२६ असार, ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाको सावादिन गाउ विकास समितिको नाक्ला भिरमा पहिरो जादां तमोर खोलामा बनेको तालले अझ पनि पूर्ण रुपमा निकास पाउन सकेको छैन ।

सांघुरो खोलामा माथीबाट झरेको पहिरोले खोला थुनिन्दा सो स्थानमा रहेका एक घर र सो क्षेत्रको जमिन जलमग्न बनेको छ । नदी थुनिदा बिरवहादुर लावुङ र जिवन लाबुङको घर डुवानमा परेको निमित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराइले बताउनुभयो ।

तमोरले निकास नपाएपछि तल्लो टटिय क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् । तमोर नदि आसपासमा रहेका मित्लुङ बजार साथै दोभान, हान्द्रुङ बजार पनि जोखिम रहेको छ ।

बाढीले पु¥याउने सम्भावित घटनबाट बच्न निमित्त प्रमुख जिल्ला अधिकारी भट्टराईले तमोर नदी आसपासका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गनुभएको छ ।

भोटेकोसी नदी कटानले थप चार घर बगायो

भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लिपिङ बजारमा आज थप चारवटा पक्की घर बगाएको छ ।

शनिबार बेलुकादेखि आज अपराह्नसम्ममा लिपिङ बजारका थप चारवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

तातोपानी क्षेत्रमा पानी नपरे पनि चिनियाँ भू–भागमा वर्षा भइरहेकाले नदीमा बाढी आउने क्रम नरोकिएको र नदीको बहाव बढिरहेको हुँदा तातोपानीदेखि लिपिङसम्म दुई किमी क्षेत्रमा रहेका झन्डै १५० घर अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

बाढीले एनसेलको टावरसमेत बगाएको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध

बर्षाका कारण झरेको पहिराले अवरुद्ध बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग चार दिन देखि अबरुद्ध रहदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मटेला– ३ मा पर्ने जाल्याबगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले अवरुद्ध भएको राजमार्ग पुन संचालन हुन नसकेको जानकारी दिनुभयो ।

डोजरले पहिरो पन्छ्याउन कार्य जारी रहे पनि धैरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन अझै केही दिन लाग्ने चन्दले जानकारी दिनुभयो ।

19.12¡ÆC