Three killed after landslide buried two vehicles

Three persons were killed when a landslide buried a running truck and a car at Tinau rural muncipality-3 along the Butwal-Tansen road section in the district today.

A woman was injured in the accident. The landslip fell from around 500 meters at Palpa Siddhababa Temple, said the police.

The deceased has been identified as the truck driver Madhav Rana of Tinau rural municipality, and Tilakram Bhandari of Ruru Rural municipality in Gulmi and Yam Lal Gyawali of Baletaksar-4 in Gulmi.

The truck driver Rana, and Bhandari died on the sopt, while Gyawali breathed his last in the course of treatment at Lumbini Zonal Hospital.

Three persons were travelling in the car, while there was only the driver in the truck.

Result of 100 local levels announced

The Election Commission has so far officially announced the result of 112 local levels of the voting that took place in 136 local levels in Province No. 2 on September 18.

According to the Joint Election Operation Centre of the EC, the results of the vote count in 56 Municipalities and 56 Rural Municipalities were received.

Accordingly, Nepali Congress leads with 34 posts of Mayor and Chair followed by Federal Socialist Forum Nepal with 21, CPN (MC) and Rastriya Janata Party with 19 each, CPN-UML with 13 and Nepal Democratic forum with 3 posts.

Naya Shakti Party and Nepali Janata Dal have won a local level each.

According to EC Spokesperson Nawaraj Dhakal, results of 24 local levels are awaited now.

ट्रम्पलाई जवाफ । उत्तर कोरियाद्धारा अर्को आणविक बम परिक्षण, इरानले क्षेप्यास्त्र हान्यो

टोकियो ।

उत्तर कोरियाले शनिवार अपरान्ह नयाँ आणविक बमको परिक्षण गरेको छ ।

जापानको क्योदो न्युज एजेन्सीले उल्लेख गरे अनुसार अपरान्ह ४ बजेर २९ मिनेट गएको समयमा उत्तर कोरियाले नयाँ घातक आणविक बमको परिक्षण गरेको हो ।

उत्त परिक्षणबाट उत्तर कोरियामा ३.४ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ भूगर्भ विभागलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

कम्पन बारेमा उल्लेख गर्दै चिनियाँ भूर्गभ विभागले यो जमिन देखी १ किलोमिटर माथिनै भएको र यो कम्पन मानव निर्मित भएको भन्दै उत्तर कोरियाले यसअघि गरेको जस्तै हाइडोजन बम परिक्षण गरेको विश्वास गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै उत्तर कोरियाले अटेर गरे उत्तर कोरियालाई ध्वस्त बनाउने धम्की दिए लगत्तै त्यसलाई कुकुरको भूकाईको संज्ञा दिएको उत्तर कोरियाले दुई दिनपछि यस्तो परिक्षण गरेको हो ।

अमेरिकी राष्ट्रपतिले उक्त संवोधनका क्रममा इरानको क्षेप्यास्त्र कार्यक्रमको आलोचना समेत गरेका थिए ।

जवाफमा इरानी राष्ट्रपति हसन रुहानीले क्षेप्यास्त्र परिक्षण आफ्नो देशको सुरक्षा र अधिकारको कुरा भएको बताएका थिए । यसै क्रममा हिजो मात्र इरानले २ हजार किलोमिटरसम्म मारहान्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।

अरब देशका सबै भूभाग सहित इजरायलमा समेत आक्रमणको निशाना बनाउन सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको भिडियो इरानले सार्वजनिक गरेको छ ।

बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा

काठमाडौं । बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ ।

देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ ।

घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको छ ।

देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं पाठ गरिन्छ ।

समीक्षा २ नम्बर प्रदेश : कांग्रेस पहिलो , फोरमलाई प्रचण्डको सक्रियताले धोका !

दुई नम्बर प्रदेशको स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भइरहेको छ । अहिलेसम्मको मतपरिणामले दुई नम्बर प्रदेशमा प्रतिष्पर्धामा उत्रेका मुख्य ६ दल कोही पनि उत्साहित हुन सकेका छैनन् । दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित देखिएको छ भने बाँकी स्थानका लागि दलहरुबिच प्रतिस्पर्धा भइरहेको छ ।

