महोत्तरी बर्दिवास नपा १४ मा काँग्रेस बिजयी

बर्दिवास ।

महोत्तरी बर्दिवास नगरपालिका वडा १४ को अध्यक्षमा काङ्ग्रेसका भरतबहादुर हमाल विजयी भएका छन् ।

७०३ मतको साथमा हमाल विजयी भएका हुन् ।

माओवादीका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द पौडेलले ३ सय ६७ मत प्राप्त गरेका छन् ।

भारतीय नाकाबन्दी र भूकम्पका बावजुट माथिल्लो तामाकोशीको काम १० प्रतिशत बाँकी

काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको आयोजनाले जनाएको छ ।

सरकारले तोकिएको समयभन्दा पहिले आयोजनाको निर्माण पुरा गरे पुरस्कारको व्यवस्था गरेपछि निर्माणको कार्यले तिब्रता पाएको हो ।

४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (सकिए पछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको आयोजनाको काममा दैनिकजसो प्रगति भइरहेको छ । आगामी असार अन्त्यमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।

बिप्लवको काम । नेकपा कार्यकर्ताद्वारा सरकारी गाडी तोडफोड

पोखरा ।

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मंगलबार दिउँसो एक सरकार गाडीमाथि तोडफोड गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा१झ ९६२२ नं. को सरकारी गाडीलाई नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । सो गाडी कुन सरकारी कार्यालयको हो भन्ने बारेमा खुल्न सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी कास्कीले आफ्नो पार्टीका कास्की जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन”, लगायत पाँच जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर विष्फोटक पदार्थ ओसारपसार सम्बन्धि ऐन मुद्दामा मुद्दा चलाएको थियो । प्रहरीले पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिन्डर बम राखेको अभियोग उनीहरुलाई लगाएको छ ।

नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ र काशी पौडेल लगायतका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरी पक्राउ गरी झुट्ठा मुद्दा लगाएको आरोप लगाएको भन्दै आक्रोशित बनेको नेकपा गण्डक ब्यूरोले गिरफ्तारीमा परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहाईको माग राखेर पहिलो चरणको आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको थियो ।

पहिलो चरणमा बुधबारसम्म पोखरामा सरकारी सवारी साधनहरु चल्न नदिइने जनाइएको थियो । बिहीबारदेखि भने प्रदेश नं. ल ४ अन्तरगतका जिल्लाहरुमा सरकारी सवारी साधनहरु चल्नमा रोक लगाइने नेकपा गण्डक ब्यूरोले जानकारी दिएको छ ।

पचरौता नगरपालिका १ नं वडामा पुरै प्यानल एमालेको बिजयी

बारा ।

पचरौता नगरपालिका वडा न १ मा नेकपा एमालेको पुरै प्यानल बिजयी भएका छन् ।

नेकपा एमालेका उम्म्ेदवार जगतनारायण प्रसाद यादवले ८ सय १७ मत प्रापत गरी बिजयी भएका छन् ।

उहाका निकतम प्रतिद्धन्दी राजपाका विनय सिह रहेका थिए । उहाँले ६ सय ४० मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा फुलकुमारी साह, दलित महिलामा जिवन्ती पासवान, रसिद मिया, चन्द्रशेखर साह निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत शम्भु कुमार बस्नेतले जानकारी दिनु भयो ।

‘अमेरिकन बाबु मेड इन नेपाल’ को फष्ट लुक सार्वजनिक

काठमाडौं ।

चलचित्र अमेरीकन बाबु मेड इन नेपाल को अफिसियल पोष्टर फष्ट लुक स्वरुप सार्वजनकि गरिएको छ ।

