होइन, कर तिरेर ‘सेतो धन’ भइसक्छ ।

सुरुमा सेयर किन्दा पैसा कहाँबाट आयो भनेर राज्यले खोजी गर्न नसक्दा यसरी कालो धन सेतो भइरहेको विज्ञहरूले बताएका छन् । पहिल्यैदेखि हुन्थ्यो यसरी सेयर बजारमार्फत सम्पत्ति शुद्धीकरण गर्ने क्रम गणतन्त्र स्थापनापछि बढ्न थालेको थियो ।

‘त्यतिवेला पनि घरजग्गा र सेयरमा ठूलो पैसा आएको थियो,’ ब्रोकरहरूले भने, ‘अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ ।’ उनीहरूका अनुसार यसरी बजारमा भित्रिने पैसाको आकार पहिलो ‘लाख’मा थियो, अहिले ‘करोड’मा पुगेको छ ।

केही ब्रोकरका अनुसार अहिले भारतीय व्यवसायीले पनि नेपाली सेयर बजारमा लगानी बढाएका छन् । भारतमा सम्पत्तिको स्रोतमा बढी कडाइ हुन थालेपछि उनीहरूले नेपाली बजारमा लगानी गर्न थालेको ब्रोकरहरूको भनाइ छ । ‘भारतीयले नेपालका खासगरी मारवाडी समुदायलाई विश्वासमा लिएर उनीहरूमार्फत नै सेयर बजारमा लगानी गरिरहेका छन्,’ एक ब्रोकरले भने ।

घुस्याहा पुलीस ! दर्ता नै नभएका एजेन्टबाट सामान खरिद

१५ असार काठमाडौं ।  नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ ।

नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ ।

त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ । प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो ।

एउटै एजेन्टलाई सात करोड ८९ लाखसम्म पेस्की दिइएको छ । मोटोरोला प्याकेज खरिदका लागि प्रहरीले ग्रेहर्ड इलेक्ट्रोनिक्सलाई सात करोड ८९ लाख पेस्की दिएको हो ।

प्रहरीले हाएटेरा सेट खरिदका लागि प्लाटिनम इन्टरप्राइजेजलाई एक करोड ९३ लाख, डिजिटल फरेन्सिक ल्याबको सामान खरिदका लागि नीलगिरी इन्टरप्राइजेजलाई दुई करोड ७४ लाख पेस्की दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै, फरेन्सिक ल्याब इक्युपमेन्ट खरिदका लागि मुक्तिनाथ ट्रेड कन्सर्न एक करोड ५८ लाख दिइएको छ । प्रहरीको पिटी जुत्ता खरिद गर्न आज्ञा इम्पेक्सलाई एक करोड ३० लाख पेस्की दिइएको छ ।

खरिद व्यवस्थापन आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २० ९३० मा ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमासिकभित्र गरी सक्नुपर्ने व्यवस्था छ । तर, प्रहरी प्रधान कार्यालयमार्फत भएको ठेक्का व्यवस्थापन तेस्रो त्रैमासिकसम्ममा गरिएको छ ।

प्रहरीले आफ्नो भण्डारमा भएका जिन्सी सामान मौज्दातको अध्ययन नै नगरी थप खरिद गर्ने गरेको पनि पाइएको छ । सार्वजनिक खरिद नियमावली २०६४ अनुसार सामान खरिद गर्दा आवश्यकताको पहिचान गर्नुपर्ने हुन्छ । तर, प्रहरी प्रधान कार्यालयले अघिल्लो वर्ष खरिद गरेको ३१ करोड ७७ लाखको कपडा मौज्दात हुादाहुादै आर्थिक वर्षको अन्त्यमा त्यही सामान खरिद गरेको पाइएको महालेखाले जनाएको छ ।

सरकार आफैं बूढानीलकण्ठ जस्तै १९ विद्यालय चलाउँदै

१५ असार,काठमाडौं ।
सरकारी विद्यालयप्रति अभिभावकको वितृष्णा बढेपछि सरकारले १९ वटा विद्यालयको गुणस्तर सुधार गरी नमुना विद्यालयका रुपमा सञ्चालन गर्ने भएको छ ।

