पश्चिमाञ्चलमा दशैंको उडान बढ्दा नेपालगञ्ज बिमानस्थलमा ट्राफिक जाम

अशोज ३, २०७४ मा प्रकाशित | 913 views

नेपालगञ्ज ।

सुूदुर पश्चिमाञ्चल,राजधानी र मध्यपश्चिमाञ्चलका उच्च हिमाली क्षेत्रमा हुुने उडानको चापको कारण नेपालगंञ्ज विमानस्थलमा ट्राफिक जाम हुन थालेको छ ।

नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ । एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेत समस्या उत्पन्न हुने गरेको विमानस्थल कार्यालय प्रमुख प्रतापबाबु तिवारीले बताउनुभयो ।

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको जनाएको छ । कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको  छ ।

नेपालगञ्ज विमानस्थल हुँदै काठमाडाँैका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुई÷दुई उडान दैनिक हुने गरेका छन् ।

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् । त्यस क्षेत्रमा पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटकको आवागमन पनि बढेपछि उडानको संख्यामा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web