‘भ्रष्ट’ गोपाल खड्का पदच्युत भएपछि प्रेम प्रसाद आचार्य आयल निगमको कार्यकारी निर्देशक

काठमाडौं ।

आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेमप्रसाद अचार्यलाई खटाएको छ ।

आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि मन्त्रालयका उपसचिव आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पठाउने निर्णय गरेको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलले अर्को व्यवस्था नभएसम्मका लागि निगमको कार्यकारी निर्देशकको रुपमा आचार्यलाई काम लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको बैठकले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेपछि मन्त्रिस्तरीय निर्णयबाट निगमको कार्यकारी निर्देशकमा आचार्यलाई नियुक्त गरिएको हो ।

चाडबाडको समयमा प्रमुख निकाय नेतृत्वविहीन हुँदा पेट्रोलियम आपूर्तिमा समस्या पर्न सक्ने भन्दै सरकारले नेपाल आयल निगमको प्रमुुखको जिम्मेवारी तोकेको हो ।

नेपाल टेलिकमद्वारा दशैं तिहारमा विशेष छुट

काठमाडौं ।

नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको घोषणा गरेको छ ।

जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ 'घटस्थापना' गतेदेखि १० गतेसम्म  ५०, १००, २००, ५०० र १०००।– का रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने भएको हो ।

त्यसैगरी ल्याण्ड लाइन सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २००।– मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००–१०० स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराउने लगायतका अन्य धेरै छूट पनि उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोली भूटानसँगपनि हार्यो

काठमाडौं ।

नेपालको १८ र १६ वर्ष मुनि उमेर समूहका राष्ट्रिय फुटबल टोली आज भएका खेलमा पराजित भएका छन् ।

भुटाको थिम्पुमा भएको १८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगितामा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको  थियो ।

नेपालले १ मात्र गोल खेलको ८७ औँ मिनेटमा पेनाल्टी मार्पmत खाएको थियो । नेपालको अर्को खेल माल्दिभ्स्सँग शुक्रबार हुनेछ ।

भुटानले नेपाललाई कुनै पनि उमेर समूह या राष्ट्रिय स्तरका प्रतियोगितामा पहिलो पटक पराजित गरेको हो ।

यसैगरी भुटानले उमेर समूहको प्रतियोगिता पनि पहिलो पटक आयोजना गरेको हो ।

प्रतियोगितामा पूर्व विजेता नेपालसहित आयोजक भुटान, माल्दिभ्स्, बंगलादेश र भारत रहेका छन् ।

यसैगरी, काठमाडौँमा भएको १६ वर्ष मुनि उमेर समूहको ए एफ सी फुटबल प्रतियोगितामा नेपाल पहिलो खेलमा पराजित भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको दोश्रो खेलमा नेपाल ईराकसँग ० का विरुद्ध १ गोलले पराजित भएको थियो ।

पुरै खेल अवधिभर दबाबमा रहेको नेपालले ६८ औँ मिनेटमा गोलकिप्पर र डिफेन्सबीच तालमेल गुमाउन पुग्दा गोल खाएको थियो ।

नेपालको दोश्रो खेल भारतसँग शुक्रबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत यसअघि बुधबार हलचोकमै भएको पहिलो खेलमा भारतले पेलेस्टाईनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

१६ वर्ष मुनि उमेर समूहको ए एफ सी फुटबल प्रतियोगिताको समूह डी मा नेपाल, प्यालेस्टाईन, भारत र ईराक रहेका छन् ।

१ नगरपालिका सहित २४९ वडाको मतपरिणाम सार्वजनिक, राजपाले खाता खोल्यो (सम्पूर्ण विवरण)

काठमाडौं ।

प्रदेश नम्बर २ मा असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।

मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ ।

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार अपरान्ह ५ बजेसम्म २४९ वडाको मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना छिटो सम्पन्न गर्न थप टोली गठन गरी गणना कार्य अघि बढाइरहेको आयोगले जनाएको छ ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मे्दवारको निधन भई स्थगित भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने छ ।

धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

धनुषाको हंसपुर नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३ हजार ३ सय २० मत प्राप्त गरी विजयी हनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रदिप यादवले ३ हजार २ सय २९ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुखमा राजपाकै रेणुदेवी झा ३ हजार २ सय ७६ मत प्राप्त गरी  विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रामकुमारीले ३ हजार २७ मत प्राप्त गर्नुभएको छ ।

पर्साका १४ मध्ये कांग्रेसको ४ र एमालकोे ३ स्थानमा अग्रता

पर्सा जिल्लाको पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसले बहुदरामाई नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी र विन्दवासिनी गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा एमालेले पर्सागढी, सखुवाप्रसौनी, पकहा मनैनपुरमा अग्रता कायम गरेको छ ।

त्यसैगरी माओवादी केन्द्रले ठोरी, छिपहरमाई गाउँपालिकामा अग्रता लिएको छ भने फोरम नेपालले पोखरिया नगरपालिका, जगरनाथपुर र धोविनी गाउँपालिकामा अग्रता लिएको छ ।

यता नेपाल जनता दलले पर्साको कालिकामाई गाउँपालिकामा अग्रता कायमै राखेको छ भने राजपाले २ नम्बर प्रदेशको १ मात्र महानगरपालिका वीरगञ्जमा अग्रता हासिल गरिरहेको छ ।

यसैबीच, पर्सा जिल्लाको प्राप्त पछिल्लो मत परिणाम अनुसार नगरपालिका तथा गाउँपालिकाका विभिन्न १४ वटा वडामा विभिन्न दलले जित हासिल गरेका छन् ।

घोषित परिणाम अनुसार संघीय समाजवादी फोरम, नेपाली काँंग्रेस, नेकपा एमालेले ३–३ वडामा विजयी हासिल गरेका छन भने राजपा नेपाल र माओवादी केन्द्र २–२ वटा र जनता दल १ वडामा विजयी भएका छन् ।

वीरगञ्जमा राजपाको अग्रता कायमै

प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय जनता पार्टीले अग्रता कायमै राखेको छ ।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले प्राप्त पछिल्लो मत परिणाम अनुसार १६८३ मत प्राप्त गर्नु भएको छ भने नेपाली काँग्रेसका मेयर उम्मेदवार  अजयकुमार दिवेदीले १४७५ मत प्राप्त गरी सिंहलाई पछ्याई राख्नुभएको छ ।

उपमेयरमा राजपाकै रम्भा मिश्राले १ हजार ६ सय ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै, काँग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति कार्कीले १५६३ मत प्राप्त गर्नु भएको छ ।

यसैबीच, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३२ को मतगणना स्थलमा मत पत्रको अर्धकट्टी भेटिएपछि विवाद भएको छ ।

विवाद पछि उक्त वडाको मत गणना स्थगित भएको छ । उत्पन्न विवाद मिलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

Five more held for involvement in 88-kg gold smuggling scam

The Kathmandu Metropolitan Crime Division has arrested five more persons for their alleged involvement in the smuggling of 88 kilograms of gold.

A team of police personnel deployed from Division arrested Ganesh Dutta Badu of Karya Binayak Jewelries, Satya Narayan Agrawal of Rabi Shyam Trades, Shubha Ratna Shakya of Shakya Jewelries, Ullas Dinkar Salukhe of Siddhanath Jewelries and Nanda Kumar Margale of Pashupati Jewelries of the capital city.

Organizing a news conference today, Division Chief Dibesh Lohani said the police recovered Rs 1.08 million, 8,000 Indian currency and 1,100 US Dollars from Badu while Rs 1.3 million from Agrawal and Rs 14.2 million along with 1209 grams of gold from Shakya.

Police said that Salukhe and Margale were arrested for supporting the main culprits as their aides.

Lohani added that more people are involved in the smuggling of 88 kgs of gold and the case is under investigation.

Government to decide on Kathmandu-Terai Fast Track’s DPR soon

The government has said that it is giving its final decision on detailed project report (DPR) of Kathamndu- Terai/ Madhesh Fast Track, the development project of national pride, soon.

In a meeting of today of the Legislature-Parliament's Development Committee, Defence Minister Bhimsendas Pradhan and Minister for Physical Infrastructure and Transport Bir Bahadur Balayar gave their words that the matter regarding the fast track's DPR would be sorted out as soon as possible.