यी विद्यालयको स्तरोन्नति गरी बूढानिलकण्ठ र एसओएस मोडलमा सञ्चालन गर्ने सरकारको योजना छ ।  यी १९ विद्यालय सुधारमा १ अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने शिक्षा विभागले जनाएको छ ।

बूढानीलकण्ठ र एसओएस सरकार र दाताको लगानीका सफल विद्यालय मानिन्छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

सुधार गर्न लागिएका विद्यालयको पूर्वाधार बूढानीलकण्ठ स्कुलको जस्तै सबैखाले आधारभूत सुविधासम्पन्न हुनेछन् ।
यिनको शैक्षिक गुणस्तर निजी बोर्डिङ स्कुलसरह हुने विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा उपनिर्देशक योगेन्द्रप्रसाद बरालले जानकारी दिए ।

उनका अनुसार यस्ता नमुना विद्यालय सञ्चालन र व्यवस्थापन सफल भए आगामी वर्ष विस्तार गरी ३ सय पुर्‍याइने योजना छ ।

पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ र ५ विकास क्षेत्रमा १र१ वटा पर्ने गरी विद्यालय सञ्चालन गरिने बरालले बताए ।

काँग्रेसले दातासँग गरेको सम्झौताले गर्दा भूकम्प पिडितले एकमुष्ट २ लाख नपाउने

१५ असार, काठमाडौं ।
भूकम्पपीडितलाई एकमुष्ट २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन दातासँग गरिएको सम्झौता बाधक देखिएको छ ।

नेपाली काँग्रेस नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले विश्व बैंकलगायतका दाताहरुसँग गरेको सम्झौताका कारण सरकारले चाहेर पनि एकमुष्ट दुई लाख रुपैयाँ दिन नसक्ने देखिएको हो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजना गरिएका दाता सम्मेलनअनुसार अघिल्लो सरकारले विश्व बैंकसहित उसको अगुवाइमा दातृ निकायसँग समझौता गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा अर्थमनत्री महले २९ साउन २०७२मा दातृ निकायसँग सम्झौता गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

भूकम्पपीडितलाई एकमुष्ट रुपमा अनुदान रकम दिन नपाइने किटानी व्यवस्थासहत राखिएका अन्य कतिपय अव्यवहारिक प्रावधानकै कारण पीडितले लामो समयसम्म अनुदानसमेत पाउन नसकेको पाइएको छ । दातासँग गरिएको समझौतामा दुइ किस्ताभन्दा बढीमा मात्रै अनुदान बाँड्न पाइने उल्लेख छ ।

भारत बल्ल लाईनमा आउँदै । नयाँ संविधानले नेपालमा लोकतन्त्र सुदृढः भारत

१५ असार, काठमाडौं ।
नयाँ संविधान जारी भएपछि नाकाबन्दी गरेर दुख दिंदै दुस्मनी साँधेको भारत यतिखेर आएर फेरी नेपालको संविधानको तारिफ गर्दै सम्वन्ध सुधारमा लागेको छ ।

नेपाललाई नाकाबन्दी गरेर दुख दिएको भारतले बल्ल आएर आफ्नो आधिकारिक दस्ताबेजमा नेपालमा संविधान जारी भएर बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ भएको उल्लेख गरेको छ।

भारतीय विदेश मन्त्रालय ‘साउथ ब्लक’ ले प्रधानमन्त्री नरेन्द्र मोदीको दुईबर्से कार्यकालको अवसर र प्रतिपक्षले नेपाल नीति घोर असफल भएको आरोप लगाउँदै गर्दा यस्तो दस्ताबेज सार्वजनिक गरेको हो ।