अमेरिकामा छायांकन भएको यो चलचित्रलाइ इश्वर थापाले निर्देशन गरेका छन् ।

अमेरीका र नेपालमा एक साथ रिलिजको तयारीमा रहेको यो चलचित्रमा इशान ढकाल , नन्दिता केसि , प्रवेश उप्रेती पल , प्रियंका आयर , अन्जली लामा , राजेश गुरुङ , रघु गिरि , सम्झना उप्रेती र बिषेश भुमिकामा बाबु बोगटीको अभिनय रहेको छ ।

चलचित्रका गितमा बाबु बोगटी र ओम कर्मचार्यको संगित , ओम कर्मचार्य , सौरभ तिम्सिना र इश्वर थापाको गीत लेखन, सुरेन्द्र नकर्मिको लेखन रहेको अमेरीकन बाबु मेड इन नेपाललाइ शम्भु मोक्तानले छायांकन गरेका हुन् ।

चलचित्रका सम्पादक निर्देशक थापा नै हुन् । चलचित्रलाइ राजेश गुरुङ सम्झना उप्रेती र मन्जु राना चलचित्रका निर्माता हुन् ।

‘एन द विनर इज…2017’ को टाइटल आशिष र सरुको हातमा

टपनेपाल न्यूज , असोज ३ ।

म्याजिक मसरुम मिडियाको आयोजनामा एन द विनर इज सिजन २ को टाइटल आशिष महत र सरु नयाजु को हातमा परेको छ ।
आइतबार राजधानिमा आयोजीत उक्त कार्यक्रममा कडा प्रतिस्पर्धाका साथ उनिहरुले टाइटल हात पारेका हुन् । कार्यक्रममा दोश्रो रनरअप मा नबिन्द्र लामा र प्र्रतिमा पराजुली र प्रथम रनरअप मा राजीव श्रेष्ठ र अस्मिता तामाङ ले हात पारे

लुकेका प्रतिभालाइ प्रष्फूटन गराउने उदेश्यले आयोजना गरेको आयोजक सजल जंग केसिले कलिउड अपडेटलाइ जानकारी दिए । साथै टाइटल बिजेता तथा उपबिजेताले म्यूजिक भिडियो तथा चलचित्रको पर्दामा काम गर्ने मौका पाउने उनले बताएका छन् ।
प्रकाश सिं बिष्ट र निशा श्रेष्ठको कोरियोग्राफि रहेको उक्त कार्यक्रमका संयोजक प्रदिप महर्जन हुन् । एन द विनर इज को सस्करण हरेक बर्ष हुने छ ।

मोहन ड्रागन के वान वल्ड टुर्नामेन्टमा उपबिजेता बन्न सफल (भिडियो सहित)

ज्याक खड्का-टोकियो ।

नेपाली किक बक्सर खेलाडी मोहन ड्रागन अहिलेसम्मकै उच्चस्तरको के वान वल्ड टुर्नामेन्टमा उपबिजेता बन्न सफल भएका छन् ।

जापानमा पहिलो पटक भएको एक दिवसिय टुर्नामेन्ट अन्र्तगत ६७.५०० ग्राम अन्र्तगतको खेलमा दुई खेलमा बिजयी भएका मोहन तेस्रो खेलको अन्तिम ३० सकेण्ड रिंगमा टिक्न नसक्दा उपाधि उचाल्नबाट बञ्चित हुन पुगे ।

वेटर वेटको पहिलो के वान वल्ड टुर्नामेन्ट वेर्टल क्लास अन्र्तगत पहिलो र दोस्रो खेलमा जापानी किक बक्सरलाई पराजित गरेका मोहन ड्रागन नामले परिचित मोहन महर्जनको दोस्रो स्थानको यो उपाधि अहिलेसम्म नेपाली खेलाडीले पाएको उच्च स्तरको किक बक्सिगं उपाधि हो ।

पहिलो खेलमा २ मिनेट १६ सेकेण्डमा जापानी खेलाडीलाई ढालेका महर्जनले दोस्रो खेलमा अन्तिम समयमा पराजित गरेका थिए ।

