उपराष्ट्रपति र प्रचण्डलाई गाली गरेको भन्दै जर्मनीमा रहेका युवालाई नेपाल लगिंदै

जर्मनी ।

उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली बेइज्जती गरेको भन्दै यहाँ रहेका एक नेपाली युवालाई कारवाहीको लागि नेपाल लगिने तयारी भएको छ ।

सामाजिक सञ्जालमा उपराष्ट्रपति पुन र प्रचण्डलाई गाली बेइज्जती गर्ने धादिङ त्रिपु्रासुन्दरीका आत्मराम थपलियालाई नेपाल प्रहरीले जर्मनीबाट नेपाल लैजाने भएको हो ।

जर्मनीमा रहेका थपलियाले केही समयदेखि उपराष्ट्रपति पुन तथा प्रचण्ड लगायतका व्यक्तिलाई अपशब्द प्रयोग गर्दै फेसबुकमा गाली गरेको बताइन्छ ।

जर्मनीमा विद्यावारिधिका क्रममा रहेका थपलियाले सामाजिक सञ्जालमा मनपरी लेख्न थालेपछि उनलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

थपलियालाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले प्रक्रिया अघि बढाएको बताइसकेको छ ।

उनलाई नेपाल ल्याउन व्यूरोले उनको नाममा जारी भएको राहदानी निलम्वनका लागि विभागलाई पत्राचार गरेको र यहाँ स्थित नेपाली दुतावाससँग समन्वय थालिसकेको बुझिएको छ ।

नेपाल लगेर थपलियालाई साइवरक्राइम अन्तर्गत मुद्दा चलाउने तयारी गरेको नेपाल प्रहरी श्रोतले बताएको छ ।

जापानमा नेपाली कराते टोलीलाई १ स्वर्ण सहित ४ पदक

टोकियो ।

नेपाली कराते टोलीले जापानको फुकुवका शहरमा भएको १२औं सिजि निशिमुरा मात्सुरी फ्रेण्ड्शिप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एक स्वर्ण सहित ४ पदक जितेको छ ।

प्रतियोगितामा एक स्वर्ण सहित एक कास्य पदक पुरुष ४५ केजी तौल समूहमा बिकबहादुर थामीले जितेका हुन् । थामीले कुमुतेमा स्वर्ण र कातातर्फ एक कास्य पदक जितेका हुन् ।

यसैगरि पुरुष ५० केजी तौल समूहमा पुरुषोत्तम पोखरेलले १ कास्य पदक र महिला ५० केजी तौल समूहमा रिमला राईले एक रजत पदक जितेका छन् ।

नेपालको तर्फबाट ३५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेपनि क्वाटर फाइनलमा अमेरिकी खेलाडीसँग पराजित हुँदा कुइसाङ लामा उपाधि चुम्नबाट बञ्चित भइन् ।

प्रतियोगितामा नेपाल सहित आयोजक जापान, अमेरिका, मलेसिया, भारत, इन्डोनेसिया, क्यानडा लगायत १० राष्ट्रका खेलाडी प्रतिस्पर्धामा थिए ।

यसै प्रतियोगितामा गत बर्ष नेपाली खेलाडी एकता सिंहले नेपाललाई एक कास्य पदक दिलाएकी थिइन् ।

नेपालबाट करातेका खेलाडीहरुको पलायन तथा यस तर्फ आकर्षण घट्दै गइरहेको चर्चाका बेलामा यसपटक भने नेपालले १ स्वर्ण सहित चार पदक हात पारेको छ ।

६३ स्थानको प्रारम्भिक मतगणनामा कुन पार्टीको अग्रता कति ?