‘गत सेप्टेम्बर २०१५ मा नयाँ संविधान अनुमोदन भएबाट नेपालको बहुदलीय संवैधानिक लोकतन्त्र सुदृढ हुनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ’, भारतीय विदेश मन्त्रालयले निकालेको ‘म्यापिङ न्यु फ्रन्टियर्स टु इयर्स अफ पाथ ब्रेकिङ डिप्लोमेसी’ नामक पुस्तिकाको नेपाल खण्डमा भनिएको आजको अन्नपूर्णमा समाचार छ ।

संविधानसँगका केही आन्तरिक विषयमा भने अझै मिल्न बाँकी रहे पनि ती चाँडै समाधान भएर जाने भारतको अपेक्षा रहेको पुस्तिकामा उल्लेख छ। पुस्तिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको पनि उल्लेख छ। भारतले आधिकारिक प्रकाशनमा नेपालको संविधानबारे सकारात्मक धारणा बाहिर ल्याएर नेपाल नीतिमा ‘कोर्स करेक्सन’ गर्न खोजेको विश्लेषण गरिएको छ।

दक्षिणी छिमेकी भारतले संविधान जारी भएको पर्सिपल्टदेखि सीमानाकाबाट नेपालतिर इन्धन र खाद्यान्न आपूर्ति रोक लगाएको थियो। संविधानमा आफ्नो समर्थन नरहेको भन्दै आन्दोलित मधेसी दलले वीरगन्ज नाकामा गरेको प्रदर्शन र धर्नालाई बहाना बनाएर भारतले नेपालमा नाकाबन्दी गरेको थियो।

भारतले संविधानको पहिलो संशोधनमा भने स्वागत गरेको थियो। प्रधानमन्त्री ओलीको फागुनमा सम्पन्न भारत भ्रमणअघि भारतले नाकाबन्दी हटाएको थियो। ओलीको भारत भ्रमणबाट सम्बन्ध सुध्रिने अपेक्षा गरिए पनि भारतीय पक्षले संविधानप्रति असन्तुष्टि कायम रहेको सन्देश दिन भ्रमणपछि संयुक्त वक्तव्यसमेत जारी गर्न अस्वीकार गरेको थियो।

आत्मघाती बम विस्फोटमा टर्की विमानस्थलमा कम्तिमा ३६ को मृत्यु

१५ असार, काठमाडौं ।
टर्कीको प्रमुख सहर इस्तानबुलको अतातुर्क अन्र्तराष्टिय विमानस्थममा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परि करिव १ सय जना घाइते भएको विमानस्थल प्रशासनले जानकारी दिएको छ । अन्तराष्ट्रिय टर्मिनल नजिक गराइएको विस्फोटमा परि मारिएका अधिकाशं टर्कीका नागरिक भएको ठानिएपनि परिचय खुल्न बाँकी रहेको छ ।

आत्मघाती आक्रमणकारीले कालशनिकोव राइफबाट गोली चलाइर केहीको हत्या गरेको थियो ।

बम विस्फोटपनि विमानस्थल बन्द गरिएको छ । मानिसहरुलाई विमानस्थलबाट टाढा जान निर्देशन दिंदै प्रहरीले व्यापक खानतलासी र अनुसन्धान थालेको छ ।

कुर्द पृथकतावादी वा इस्लामिक स्टेटले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । सरकार एवं कुर्द चरमपन्थीबीच टर्कीमा गत साल संघर्ष विराम सकिएपछि यस्ता विस्फोटका आक्रमणमा मृद्धि भएको छ ।
यद्यपी बिमानस्थल बम आक्रमणको जिम्मा भने कसैले लिइसकेको छैन ।

मलेसियामा काम गर्ने नेपालीको तलब बढ्यो

१५ असार, मलेसिया ।
मलेसियामा काम गर्ने नेपालीहरुको तलब बढेको छ ।

निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय मलेसियन सरकारले गरेको छ ।

मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक शुक्रबार 'जुलाई १' देखि लागू गर्ने भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदारबाहेक सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक २७ सय रुपैयाँले वृद्धि हुनेछ ।

