मोहन ड्रागन के वान वल्ड टुर्नामेन्टमा उपबिजेता बन्न सफल (भिडियो सहित)

अशोज २, २०७४ 2017-09-18 मा प्रकाशित
Published at 2017-09-18

1698 views

ज्याक खड्का-टोकियो ।

नेपाली किक बक्सर खेलाडी मोहन ड्रागन अहिलेसम्मकै उच्चस्तरको के वान वल्ड टुर्नामेन्टमा उपबिजेता बन्न सफल भएका छन् ।

जापानमा पहिलो पटक भएको एक दिवसिय टुर्नामेन्ट अन्र्तगत ६७.५०० ग्राम अन्र्तगतको खेलमा दुई खेलमा बिजयी भएका मोहन तेस्रो खेलको अन्तिम ३० सकेण्ड रिंगमा टिक्न नसक्दा उपाधि उचाल्नबाट बञ्चित हुन पुगे ।

वेटर वेटको पहिलो के वान वल्ड टुर्नामेन्ट वेर्टल क्लास अन्र्तगत पहिलो र दोस्रो खेलमा जापानी किक बक्सरलाई पराजित गरेका मोहन ड्रागन नामले परिचित मोहन महर्जनको दोस्रो स्थानको यो उपाधि अहिलेसम्म नेपाली खेलाडीले पाएको उच्च स्तरको किक बक्सिगं उपाधि हो ।

पहिलो खेलमा २ मिनेट १६ सेकेण्डमा जापानी खेलाडीलाई ढालेका महर्जनले दोस्रो खेलमा अन्तिम समयमा पराजित गरेका थिए ।

उपाधि होडको तेस्रो खेलमा दुई राउण्डसम्म जापानी खेलाडीलाई दबाव र आक्रमण गरेका महर्जन अन्तिम समयमा जापानी खेलाडीको मुक्का छल्न नसक्दा मैदानमा ढल्न पुगे ।

अल जापान स्टंग फाइटमा सन् २००५, २००६ र २००७ मा लगातार तीन पटक उपाधि जितेर चर्चा कमाएका महर्जनले सन् २०११ मा मार्सल आर्ट किक्स बक्सिगंमा च्याम्पियन भएपछि कुनै उपाधि चुम्न सकेका थिएनन् ।

उपबिजेता बनेपनि महर्जनले उचालेको उपाधि नेपाली खेलाडीको अहिलेसम्मकै उच्चस्तरको उपाधि हो ।

नेपाल ललितपुर स्थायि घर भएका महर्जन जापानमा व्यवसायिक किक बक्सिगं खेलाडीका रुपमा चर्चीत छन् । उनले नेपालको खेलाडीका रुपमा हरेक खेलमा सहभागी भइ प्रतिस्पर्धा गर्दै आइरहेका छन् ।

अन्र्तराष्टिय के वन किक बक्सिगंमा जापानमा रहेर पहिलो खेल भने देव कुमार घिमिरेले खेलेका थिए । सन् २००४ मा कोरियाको इन्चोनमा उनले के वन प्रतिस्पर्धामा सहभागी भएपनि कुनै उपाधि भने जित्न सकेनन् ।

घिमिरे हाल के वन किक बक्सिगंमा व्यावसायिक प्रशिक्षकको रुपमा नायोगमा रहेका छन् ।

मोहन महर्जन भने खेलाडीकै रुपमा सन् २००० बाट खेल्दै आएका छन् । आजको उनको खेलको चर्चा र द्धितिय उपाधि सँगै अन्र्तराष्टिय खेलमा नेपाली झण्डा फहराउँदै खेलेकोमा उनको चर्चा जापानमा रहेका नेपालीहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.