As the government said it had earlier formed a team under the convenorship of infrastructure expert Birendra Bahadur Deuja to study about the DPR and the team is about to wrap up the task.

The government on May 14 this year handed the responsibility of implementing the project to the Nepalese Army within the next four years.
In the meeting, Committee president Rabindra Adhikari said the government is hopeful of the timely completion of the project.

1,424 civil servants transferred under first round

The Ministry of General Administration has concluded the first phase of civil servants transfer process. Under this process, 1,424 civil servants have been transferred.

According to the Ministry 117 under secretaries, and 80 officers  have been transferred to Ministry of Local Development.

Others include 766 non-gazetted first class officers, and 461 non-gazetted second class officers. All the transferred bureaucrats have received transformation letters.

The Ministry is reportedly preparing to send additional civil servants to local levels if needed, he added.

बिदेश उड्ने हतारोले सभामुख घर्तीले संसदीय नियम मिचेर सात विधेयक पारित गरिन्

काठमाडौं ।

सभामुख ओनसरी घर्ती मगरले आफु विदेश भ्रमणमा जान हतारो भएपछि मंगलबार व्यवस्थापिका संसदमा संसदीय परम्परा र नियम समेत मिचेर एकै दिन सातवटा विधेयक पारित गरेकि छिन् ।

चीन भ्रमणमा जान हतारो भएपछि घर्तीले एक महिना मात्र बाँकी रहेको संसदबाट दुईपटक बैठक डाकेर विधेयक पारित गरेकी हुन् ।

विदेश भ्रमणमा जाने भएपछि सभामुखले संविधान दिवसकै दिन मंगलबार संसद् बैठक बोलाएकी थिइन् । सांसदहरूलाई बोल्न शून्य समय र विशेष समयसमेत नदिई सभामुखले सिधै कार्यसूचीमा प्रवेश गरी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएकी थिइन् ।

भदौ २३ गते कोरम नपुगेपछि रोकिएका थारू आयोग र मुस्लिम आयोग विधेयक मंगलबार पारित भएका छन् । सहकारी विधेयक, स्थानीय सरकार सञ्चालन विधेयक, शिक्षा ९नवौं० संशोधन विधेयक, मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको ९केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने० विधेयक अनि राष्ट्रपति र उपराष्ट्रपतिको पारि श्रमिक र सुविधासम्बन्धी विधेयक पारित भएका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पनि कानुन नहुँदा उनीहरूले काम गर्न सकेका थिएनन् । संसद्को विकास समितिको प्रतिवेदनसहित स्थानीय शासन विधेयक पारित भएपछि स्थानीय सरकारलाई काम गर्न सजिलो भएको समिति सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । ‘स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न र स्थानीय सरकार सञ्चालन गर्न यो कानुन महत्वपूर्ण छु, सभापति अधिकारीले भने । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कानुन अभावमा काम गर्न नपाएको गुनासो उनीहरूले गर्दै आएका थिए ।

संसद्को आयु सकिने बेला राष्ट्रपतिरउपराष्ट्रपतिको पारि श्रमिक र सेवासम्बन्धी विधेयक पारित भएको छ भने संघीयता कार्यान्वयनका लागि थारू र मुस्लिम आयोग विधेयक पनि पारित भएका छन् । लामो समयदेखि बहसमा रहेका सहकारी विधेयक र शिक्षा संशोधन विधेयक पनि पारित भएका हुन् ।

मुलुकी ऐन प्रतिस्थापन गर्ने देवानी संहितालाई पुनः विधायन समितिमा पठाउने निर्णय भए पनि त्यससँग जोडिएको केही नेपाल कानुनलाई संशोधन, एकीकरण र खारेज गर्ने विधेयक भने पारित भएको हो ।

सांसदहरूलाई संसद् सचिवालयका तर्फबाट खाजाको व्यवस्था गरी सभामुखले मंगलबार अबेरसम्म बैठक सञ्चालन गरेकी थिइन् । संसद्को आयुु झन्डै एक महिना मात्र बाँकी रहेका बेला दर्जनौं विधेयक अलपत्र पर्ने देखिएपछि उनले हतारमा विधेयक अघि बढाएकी हुन् । संसद्मा अझै ३० भन्दा बढी विधेयक थन्किएका छन् ।

