आयल निगम १४ वर्षपछि ऋणमुक्त, बोनसको बाटो खुला

काठमाडौं,असार २७ । पेट्रोलियम पदार्थ आयातमा एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको संस्थान नेपाल आयल निगम १४ वर्षपछि बल्ल ऋणमुक्त भएको छ । निगमले आइतबार अर्थ मन्त्रालयलाई ८० करोड ऋण र ६१ करोड रुपैयाँ ब्याज भुक्तानी गरेसंगै ऋणमुक्त भएको हो । निगम ऋणमुक्त भएसंगै बोनस वितरणको बाटो खुला भएको छ । निगमले यसका लागि गत आर्थिक वर्ष नै ९० करोड र आव ०६५-६६ मा १८ करोड रुपैयाँ छुट्टाएको  थियो ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले आइतबारदेखि निगमसंग कुनै ऋण नरहेको बताए । आर्थिक वर्ष ०७०-७१ सम्म लिइएको ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण चुक्ता गरिएको घिमिरेले जानकारी दिए ।  यसैबीच, भारतमा भन्दा नेपालमा सस्तो भएपछि डिजेल खपत बढेको छ । मासिक ८५ हजार किलोलिटर डिजेल खपत हुँदै आएकोमा हाल बढेर एक लाख १० हजार किलोलिटर पुगेको छ ।कारोबार दैनिकमा समाचार छ ।

सरकार फेरिने हल्लाले कर्मचारीले काम गर्न छाडे

काठमाडौं,असार २७ । अहिले सरकार परिवर्तनको हल्ला उत्कर्षमा रहेको छ । सरकारको दोस्रो प्रमुख घटक नेकपा माओवादी केन्द्रले कहिले सरकारमा बस्ने र कहिले छाड्ने भन्न थालेसँगै देशको स्थायी सरकारको रुपमा हेरिने कर्मचारी प्रशासन काम गर्न छाडेरर बसेका छन् । उनीहरु को मन्त्री बन्छ भन्दै लख काट्दै लख काटेर बस्ने गरेका छन् । माओवादी केन्द्रले चटक्कै छोड्न पनि नसक्ने र छोड्छु पनि भनी रहने गर्दा सर्वसाधारणमा मजाकको विषय भएजस्तै कर्मचारीवृत्तमा पनि मन्त्रीहरुलाई नटेर्ने र हेप्ने प्रवृत्ति बढेको छ ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार मा कार्यालयमा कार्यालयभित्र छलफल गर्दा होस् या चियागफमा सरकार परिवर्तनको कुरा जोडतोडका साथ हुने गरेको छ । नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले सरकार परिवर्तनको हल्लो हरेक मन्त्रालय र विभागमा करिब दुई महिना यता कामै हुन नसकेको स्वीकार गर्दछन् ।

पूर्वसचिव एवं पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका अनुसार सरकार ढल्ने वा फेरिने हल्लाले कर्मचारीमा असर गर्ने उल्लेख गरे । उनले भने, ‘ सरकार परिवर्तन हुने हल्ला भएमा वा परिवर्तन हुन लागेका अब कसलाई खुसी बनाउने, कसरी सेटिङ मिलाउने भन्ने कुरामा लेखाजोखा गर्नमै कर्मचारीको समय बित्ने गरेको छ ।’ नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्न प्रस्ताव

काठमाडौं,असार २७ । लामो समयदेखि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक महत्वको हिसावले विश्व सम्पदा सूचीमा राखेको काठमाडौं उपत्यकालाई यसपालि खतराको सूचीमा राख्न प्रस्ताव गरेको पाइएको छ। हिजो जुलाई १० देखि २० सम्म टर्कीको इस्तानबुलमा सुरु भएको वर्ल्ड  हेरिटेज कमिटीको ४० औँ सेसनका लागि तयार पारिएको एजेन्डामा सो कुरा उल्लेख गरिएको छ। पुरातात्विक महत्वलाई जोगाउन सकिएन भने त्यस्स्तो क्षेत्रलाई युनेस्कोले खतराको सूचीमा राख्दै आइरहेको छ।