अहिलेसम्मको मतगणना हेर्दा दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसको उपस्थिति बलियो देखिएको छ । यसअघिका दुई चरणको चुनावमा दोस्रो स्थान पाएको कांग्रेस दुई नम्बरमा भने पहिलो हुने निश्चित छ । तर चुनावी परिणामबाट कांग्रेस सन्तुष्ट देखिँदैन । यसअघिका दुई चरणको चुनावमा ५० स्थान बढी जितेर पहिलो भएको एमालेलाई दुई नम्बर प्रदेशबाट फराकिलो अन्तरले पछि पार्दै समग्रमा पहिलो दल बन्ने कांग्रेसको योजना सफल हुने सम्भावना निकै कम छ।

दुई नम्बर प्रदेशमा दोस्रो दलको रुपमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम आउने पक्का जस्तै देखिएको छ । चुनावी परिणामबाट उत्साहित देखिएको फोरम माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले पछिल्लो एक महिना तराईमा गरेको सक्रियताका कारण आफ्नो भोट घटेको मूल्यांकन गरिरहेको छ । फोरम दुई नम्बर प्रदेशमा दोस्रो हुने पक्कापक्कीसँगै आउँदो मंसिरमा हुने संघीय चुनावमा देशको चाथौ ठूलो दलका रुपमा उदाउने सम्भावना पनि बढेको छ।

दुई नम्बर प्रदेशमा तेस्रो, चौथो र पाँचौ स्थानका लागि एमाले, माओवादी केन्द्र र राजपाबिच टक्कर देखिएको छ । स्थानीय तह चुनावबाट सम्रगमा पहिलो दल बन्ने सम्भावना कायमै रहे पनि एमाले दुई नम्बर प्रदेशमा भने निक्कै खस्किएको छ । मधेस बिरोधी भनेर आरोप खेप्दै आएको एमालेका लागि दुई नम्बर प्रदेशको परिणामले ठूलै झड्का दिएको छ । दुई नम्बर प्रदेशमा बाहिर बाहिर पहिलो दल बन्ने दाबी गरे पनि कम्तिमा दोस्रो स्थानमा आउने आश गरिरहेको एमालेका लागि तेस्रो स्थान सुरक्षित गर्न पनि मुश्किल देखिएको छ ।

दुई नम्बर प्रदेशको दक्षिणी भेगमा कमजोर मानिएको एमालेले पूर्व पश्चिम राजमार्ग आसपासमा बलियो उपस्थिति जनाउने आँकलन गरिएको थियो । तर अहिलेसम्मको मतपरिणामले एमाले राजमार्ग आसपासका स्थानीय तहमा पनि कमजोर देखिएको छ । १५/२० दिन अघिसम्म पार्टीको नामै सुन्न नचाहने दक्षिणी भेगमा उम्मेदवार खडा गर्न सक्नु नै एमालेका लागि उपलब्धी बनेको छ ।

यसअघि भएका दुई चरणको चुनावमा कमजोर देखिएको माओवादी दुई नम्बर प्रदेशमा भने तुलनात्मक रुपमा बलियो देखिएको छ । दुई नम्बर प्रदेशको चुनावले राष्ट्रिय जनता पार्टीलाई भने झड्का दिएको छ । मधेसको एक मात्र शक्ति आफू मात्र भएको दाबी गर्ने ६ वटा पार्टी मिलेर बनेको राजपाले सोचे जस्तो परिणाम नल्याउने पक्का भएको छ । दुई नम्बर प्रदेशमा पहिलो शक्ति बन्ने दाबी गरेको राजपाका लागि तेस्रो स्थान पनि के हो के भन्ने अवस्था छ ।

यसैगरी विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई पनि उत्साहित बनाउन सकेको छैन । अहिलेसम्म घोषित परिणाममा उ राजपा र संघीय समाजवादी फोरमभन्दा निकै पछाडि छ ।

नेपाल आईडल उपाधि जितेका बुद्ध लामालाई मनोज गजुरेलको पत्र

प्रिय बुद्ध भाइ,

प्रथम नेपाल आईडल बन्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा धेरै शुभ कामना ।

हुन त 'नेपाल आईडल' एउटा गायन प्रतियोगिता हो । तर 'आईडल'को बृहत अर्थ प्रतीमा हुन्छ । यस अर्थमा नेपाल आईडल सिंगै नेपालको प्रतिमाप्रतिनिधि हुन सक्नुपर्छ । नेपाल आईडल कार्यक्रममा जनताको चासो, उत्साह र सहभागिता देख्दा थाहा हुन्छ, जनताले तपाईंमा समग्र नेपालको प्रतीक खोजि रहेका थिए, जो तपाईं बन्नु भएको छ । पुन: बधाई

भाइ बुद्ध, कार्यक्रमका आयोजक, प्रायोजक, सञ्चालकको आआफ्नै ब्यवसायीक स्वार्थ हुन्छ । तर, तपाईंले त्यो भन्दा माथी उठ्नु पर्छ ल ? ब्यवासायीकता संगै र सामाजिक आईडल पनि बन्नुपर्छ ल ?

