पर्साको ठोरी गाउपालिकामा माओवादी बिजयी

पर्सा ।

पर्साको ठोरी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पद्मलाल श्रेष्ठ बिजयी हुनुभएको छ ।

उहाँले २८०२ मत ल्याई बिजयील हुनु भएको हो । उहाँका निकटत प्रतिदन्दी नेकपा एमालेका लाल बहादुर श्रेष्ठले २३६३ मत प्राप्त गर्नुभएको हो ।

यसरी नै उपाध्यक्षमा माओवादी केन्द्रकै शान्तिमायां थिंगले २४२३ मत ल्याई बिजयी हुनुभएको छ भने उहाँको निकटत प्रतिदन्दी नेकपा एमालेकी गोखुली रेग्मीले २३०२ मत ल्याउनु भएको छ ।

ठोरी गाउपालिकामा अहिले माओवादी केन्द्रले बिजयी जुलुस निकालेको छ ।

Trump speech ‘Barking Dog’-North Korea

North Korea's top diplomat has called US President Donald Trump's speech to the UN "the sound of a barking dog".

Speaking to the UN General Assembly yesterday, Trump said he would "totally destroy" North Korea if it posed a threat to the US or its allies.

Foreign Minister Ri Yong-ho's comments were North Korea's first official response to the speech.

The North has continued to develop its nuclear and weapons programs, in defiance of a UN ban.

Three women die in fire

Three women lost their lives in a fire that engulfed a house at Kanepokhari rural municipality-3, Harkapur of Morang district this morning.

The fire suddenly broke out the two-storied house of Chandra Bahadur Rai at 3.00 and claimed the lives.

The deceased have been identified as Chandra Bahadur's mother 86 year old Gangamaya Rai, 46 year old his wife Parbata Rai, and 44 year old his sister Bishnumaya Rai, 44.

Sub-Inspector at Area Police Office, Pathari, Raj Kumar Basnet informed that Chandra Bahadur was also inside the house but his condition is still unknown.

The fire was taken under control at 5.00 am with the help of three fire engines, locals and police.

Reason behind the fire is yet to be ascertained and investigation into the incident is underway, police informed.

Happy Bada Dashain ! Today Navaratri Parba first day “Ghatasthapana”

"Navaratri Parba" or the nine-night festival of Bada Dashain, the great festival of the Hindu religious people of Nepal, commenced from today.

The first day of Bada Dashain festival is called "Ghatasthapana" that falls on Aswin Shukla Pratipada, the first day of the bright half of the lunar calendar in the month of Aswin.

On the day of Ghatasthapana, all Nepalis worship Diyo (an oil-fed lamp), Kalas (auspicious jar) and lord Ganesh in accordance with Vedic rituals and sow maize and barley seeds in a jar filled with soil and cow dung for germination of the auspicious Jamara (barley shoots).

Prayers are also offered to Durga Bhavani, the goddess of power today.

Germination of the auspicious "Jamara" is also initiated at Hanumandhoka Dashain Ghar in accordance with Vedic rituals, today.

There is also a tradition of sacrificing animals while initiating the germination of the "Jamara".

Also today, prayers are offered to goddess Mahakali, Mahalaxmi and Mahasaraswati at the Dashain Ghar, marking the beginning of the Navaratri (nine nights).

जापानमा सुरु विश्वस्तरको टुरिजम एक्स्पोमा नेपालपनि सहभागी

टोकियो ।

जापानमा हरेक बर्ष हुने गरेको विश्व स्तरको टुरिजम एक्स्पो मेलामा यस बर्ष नेपाल पनि सहभागी भएको छ ।

जाटा नामको यस एक्स्पो टोकियो बिग साईडको अन्तराष्ट्रीय प्रदर्शनी स्थलमा सेप्टेम्बर २२ देखी २४ तारिखसम्म आयोजना हुँदैछ ।

नेपाल पनि सहभागी हुन लागेको प्रदर्शनीमा दर्जनौ रास्ट्रहरू र स्थापित जापानका रास्ट्रिय र अन्तरास्ट्रिय ट्राभल एजेन्ट, एअरलाईन्स, होटलहरू सहभागी हुँदैछन् ।

अन्र्तराष्टिय क्षेत्रमा व्यापार विस्तारको लागि महत्वपूर्ण मानिएको एक्स्पोमा नेपालले आफ्नो पर्यटन ब्यापार बिस्तारको लागि स्टल राखेको छ । नेपालले आफ्नो स्टललाई आकर्षक बनाउनको लागि बुद्ध धर्मावलम्बीहरुको धार्मीक स्तुपा आकारमा सजावट गरेको छ ।

नेपालको स्टलमा नेपाल टुरिजम बोर्डका साथै बिभिन्न पांचवटा प्राईवेट कम्पनिहरू सहभागी हुँदैछन् ।