सभामुख बुधबार चीन र असोज तेस्रो सातादेखि श्रीलंका भ्रमणमा जाँदै छिन् । उनी श्रीलंकापछि असोज २८ गतेदेखि अन्तरव्यवस्थापिका संघ ९आईपीयू०को बैठकमा भाग लिन रूस जाने सोचमा पनि रहेको संसद् सचिवालयले जनाएको छ । सभामुख चीनबाट यही असोज ८ गते फर्कने भएकाले अर्को बैठक ९ गते बोलाइएको छ ।

सभामुखले विदेश मोहका कारण आफूअनुकूल संसद् सञ्चालन गरेको भन्दै सांसदहरू असन्तुष्ट देखिएका छन् ।

मंगलबार संसद् बैठकमा बैठक सुरु भएको जनाउ घन्टी बजेको लामो समयसम्म पनि सभामुख ओनसरी घर्ती बैठकमा देखापरिनन् ।

केही समयपछि सभामुख बैठकमा देखापरे पनि सांसदहरूले बैठकको कार्यसूची पाएका थिएनन् । संसद्को नियमावलीले बैठकको एक दिनअगावै कार्यसूची वितरण हुनुपर्ने व्यवस्था गरेको छ ।

यसअघि सांसददेखि सञ्चारकर्मीको हातमा कार्यसूची पुगेपछि मात्र बैठक सञ्चालन गर्ने चलन थियो ।

सत्ताको दुरुपयोग । कांग्रसको दबाबमा निर्वाचन अधिकृत र डीएसपी अकस्मात हटाइयो

सिरहा ।

सत्ता सम्हालिरहेको नेपाली काँग्रेसले शक्तिको दुरुपयोग गर्दै मतगणना प्रभावित पार्ने उदेश्य सहित सिरहाको लहान नगरपालिकाको निर्वाचन अधिकृत नारायण थापा र मतगणना स्थलको सुरक्षाको जिम्मेदवारी सम्हालेका डिएसपी हिराबहादुर पाण्डेलाई अकस्मात हटाएको छ ।

आफुले भने अनुसार व्यवस्था नगरेपछि नेपाली काँग्रेसको दबाबमा उनीहरुलाई हटाएको बुझिएको छ । निर्वाचन अधिकृत थापाको ठाउँमा उपसचिव प्रेमप्रसाद लुइटेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ । डिएसपी पाण्डेको ठाउँमा भने अहिलेसम्म कसैलाई पठाएको छैन् ।

अहिले सुरक्षाको जिम्मेवारी इन्सपेक्टर खगेन्द्र खड्काले सम्हालेका छन् । हिजो र अस्तीको तुलनामा आज सुरक्षा अवस्था कडा पारिएको छ ।

लहान ५ को वडाध्यक्षमा नेकपा एमालेका सुलेमान अन्सारी निर्वाचित भएपछि नेपाली काँग्रेसले निर्वाचन अधिकृतको कार्यालयमा सो वडाको पुनः मतगणना गर्नुपर्ने भन्दै उजुरी हालेका थिए ।

केहीबेर उक्त वडाको मतपरिणाम सार्वजनिक गरिएन्।त्यसपछि एमाले कार्यकर्ताहरु आफ्ना प्रतिनिधिहरुलाई मतगणना स्थलबाट बाहिर गर्नुका साथै आयोग विरुद्ध प्रदर्शन गरेका थिए ।

जसका कारण मतगणना करिब २ घण्टा अवरुद्ध भयो।मतगणना अवरुद्ध भएपछि निर्वाचन आयोगले मतगणनामा त्रुटी भएको छैन् भने मतपरिणाम सार्वजनिक गर्न निर्वाचन अधिकृतको कार्यालय लहानलाई निर्देशन दियो।

सोही निर्देशन अनुसार मतपरिणाम सार्वजनिक गरेपछि काँग्रेस कार्यकर्ताहरु आन्दोलनमा उत्रेका थिए। काँग्रेसका नेता तथा कार्यकर्ताहरु निर्वाचन अधिकृत र डिएसपी पाण्डेलाई हटाउन माग गरेका थिए।

ताजा मतपरिणाम अनुसार लहानमा एमालेका मेयर उम्मेदवार साह २६९२ मत ल्याएर अग्रस्थानमा छन्। काँग्रेसका अचमितलाल चौधरी १८७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

अपराधि छुटाउन पत्र लेखेको भारतीय दूतावासलाई हस्तक्षेप नगर्न अदालतको आदेश, यि हुन् मतियारहरु !