फ्यानहरुको अपेक्षा हुन्छ, आफ्ना मनपर्ने कलाकारहरु पर्दामा जस्तो देखिन्छन् पर्दा बाहिरपनि त्यस्तै होउन् । त्यसैले हाम्रो रिल लाईफ र रीयल लाईफ एउटै बनाउने प्रयास गर्नुपर्छ है ।

बुद्ध, त्यसका लागि गायनसंगै तपाईंको सामाजिक संबन्धपनि सुमधुर हुनुपर्छ । आफ्नो समुदाय र शुभ चिन्तकप्रति सधैं कृतज्ञ रहनुपर्छ । जनता चाहान्छ, आफ्नो आईडलले गाउंदा देशको कथा आओस् । बोल्दा देशको ब्यथा प्रतिविम्वित बनोस् । खानपान र जिवनशैलीले नेपालको झल्को देओस् । घमण्ड र दम्भ नरहोस् । नेपाल आइडल नेपालजस्तै सुन्दर, शान्त र समावेसी होओस् ।

बुद्ध, राजनैतिक बिकृतिले टुटाएको नेपाली मनलाई अब नेपाल आईडलको ब्यवहारले जोड्नुपर्छ । जातमा, क्षेत्रमा, वर्णमा बिभाजित फ्यानहरुलाई एकताको धुनले एक बनाउनु पर्छ । नेपालका भाषा, संस्कृति र परम्पराको सम्मान हुनुपर्छ । मलाई तपाईं समग्र नेपाल र नेपालीको प्रतिमा अर्थात् आईडल बनेको हेर्ने उत्कट ईच्छा छ ।

अन्त्यमा, निशान, प्रताप, सागर, सुरज लगायत प्रतियोगितामा सहभागी भएका सबैलाई हार्दिक शुभ कामना छ । हार जीतलाई सामान्य प्रकृयाको रुपमा लिने, सबैलाई स्वभावले तपाईंहरु जनताको हृदयको आईडल बनिसक्नु भएको छ । नम्रता, सहजता, सरलता, सकारात्कताको शन्देश सहित् तपाईंपनि दुनियांको आईडल बन्नुहोस्, धेरै धेरै शुभ कामना

लोकप्रिय हांस्य कलाकार मनोज गजुरेलको फेसबुकबाट साभार

बुद्ध लामा बने पहिलो नेपाल आईडल, निशान फस्ट रनरअप, प्रताप सेकेण्ड (भिडियो सहित)

बुद्ध लामा बने पहिलो नेपाल आईडल, निशान फस्ट रनरअप, प्रताप सेकेण्ड (भिडियो सहित)

दोहा, कतार ।

लोकप्रिय सांगितिक रियालीटि शो नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन् ।

अर्का प्रतिस्पर्धी निशान भट्टराई पहिलो रनरअप बन्न सफल भएका छन् ।

कतार दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा फाइनलको लाईभ गरेर बिजयीहरु घोषणा गरिएको हो ।

मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले घोषणा गरेको बिजेताहरुको नाममा प्रताप दास सेकेण्ड रनरअप भए । उनले सेकेण्ड रनरअप उपाधि सहित १० लाख नगद पाएका छन् ।

आइडलका विजेता बुद्ध लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् ।

पहिलो रनर अप भएका निशान भट्टराईले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठले आफ्नो प्रस्तुती देखाएका थिए ।

यस बाहेक गायक हेमन्त राना हांस्य कलाकार नारद खतिवडा लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

फाइनलको लाईभ एपिवन च्यानले टेलिभिजन तथा युट्युव मार्फत लाईभ गर्ने भनेपनि इन्टरनेट समस्याका कारण लाईभ भएन ।

विशेषगरि विश्वभर छरिएर रहेका नेपालीहरुले युट्युव तथा सामाजिक सञ्जालमा लाईभको प्रतिक्षा गरिरहँदा हेर्न नपाएपछि टेलिभिजन व्यवस्थापनको चर्को आलोचना भएको छ ।