आज २१ तारिख र २२ तारिक कम्पनिहरूबिच ब्यापार बिस्तारको लागि बि टु बि आयोजना हुँदैछ । भने २३ र २४ तारिक साधारणहरूको लागि खुल्ला रहने भएको जापानका लागि नेपाली पर्यटन प्रतनिधि अनुज थापाले जानकारी दिए ।

२३ तारिक शनिबार दिउसो १२ बजेबाट ३० मिनेट नेपालको सांस्कृतिक पहिचान झल्कने झाँकी समेत प्रदर्शनी गरिने भएको छ ।

नेपालबारे जानकारी दिने स्टेज प्रोग्राम समेत रहेको थापाले जानकारी दिए । लाखौं सर्वसाधारण तथा व्यापारिक समुह र व्यवसायीहरुले अवलोकन गर्ने यस एक्स्पोबाट नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

एक्स्पो अवलोकन गर्न चाहनेहरुमा हाईस्कूल सम्मको बिध्यार्थिलाई परिचयपत्र देखाय शुल्क लाग्ने छैन । यसैगरि बिध्यार्थिहरूलाई ६०० र सर्वसाधारणहरूको लागि १३०० सय जापानी येन लाग्ने भएको छ ।

एक्स्पोमा नेपालले आफ्नो नया पुराना ट्राभल डेस्टिनेशनको जानकारी दिने र नेपाल भ्रमणको लागि जापानीजलाई निम्तादिने थापानले जानकारी दिए ।

दुई दिनसम्म नेपालको बुथ भिजिट गर्ने बिदेशी भिजिटरमध्य २ जनालाई नेपाल एअरलाईन्सले नेपाल आउने जाने निःशुल्क टिकट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

जापानका लागि नेपाली पर्यटन प्रतिनिधि रहेका अनुज थापाले जापानमा रहनुभएका सबै नेपालीमा २३ र २४ तारिक समय मिलायर अवलोकन गरिदिन अनुरोध गर्दै नेपालको स्टल  नेपालको स्टल नम्बर LO16 रहेको छ । मा रहेको जानकारी समेत दिएका छन् ।

डिप्रेसनका १४ लक्षण र रोकथामका तरिका…

उदास, दुःखी, बोर वा दिक्दार अनुभव हुँदैमा डिपे्रसन भएको बुझ्न मिल्दैन। तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवस्य हो। मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनीे छुट्याउन सक्दैनन्। जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुनेगर्छ।

डिप्रेसनका बहुसंख्यक रोगीमा यो समस्याको न निदान हुन्छ, न उपयुक्त उपचार नै। त्यसैले जुनसुकै समाजमा मनोरोगका बिरामीको संख्या अत्याधिक हुनेगर्छ। विश्व स्वास्थ्य संगठनले संसारमा मानव जातिलाई सताउने १० मुख्य स्वास्थ्य समस्यामा मनोरोगले निकट भविष्यमा नै उच्च रक्तचापलाई उछिनेर पहिलो हुने प्रक्षेपण गरेको छ। यति भयावह अवस्थातर्फ उन्मुख हुँदा पनि मनोरोगबारे जागरुकता देखिँदैन। यसलाई प्राथमिकतामा पारिएको छैन। मनोरोगको प्रमुख हिस्साका रुपमा रहेको डिप्रेसनबारे हाम्रो समाजमा उतिधेरै छलफल र बहस हुने गरेको छैन। जसको फलस्वरुप यो रोग भुसको आगोजस्तो फैलिँदै गइरहेको छ।

डिपे्रसनका धेरै रोगी सही उपचार नपाएर रोकथाम हुनसक्ने विभिन्न जटिलता भोगिरहेका हुन्छन्। यो समस्या कम गर्न सबैले मनोरोगबारे कम्तिमा आधारभूत तथ्यहरु जानी राख्नु आवश्यक छ। ‘यो त कमजोर मन भएकाहरुलाई लाग्छ, मेरो मन बलियो छ मलाई लाग्दैन’ भन्ने धेरै मानिस यसको चपेटामा परेका छन्। त्यसैले; जुनसुकै समाज, वर्ग, उमेर समूहका मानिसलाई सताउन सक्ने डिप्रेसनबारे आफूले पनि जानी राखौँ र अरुलाई पनि बताऔँ। स्वास्थ्यखबर बाट

कस्तो उदास अनुभवलाई डिप्रेसन भन्ने?