काठमाडौं | प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ ।

सोमबार सम्पन्न मतदान लगत्तै आज बिहानदेखिनै ९०% भन्दा बढी स्थानहरुमा मत गणना सुरु भई प्रारम्भिक नतिजा आईरहेका छन् ।

त्यस क्रममा प्रदेश नम्बर दुईका ५५ स्थानीय तहको प्रारम्भिक मत परिणाम अनुसार अनुसार हालसम्म नेपाली कांग्रेसले १८ स्थानमा अग्रता लिएको छ | त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले १२ स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेका माओवादी केन्द्र र राजपाले समान  ११/११ स्थानीय तहमा अग्रता लिएका छन् । त्यस्तै संघिय फोरम ८ स्थानीय तहमा अग्रता लिएर चौथो स्थानमा छ भने फोरम लिकतान्त्रिकले ३ स्थानमा अग्रता लिएको छ ।

‘दशैं तिहारको नाममा चियापान गरे कडा कारवाही’

काठमाडौं ।

दलहरुले दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्व लक्षित चियापन आयोजना गर्न नपाउने भएका छन् ।

चियापानका नाममा बर्षेनी दशौं लाख खर्च गर्दै तडकभडक गर्दै आएका दलहरुलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा कार्यक्रम गरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवका अनुसार निर्वाचन आचारसंहिता लागू भइसकेकाले चियापान वा जलपान कार्यक्रम गर्न पाइने छैन ।

‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिकामाथि बहस’ कार्यक्रमलाई मंगलबार राजधानीमा सम्वोधन गर्दै प्रमुख आयुक्त यादवले भने, ‘प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भैसकेको छ, यस्तो अवस्थामा आयोजना गरिने हरेक चियापानहरु राजनीतिक उद्देश्यहरुले प्रेरित हुन्छन्, त्यसैले आयोगले यसबारेमा पूर्ण सचेतना अपनाएको छ, हामी यस्ता खाले चियापान गर्न दिँदैनौं ।’

अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ । नेपाली कांग्रेसले मंगलबारमात्रै विज्ञप्ति निकालेर दशैंको कोजाग्रत पूर्णिमाको दिन ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा चियापान कार्यक्रम गर्ने घोषणा गरेको छ । एमाले, माओवादी केन्द्र लगायत दलहरुले पनि दशैं, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम गर्दै आएका छन् ।

मंसिर १० गतेको पहिलो चरणको निर्वाचनको संघारमा गरिने चियापान कार्यक्रमले चुनावको गन्ध आउने भन्दै प्रमुख आयुक्त यादवले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अघि यस्तो कार्यक्रम कसैले गरे कडा कारवाही गर्ने बताए ।

४ बुँदे जनहितको माग राख्दै १२ औं पटकको अनसन २० गतेबाट गर्ने डा केसीको घोषणा

काठमाडौं ।

११ औं पटकसम्म जीवन जोखिममा पारेर आमरण अनसन बसेपनि सम्झौता गर्ने तर काम नगर्ने सरकारको झुठोसम्झौताका कारण प्रा. डा. गोविन्द केसीले असोज २० बाट फेरी आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

डा. केसीले यसपटक नेपाल आयल निगममा अर्बौं रुपैयाँ घोटाला गरेको आरोप लागेका पदच्यत गरिएका महाप्रवन्धक गोपाल खड्कामाथि कारवाहीको माग सहित चारबुँदे माग राख्दै अनसन घोषणा गरेका हुन् ।

डा. केसीले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने माग राखेका छन् ।

एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका विवादास्पद डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने माग राखिएको छ ।

बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कामाथि छानविन गर्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था मिलाउन र डोटी-डडेल्धुरा, धनुषा-महोत्तरी, उदयपुर, पाँचथर-तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग सामाजिक अभियन्ता केसीले राखेका छन् ।

बिबादास्पद सहकारी विधेयक सहित थारु र मुस्लिम आयोग बिधेयक पारित

काठमाडौं ।

व्यवस्थापिका संसदको आजका पहिलोे बैठकले थारु आयोग विधेयक २०७४, मुस्लिम आयोग विधेयक २०७४ लाई सर्वसम्मतीले पारित गरेको छ ।

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थनीय विकास मन्त्री विजय कुमार गच्छदारका तर्फबाट भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले उक्त विधेयक परित गरियोस भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी बैठकले सहकारी विधेयक २०७४ र केही नेपाल कानुनलाई संशोधन, एकिकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४ लाई समेत पारित गरेको छ ।

सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले सहकारी विधेयक र कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही नेपाल कानुनलाई संशोधन, एकिकरण, समायोजन र खारेज गर्ने विधेयक पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक, राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक र राष्ट्रपती तथा उपराष्ट्रपतीको निर्वाचन सम्बन्धी विधेयक गरी छुट्टाछट्टै तीनवटा विधेयक संसदमा प्रस्तुत भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत भएका तीनवटै विधेयकको अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गर्नुभएको विरोधको सूचना वैठकले अस्विकृत गरेको थियो ।

बैठकमा विकास समितिका सभापती रविन्द्र अधिकारीले स्थानीय शासन विधेयक सम्बन्धि समितिको प्रतिवेदन र सुशासन तथा अनुगमन समितिका सभापती मोहनसिंह राठौरले राष्ट्रपती, उपराष्ट्रपतीको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयकको समितिको प्रतिवेदन पेश गर्नुभयो ।

यस्तै विधायन समितिको प्रतिवेदन सहितको देवानी कार्यविधि संहिता विधेयकको केही दफाहरुका सम्बन्धमा संसदले पुन विचारार्थ निर्देशन सहित देवानी सहित विधेयक र देवानी कार्यविधि संहिता विधेयक सम्बन्धीत समितिमा फिर्ता पठाएको छ ।

यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु भयो ।

व्यवस्थापिका संसदको अर्को बैठक आजै १५ मिनेट पछी फेरी बस्ने छ ।

धनुषाको १८ वटै स्थानीय तहमा मतगणना जारी

जनकपुरधाम ।

धनुषाको १८ वटै स्थानीय तहको मतगणना जारी रहेको छ । धनुषाको विभिन्न स्थानीय तहको पछिल्लो मतगणनाको परिणाम अनुसार ४ वटा वडाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।

यसैगरि संघीय समाजवादी फोरम नेपालले २, राष्ट्रिय जनता पार्टी नेपालले २ तथा माओवादी केन्द्रले १ गरेर ७ वटा वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

धनुषाको १८ स्थानीय तहमा जारी रहेको मतगणनाको प्रारसम्भक रुझानमा नेपाली काँग्रेस ६ स्थान, फोरम ४ स्थान, राजपाले २ थान, २ वटामा माओवादी केन्द्र, एमाले १ स्थानमा अग्रता सलएको छ ।

अरु ठाउँमा मतगणना जारी नै रहेको छ । जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयर पदका उम्मेदवार रालकिशोर साह नेपाल काँग्रेसका उम्मेदवार भन्दा दोब्बर मत अन्तरले अग्र स्थानमा रहनु भएको छ ।

उपमेयर पदमा पनि सोही पार्टीका रिता झाको अग्रता कायम रहेको छ । मतगणनाको प्रारम्भिक रुझान मात्र रहेको छ ।

राष्ट्रिय भलिबलको उपाधी नेपाल पुलिसलाई

मकपानपुर ।

केशवलाल श्रेष्ठको स्मृतिमा आयोजित दोस्रो राष्ट्रिय पुरुष भलिबलको उपाधी  नेपाल पुलिस क्लबले जितेको छ । मंगलबार हेटौंडा–१९ बस्तिपुर स्थित निर्मल बहुमुखी क्याम्पसको मैदानमा भएको फाइनल भिडन्तमा नेपाल आर्मी क्लबलाइ सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधी जितेको हो ।

पुलिसले आर्मीलाई २५–२०, २५–१६ र २५–२० को सेटमा हराएको हो । प्रतियोगिताको विजेता पुलिसले नगद २ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने आर्मीले एकलाख रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ । बिहान भएको खेलमा आयोजक टिमलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ तेस्रो भएको छ । एपीएफले ५० हजार र आयोजक मकवानपुरले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी हुँदै पुलिसका कुलबहादुर थापाले नगद १५ हजार रुपैयाँ प्राप्त गरे भने उत्कृष्ट स्पाइकर नेपाल आर्मीका कुलबहादुर भट्ट, उत्कृष्ट लिफ्टर प्रहरीका यमबहादुर राना, उत्कृष्ट डिफेन्डर प्रहरीकै शमशेर चन्द, उत्कृष्ट ब्लकर आर्मीका भैरब बम र उत्कृष्ट प्रशिक्षक भएका पुलिसका सरोज श्रेष्ठले जनही ५/५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे गरे ।

