नेपाल आईडल उपाधि जितेका बुद्ध लामालाई मनोज गजुरेलको पत्र
अशोज ७, २०७४ 2017-09-23 मा प्रकाशित Published at 2017-09-23
13695 views

प्रिय बुद्ध भाइ,

प्रथम नेपाल आईडल बन्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा धेरै शुभ कामना ।

हुन त 'नेपाल आईडल' एउटा गायन प्रतियोगिता हो । तर 'आईडल'को बृहत अर्थ प्रतीमा हुन्छ । यस अर्थमा नेपाल आईडल सिंगै नेपालको प्रतिमाप्रतिनिधि हुन सक्नुपर्छ । नेपाल आईडल कार्यक्रममा जनताको चासो, उत्साह र सहभागिता देख्दा थाहा हुन्छ, जनताले तपाईंमा समग्र नेपालको प्रतीक खोजि रहेका थिए, जो तपाईं बन्नु भएको छ । पुन: बधाई

भाइ बुद्ध, कार्यक्रमका आयोजक, प्रायोजक, सञ्चालकको आआफ्नै ब्यवसायीक स्वार्थ हुन्छ । तर, तपाईंले त्यो भन्दा माथी उठ्नु पर्छ ल ? ब्यवासायीकता संगै र सामाजिक आईडल पनि बन्नुपर्छ ल ?

फ्यानहरुको अपेक्षा हुन्छ, आफ्ना मनपर्ने कलाकारहरु पर्दामा जस्तो देखिन्छन् पर्दा बाहिरपनि त्यस्तै होउन् । त्यसैले हाम्रो रिल लाईफ र रीयल लाईफ एउटै बनाउने प्रयास गर्नुपर्छ है ।

बुद्ध, त्यसका लागि गायनसंगै तपाईंको सामाजिक संबन्धपनि सुमधुर हुनुपर्छ । आफ्नो समुदाय र शुभ चिन्तकप्रति सधैं कृतज्ञ रहनुपर्छ । जनता चाहान्छ, आफ्नो आईडलले गाउंदा देशको कथा आओस् । बोल्दा देशको ब्यथा प्रतिविम्वित बनोस् । खानपान र जिवनशैलीले नेपालको झल्को देओस् । घमण्ड र दम्भ नरहोस् । नेपाल आइडल नेपालजस्तै सुन्दर, शान्त र समावेसी होओस् ।

बुद्ध, राजनैतिक बिकृतिले टुटाएको नेपाली मनलाई अब नेपाल आईडलको ब्यवहारले जोड्नुपर्छ । जातमा, क्षेत्रमा, वर्णमा बिभाजित फ्यानहरुलाई एकताको धुनले एक बनाउनु पर्छ । नेपालका भाषा, संस्कृति र परम्पराको सम्मान हुनुपर्छ । मलाई तपाईं समग्र नेपाल र नेपालीको प्रतिमा अर्थात् आईडल बनेको हेर्ने उत्कट ईच्छा छ ।

अन्त्यमा, निशान, प्रताप, सागर, सुरज लगायत प्रतियोगितामा सहभागी भएका सबैलाई हार्दिक शुभ कामना छ । हार जीतलाई सामान्य प्रकृयाको रुपमा लिने, सबैलाई स्वभावले तपाईंहरु जनताको हृदयको आईडल बनिसक्नु भएको छ । नम्रता, सहजता, सरलता, सकारात्कताको शन्देश सहित् तपाईंपनि दुनियांको आईडल बन्नुहोस्, धेरै धेरै शुभ कामना

लोकप्रिय हांस्य कलाकार मनोज गजुरेलको फेसबुकबाट साभार

बुद्ध लामा बने पहिलो नेपाल आईडल, निशान फस्ट रनरअप, प्रताप सेकेण्ड (भिडियो सहित)