हाल नेपालमा काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा छन्। त्यस्तै स्वयम्भुको बौद्ध स्तुप, बौद्धनाथ, पशुपतिनाथको मन्दिर र चाँगुनारायाण मन्दिर सांस्कृतिक सम्पदाका रुपमा युनेस्कोले मान्यता दिएका क्षेत्र हुन् भने युनेस्कोको सांस्कृतिक सम्पदा सूचीमा नेपालबाट बुद्ध जन्मस्थल लुम्बिनी पनि पर्दछ।

प्राकृतिक विश्व सम्प्दा सूचीमा ने नेपालबाट चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। वर्ल्ड हेरिटेज कमिटीको चालू बैठकमा आवश्इक मूल्यांकन गरेर काठमाण्डौं उपत्यकालाई खतराको सूचीमा राख्ने कि नराख्ने भन्ने निर्णय हुने बताइएको छ।

२०७२ बैशाख १२ मा नेपालमा गएकव विनाशकारी भूकम्पपछि नेपालका सम्पदा क्षेत्रमा क्षति भएपछि युनेस्कोले आवश्यक संरक्षणको व्यवस्था गर्न र थिल्थिलो भएका क्षेत्रमा कसैलाई पनि जान नदिन सुझाएको थियो। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

मौखिक भद्र समझदारी अनुसार सत्ता हस्तान्त्रण गर्न माओवादीको प्रस्ताव

काठमाडौं,असार २७ । माओवादी केन्द्रले ९ बुँदे सहमति गर्दा भएको मौखिक भद्र समझदारीअनुसार यही गठबन्धनमा सत्ता हस्तान्त्रण गर्न प्रस्ताव गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै विषयमा छलफल गर्न आइतबार बोलाएको सत्तारुढ दलको बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो।

पार्टी हेडक्वाटर बैठकपछि बालुवाटार पुगेका माओवादी नेताहरुले आफूलार्इ नेतृत्व दिन प्रस्ताव गरेका हुन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ बुँदे सहमति कार्यान्वयनमा केही काम भएपनि धेरै तीब्रता नआएको लगायत तर्क गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सरकार र गठबन्धनबारे बाहिर धेरै चर्चा भएको भन्दै यसबारेमा के धारणा छन् भन्नेबारे छलफल गरौ भन्दै एजेन्डा प्रस्तुत गरेको थिए। त्यसपछि प्रमुख सत्तासाझेदार दलको तर्फबाट प्रचण्डले पार्टीको निर्णयानुसार धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले पनि गठबन्धन आवश्यक रहेपनि असमझदारीको अवस्था रहे धेरै लामो सयमसम्म चल्न नसक्ने बताए।

‘सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भनेर हिँड्नु ठीक होइन, सहमतिका साथ जति दिन चल्छ त्यतिन्जेल चलाउने हो,‘प्रधानमन्त्री ओलीको भनाई थियो,‘असमझदारी पाली(पाली गठबन्धन जोगाउनु छैन मलाई पदमा बसिरहने रहर छैन।’कान्तिपुर दैनिकमा समाचार छ।

युरोकप:यी हुन १५ औं संस्करण सम्मका विजेता र उपविजेताहरु(तालिका सहित)

काठमाडौं,असार २७ ।  युरोपियन देशहरुबिचको फुटबल प्रतियोगिता युरो कपको पन्ध्रौं संस्करण आज सकिएको छ । जेठ २८ गतेवाट सुरु भएको खेलमा  पोर्चुगल बिजेता बन्दै सकिएको छ । आयोजक फ्रान्सले भने उपबिजेतामै चित्त बुझायो ।   ५६ वर्षअघि सुरु भएको प्रतियोगिताको यो १५ औं संस्करण हो । यस पटकको युरो कप यसको अवधारण अघि सार्ने हेनरी डेलाउनेको देश फान्सले नै आयोजना गरेको थियो ।

