काठमाडौं,असार १४ । व्यव्स्थापिका संसदमा देखिएको अवरोध हटाउन बसेको वैठक निश्कर्षहीन सकिएको छ । मंगलबार विहानै बसेको कार्यदलको बैठकमा दलहरुले आ-आफ्नै अडान दोहोर्याएपछि वैठक निष्र्कषविहिन बनेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राखेको माग अनुसार भूकम्प प्रभावितहरुलाई एकमुष्ट दुई लाख दिन कार्यविधी संसोधनका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको थियो ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेसमेत भूकम्प पीडित परिवारलाई ३ लाख दिनुपर्ने माग गरेपछि कांग्रेसले अडान नछाड्ने संकेत दिएको छ । हिजो सदन अवरोध हटाउन चार दलीय कार्यदल गठन भएको थियो । नेपाली कांग्रेसले ४ दिनदेखि संसद अवरोध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्न पाउनु भएको छैन । व्यवस्थापिका संसदको बैठक आज दिउँसो साढे ३ बजे बोलाइएको छ । दलहरुबीच सहमति भए संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेछ ।

काठमाडौं,असार १४ । नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आफूहरुले युद्ध नभर्इ क्रान्ति गर्न खोजेको बताएका छन् । उनले पछिल्लो समय विप्लब माओवादीले युद्ध गर्दैछ भनेर विषयलाई तोडमोड गरेको बताएका छन् । क्रान्ति नेपाली जनताको विषय भएको भन्दै विप्लवले बौद्धिक वर्गदेखि सामान्य भरियासम्म देशको स्थितिबाट कोही सन्तुष्ट नभएको भन्दै क्रान्तिको आवस्यकता रहेको बताए ।

नयाँ पत्रिकासँगको अन्तरवार्तामा उनले भने ‘हामीले आफ्ना विषयलाई व्यवस्थित ढंगले अगाडि सारेका छौंँ। संविधान सही ढंगले बनेन । राज्यमा पुनर्संरचना नभएसम्म अथवा राज्यमा माओवादीको सहभागिता नभएसम्म संविधान बन्दैन, बने पनि सफल हुँदैन, हामीले भनेका थियौँ । उहाँहरूलाई यो केही पनि होइन भन्या जस्तो परेको थियो, अहिले पनि सायद त्यही होला । उहाँहरूले नारा पनि दिनुभयो, आर्थिक समृद्धि हुन्छ आदि इत्यादि । तर, संविधान नबन्दै देश एकप्रकारले ठूलो घोषित त होइन, अघोषित द्वन्द्वमा देश पुगेको छ । ‘

विप्लबले प्रचण्डको नेतृत्वमा गरिएको जनयुद्धबाट उनी पछिहटेको आरोप लगाए । उनले आफूहरुको युद्ध पदका लागि भन्दा पनि राज्यको पुनरसंरचनाको लागि भएको भए पनि त्यसो नभएको बताए । उनले भने ‘ गाउँदेखि ठूला सहरमा समेत परास्त भइसकेको पुरानो सत्तालाई फेरि फर्काउने काम भयो । सबैभन्दा ठूलो असहमति हाम्रो यही हो । संसारभरको मान्यता पनि के हो भने जितेको ठाउँमा जित हुने भइहाल्यो, सम्झौतामा आएका ठाउँमा पनि पावर सेयरिङ हुनुपथ्र्यो । जनयुद्धले नेताहरूको सुविधाको पावर सेयरिङ मागेको होइन, मन्त्रीको पदको पनि होइन । राज्यसत्ताको संरचनामा हुनुपथ्र्यो जुन भएन’

विप्लवले भने’ माथिदेखि तलसम्म राज्यका अरू अंगमा साझेदारीसेटमा काम गर्न माओवादीले पाउनुपर्छ भन्ने थियो । तर, त्यसो हुन पाएन । प्रचण्ड कमरेडले यहाँ ठूलो कमजोरी गर्नुभयो । उहाँहरू एकदम हावामा उड्नुभयो भन्ने बुझाइ छ मेरो । कहाँ बतासिनुभयो, त्यो भनिरहन जरुरी छैन । तर, त्यसको फाइदा कांग्रेस, एमालेका साथीले उठाए । उनीहरूले हामीलाई सत्ताबाट पूरै लखेटे।’

बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा बारे सोधिएको प्रश्नमा विप्लवले भने ‘बाबुरामजीले भयंकर कमजोरी गर्नुभयो भन्ने हाम्रो निष्कर्ष छ । उहाँ माओवादी हुनुभयो र आज विसर्जनमा जानुभयो । त्यतिवेला बाबुरामजीको एउटा तर्क थियो, प्रचण्डसँग बहस गर्दा । उहाँले प्रचण्डलाई पनि अलिकति अनुभववादी भन्नुहुन्थ्यो । ‘ विप्वबले भने ‘त्यत्रो बलिदानमा हिँडेको मान्छे, आज आएर त्यो मान्यता नै ठीक थिएन भन्दै हिँडनुभएको छ, त्यो उहाँकै लागि पनि घातक छ । तेस्रो उहाँ जहाँ पुग्नुभएको छ, त्यो राजनीति नयाँ शक्ति भनेर उहाँले भन्नुभएको छ, त्यो पुरानो सत्तासँगको आत्मसमर्पण हो ‘

एजेन्सी,असार १४ । इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्डसँग २-१ पराजित हुदै फुटबलको महारथी टोली इंग्ल्याण्ड समुहचरणवाटै बाहिरिएको हो । आइसल्याण्डलाई ऐतिहासिक जित दिलाउन राग्नर सिगुर्डसन र कोल्बिएन सिग्थोर्सनले एक एक गोल गरे । इंग्ल्याण्डका लागि वायने रुनीले एक गोल गरे ।चौथो मिनेटमा नै रुनीले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै समय टिक्न सकेन । दुई मिनेटपछि आइसल्याण्डका सिगुर्डसनले बराबरी गोल फर्काए । १८ औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा आइसल्याण्डको भेट आयोजक फ्रान्ससँग हुनेछ । फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

पहिलो पटक युरोकपमा छनौट भएको आइसल्याण्डको जनसङ्ख्या मात्र ३ लाख २३ हजार छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

एजेन्सी,असार १३ । स्पेनलाई हराँउदै इटाली युरोकप फुटवलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमवार राती भएको भएको प्रिक्वाटरफाइनलमा स्पेनलाई २-० ले हराँउदै इटाली अन्तिम आठमा प्रवेश गरेको हो । इटालीलाई विजयी गराउदै चिलानी र पेलेले गोल गरे ।

पहिलो हाफको ३३ औं मिनेटमा चिलानीले गोल गदै इटालीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अग्रता लिएको चिलीको लागि अर्को गोल भने अतिरिक्त समय ९१ औ मिनेटमा भएको थियो । यो हारसँगै लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउने लक्ष्यमा रहेको स्पेनको सपना समाप्त भएको छ ।

१४ असार, काठमाडौं ।
प्रधानमन्त्री के.पी. शार्मा ओलीले सरकारले आगामी मंसिरमा गर्ने स्थानीय निकाय निर्वाचनका लागि निर्वाचन आयोगले गरिरहेको तयारीका विषयमा आयोगका पदाधिकारीहरुसंग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओली सोमबार निर्वाचन आयोग जानुभई सरकारले केही समय अघि संसदमा पेश गरेको कार्ययोजना अनुसर आगामी २०७४ माघ महिना भित्र सम्पन्न गर्नुपर्ने स्थानीय निकाय, प्रदेश, राष्ट्रपति, उपराष्ट्रपति र संसदको निर्वाचनका विषयमा छलफल गर्नुभएको हो ।

सञ्चारकर्मीहरुलाई छलफलबारे जानकारी गराउँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले सरकारले केही आन्तरिक तयारी पुरा गरेपछि राजनीतिक दल र आयोगसंगको छलफलका आधारमा स्थानीय निकाय निर्वाचनका लागि अघि बढ्ने बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचनका लागि आवश्यक ऐन कानून बनेमा आयोग कुनै पनि निर्वाचनका लागि प्राविधिक रुपमा तयार रहेको बताउनुभयो ।

छलफल कार्यक्रमा प्रधानमन्त्री ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानून मन्त्री खरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग र आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा। यादव, निर्वाचन आयुक्त इला शर्मा, सचिव शारदाप्रसाद त्रिताल, सहसचिव वीरबहादुर राई र सुशील कोइरालाको सहभागिता थियो ।

१४ असार, काठमाडौं ।
केन्द्रिय स्तरमा कृषि विभागको आयोजनामा र जिल्लाहरुमा जिल्ला कृषि विकास कार्यालयहरुको प्रमुख आयोजनामा धानदिवश तथा रोपाई महोत्सव मनाइने भएको बालि विकास निर्देशनालयका कार्यक्रम निर्देशक डिलाराम भण्डारीले जानकारी दिनुभएको छ । यस पालीको धान दिवश तथा रोपाई महोत्वसको नारा व्यवसायीक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार रहेको छ ।