नेपाल आईडल उपाधि जितेका बुद्ध लामालाई लोकप्रिय हांस्य कलाकार मनोज गजुरेलको पत्र

निर्वाचन आयोग सरकारको छायाँमा

काठमाडौं ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको पछिल्लो निर्णय सच्याउन आग्रह गरे पनि उनले आयोगको आग्रह सुन्या नसुन्यै गरे । प्रधानमन्त्री देउवाले भदौ २६ र असोज २ मा मन्त्रिपरिषद् विस्तार गरी आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई ५६ सदस्यीय पुर्‍याएपछि आयोगले पछिल्लो विस्तारलाई गम्भीरतापूर्वक लिँदै निर्णय सच्याउन आग्रह गरेको थियो ।

देउवाको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णपछि लगत्तै आयोगले विज्ञप्तिमार्फत भनेको थियो, ‘आचारसंहिता जारी भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र निष्पक्षता कुण्ठित हुनुका साथै संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिम शक्तिसन्तुलन तथा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएकाले तत्काल निर्णय सच्याउन आयोग आग्रह गर्दछ ।’

स्थानीय निकायका पहिलो, दोस्रो र तेस्रो चरण निर्वाचनका बेला पटक-पटक आचारसंहिता उल्लंघन हुँदा निरीह देखिएको आयोगले आफ्नो संवैधानिक भूमिकामाथि सरकारले हस्तक्षेप गर्न थालेको महसुस गर्न थालेको छ । तर, सरकार आयोगको आग्रहप्रति बेपर्वाह देखिन्छ । आयोगका एक उच्च अधिकारी भन्छन्, ‘सरकारले हाम्रा कुरा सुन्न छाडिसकेको छ ।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ १५ देखि आचारसंहिता लागू गरिसकेको छ ।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति पनि आयोगको परामर्शविनै तोक्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिका पनि सरकारकै निर्देशनमा सार्वजनिक गर्न आयोग बाध्य बन्यो । पूर्वप्रमुखनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ स्वच्छ निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने दायित्व बोकेको आयोगमाथि सरकारले सिधै हस्तक्षेप गर्न थालेको टिप्पणी गर्छन् ।

‘संविधानले निर्वाचन आयोगलाई संवैधानिक अंगका रूपमा परिकल्पना गरेको छ तर पछिल्लो समय कानुनी हिसाबले, कार्यान्वयन हिसाबले, नीतिगत निर्णय गर्ने हिसाबले सरकारको सिधै आयोगमाथि हस्तक्षेप गरिरहेको छ’, श्रेष्ठ भन्छन्, ‘यस्ता कार्यबाट सरकारले आफूलाई टाढा राख्नुपर्नेमा अझ बढी त्यस्ता गतिविधि बढ्दै जानु चिन्ताको विषय हो ।’

संविधानसभा निर्वाचनपछि हस्तक्षेपका घटना बढ्दै गएको औंल्याउँदै श्रेष्ठले भने, ‘सरकार निर्वाचनको मूल्य, मान्यता र पद्धतिप्रति प्रतिबद्ध हुनुपर्नेमा त्यो देखिएन ।’नेपालको संविधान २०७२ को २४६ धारामा आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । उक्त धाराले ‘निर्वाचन सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्न सक्ने’ अधिकार आयोगलाई दिएको छ । तर, संविधानले परिकल्पना गरेअनुसारको अधिकार आयोगले पाएन ।

निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन ऐनमा राखिएन । व्यवस्थापिका संसद्बाट पारित निर्वाचन आयोग ऐन २०७३ मा आयोगको क्षेत्राधिकार कटौती गरिएको छ । यो ऐनको परिच्छेद २ मा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा निर्वाचन मिति तोक्ने व्यवस्था संघीय कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सरकारले तोक्नेछ भनी उल्लेख छ । तर, निर्वाचनको मिति तोक्नुअघि सरकारले आयोगको परामर्श लिनुपर्ने उल्लेख छ ।

आचारसंहिता उल्लंघनमा राजनीतिक दल र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोधेर मात्रै लचिलो व्यवहार प्रदर्शन गरिएको हो । (नवराज ढकाल, आयोग प्रवक्ता