सन् १९६०  को पहिलो युरो कप र सन् १९८४ को युरो कप सफलतापूर्वक आयोजना गरिसकेको फ्रान्समा यो पटक पनि सफलता पूर्वक नै सकिएको छ । यसअघि २ पटक उपाधि जितेको फ्रान्सको तेस्रो पटक उपाधि जित्ने सपना चक्नाचुर भयो ।  यस पटक  पोर्चुगलले ऐतिहासिक जित निकाल्यो ।  युरोककको पहिलो खेलमा सोभियत संघ युगोस्लाभिया उपविजेता बनेको थियो ।

यस्तो छ युरोकपको पन्ध्रौं संस्करणका बिजेता र उपबिजेताहरुको नामावली

दुई चर्चित खेलाडी:अन्तराष्ट्रिय उपाधि जित्न मेस्सी असफल,रोनाल्डो सफल

एजेन्सी,असार २७ । सन् २०१६ मा विश्वको नजरमा रहेका दुई चर्चित खेलाडीको भग्य परिक्षा भएको छ । चर्चित खेलाडीले आ-आफ्ना देशको लागि खेलको अन्तराष्ट्रिय खेलहरु सँगसँगै जस्तो सकिएको छ  । केहि साता अघि मात्र देशको नेतृत्व गर्दै मेस्सीले कोपा अमेरिका खेलेका थिए । अर्जेन्टिना चिलीसँग पेनाल्टीमा पराजित हुँदा मेस्सीले नै पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । अर्जेन्टिनाले दुई पटक विश्वकप र १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । तर, १९९३ देखि उपाधिविहीन छ र मेस्सी र उनको टिम पछिल्लो पाँच मध्ये चार पटक कोपा अमेरिकाको उपविजेतामा सिमित रहृयो भने २०१४ को विश्वकपको फाइनलमा पनि पराजित भयो ।

पछिल्लो कोपा अमेरिकाको फाइनलमा व्यहोरेको हारपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसककेका छन् । यता क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा  पोर्चुगलले भने पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेका छन् । सात महत्वपूर्ण प्रतियोगिता खेलेको रोनाल्डो भने अहिले आएर सफल भएका छन् र, पोर्चुगललाई पहिलो उपाधि दिलाएका छन् ।

पोर्चुगलका पेपे म्यान अफ दि म्याच घोषित

काठमाडौं,असार २७ । पोर्चुगलले आयोजक फ्रान्सलाई हराउदै उपाधि जित्दा पोर्चुगलका चर्चित खेलाडी पेप  म्यान अफ दि म्याच घोषित भएका छन् । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका पेपे म्यान अफ दि म्याच घोषित भएका हुन् ।

स्टेड डे फ्रान्समा भएको खेलमा अतिरिक्त समयमा एइडरको गोलको मदतमा फ्रान्सलाई १–० ले हराउँदै उपाधि कब्जा गरेको छ ।  खेलको २४ औं मिनटमै स्टार खेलाडी रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएपनि वैकल्पिक खेलाडी एडरले पोर्चुगललाई जित दिलाए। एडरले १०९ औं मिनेटमा २५ मिटर टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।

फ्रान्सलाई पछार्दै पोर्चुगलले जित्यो युरोकप उपाधि (फोटो फिचर)

२७ असार, एजेन्सी ।
आयोजक फ्रान्सलाई आफ्नै भूमिमा हराउँदै पोर्चुगलले युरोकप २०१६ को उपाधि जितेको छ ।

सोमबार बिहान भएको खेलमा उपाधि भिडन्तको फाइनल खेलमा पोर्चुगलले फ्रान्सलाई एक गोलले हराएको हो ।

निर्धारित ९० मिनेटसम्मको खेलमा पनि दुवैपक्षबाट कुनै गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा पोर्चुगलले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो ।

पोर्चुगलका लागि खेलको १ सय नवौं मिनेटमा सब्सीच्युटमा खेलाइएका खेलाडी इडरको गोलले पोर्चुगललाई युरोकप उपाधि दिलायो ।

खेलको मध्यान्तर अघिनै घाइते भएर मैदान छाड्नु पर्दा रोएका कप्तान क्रिष्टियानो रोनाल्डो गोलपछि खुसीले रुन पुगेका थिए भने फ्रान्स खेल सकिएपछि आफ्नै भूमिमा पराजित हुनुपर्दा रोएका थिए ।