असार १५ गते मनाइने धान दिवश तथा रोपाई महोत्सवको बारेमा जानकारी दिन सोमबार ललितपुरमा आयोजित कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. युवक ध्वज जिसी ले नेपालमा धान नै प्रमुख खाद्यान्न बाली भएकाले खाद्य सुरक्षाका लागि धानको उत्पादन बढाउनु जरुरी रहेको बताउनु भयो ।

महानिर्देशक जि।सी।ले नेपालमा बार्षिक करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने हुँदा धान उत्पादनमा हुने ह्रासले मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले पनि उत्पादनमा जोड दिनु जुरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा ३३५ कृषि क्षेत्रबाट प्राप्त भइरहेको मा धानको मात्रै योगदान २१५ रहेको कृषि विभागले जनाएको छ ।

यति हुँदा पनि नेपाल धानमा आत्मनिर्भर हुन सकेको छैन । धानमा आत्मनिर्भर हुन सँगै नेपाललाई धान निर्यात गर्ने मुलुक बनाउन, नेपालीले खानपीन को बानीमा सुधार गर्नुपर्ने र व्यवसायीक उत्पादनमा जोड दिनुपर्ने विभागले जनाएको छ ।

संसारमा, १६२० लाख हेक्टर क्षेत्रफलमा धानखेती लगाइन्छ भने ६३१० लाख मेट्रिकटन धान उत्पादन हुने देखिन्छ ।

त्यसको करिब ९०५ धान उत्पादन तथा उपभोग भने एसीयामै हुन्छ ।

एसियामा १५०० लाख हेक्टरमा खेति गरी ५७०० लाख मेट्रिक टन धान उत्पादन हुन्छ ।

विस्वमा सबै भन्दा बढी धान उत्पादन हुने देशमा चीन पर्दछ भने त्यस पछि भारतको स्थान दोस्रो रहेको छ ।

चीन र भारत पछि धान उत्पादनका लागि अरु अग्रणी देशमा इण्डोनेसीया बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यान्मार, फिलिपिन्स, ब्राजील र जापान पर्दछन् ।

१४ असार, काठमाडौं ।
आफैं सरकारमा छँदा भूकम्प पीडितलाई चार पटक गरेर दुई लाख दिनुपर्ने हस्ताक्षर गरेको काँग्रेस अहिले एकैपटक दुई लाख दिन माग गरिरहेको छ ।

पहिलो सत्तामा थियो जनताको वेवास्ता गर्यो अहिले सत्ता बाहिर छ सत्ता हत्याउन नाटक गरिरहेको संसदमा । त्यो पनि जनताको करबाटै तलब र भत्ता खाएर संसद बैठक अवरुद्ध ।

व्यवस्थापिका संसदको सोमबारको दोस्रो बैठक पनि काँग्रेसको यहि नाटकका कारण सूचना टास गरि स्थगति गरिएको छ ।

संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवस बैठक बस्न नसक्ने भएकाले भोली सम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

व्यवस्थापिका संसदको बैठक मंगलबार दिउसो साडे तीन बजे बस्ने छ ।

यसअघि सोमबारनै बसेको संसदको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पिडितको समस्या समाधानका लागि आफुहरुले उठाएको माग सम्बोधन गर्न सरकारले गम्भिरता नदेखाएको भन्दै अबरुद्ध गरेको थियो ।

नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले उठाएका मागका विषयमा सरकारबाट सहमतिका लागि छलफलको पहल शुरु गरेको जानकारी सञ्चारकर्मीहरुलाई दिनु भयो ।

सांसद डा। महतले यस विषयमा छलफलका लागि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका तर्फबाट नेताहरु कृष्णप्रसाद सिटौला, चिनकाजी श्रेष्ठ, तथा डा। प्रकासशरण महत र सरकारक तर्फबाट नेकपा एमालेका संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवं रक्षा मन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा रहेको एक कार्यदल गठन भएको जानकारी दिनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी प्रसाद खरेलले भूकम्प पिडितलाई एकमुष्ट रकम दिन कार्यविधि संसोधन नगरि अघि बढ्न नसकिने र त्यसका लागि केही दिन लाग्ने बताउनु भयो ।

दलहरुका विचमा सहमतिका लागि भोली विहान ८ वजे कार्यदलको बैठक बस्ने पनि मन्त्री खरेलले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

स्मरणीय छ यिनै डा प्रकाशशरण महतका सहोदर दाजु डा. रामशरण महतले आफैं अर्थमन्त्री हुँदा बिदेशी दातासँग भूकम्प पीडितलाई चार चरणमा २ लाख दिनुपर्ने लिखित सहमती गरेका थिए ।