उपाधि होडको तेस्रो खेलमा दुई राउण्डसम्म जापानी खेलाडीलाई दबाव र आक्रमण गरेका महर्जन अन्तिम समयमा जापानी खेलाडीको मुक्का छल्न नसक्दा मैदानमा ढल्न पुगे ।

अल जापान स्टंग फाइटमा सन् २००५, २००६ र २००७ मा लगातार तीन पटक उपाधि जितेर चर्चा कमाएका महर्जनले सन् २०११ मा मार्सल आर्ट किक्स बक्सिगंमा च्याम्पियन भएपछि कुनै उपाधि चुम्न सकेका थिएनन् ।

उपबिजेता बनेपनि महर्जनले उचालेको उपाधि नेपाली खेलाडीको अहिलेसम्मकै उच्चस्तरको उपाधि हो ।

नेपाल ललितपुर स्थायि घर भएका महर्जन जापानमा व्यवसायिक किक बक्सिगं खेलाडीका रुपमा चर्चीत छन् । उनले नेपालको खेलाडीका रुपमा हरेक खेलमा सहभागी भइ प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

अन्र्तराष्टिय के वन किक बक्सिगंमा जापानमा रहेर पहिलो खेल भने देव कुमार घिमिरेले खेलेका थिए । सन् २००४ मा कोरियाको इन्चोनमा उनले के वन प्रतिस्पर्धामा सहभागी भएपनि कुनै उपाधि भने जित्न सकेनन् ।

घिमिरे हाल के वन किक बक्सिगंमा व्यावसायिक प्रशिक्षकको रुपमा नायोगमा रहेका छन् ।

मोहन महर्जन भने खेलाडीकै रुपमा सन् २००० बाट खेल्दै आएका छन् । आजको उनको खेलको चर्चा र द्धितिय उपाधि सँगै अन्र्तराष्टिय खेलमा नेपाली झण्डा फहराउँदै खेलेकोमा उनको चर्चा जापानमा रहेका नेपालीहरुले गरेका छन् ।

निगमका ‘भ्रष्ट’ महाप्रवन्धक गोपाल खड्का खर्बास्त, लापरवाहिले बिरामीको मृत्यु भए डाक्टरबाट क्षतीपुर्त

काठमाडौं ।

संसदीय समिति, खोज पत्रकारिताको अनुसन्धान, अख्तियार तथा स्वतन्त्र रुपमा समेत करिव डेढ अर्बको जग्गा खरिदमा झण्डै ८० करोड रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित हुँदा समेत नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्काको बचाउ गर्दै आएको शेर बहादुर देउवा सरकार अन्तत जन आक्रोस बढ्दै गएपछि निलम्बित गर्न बाध्य भएको छ ।

मन्त्रि परिषद्को आज बसेको बैठक मार्फत देउवा सरकारले नेपाल आयल निगमका भ्रष्टा महा प्रबन्धक गोपाल खड्कालाई पदच्युद गर्ने निणर्य गरेको हो ।

मन्त्री परिषदको निर्णयबारे जानकारी दिंदै सञ्भार मन्त्री मोहन बहादुर बस्नेतले विभिन्न संसदीय समितिहरुको निर्देशनका आधारमा उनलाई बर्खास्त गरिएको बताए ।

त्यस्तै सञ्चार मन्त्रालयमा सञ्चार विज्ञका रुपमा छक्क बहादुर खड्कालाई नियुक्ती गर्ने निणर्य गरिएको  नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्रि बस्नेतले जानकारी दिए ।

बैठकले प्रदेश सभा सदस्यको निर्वाचनको प्रयोजनका लागी पिछडिएको तथा अल्पसंख्यक क्षेत्र तोकी  नेपाल राजपत्रमा सुचना प्रकाशित गर्ने निणर्य गरेको छ ।