खेलमा फ्रान्सका खेलाडीले हानेका केही बल गोलपोष्टको केही माथि र पोर्चुगलका गोलकिपरले उत्कृष्ठ बचाउ गर्दा राम्रो खेलेर पनि गोल हुन नसकी पराजित हुन पुग्यो ।

फ्रान्सलाई उसकै भूमिमा पराजित गर्न सफल पोर्चुगलले खेलको सुरुवाती देखीनै दवावपूर्ण खेल खेलेपनि गोलको लागि १ सय ९ औं मिनेटसम्म कुर्नुपर्यो ।

युरोकप २०१६ को उपाधि भिडन्त क्रममा सेमिफाइनल अघि प्रतियोगिताबाटै बाहिरिने अवस्थामा पुगेको पोर्चुगल नयाँ नियमका आधारमा उत्कृष्ठ टोली ठहर्दै पुन प्रवेश पाएकोमा त्यसलाई पुष्टि गर्दै उपाधि जितेर उत्कृष्ठ बन्न सफल भएको छ ।

युरोकप फाइनल । फ्रान्स आफ्नै भूमिमा पोर्चुगलको चर्को दबावमा (Live !)

आयोजक फ्रान्स र पेर्चुगलबिच केहीबरेमा युरो कप फुटबल प्रतियोगिताको फाईनल हुँदै छ ।

फाईनल सम्मको यात्रा तय गर्दा फ्रान्सका फर्वाड एन्टोनी ग्रीजम्यानले सर्वाधिक ६ गोल गरिसकेका छन् ।

यता पर्चुगलको कप्तानी यसै प्रतियोगितामा दुई वटा कीर्तिमान रचेका रोनाल्डोले गरेका छन् ।

रोनाल्डोले आफुले खेलका चार वटै युरो कपमा गोल गर्ने र यी सबै खेलमा मिस्याल प्लेटिनिको नाममा रहेको सर्वाधिक ९ गोलको कीर्तिमानलाई बराबरी गरेका छन् ।

फाईनल खेल नेपाली समय अनुसार राती पौने १ बजे हुनेछ ।

फ्रान्सले एक पटक युरो कपको उपाधिको स्वाद चाखिसकेको छ भने पर्चुगलले यस भन्दा अघि सन् २००४ मा एक पटक फाईनल सम्मको यात्रा तय गरेको थियो ।

युरोकपको फाइनल आज: कसले जित्ला उपाधि ? पोर्चुगल कि फ्रान्स

घुस खाने सप्तरीका प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

२६ असार, सप्तरी ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीका प्राविधिक सहायक वीरेन्द्र कुसियतविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्राविधिक सहायक कुसियतले राष्ट्रिय प्राथमिक विद्यालय, सप्तरीमा कार्यरत शिक्षक मनोजकुमार यादवसँग जिल्लान्तर सरुवा सहमति दिएबापत रु ४० हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

यस्तै, आयोगले जिल्ला विकास समिति कार्यालय, कैलालीको विकास समितिअन्तर्गतको खरिदार पदमा कार्यरत गुनसिंह चौधरीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले दीपेन्द्र मावि कैलालीबाट २०४५ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।

रकम लिएर फरार सचिव प्रहरीको फन्दामा

सामाजिक सुरक्षा भत्ता बापतको रकम लिएर बेपत्ता मलेकपुर गाविसका  सचिव प्रदीप कर्णलाई प्रहरीले आज पक्राउ गरेको छ ।

कर्णले चार महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि जिविस सप्तरीले उनलाई निलम्बन गरी पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको थियो ।  सचिव कर्ण रु २३ लाख ९५ हजार अघिल्लो किस्ताको रकम वितरण नगरी लामो समयदेखि फरार थिए  ।

गाविसका वृद्धवृद्धाले आफूहरुले सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै शुक्रबार जिविस सप्तरीमा विभिन्न पदाधिकारीसँग भत्ता उपलब्ध गराउन माग गरेका थिए ।

सामाजिक अभियन्ता गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधार माग गर्दै अनशनमा