काठमाडौं :

अवैध गतिविधिमा मुछिएका विदेशी अभियुक्तमाथिको स्वतन्त्र अनुसन्धान एवं छानबिनमा हस्तक्षेप नगर्न भक्तपुर जिल्ला अदालतले गृह र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासको गम्भीर ध्यानाकर्षण गराएको छ ।अवैध डलरसहित पक्राउ परी अदालतको अनुमतिले थुनामा रहेका एक भारतीय नागरिकमाथिको अनुसन्धानमा प्रभाव पार्ने गरी भारतीय दूतावासले पत्राचार गरेको भेटिएपछि अदालत ‘गम्भीर’ देखिएको हो ।

अदालतले चेतावनीको भाषामा ‘आइन्दा हस्तक्षेप हुने कुनै कार्य वा पत्राचार नगर्न’ सोमबारको पूर्ण फैसलामार्फत भनेको छ । अवैध तवरले विदेशी मुद्रा ओसारपसार तथा बिक्रीमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारत वृन्दावन, मथुराका सञ्जय मिश्रविरुद्ध दायर अभियोगपत्रको फैसलामा अदालतले चेतावनीयुक्त ध्यानाकर्षणसहित लेखी पठाउने आदेश दिएको हो ।

०७१ साल जेठ ३ गते भक्तपुरको जगाती चोकबाट पक्राउ परेका मिश्र दूतावासको पत्रका आधारमा राजस्व अनुसन्धान विभागले धरौटीमा छाडेपछि फरार छन् । ‘भारतीय नागरिकले धरौटी रकम फिर्ता गराइदिन भारतीय दूतावासमा दिएको निवेदनसहितको कागज परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्यार्थ प्राप्त भएको भनी मिति ०७१/५/९ च.नं. ८४ को गृह मन्त्रालयको पत्र मिसिल संलग्न देखिँदा प्रतिवादी पक्राउ परी अनुसन्धानकै क्रममा रहेकै अवस्थामा अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने गरी परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयको नाममा पत्राचार गरेको देखिँदा’, भक्तपुरका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सोमबार तयार गरेको पूर्ण फैसलामा लेखिएको छ, ‘आइन्दा अनुसन्धानकै क्रममा रहेको (सब जुडिस) विषयमा हस्तक्षेप हुने गरी कुनै कार्य वा पत्राचार नगर्नू, नगराउनू भनी परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयसमेतलाई जानकारीका लागि ध्यानाकर्षणसहित लेखी पठाउने ठहर्छ ।’

भक्तपुर अदालतका इजलास अधिकृत कमल महतले भारतीय दूतावासको विषयमा पनि फैसलाले बोलेको सुनाउँदै संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिकाको पक्षमा नौलो रहेको बताए । ‘इतिहासमै नयाँ खालको फैसला छ यो । स्वतन्त्र न्यायपालिकामाथि जुनसुकै खालको हस्तक्षेप अस्वीकार्य रहेको सन्देश पुग्नेछ’, इजलास अधिकृत महतले अन्नपूर्णसँग भने ।

भारतीय नागरिक मि श्र पक्राउ पर्दा उनको झोलाबाट ट्राभलर्स चेक, ७१ हजार ९४० अमेरिकी डलर र चिनियाँ युआन ५० हजार बरामद भएको थियो । सुरुमा विभागको अनुसन्धानपछि उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चलाएको थियो । कसैले कानुनबमोजिम घोषणा नगरी विदेशी मुद्रा बोके अवैध हुन्छ । सरकारी इजाजत नलिई विदेशी मुद्राको कारोबार कानुनतः बन्देज छ ।