मन्त्रि परिषद्को आजै बसेको बैठकले आँठौ गैर आवसिय  विश्व सम्मेलन आगामी असोज २८ देखी ३० सम्म काठमाण्डौमा गर्ने निणर्य गरेको छ । त्यस  प्रयोजनका लागी एक उच्च स्तरिय  आयोजक समिती गठन गरेको छ ।

बैठकले संयुक्त राष्ट्रसंघको सुझाब सम्बन्धित राजनिती घोषणापत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई  अधिकार प्रत्यायोजन गर्ने निणर्य गरेको छ ।

त्यसै गरी आणविक अस्त्र निषेद सम्बन्धित सन्धीमा हस्ताक्षर गर्न उप प्रधानमन्त्रि एवं परराष्ट्र मन्त्रिलाई अधिकार प्रत्यायोजन गर्ने निणर्य गरेको छ ।

अस्पताल हरुमा उपचारका क्रममा चिकित्सकहरुको लापारबाहिले बिरामीहरुको मृत्यु समेत हुने गरेको पाइ्रएकोले पिडितहरुको क्षतिपुर्ती सम्बन्धित चिकित्सकहरुबाटै गराउने सम्बन्धि बिधेक निमार्ण गरी सदनमा पेस गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निणर्य गरेको  पनि मन्त्रिी बस्नेतले बताए ।

मोहन ड्रागनले ‘के वान वल्ड टुर्नामेन्ट’मा २ मिनेट १६ सेकेण्डमै ढाले बिपक्षी खेलाडीलाई (भिडियो सहित)

टोकियो ।

नेपाली किक बक्सिगं खेलाडी मोहन मोहन ड्रागन जापानमा पहिलो पटक भएको के वान वल्ड टुर्नामेन्टमा बिजयी भएका छन् ।

आज अपरान्ह भएको के-वान वल्ड टुर्नामेन्ट वेर्टल क्लास २०१७ मा मोहन ड्रागन नामले परिचित मोहन महर्जनले बिपक्षी खेलाडीलाई मात्र २ मिनेट १६ सेकेण्डमा मैदानमा ढालेका हुन् ।

६७.५०० ग्राम अन्र्तगत वेटर वेटको पहिलो 'के-वान वल्ड टुर्नामेन्ट वेर्टल क्लास २०१७' मा बिजयी भएपछि महर्जनले आफ्नो बिजय नेपाल र नेपालीको भएको छोटकरी प्रतिक्रिया दिए ।

अल जापान स्टंग फाइटमा सन् २००५, २००६ र २००७ मा लगातार तीन पटक उपाधि जितेर चर्चा कमाएका महर्जनले सन् २०११ मा मार्सल आर्ट किक्स बक्सिगंमा च्याम्पियन भएपछि कुनै उपाधि चुम्न सकेका थिएनन् ।

नेपाल ललितपुर स्थायि घर भएका महर्जन जापानमा व्यवसायिक किक बक्सिगं खेलाडीका रुपमा चर्चीत छन् । उनले नेपालको खेलाडीका रुपमा हरेक खेलमा सहभागी भइ प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

नुवाकोटमा जनप्रतिनीधीलाई कालोमोसो

नुवाकोट । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जननिर्वाचित वडासदस्यलाई विभिन्न आरोपहरु लगाउँदै कालो मोसो दलेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापालाई घरमा नै बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ ।

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३र६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नुवाकोटमा जनप्रतिनीधीलाई कालोमोसो

नुवाकोट । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जननिर्वाचित वडासदस्यलाई विभिन्न आरोपहरु लगाउँदै कालो मोसो दलेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका हुन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापालाई घरमा नै बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ ।

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३र६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मनाङका कृषकले स्याउ टिप्न थाले

मनाङ ।

स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ ।

अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो ।

जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै  एक करोड ८० लाख कमाइ गरेका थिए ।

यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको कूल २०५ हेक्टर क्षेत्रफलमा स्याउको उत्पादन हुन सक्ने मानिए पनि  कृषकले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन् ।

जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web