२६ असार, काठमाडौं ।
चकित्सा शिक्षामा सुधारको चार बुदेँ माग राख्दै चिकित्सा शास्त्र अध्ययन संस्थान 'आइओएम' का प्राध्यापक डा गोविन्द केसीले आजबाट पुन आठौँ पटक अनशन सुरु गर्नुभएको छ ।

सरकारले पटकपटक आफुले उठाएका माग पुरा गर्नेबारे सम्झौता गरेपनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै शिक्षण अस्पतालमै पुन आमरण अनशन सुरु गरेको घोषणा गर्नुभएको हो ।

आइतबार पौने पाँच बजेदेखी अनशन सुरु गरेका केसीले अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गर्दै स्वास्थ्य  र चिकित्सा शिक्षाको क्षेत्रमा बदमासी गर्नेहरु पुरस्कृत हुने र सही काम गर्नेहरु हतोत्साहित भइरहेकोले यसलाई तत्काल सुधार्नु पर्ने वताउनुभयो ।’’

अनशन बस्नु अघि डा केसीले सरकारलाई चारबुँदे माग राख्दै दुई साताको अल्टिमेटम दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बार्ताका लागि बोलाएपनि डा। केसीले सरकार गम्भिर नभएको भन्दै वार्ता भन्दै आफु नगई सहयोगीलाई वार्तामा पठाउनुभएको थियो ।

वार्तामा उहाँका सहयोगी डा जीवन क्षेत्रीलगायत अन्य दुई चिकित्सक र अन्य दुई विद्यार्थी बालुवाटार पुग्नुभएको थियो ।

वार्तामा प्रधानमन्त्रीले विस्तारै पुरा गर्ने आश्वासन दिदैँ अनशनमा नबस्न आग्रह गर्नुभएको डा क्षेत्रीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा ऐनको मस्यौदामा रहेका सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निशूल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने,  काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण रोक्नुपर्ने माग अघि सार्नुभएको छ ।

पहिरोले तमोरमा ताल बन्यो, भोटेकोसीले चार घर बगायो

२६ असार, ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाको सावादिन गाउ विकास समितिको नाक्ला भिरमा पहिरो जादां तमोर खोलामा बनेको तालले अझ पनि पूर्ण रुपमा निकास पाउन सकेको छैन ।

सांघुरो खोलामा माथीबाट झरेको पहिरोले खोला थुनिन्दा सो स्थानमा रहेका एक घर  र सो क्षेत्रको जमिन जलमग्न बनेको छ ।  नदी थुनिदा बिरवहादुर लावुङ र जिवन लाबुङको घर डुवानमा परेको निमित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराइले बताउनुभयो ।

तमोरले निकास नपाएपछि तल्लो टटिय क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् । तमोर नदि आसपासमा रहेका मित्लुङ बजार साथै दोभान, हान्द्रुङ बजार पनि जोखिम रहेको छ ।

बाढीले पु¥याउने सम्भावित घटनबाट बच्न निमित्त प्रमुख जिल्ला अधिकारी भट्टराईले तमोर नदी आसपासका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गनुभएको छ ।

भोटेकोसी नदी कटानले थप चार घर बगायो

भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लिपिङ बजारमा आज थप चारवटा पक्की घर बगाएको छ ।

शनिबार बेलुकादेखि आज अपराह्नसम्ममा लिपिङ बजारका थप चारवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

तातोपानी क्षेत्रमा पानी नपरे पनि चिनियाँ भू–भागमा वर्षा भइरहेकाले नदीमा बाढी आउने क्रम नरोकिएको र नदीको बहाव बढिरहेको हुँदा तातोपानीदेखि लिपिङसम्म दुई किमी क्षेत्रमा रहेका झन्डै १५० घर अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

बाढीले एनसेलको टावरसमेत बगाएको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध

बर्षाका कारण झरेको पहिराले अवरुद्ध  बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग चार दिन देखि अबरुद्ध रहदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मटेला– ३ मा पर्ने जाल्याबगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले अवरुद्ध भएको राजमार्ग पुन संचालन हुन नसकेको जानकारी दिनुभयो ।

डोजरले पहिरो पन्छ्याउन कार्य जारी रहे  पनि धैरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन अझै केही दिन लाग्ने चन्दले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web