जब कुनै व्यक्तिको उदास अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ भने त्यो डिप्रेसनको लक्षण हो। यस्ता अनुभव कम्तिमा दुई हप्तासम्म हरेक दिन हुन थाल्यो, जति कोसिस गरे पनि उदास अनुभवले छोडेन, यस्तै अनुभवका कारण बेचैनी बढ्यो, दैनिक गतिविधिमा असर पर्न थाल्यो र अरु लक्षण पनि देखा पर्न थाले भने यसलाई सामान्य उदासीपन ठान्नु गलत हुनेछ। यस्तो अवस्थालाई डिप्रेसन भएको बुझ्न सकिन्छ।

मनोसामाजिक रुपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायः लाक्षणिक रुपमा र पछि रोगकै रुपमा डिप्रेसनको समस्या देखिन्छ। यद्यपि तनावरहित अवस्थाका व्यक्तिलाई पनि डिप्रेसनले सताउन सक्छ। विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुँदा उदासी देखापर्छ। वंशाणुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्वहरु र परिस्थितिले डिप्रेसनतिर धकेल्न बढावा दिन्छ। यसरी कुनै व्यक्ति डिप्रेसनको शिकार हुनमा मनोसामाजिक र जैविक तत्वहरुको अन्तरक्रिया हुने गर्दछ।

डिप्रेसनमा के–कस्ता लक्षण देखिन्छन्?

डिप्रेसन भएका व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक रुपमा असर पार्ने निम्न लक्षण देखिन्छन्।

मानसिक वा मनोसामाजिक लक्षण

१. प्रायःजसो समयमा उदास, दुःखी, बोर वा दिक्दार रहनु।

२. दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु। अरुबाट एक्लिनु वा एकान्तमा रहनु।

३. केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु।

४. सोच्न र सम्झन नसक्ने हुनु।

५. आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु।

६. सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु।

७. बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु।

८. कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु।

शारीरिक लक्षण

९. अस्वाभाविक रुपले सिथिल वा कमजोर अनुभव हुनु।

१०. भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा बृद्धि हुनु।

११. निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु।

१२. यौन चाहना र तुष्टिमा कमी आउनु।

१३. कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु।

१४. कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरु भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु।

उपचार विधि

डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ। यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ। अरु व्यक्तिसँग गलत र अनुपयुक्त अन्तरक्रिया र एकआपसको कलह पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ। डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अन्य व्यक्तिसँगको सम्बन्धमा चिसोपन आउन सक्छ। अतः यस्ता व्यक्तिको अरुसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको वातावरण बनाउने तरिका उपचारको अभिन्न पाटो हुनेगर्छ। उदास हुने व्यक्तिहरुको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार गर्ने मनोवैज्ञानिक तरिका पनि बिरामीहेरी आवश्यक पर्न सक्छ।

अहिले बिरामीको लक्षण र आवश्यकता हेरी विविधखालका लक्षण कम गर्ने औषधि पाइन्छन्। रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने गुण भएका भरपर्दा र सुरक्षित धेरै औषधिको विकास भइसकेको छ। कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको ‘सेक’ दिने उपचार पनि अति उपयोगी र सुरक्षित मानिन्छ। उपचारबाट लक्षण हटेपछि पुनस्र्थापनाका कार्यक्रम आवश्यक हुन्छ।

बिरामी र परिवारले के गर्ने?

पहिला त, यो रोगलाई बुझ्नु नै ठूलो कुरा हो। परिवारमा कसैलाई डिप्रेसन छ भने ऊप्रतिको समझदारी एकदम आवश्यक हुन्छ। यसका लागि आफूले सत्यतथ्य बुझेर अरुलाई पनि यसबारे बुझाउनुपर्छ। रोगकै हिसाबले यो समस्या भएको छ भने बिना हिच्किचाहट सम्बन्धित चिकित्सक वा विज्ञसँग परामर्श लिनुपर्छ। यसको निदान बिरामीको उपचारका लागि हुनेगर्छ, अन्यथा सोच्नु हुँदैन। डिप्रेसनको निदान भएकोमा चिन्ता मानेर बस्नुभन्दा पनि उपचारको उचित उपयातिर लाग्नुपर्छ। सहयोगी साथीभाई र आफन्तको सल्लाह लिनु बिरामीले आनाकानी मान्नु हुँदैन। सकेको काम, हलुका व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नुपर्छ।

विज्ञको सल्लाहमा औषधि आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु लाभदायी हुन्छ। बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फलोअपमा रहन, ठिक भएपछि पनि पुनस्र्थापना गर्न र पछि दोहरिन नदिन परिवारजन र साथीभाइको ठूलो भूमिका रहनेगर्छ। परिवारका सदस्यले यस्ता बिरामीको औषधि राखिदिने र सेवनका लागि हौसला दिने गर्नुपर्छ। कतिपय बिरामीले आफैंँलाई हानी पुग्ने गतिविधि गर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ।

रोकथामलाई के गर्ने?

