टोकियो ।

नेपाली किक बक्सिगं खेलाडी मोहन मोहन ड्रागन जापानमा पहिलो पटक भएको के वान वल्ड टुर्नामेन्टमा बिजयी भएका छन् ।

आज अपरान्ह भएको के-वान वल्ड टुर्नामेन्ट वेर्टल क्लास २०१७ मा मोहन ड्रागन नामले परिचित मोहन महर्जनले बिपक्षी खेलाडीलाई मात्र २ मिनेट १६ सेकेण्डमा मैदानमा ढालेका हुन् ।

६७.५०० ग्राम अन्र्तगत वेटर वेटको पहिलो 'के-वान वल्ड टुर्नामेन्ट वेर्टल क्लास २०१७' मा बिजयी भएपछि महर्जनले आफ्नो बिजय नेपाल र नेपालीको भएको छोटकरी प्रतिक्रिया दिए ।

अल जापान स्टंग फाइटमा सन् २००५, २००६ र २००७ मा लगातार तीन पटक उपाधि जितेर चर्चा कमाएका महर्जनले सन् २०११ मा मार्सल आर्ट किक्स बक्सिगंमा च्याम्पियन भएपछि कुनै उपाधि चुम्न सकेका थिएनन् ।

नेपाल ललितपुर स्थायि घर भएका महर्जन जापानमा व्यवसायिक किक बक्सिगं खेलाडीका रुपमा चर्चीत छन् । उनले नेपालको खेलाडीका रुपमा हरेक खेलमा सहभागी भइ प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

15.25¡ÆC