धरौटी बुझाएपछि फरार ती अभियुक्तविरुद्ध ७५ लाख ४५ हजार नौ सय ७७ रुपैयाँ ८० पैसा बिगो कायम गरी सरकारी वकिलले तीन गुणा जरिवाना र धरौटी जफतको मागसहित मुद्दा दर्ता गरेको थियो । मि श्रले प्रहरी र विभागमा साविती बयानसमेत दिएका थिए । उनले आफू धर्मगुरुका सौ तुलसीनारायण भागवत पीठ, मथुराको अध्यक्षसमेत रहेको दाबी गर्र्दै मानसरोवर तीर्थाटनका लागि नेपाल आएको बताएका थिए । बरामद ७५ लाख ४५ हजार रुपैयाँसमेत अदालतमा पेस गरिएको छ।

पक्राउपछि अदालतबाट थुना अनुमति प्राप्त भई अनुसन्धानका क्रममा रहेको अवस्थामा भारतीय दूतावासले गृहसचिव र परराष्ट्र मन्त्रालयको प्रोटोकल प्रमुखलाई पत्र लेखी धरौटी रकम नै फिर्ता गरिदिन भनेको छ । सरकारी वकिलले दूतावासको उक्त पत्रसमेत सामेल गरी अभियोगपत्र अदालतमा पेस गरेको थियो । ११ अगस्ट २०१४ मा दूतावासले उक्त पत्र लेखेको थियो । उक्त पत्र परराष्ट्र, गृह, अर्थ मन्त्रालय, विभाग हुँदै अदालतसम्म पुगेको छ ।

मि श्रबाट निवेदन प्राप्त भएको उल्लेख गर्दै दूतावासको पत्रमा लेखिएको छ, ‘सोचविचार गरेर आवश्यक कदम लिइदिन सरोकारवाला सम्बन्धित अधिकारीलाई अनुरोध गरिन्छ । यो निवेदन (जाहेरी दरखास्त)लाई निस्क्रिय पारी त्यसपछिको कामकारबाहीका लागि दूतावासमा पठाइदिनु हुन ।’ दूतावासले गृह र परराष्ट्रलाई पठाएको पत्रमा ‘उक्त विषयलाई सहानुभूतिपूर्वक हेरिदिन’ लेखिएको छ । दुतावासले छानबिन क्रममा लिएको धरौटी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन पनि भनेको थियो ।

मि श्रलाई अभियोगपत्रसँगै अदालतमा पेस गर्नुपर्नेमा बयानमा पनि उपस्थित नगराई अनुसन्धानकै क्रममा धरौटीमा छाडिएको हो । त्यसपछि मात्र विभागले अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रमाण ऐन, २०३१ को दफा १८ अनुरूप बयानका लागि पक्राउ अभियुक्तलाई अनिवार्य अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ । विदेशी नागरिक धरौटीमा छुटेपछि आफ्नै देश फर्कने भएकाले अभियोग ठहर भए पनि पक्राउ गर्न सकिँदैन ।

विभागका तत्कालीन निर्देशक प्रेमबहादुर पाण्डेको निर्देशनअनुरूप मि श्रलाई धरौटी लिई ‘हाजिर जमानतमा’ छाडिएको थियो । धरौटी बुझाएपछि २०७१ साल जेठ ५ गतेदेखि मि श्र फरार छन् । मुद्दा दर्तापछि अदालतले मिश्रलाई बयानमा हाजिर गराउन पटक-पटक गृह र परराष्ट्रलाई ताकेता गरे पनि सम्भव भएन ।

अदालतले पनि दूतावासको पत्र नै संलग्न गरी यी अभियुक्तलाई हाजिर गराएर संविधानको पालना गर्न÷गराउन आदेशसहित गृह, परराष्ट्र र विभागमा पत्रसमेत पठाएको थियो । अन्ततः अभियुक्तको दण्डबापतको रकम विभागका निर्देशकबाटै असुल गर्ने निष्कर्षमा अदालत पुगेको छ ।