डिप्रेसनले जसलाई पनि सताउन सक्छ तर खास जोखिम वा खतरा भएका व्यक्तिबारे सावधानी अपनाउनु आवश्यक छ। यसको खतरा भएका व्यक्तिले त्यसै अनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार, विहार र विचारमा सन्तुलन राख्न सिक्नुपर्छ। स्वस्थ आहार, विहार र विचारले समग्र स्वास्थ्यका लागि लाभ गर्छ भने उदासिन मनोरोगको रोकथाममा पनि सघाउँछ।

डिप्रेसनमा जान नदिन मन र शरीरलाई स्वस्थ राख्नु जरुरी छ। तनाव बहनका सीप र क्षमता बढाउने तरिका; योग; व्यायाम; साथ, सहयोग र सुमधुर सम्बन्धको माहोल; समझदार र अनुशासित परिवार; अस्वस्थ प्रतिस्पर्धारहित समाज; संस्कृति र परम्परा अनुकूल व्यवहार आदि कुरामा ध्यान दिनुपर्दछ। रोग लागेर निको भइसकेकाहरुले पुनः नदोहरियोस् भन्नका लागि सतर्कता अपनाउनुपर्छ। जस्तैः विज्ञको सल्लाह अनुसार आवश्यक अवधि र मात्रामा औषधि लिने, धूमपान–मध्यपानबाट टाढा रहने, कुनै रोग लागेमा समयमै उपचार गराउने, निद्रा पर्याप्त पुग्नेगरी सुत्ने आदि।

आफू वा परिवारका सदस्य डिप्रेसनमा रहेको कुरा चाल पाएपछि आवश्यक उपचार थाल्न रोगका लक्षण, उपलब्ध उपचार विधि, सेवासुविधा र अन्य आवश्यक जानकारीबारे सजग रहनुपर्छ। यसले उपचारमा ढिलाइ र उपचार नपाउँदा हुन सक्ने आत्महत्या जस्ता घटना रोकथाममा सहायता पुग्छ। तसर्थ, तपाईंहामी सबैले डिप्रेसनबारे जानकारी भएको लेख पढौँ, जानकार र विज्ञहरुको राय सुनौँ, यसबारे खुलेर कुरा गरौँ र सत्यतथ्य बुझिराखौँ। अरुलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौँ। डिपे्रसनको समस्यालाई लुकाउने भन्दा पनि यसबारे व्यापक मन्थन थालौँ।

(डा. शाक्य वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्)

चीन सरकारको यो दशै उपहार, जुन अमुल्य छ..

काठमाडौं । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो ।

त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।

नेपाललाई चीनमा बनेका पूर्वाधार प्रयोग गर्न दिन चिनियाँ उच्च नेतृत्व सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विशेषगरी चिनियाँ राजमार्ग प्रयोग गरेर नेपालको हिमाली जिल्लामा पनि सामान ढुवानी गर्न दिनेबारे चीनले उच्च प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले बताए ।

फेरिँदैछ एमाले रणनीति : माओवादीसँग तालमेलको बहस

काठमाडौं । स्थानीय तहको चुनाव सुरु हुनुअघि एमाले नेताहरुले माओवादीलाई निकै कमजोर आँकेका थिए । माओवादीलाई कुनै मतलव नगरे पनि एमाले एक्लै नेपाली राजनीतिको मियो बन्न सक्छ भन्ने सो पार्टीका नेताहरुको बुझाइ थियो ।

तर, तीन चरणमा स्थानीय तहको चुनाव सकिने बेलासम्म आइपुग्दा एमाले नेताहरुको निश्कर्ष गलत सावित भयो । माओवादी सानै भए पनि तेस्रो शक्तिका रुपमा देखा परेको र उसलाई साथ लिएर नेपाली कांग्रेसले आफ्नो सत्ता सुरक्षित गरेको स्थितिप्रति अहिले एमाले नेताहरु चुक्चुकाउन थालेका छन् ।

दोस्रो चरणको निर्वाचनपछि एमालेले अनौपचारिक समीक्षाका क्रममा कांग्रेस माओवादी तालमेलका कारण कम्तिमा ४० स्थानीय तहमा पराजय भोग्नुपरेको निष्कर्ष निकाल्यो ।

माओवादी किन आवश्यक ?