यसअघि यस्तो व्यवस्था नरहेको पूर्वनिर्वाचन आयुक्त श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘निर्वाचन ऐन निर्माण गर्दा उसलाई कुण्ठित बनाउने काम गरियो ।’ अहिलेको प्रतिनिधिसभा तथा प्रदेशसभासम्बन्धी कानुनमा पनि त्यस्तै प्रावधान राखिएको छ ।सरकारका पछिल्ला गतिविधिले निर्वाचन आयोगलाई सरकारको प्रभाव पार्न खोजेको जस्तो धेरैले अनुभव गर्न थालेका छन् । श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचन चरणबद्ध गराउन सरकारको भूमिका उल्लेख्य रहेको देखियो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, ‘एकै चरणमा निर्वाचन गर्न सकेको भए २५ प्रतिशत कम खर्च हुन्थ्यो ।’आयोगले पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको छ । ‘चरणबद्ध निर्वाचनले खर्च बढाउने काम मात्रै गर्‍यो । आयोगलाई स्थानीय तहको निर्वाचन एकै चरणमा गराउन खासै गाह्रो थिएन ।’

स्पस्टीकरणमा सीमित कारबाही

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं। २ मा निर्वाचन कार्यक्रम सुरु भएयता आयोगले आचारसंहिता उल्लंघनका घटनामा ६ सय कारबाही गरेको छ । कारबाही केवल स्पष्टीकरण सोध्नेसम्मका मात्रै छन् ।स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ र निर्वाचन ऐन २०७३ अनुसार आयोगले आचारसंहिता उल्लंघन गर्न दल र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोध्नेदेखि नगद जरिवाना र उम्मेदवारी रद्द गर्नेसम्मको अधिकार छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को आचारसंहिता तथा कार्यान्वयनको व्यवस्थाअनुसार आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ । यसरी उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनु पर्नेछ । तर, आयोगले अहिलेसम्म कसैको उम्मेदवारी रद्दको कारबाही गरेको छैन ।

आयोग प्रवक्ता नवराज ढकाल आचारसंहिता उल्लंघनमा राजनीतिक दल र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोधेर मात्रै लचिलो व्यवहार प्रदर्शन गरिएको बताउँछन् ।पछिल्लो समय आयोगका पदाधिकारीले सरकार प्रमुखसँग बारम्बार भेटघाट गरिरहेका छन् । निर्वाचन तयारीबारे प्रमुख आयुक्तले सरकारलाई ‘ब्रिफिङ’ गर्न सक्छन् ।

‘सरकार प्रमुखसँग तथा राजनीतिक दलका नेतालाई पटक(पटक भेटिरहनुले सरकारलाई चित बुझाएर मात्रै नीति निर्णय गर्ने परम्परा आयोगले बसाल्नु हो’, पूर्वनिर्वाचन आयुक्त श्रेष्ठ भन्छन्, ‘अत्यन्त जरुरी र समन्वय गर्नुपर्ने काममा बाहेक भेटिरहनुपर्ने जरुरी छैन । पावरको पछि लाग्न खोजेको देखिन्छ ।’अर्का पूर्वनिर्वाचन आयुक्त प्रा। वीरेन्द्र मिश्र पनि आफ्नो ६ वर्षे कार्यकालमा तीन पटक मात्रै तीनवटा प्रधानमन्त्रीलाई भेटेको स्मरण गर्छन् ।

‘पटक(पटक सरकार प्रमुखलाई प्रमुख आयुक्त र आयुक्तको टोली गएर भेट्नु संवैधानिक अंगको मर्यादाविपरीत कार्य हो’, उनले भने ।सवैधानिक अंगका पदाधिकारीले त्यसको स्वतन्त्र अस्तित्व र छवि नबिगार्ने गरी काम गर्नुपर्नेमा त्यो नभएको पूर्वप्रमुख आयुक्त श्रेष्ठ स्विकार्छन् ।

उनको भनाइमा आयोगका पदाधिकारीले नै आयोगमाथि हिलो छ्याप्ने काम भएको छ । ‘गाडी खरिददेखि अन्य कुरामा आयुक्तहरूको भूमिकामाथि प्रश्न उठेको छ । त्यो आफैंमा राम्रो होइन’, उनले भने ।

गोविन्द लुईटेलले अन्नपूर्ण पोष्टमा लेख्नुभएको समाचार साभार गरिएको हो ।

प्रधानमन्त्री देउवा भन्छन्-‘६० जनासम्म मन्त्री बनाउन मिल्छ’

न्यूयोर्क ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको तर्क गर्दै उल्टै ६० जनासम्म मन्त्री बनाउन मिल्ने जिकिर गरेका छन् ।

आफ्नो बचाउ गर्दै देउवाले संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले भनेका छन्, ६० जनालाई मन्त्री बनाउन मिल्छ । तर, अहिले त्यो सीमा भन्दा कम नै मन्त्री बनाएको छु ।’