यसैबिच नेपाली कांग्रेस संसदीय दलको बैठक दलका नेता एबं पार्टी सभापति शेरबहादुर देउबाको अध्यक्षतामा आज काठमाडौमा बसेको बैठकमा कांग्रेसले संसदमा शसक्त भुमिका निर्बाह गर्ने बिषयमा छलफल गरेको थियो ।

बैठकमा नेता देउबाले सदन र समितिहरुका बैठकमा सक्रिय सहभागीता जनाउन निर्देशद दिदै भुकम्पपिडितहरुले तत्काल दुई लाख रुपैया अनुदान पाउनुपर्ने मागलाई सदनमा जोडदार रुपमा उठाईने बताउनु भएको थियो ।

१३ असार, काठमाडौं ।
सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन सोमबार खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका चिकित्सकले दायर गरेको निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

आदेशमा भनिएको छ, “थुनामा भएका नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ भएका चिकित्सक गैरकानुनी र बद्नियतपूर्ण पक्राउ परेको भन्न सकिने अवस्था देखिँदैन ।”

१३ असार, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजाती, बहुभाषिक र बहुसाँस्कृतिक मुलकको रुपमा रहेको नेपालको पहिचानको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरुस्कार कार्यक्रममा राष्ट्रपति भण्डारीले सङ्खीत तथा नाट्य विधाको विकास र विस्तारमा गर्नु सरकारले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सङ्खीतले नेपाली समाजलाई एक सुत्रमा बाध्न सहयोगी भूमिका खेलेकोले सरकारले यसको संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बरिष्ट सङ्खीतकार तथा तबलावादक गोपाल नाथ योगी, बरिष्ट लोक गायक प्रचण्ड बहादुर बुढाथोकी, बरिष्ट नाटककार नाट्यकर्मी महेन्द्र मलङ्गीया र बरिष्ट नाट्य कलाकार शकुन्तला गुरुङ शर्मालाई नेपाल सङ्खीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरुस्कार २०७२ बाट पुस्कृत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुरुस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

१३ असार, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ता ओइरिएपछि सोमबार नेप्से परिसूचक ३६ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३६ अङ्कले बढेर एक हजार ६९३ बिन्दुबाट एक हजार ७२१ बिन्दुमा पुगेको छ ।

सेन्चुरी बैंक जेविल्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सिटिजन बैंक, लुम्बिनी बैंकको सेयर सोमबार बढेको नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

युनाइटेड फाइनान्स सनराइज बैंक गण्डकी विकास बैंक र सानिमा बैंक, राष्ट्रिय बिमा संस्थानमा लगानी गर्नेले सोमबार सबैभन्दा बढी कमाएका छन् ।

सोमबार कुल कारोबार रु एक अर्ब ७३ करोडको भएको छ भने ४९ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । बिमा समूहको सेयर सामान्य रूपमा घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

The main opposition party, Nepali Congress, has disrupted today's meeting of the Legislature-Parliament, citing the government did not commit to providing a lump sum of Rs 200,000 to the earthquake survivors.

Lawmakers from the NC protested by standing at their respective seats soon after Speaker Onsari Gharti announced beginning of the meeting and provided time to NC lawmaker Dr Ram Sharan Mahat to speak.

Leader Mahat on the occasion said that they were compelled to disrupt the House as the government neglected their demand for providing a lump sum of Rs 200,000 to quake survivors.

Stating that not a single house has been constructed for quake survivors so far, he argued that the government has been taking up the reconstruction task in a slow pace. He also blamed the government of not taking initiatives for talks to address their demand.

In between NC lawmakers' protest, Speaker Gharti informed that the Prime Minister will brief the Parliament in detail regarding the NC's demand since it has drawn the attention of entire House.

The next meeting of the Parliament has been scheduled at 3.30 pm tomorrow as no consensus between the ruling parties and major opposition was forged regarding resumption of the House, said NC parliamentarian Dr Prakash Sharan Mahat.

Deputy Prime Minister and Minister for Women, Children and Social Welfare, CP Mainali, has said that providing a lump sum of Rs 200,000 to the earthquake survivors as demanded by the main opposition party, Nepali Congress, was not possible.

He said that it is not possible to provide a lump sum of Rs 200,000 to quake survivors as the donor agencies will not agree to provide the amount to the quake victims in a lump sum.
The Minister for Women, Children and Social Welfare further said that it will be effective to provide the amount in installment as there is also chance of not constructing houses while providing the amount in a lump sum.

Stating that talks are underway to address the demands of the opposition party, he said that although the amount to be provided to quake survivors could be increased even after making some changes in the working procedure, the government could not provide the amount in a lump sum even it wishes.