आगामी दुबै चुनावमा एमाले र कांग्रेसमध्येबाटै पहिलो र दोस्रो दल हुनेमा कुनै आशंका छैन । तर, माओवादीको अहिले जुन पोजिनश देखिएको छ, उसले धेरै प्रदेशमा कसको सरकार बनाउने भन्ने चाबी हातमा लिनेछ । कम्तिमा ५ वर्षका लागि देश हाँक्न कांग्रेस र एमाले दुवैका लागि माओवादीको साथ आवश्यक देखिन्छ ।

माओवादीको बढ्दो शक्तिले के देखाएको छ भने आगामी चुनावमा या चुनावपछाडि सुरु हुने सरकार गठन प्रक्रियामा कांग्रेस वा एमालेमध्ये जसले माओवादीको साथ लिन्छ, उसैले सरकारको चाबी आफ्नो हातमा पार्नेछ । प्रदेश सभा र केन्द्रीय सभा दुबैमा माओवादीको आवश्यकता कांग्रेस वा एमालेलाई पर्ने देखिन्छ । केन्द्र र प्रदेशको सरकार गठनमा मात्रै होइन, राष्ट्रियसभादेखि लिएर राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा समेत माओवादी निर्णायक शक्ति हुन सक्छ । त्यसैले माओवादीसँगको तालमेल कांग्रेस र एमाले दुवैका लागि बाध्यात्मक आवश्यकता हो ।

माओवादीलाई उपेक्षा गर्दा एमालेलाई घाटा

पहिलो चरणको चुनावसम्म एमाले नेताहरुले माओवादीलाई कुनै हैसियत बोकेको दलकै रुपमा देखेनन् । दोस्रो चरणको स्थानीय चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले कांग्रेससँगको तालमेलले माओवादी सिद्धिने भन्दै आफूसँग तालमेल गरे उसको अस्थित्व रक्षा हुने सार्वजनिक प्रतिक्रिया दिए ।

तर, माओवादीले कांग्रेससँग मिलेर एमालेलाई खुम्च्याउन र आफूलाई तेस्रो शक्तिका रुपमा कायम राख्न दोस्रो चरणको चुनावमा निकै ठूलो भूमिका खेल्यो । कांग्रेससँग नजिकिँदा माओवादीलाई हैन, एमालेलाई चाहिँ घाटा भयो ।

झापा, मोरङल गायतका कतिपय ठाउँमा माओवादीले एमाले हराउनकै लागि कांग्रेसलाई भोट हालेका कारण एक दर्जन बढी स्थानीय तहमा हारिएको एमालेले समीक्षा गरेको छ ।

पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणमा कांग्रेस र माओवादीबीच देशव्यापी संगठित तालमेल भएको थियो । एमाले २ नम्बर प्रदेशमा पनि कांग्रेस माओवादी तालमेल हुने र राजमार्ग क्षेत्रका कम्तिमा १० नगरपालिका गुमाउनुपने त्रासमा थियो । तथापि अन्तिममा कांग्रेस माओवादीवीच उल्लेख्य तालमेल नभएपछि एमालेले राहतको सास फेर्‍यो ।

तर, तेस्रो चरणको मतगणनाको परिणाम पनि मिश्रति प्रकारकै आउने संकेत देखिइसकेको छ । मधेसमा माओवादी र संघीय फोरम एमालेकै हाराहारीमा आउन लागेको संकेत देखिँदैछ । यो संकेत कांग्रेसका लागि मात्रै होइन, एमालेका लागिसमेत निकै जोखिमपूर्ण छ ।

शायद यही जोखिमको पूर्वाभाष भएरै हुनुपर्छ, एमाले उपाध्यक्ष वामदेव गौतमले आउने सबै चुनावमा बामपन्थी गठबन्धन बन्नुपर्ने बहस अनलाइनखबरबाटै खुलासा गरिसकेका छन् ।

फेरि फकाउने प्रयास

एमालेलाई हराउन आगामी संसदीय चुनावमा कम्तिमा ५० ठाउँमा माओवादीसँग तालमेल गर्ने प्रयास कांग्रेसले गरिरहेको भन्दै एमाले तरंगित भएको छ । एमालेका शीर्ष नेताहरु नै माओवादीलाई कांग्रेसको पोल्टामा जान दिन नहुने भन्दै अनौपचारिकरुपमा माओवादीका दोस्रो तहका नेताहरुसँग छलफलमा छन् ।

एमालेका एक पदाधिकारीले अनलाइनखबरसँग भने-केपी ओलीले प्रधानमन्त्री नछाड्ने भए भनेर प्रचण्ड बिच्किँदा आज माओवादी कांग्रेसको सहायक संगठन जस्तो बन्न पुग्यो । यदि ५० ठाउँमा कांग्रेस र माओवादी मिले भने केन्द्रीय सरकारमा मात्र होइन, प्रदेश सरकारमा समेत एमालेलाई गाह्रो पार्छन् । त्यसैले अब माओवादीलाई कांग्रेसबाट फुत्काउन हामीले हामीभित्रको दम्भ त्याग्नैपर्छ ।’