यो नीतिअनुसार शुक्रबारदेखि लागू हुनेगरि पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा फरक फरक पारिश्रमिक लागू हुनेछ । पूर्वी क्षेत्रमा 'साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लाबुवान' कार्यरत कामदारले यसअघि आठसय २० रिंगिट प्राप्त गर्दै आएकोमा अब नौसय २० रिंगिट र त्यसबाहेकका क्षेत्रमा ९पश्चिमी मलेसियारप्रायद्धिप मलेसिया० कार्यरत कामदारले यसअघि नौसय रिंगिट प्राप्त गर्दै आएकोमा अब मासिक १ हजार रिंगिट पारिश्रमिक पाउनेछन् ।

गत बर्ष अक्टोबर २३ मा मलेसियाली प्रधानमन्त्री नजिब रजाकले आर्थिक बर्ष २०१६ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बृद्धिको घोषणा गरेका थिए । उक्त घोषित नीति पूर्ण रुपमा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् । यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् ।

मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो । उसले गत २०१२ सेप्टेम्बर ६ मा उक्त नीति कार्यान्वयनका ल्याउन यससम्बन्धी निर्देशिका समेत जारी गरेको थियो । पहिलोपटक पारिश्रमिक नीति घोषणा गरिएको झण्डै ४ बर्षपछि त्यसमा थप परिमार्जन गरि मासिक १ सय रिंगिट पारिश्रमिक बृद्धि गरिएको हो । तर लेभी रकम भने कामदारले सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । सरकारले लेभी शुल्क कामदारको पारिश्रमिकबाट कटौती गर्न पाउने कानुनी व्यवस्था छ ।

यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । मलेसियाले अब नयां पारिश्रमिकसम्बन्धी नीति लागू गर्न सबै रोजगारदातालाई निर्देशन दिइसकेको छ । तर कतिपय रोजगारदाता भने सरकारको यो नीतिप्रति सन्तुष्ट छैनन् । गत सन् २००९ को एक अध्ययनअनुसार मलेसियाको निजी क्षेत्रमा कार्यरतमध्ये ३३ दशमलब ८ प्रतिशत कामदारले मासिक ७ सय रिंगिट भन्दा कम कमाइ गर्ने गरेका थिए । हालसम्म मासिक नौसय रिंगिट पारश्रमिक पाएका नेपालीले अब नयां नीति कडाईका साथ लागू भएमा थप लाभान्वित हुनेछन् ।

सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नीति र मलेसियाको मुद्रामा आएको गिरावटका कारण पनि पछिल्लो एकबर्षयता मलेसिया आउने नेपाली हवात्तै घटेका छन् । यद्यपी मलेसियाले कामदारको पारिश्रमिक बृद्धि गरेकाले अब मलेसिया आउने नेपालीको संख्या बढ्नसक्ने अनुमान कतिपयले गर्न थालेका छन् । मलेसियामा बहुसंख्यक नेपाली सेवा, उत्पादन र सुरक्षाक्षेत्रमा कार्यरत छन् । तीमध्ये सेवा र सुरक्षा क्षेत्रमा आकर्षक क्षेत्र मानिन्छन् ।
साभार:इकान्तिपुर/रामचन्द्र गिरी

नेपाल फेस्टिवल जापानको खाना स्टल बुकिंग आज अन्तिम दिन

१५ असार, टोकियो ।
जापानमा हुन लागेको नवौं नेपाल फेस्टिवलको खाना स्टल बुकिंग आज अन्तिम दिन भएकाले समयमै स्टल बुक गर्न आग्रह गरिएको छ ।

नेपाल फेस्टिवललाई नाफा घाटाको ब्यापारको रुपमा मात्र नहेरी प्रत्यक्ष नेपाल र नेपालीको प्रतिष्ठा संग जोडिएको कार्यक्रम पनि भएको भन्दै आयोजक संस्था एनआरएन जापानका अध्यक्ष सुदन थापाले आज समयमै स्टल बुक गराउन आग्रह गर्नुभएको छ ।

