<h5 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । मेक्सिकोमा गएको ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा एउटै प्राथमिक विद्यालयका २१ जना छात्रछात्राको मृत्यु भएको छ ।
<h5 style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">भूकम्पले विद्यालयको भवन भत्किँदा परिएका २१ जना बालबालिका र ५ जना वयस्कको शव भेटिएको हो । यो समेत गरी भूकम्पका कारण अहिले २ सय ३० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले विद्यालयको भग्नावशेषमा अझै तीन जना विवितै रहेको बताएका छन् । भत्किएको संरचनाभित्रबाट एक जनाको उद्दार गरिएको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">ठूलो भूकम्पपछि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ । भूकम्प प्रभावित क्षेत्रहरुमा अझै कैयौं व्यक्ति हराइरहेका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">भत्किएका संरचनाभित्र पुरिएका मानिसको खोज जारी छ । भूकम्पका कारण कैयौं घर तथा गिर्जाघर भत्किएका छन् ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">राष्ट्रपतिले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।(एजेन्सी)
16.12¡ÆC