मिश्रित निर्वाचन प्रणालीका कारण आगामी चुनावमा अधिकांश प्रदेशमा कुनै पनि दलको बहुमत नपुग्ने प्रष्ट छ । त्यो अवस्थामा कांग्रेस र एमालेमध्ये जसले माओवादीको सहयोग लिन्छ, उसैले सरकार बनाउने अवस्था आउन सक्छ । त्यसैले अहिलेदेखि नै माओवादीलाई कांग्रेससँग भन्दा आफूसँगको तालमेलमा आकषिर्त गर्नुपर्छ भन्ने मत एमालेमा प्रकट हुन थालेको छ ।

‘हामी मूलतः एक्लै चुनाव जित्छौं । कांग्रेस र माओवादी मिल्दा पनि एमालेले जित्छ भन्ने पुष्टि भइसकेको छ । तर, पनि माओवादीको बुद्धि फिर्‍यो भने उसले एमालेसँग तालमेल गर्नुपर्छ’ एमाले उपाध्यक्ष बामदेव गौतमले अनलाइनखबरसँग भने ‘कांग्रेससँगको तालमेलबाट अन्ततः माओवादी सिद्धिने हो, अप्राकृतिक गठबन्धन छाडेर माओवादीले समीक्षा गरोस् ।’

६०/४० को अनौपचारिक बहस !

एमालेका केही नेताहरु बिगतका तिक्ततता मेटाउँदै माओवादीलाई कांग्रेससँग टाँसिन नदिन अनौपचारिक छलफलमा जुटेका छन् । केन्द्र र प्रदेश सरकार बनाउने सन्दर्भमा माओवादीले ल्याउने सिट निर्णायक हुन सक्ने भएकाले माओवादीलाई कांग्रेसतिर धकेल्न नहुने उनीहरुको तर्क छ ।

एमालेका लागि तीन दल एक्लाएक्लै लड्दा फाइदा छ, यदि त्यसो नभएमा कतिपय ठाउँमा माओवादीसँग तालमेल गरेर कांग्रेस हराउनु उसका लागि लाभदायक हुने भएकाले केही एमाले नेताहरु माओवादीसँग संवादमा लागेका हुन् ।

यही निश्कर्षका साथ केही एमाले नेताहरुले आगामी चुनावमा माओवादीसँग ६०/४० को भागवण्डा गरेर भए पनि तालमेलमा जानुपर्ने बताउन थालेका छन् ।

प्रदेश नम्बर २ मा आम रुपमा दलहरु एक्लाएक्लै चुनाव लडिरहँदा यो प्रश्न पनि उठेकै हो- के अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मुख्य दलहरु आ-आफ्नै बुँतामा लड्छन् ? तर, मतगणनासम्म आइपुग्दा दुई नम्बर प्रदेशमा कांग्रेस र एमालेलाई माओवादी र मधेस केन्दि्रत दलहरुले चुनौती दिएको प्रष्टै देखिएको छ ।

यो चुनौतीलाई हेर्दाखेरि दलहरु एक्लाएक्लै चुनाव लडे नै भने पनि चुनावपछि सरकार गठन गर्ने बेलामा चाहिँ कांग्रेस र एमाले दुबैलाई माओवादी र मधेसवादीको सहयोगको अपरिहार्यता बढेकै छ ।

माओवादी कोसँग नजिक ?

माओवादीले अबको चुनावमा कांग्रेस वा एमालेमध्ये कसलाई रोज्ला ? हामीले यो प्रश्न माओवादीका प्रभावशाली नेता शक्ति बस्नेतसँग गर्दा उनी गृहजिल्ला जाजरकोटमा रहेछन् । बस्नेतले यो प्रश्नमै आपत्ति जनाउँदै उल्टो प्रतिप्रश्न गरे- ‘के माओवादी तालमेलबिना बाँच्नै नसक्ने र जित्नै नसक्ने पार्टी हो ?’

कांग्रेससँग पार्टी एकता नै गर्ने जसरी तालमेलका लागि मरिहत्ते गरेकोमा शक्ति बस्नेत, टोपबहादुर रायमाझीहरु सन्तुष्ट छैनन् । त्यसको संकेत हो बस्नेतको यो प्रश्न । उनले माओवादी पार्टी एक्लै चुनाव लडेर जित्ने सामथ्र्य राख्ने भएकाले अनावश्यक रुपमा कांग्रेस वा एमालेतिर लहसिनु लज्जास्पद रहेको बताए ।

बस्नेतले भने- ‘माओवादीको अलग पहिचान छ । हाम्रो आफ्नै अस्थित्व छ । ०६४ को ठूलो पार्टी हो । हामी आमरुपमा आफ्नै बुँतामा चुनाव लड्नुपर्छ । कहीँकतै स्थानीय आवश्यकताका आधारमा एमाले वा कांग्रेससँग तालमेल गर्न सकिन्छ । तर, केन्द्रबाटै ६० र ४० भनेर जानु भनेको हामी सिद्धिने बाटो हो ।’