नेपाल र नेपालीका निम्ति नेपालीले आयोजना गरिएको कार्यक्रम भएकाले नेपालको लागि हुन लागेको कार्यक्रममा आफ्नो सहभागीताको लागि पनि व्यवसायिहरुलाई स्टल बुक गराउन आग्रह गर्नुभएको छ ।

नेपाल फेस्टिवल जापानमा रहेका संघ संस्था, बुद्धिजिबी, पत्रकार, बिधार्थी, कामदार, ब्यबसायी, नेपाललाई मायागर्नेहरुको साझा कार्यक्रम हो अध्यक्ष थापाले भन्नुभएको छ तपाई हरुले सहयोग गर्नु भएको १ येन ले पनि नेपाल र नेपालीको प्रतिष्ठा संग जोडिएको कार्यक्रम भब्य, सभ्य रुपमा सफल हुन सक्छ आफ्नो आफ्नो ठाउँ बाट सम्पूर्ण महानुभाबहरु लाई सहयोगको निम्ति अपिल गर्दछु ।

यो वर्ष बिशेष रुपमा नेपाल जापान कुटनीतिक सम्बन्ध को ६० औं वर्ष गांठको अवसरमा नेपाल फेस्टिबलको आयोजना हुन लागेको हो ।
नेपाल डे जस्ता विशेष कार्यक्रमले नेपाल र जापान बीचको सम्बन्ध झन् प्रगाड हुने विश्वास लिइएको छ ।

नेपाल फेस्टिबलबाट आर्जित सम्पूर्ण रकम एनआरएन जापानले स्थापना गर्न लागेको ५ करोडको आपतकालीन कोषमा जम्मा हुने अध्यक्ष थापाको भनाई छ ।

'नेपाल डे फेस्टिवल' अतिथि देवो भव : 'नेपालको चिनारि र एकता प्रदर्शनको अवसर'-अध्यक्ष थापा

दोधारा चाँदनीका दलित हात्ती पिडितहरुका लाई राहत सामग्री बितरण

पप्पु गुरुङ्, १४ असार / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका हात्ती पिडितहरुका लागी आज राहत सामग्री बितरण गरिएको छ् । दलित नगर सम्वय परिषद दोधारा चाँदनीको आयोजनामा आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलका दलित हात्ती हात्ती पिडितहरुका लागी राहत सामग्री बितरण गरिएको हो । बिगत दिनहरुमा बडुवाल टोलमा स्थानियहरुका बाली नाली खाएर तथा दर्जनौ घर भत्काएर आतंक मच्चाउदै आएको हुदा उनिहरुका लागी राहत बितरण गरिएको दलित नगर सम्वन्य परिषद दोधारा चाँदनीका संयोजक पर्सा सुनारले जानकारी दिनुभएको छ् । साबिकको चाँदनी गाबिसको कार्यालयको सभा कक्षमा संचालित राहत बितरण कार्यक्रममा बडुवाल टोलका ३१ दलित घरधुरीलाई राहत बितरण गरिएको हो । प्रत्येक ३१ घरधुरीलाई १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ लिटर खाने तेल गरि जम्मा रु. १६ हजार बराबरको राहत सामग्री बितरण गरिएको दलित नगर सम्वन्य परिषद दोधारा चाँदनीका प्रतिनिधी भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । साबिकको चाँदनी गाबिसको कार्यालयमा गरिएको राहत बितरण कार्यक्रममा नेकपा(एमाले) का दोधारा चाँदनी नगरकमिटी अध्यक्ष किशोर कुमार लिम्बु, नेकपा माओबादी केन्द्रका प्रतिनिधी भरत भट्ट, पत्रकार पप्पु गुरुङ्ग लगाएत हात्तीपिडितहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनीनगरपालिका बडुवाल टोलका स्थानियहरुले लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीको बथानले खाएर तथा उधनेर नष्ट गर्दै आएपछि ढिलै भएपनि राहत बितरण गरिएकोमा स्थानियहरु खुशी भएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web