केशवलाल श्रेष्ठको स्मृतिमा गठित खेलकुद प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समिती हेटौंडा–१९ को आयोजनामा भएको प्रतियोगितामा साबिकको ५ विकास क्षेत्र, ३ विभागीय टिम र आयोजक गरी ८ टोलिको सहभागिता रहेको थियो ।

विजयी टिम तथा खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, भलिबल संघका अध्यक्ष मनोरन्जन शर्मा, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशी, आयोजक प्रतिष्ठान अध्यक्ष प्रताप बिष्टलगायतले पुरस्कार वितरण गरेका हुन् ।

वीरगञ्जमा दिउँसो २ बजे देखि मतगणना सुरू

बीरगञ्ज ।

तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा दिउँसो २ बजे देखि मतगणना सुरू भएको छ ।

वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो । स्थानीय ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरू भएको हो । महानगरको मेयरका लागि सोमबार मतदान भएको थियो ।

वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरपालिका, पोखरीया, महुदरमाई पर्सागढि गरी ३ नगरपालिका तथा १० वटा गाउँपालिका छन् । पर्सामा दुई लाख ८० हजार १११ मतदाता रहेका छन् ।

पोखरिया नपाको प्रारम्भिक मतगणनामा संघीय समाजवादी अगाडी

पर्सा ।

पर्सा जिल्लाको पोखरिया नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

करिब पौने २ बजे सार्वजनिक मत परिणाम अनुसार संघीय समाजवादी फोरमका मेयर पदका उम्मेदवार प्रघुम्न चौहान र उपमेयरकी उम्मेदवार सल्मा खातुनले ८० मत ल्याउनु भएको छ भने नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार योगानन्द चौहान र उपमेयर पदका उम्मेदवार मीना देवीले २०,राष्ट्रिय जनता पार्टीका मेयरका उम्मेदवार नेजामुद्दिन समानी र उपमेयरकी उम्मेदवार अनिता देवीले पनि २० मत ल्याउनु भएको छ भने जनता दलका मेयरका उम्मेदवार दीपनारायण रौनियार र उपमेयरकी उम्मेदवार बिणा देवीले पनि २० मत ल्याउनु भएको छ । अहिले पोखरिया नगरपालिकाको वडा नम्बर १ को जम्मा दुई सय मत गणना भएको निर्वाचन अधिकृतको कार्यालय पोखरियाले जनाएको छ ।

पश्चिमाञ्चलमा दशैंको उडान बढ्दा नेपालगञ्ज बिमानस्थलमा ट्राफिक जाम

नेपालगञ्ज ।

सुूदुर पश्चिमाञ्चल,राजधानी र मध्यपश्चिमाञ्चलका उच्च हिमाली क्षेत्रमा हुुने उडानको चापको कारण नेपालगंञ्ज विमानस्थलमा ट्राफिक जाम हुन थालेको छ ।

नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ । एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेत समस्या उत्पन्न हुने गरेको विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बताउनुभयो ।

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको जनाएको छ । कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको  छ ।

नेपालगञ्ज विमानस्थल हुँदै काठमाडाँैका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुई÷दुई उडान दैनिक हुने गरेका छन् ।

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् । त्यस क्षेत्रमा पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटकको आवागमन पनि बढेपछि उडानको संख्यामा वृद्धि भएको छ ।

पर्सागढी नपामा कांग्रेस बिजयी, मेयरमा एमालेको अग्रता

पोखरिया ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष पदमा बेदमन चौधरी बिजयी हुनुभएको छ ।

पर्सा गढीको मेयरमा भने एमालेको अग्रता कायमै छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web