कांग्रेससँग केन्द्रीयस्तरबाटै चुनावी तालमेल गर्ने कुरामा माओवादीमा एकमत देखिन्न । टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशका लुम्बिनी क्षेत्रमा जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । स्रोतका अनुसार उनी एमालेका उपमहासचिव बिष्णु पौडेलसँगको संवादमा छन् ।

एमालेले पनि ५ नम्बर प्रदेशका तराईका जिल्लामा माओवादीसँग मिल्दा फाइदा हुने देखेर सम्वाद चलाएको स्रोत बताउँछ ।

एमालेप्रति गुनासो

एमाले सचिव योगेश भट्टराईले आइतवार सार्वजनिक मञ्चबाटै माओवादी अन्ततः एमालेसँगै तालमेलमा आउनुपर्ने बताएका छन् ।

तर, यी सबै घटनाक्रमका बाबजुद माओवादीको मूल नेतृत्व एमालेसँग नजिक हुन खासै इच्छुक देखिँदैन । नेताका भाषणदेखि कार्यकर्ताका सामाजिक सञ्जालका वाकयुद्ध सुन्दा र हेर्दा यी दुई दलबीच सहकार्यको जमिन तत्कालै देखिँदैन ।

बिग्रँदो कांग्रेस-माओवादी सम्बन्ध

एमाले नेताहरुले आफूलाई असाध्यै हेप्ने गरेको, खसालेर बोल्ने गरेको र तालमेलको सहमति गरिए पनि वीचमा धोका दिने गरेको माओवादी नेताहरुको गुनासो छ । कांग्रेससँग मिल्दाखेरि यस्तो समस्या नआएको र एमालेको सेखी झार्न पाइएको भन्दै उनीहरु सन्तुष्ट देखिन्छन् ।

कांग्रेस नेता विमलेन्द्र निधिको भनाइलाई मान्ने हो भने प्रदेश नम्बर २ बाट पाठ सिकेर आगामी दुबै चुनावमा कांग्रेस र माओवादीबीच केन्द्रबाटै ‘प्याकेज तालमेल’ को प्रयास हुनेछ ।

कांग्रेसमा देउवा र निधी दुबै नेताहरु एमालेलाई हराउन र चुनावपछि पनि सरकारमा पुग्नकै लागि भए पनि माओवादीलाई आगामी चुनावमा साथमा लिएर जाने पक्षमा छन् ।

तर, रामचन्द्र पौडेल पक्ष माओवादीसँगको तालमेलबाट कांग्रेसलाई फाइदा नभएको निष्कर्षमा पुगेको सूत्रहरुको कथन छ । पौडेल पक्षका कांग्रेस महामन्त्री शशांक कोइराला कांग्रेसकै कारण माओवादीले स्थानीय तह चुनावमा अहिलेको आकार पाएको दाबी गर्छन् । उनले अनलाइनखबरसँग भने- माओवादीलाई कांग्रेसको तालमेलबाट फाइदा भएको छ । तर, माओवादीसँगको तालमेल कांग्रेसका लागि फाइदाजनक भएन, त्यसैले हामी आफ्नै बलमा चुनाव लड्नुपर्छ भन्नेमा छौं ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले चाहना गर्दैमा मात्रै माओवादी पार्टीले ऊसँग दीर्घकालीन सहकार्य गरिरहन्छ भनेर अनुमान लगाउन चाहिँ सकिँदैन ।

माओवादी अध्यक्ष प्रचण्ड चतुर राजनीतिक खेलाडी हुन् । अहिले देउवा नेतृत्वको सरकारले जम्बो मन्त्रिमण्डल बनाउनेदेखि लिएर विभिन्न अलोकप्रिय निर्णयहरु गरिरहेको प्रचण्डलाई चित्त बुझेको छैन । त्यसैगरी भारतमा गएर संविधानका बारेमा देउवाले दिएको अभिव्यक्तिको त प्रचण्डले सार्वजनिक रुपमै विरोध गरिसकेका छन् ।

एकातिर शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट बन्दै गइरहेका छन् भने अर्कोतर्फ पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कांग्रेससँग हैन, वामपन्थी र राष्ट्रवादी शक्तिहरुसँग दीर्घकालीन तालमेल गरेर अघि बढ्नुपर्ने लविङ माओवादीभित्र निरन्तर गरिरहेका छन् ।

यी सबै घटनाक्रमले के देखाउँछन् भने देउवा सरकारले गर्ने सबैखाले अलोकपि्रय निर्णयको साक्षी बसिरहन माओवादी पार्टी सधैं तयार नहुन सक्छ । आगामी चुनावपछि बन्ने सरकारमा पनि देउवाले यस्तैखाले अलोकपि्रय निर्णय गर्ने हुन् कि भन्ने डर माओवादी नेताहरुमा पलाउन थालिसकेको छ । यो अवस्थामा माओवादीले आगामी चुनाव अगाडि वा पछाडि काँध नफेर्ला भन्न सकिँदैन ।