न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग भएको अन्तरक्रियामा जम्बो मन्त्रिमण्डलबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, संख्या होइन, कामलाई हेर्न आवश्यक छ ।’

देउवा सरकार ५६ सदस्यीय छ । जम्मा मन्त्रीमण्डल भएको भन्दै आलोचना भइरहेका बेला उनले न्यूयोर्क जानु अघि दुई राज्यमन्त्री थपेका थिए ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले भारत र चीन दुबैसँग राम्रो सम्वन्ध राख्नु नेपालको राष्ट्रिय स्वार्थ भएको बताएका छन् । साथै दुबै छिमेकी देशले नेपालको संवेदनशीलता बुझेको बताए ।

स्मरणीय छ संविधानले स्पष्ट रुपमा २५ जना भन्दा बढी सदस्यको मन्त्रीमण्डल बनाउन नमिल्ने स्पष्ट उल्लेख गरेको छ ।

सिरहाको धनगडीमाई नगरपालिकामा माओवादी उम्मेद्धार बिजयी

सिरहा ।

सिरहाको धनगडीमाई नगरपालिकामा माओबादी केन्द्रका हरी नारायण चौधरी ५६८३ मत ल्याएर बिजयी भएका छन् ।

चौधरीका निकटतम प्रतिद्धवन्दी एमालेका मेयरका उम्मेदबार शिव शंकर महतो ४४२९ मत ल्याएर पराजित बने ।

यसैगरि उपमेयरमा माओबादी केन्द्रकै फुल कुमारी श्रेष्ठ ५६१३ मतले बिजय भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका उपमेयरका निर्मला देबी बास्तोला ४५२७ मत ल्याएर पराजित भइन् ।

यस्ता छन् वडाहरुमा बिजयी उम्मेद्धारहरु

१ नं. वडामा नेकपा एमालेका सुर्य नारायण महतो ,

२ नं. वडामा  एमाले का तारणी प्रसाद चौधरी ,

३ नं. वडामा   माओबादी केन्द्रका देब कुमार साह

४ नं. वडामा माओबादी केन्द्रका रामु चौधरी

५ नं. वडामा  नेपाली काग्रेसका रामजतन कामैत

६ नं. वडामा एमालेको भगलु महतो

७ नं. वडामा गनपैत यादब  माओबादी केन्द्र

८ नं. वडामा पुष्पलाल तामाङ्ग माओबादी केन्द्र

९ नं. वडामा प्रकाश योन्जन माओबादी केन्द्र

१० नं. वडामा एमालेका बिन्देश्वर यादब

११ नं. वडामा एमालेका  गंगा प्रसाद यादब

१२ न.. वडामा एमालेका राजु श्रेष्ठ

१३ नं. वडामा माओबादी केन्द्रका सुर्यमान तामाङ्ग

१४ नं. वडामा एमालेका खगेन्द्र राय

भोट हालेको विषयमा झगडा हुँदा काँग्रेस कार्यकर्ताको कुटाइबाट राजपा कार्यकर्ताको मृत्यु

रौतहट ।

कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ ।

काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुुभयो ।

बुुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुुभयो ।

मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का काँग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुुटा यादव, अनुुठा यादव र बैजुु साहलाई गएराति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको इप्रका गरुडाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गएराति काँग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोट कै विषय लिएर भएको झगडा छुुट्याउन गएका रामपुुकार माथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्युु भएको बताउनुुभयो । घटनाबारे प्रहरीबाट थप अनुुसन्धान भइरहेको छ ।

बडा दशैंको शुभकामना । घाज घटस्थापना, दशैंको टिका साईत १४ गते ११:५५ बजे

काठमाडौं ।

यस बर्षको बडा दशैं आज घटस्थापना गरेसँगै सुरु भएको छ । दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिननै पर्दा यसबर्षको दशैं शक्तिको साधनाका लागि उत्तम योग परेको पञ्चाङ्गं निर्णायक समितिले जनाएको छ ।

विगतबा वर्षहरुमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गरेपनि यस वर्ष १५ दिनको दशैँ परेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि शुरु भएको हो ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिने क्रम जारी छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ  रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ ।

आजैका दिन विधिपूर्वक घट घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको छ ।

दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानवजातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । “दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीयरुपमा प्रमाण छैन, यो मानवमात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”– धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भन्नुभयो । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरकफरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

वडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । यसअवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १४ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १४ गते देवी बिसर्जनको साइत बिहान ८ः०० बजेर एक मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी बिसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web