सरकारमा माओवादीले कांग्रेससँग गठबन्धन गरेता पनि कांग्रेसले स्थानीय तहको चुनावमा माओवादीको माओवादीलाई हेप्ने काम गरेका माओवादी नेताहरुमा पर्न थालेको छ । विशेष गरी मधेसको चुनावमा कांग्रेसले माओवादीलाई कम आँकेको नेताहरुको बुझाइ छ ।आगामी चुनावपछि तेस्रो दलको हातमा सरकार गठनको तालाचाबी आयो भने त्यसबेला प्रचण्ड आफैंले सरकारको नेतृत्व गर्ने प्रस्ताव नल्याउलान् भन्न सकिँदैन ।

उता भरतपुर महानगरको कार्यपालिका गठनका बेलामा कांग्रेसले धोका दिएको माओवादी नेताको गुनासो छ ।

रोचक त के छ भने मोरङ जिससमा कांग्रेसको जितको सम्भावना हुँदाहुँदै त्यहाँ माओवादीले एमालेसँग मिलेर कांग्रेसलाई हराइदिएको छ । कांग्रेसमा दम्भ देखिएको भन्दै मोरङका माओवादीहरुले कांग्रेसलाई हराएर एमालेलाई सघाएका छन् । र, आगामी प्रदेशसभा र केन्द्रको चुनावमा पनि मोरङका माओवादी नेताहरुले एमालेसँग तालमेलका लागि छलफल चलाउन थालिसकेको स्रोतले बतायो ।

प्रदेश नम्बर २ : स्थानीय तहको मतपरिणामः कहाँ को-को भए विजयी ?

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमाले २ स्थानीय तहमा विजयी भएको छ । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एक÷एक स्थानीय तहमा विजयी भएका छन् । प्राप्त पछिल्लो जानकारीअनुसार सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा नेकपा एमालेका उत्तम गौतम ३०३९ मतसहित विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै आशा चौधरी ३२२७ मतसहित विजयी भएका छन्  ।

त्यसैगरी सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उषादेवी १९३५ मतसहित विजयी भएकी छन् ।

धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २३७७ मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २२९९ मत ल्याएर विजयी भएकी छन् ।

रौतहटको इशानाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५७५८ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन ५२३६ मत ल्याएर विजयी भइन् ।

सिरहाको विष्णु गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादीका जागेश्वर यादव १९४० मत ल्याएर विजयी भएका छन् छ भने उपाध्यक्षमा पनि संघीय समाजवादीकै देवी सिंह २७०० मतसहित विजयी भएकी छन् ।

यसैगरी धनुषाको हंशपुर नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३३२० मतसहित विजयी भएका छन् ।

उपमेयरमा राजपाकै रेणुदेवी झा ३२७६ मतसहित विजयी भइन् ।

मेक्सिको : भूकम्पमा परी एउटै विद्यालयका २१ जनाको मृत्यु….

काठमाडौं । मेक्सिकोमा गएको ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा एउटै प्राथमिक विद्यालयका २१ जना छात्रछात्राको मृत्यु भएको छ ।

भूकम्पले विद्यालयको भवन भत्किँदा परिएका २१ जना बालबालिका र ५ जना वयस्कको शव भेटिएको हो । यो समेत गरी भूकम्पका कारण अहिले २ सय ३० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले विद्यालयको भग्नावशेषमा अझै तीन जना विवितै रहेको बताएका छन् । भत्किएको संरचनाभित्रबाट एक जनाको उद्दार गरिएको छ ।

ठूलो भूकम्पपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन् ।

भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ । भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन् ।

राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्  ।(एजेन्सी)

अब ‘नेपाल राजपत्र मोबाइल एप्लिकेशन’मा हेर्न सकिने

काठमाडौं ।

विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल राजपत्र मोबाइल एप्लिकेशन संचालनमा ल्याएको छ ।

यसको संचालनसंगै अब नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु सजिलै मोबाइलमै पढन तथा हेर्न सकिने छ ।

आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल राजपत्र मोबाइल एप्लिकेशनको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहराले, विद्युतीय शासनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने उद्देश्य सहित मोबाइल एप संचालनमा ल्याइएको बताउनुभयो ।

कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले  मोबाइल एप्सलाई अफ लाइनमा पनि हेर्ने सकिने गरी बनाउन जरुरी भएको बताउनुभयो ।

८८ किलो सुन तस्करमा संलग्न थप ५ जना पक्राउ

काठमाडौं ।

महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप ५ जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले कार्य्विनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई पक्राउ गरेको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web