उक्त मुद्दामा अदालतले विभागका महानिर्देशक निर्मलहरि अधिकारी, निर्देशक जयबहादुर भण्डारी, अवकाशप्राप्त निर्देशक प्रेमबहादुर पाण्डे, परराष्ट्रका शिष्टाचार महापाल दीपक अधिकारी, अध्यागमन तथा सीमा प्रशासन शाखाका उपसचिव कृष्णप्रसाद ज्ञवालीसँग पनि बयान लिएको थियो । अदालतले मिश्रलाई सरकारी वकिलको मागअनुरूप बिगो रकमको तीन गुणा थप जरिवानाको सजाय तोक्दै ७५ लाख धरौटी रकमसमेत जफत हुने फैसला गरेको छ।

आरोपितलाई जबर्जस्ती धरौटीमा छाड्ने आदेश दिएर न्यायकर्ताको स्वविवेकीय अधिकारक्षेत्रभित्र प्रवेश गर्दै ‘न्यायको रोह’मा तोक्न सक्ने जरिवाना आफैं निर्धारण गरी अभियोग दाबी लिएको भन्दै विभागका तत्कालीन निर्देशक पाण्डेबाट अभियुक्तले तिर्नुपर्ने जरिवानाबापतको रकम सरकारी बाँकीसरह असुल गर्ने ठहरसमेत अदालतले गरेको छ । फैसलाबमोजिम पाण्डेसँग दुई करोड २६ लाख ३७ हजार ६ सय ३३ रुपैयाँ ४० पैसा सरकारी बाँकीसरह असुलउपर गर्नुपर्नेछ ।

ठूलो गल्ती परराष्ट्रकै हो : उपाध्याय

न्यायिक कारबाहीमा भारतीय दूतावासको हस्तक्षेपकारी भूमिकाबारे अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आपत्ति जनाएका छन् । ‘जुनसुकै अनुसन्धान र कामकारबाही होस्, दूतावासले यसरी पत्र लेख्नै मिल्दैन ।

यसरी दबाब र हस्तक्षेप हुनु गम्भीर कुरा हो । हाम्रो परराष्ट्र र गृहले सुरुमै यसरी लेख्न मिल्दैन भनेर दूतावासलाई मुखभरिको जवाफ दिनुपथ्र्यो’, उपाध्यायले भने, ‘यसमा ठूलो गल्ती परराष्ट्रकै हो । गृहलाई पठाउनुको साटो दूतावासलाई नै तिमीले भनेर केही हुँदैन भन्न सक्नुपथ्र्यो । यस्तो पत्र अदालतमा पठाउनै हुन्नथ्यो । त्यो पत्रले अर्काको सार्वभौम मुलुकको स्वतन्त्र न्यायप्रणालीमाथि हस्तक्षेप गराउने बाटो खोलेको थियो । राजस्व अनुसन्धान विभागको अर्को बद्मासी देखियो ।’

यम विरहीले अन्नपूर्णअनलाईनमा लेख्नुभएको समाचार साभार गरिएको हो ।

तपाइको हातमा कति वटा चक्र र शंख छ ? थाहा पाउनुहोस् आफ्नो भाग्य…

हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् । शास्त्रअनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् । समाजमा प्रतिष्ठित पनि बन्नेछन् ।

त्यस्तै हातमा शंख हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् । ५ वटै औलामा शंख भएकाहरु विदेश यात्रामा निस्कन्छन् भने ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास छ ।

८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।हातमा चक्र हुनेहरुलाई पनि भाग्यमानी मानिन्छ । १० वोटै औलामा चक्र भएकाहरुले संसार जित्ने शास्त्रमा उल्लेख छ । एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ

जौको चिन्ह – समुन्द्र शास्त्रका अनुसार जुन ब्यक्तिको हातको औंलामा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनीमानी र सुखी हुने बताइन्छ । यो चिन्ह हुने ब्यक्ति भाग्यमानी पनि हुने गर्छन् । समाजमा प्रतिष्ठिन हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ हुने हस्त रेखा विज्ञानको दावी छ ।

शंखको चिन्ह – अध्यात्मको दृष्टिले हातमा शंखको चिन्ह हुनु निक्कै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका ब्यक्ति बुद्धीमान हुने बताइन्छ । जुन ब्यक्तिको चार वटा औंलामा शंकको चिन्ह छ त्यस्ता ब्यक्तिले सरकारी उच्च पदस्थ पद प्राप्त गर्ने सम्भावना हुन्छ । ५ बटै औंलामा यस्तो चिन्ह छ भने विदेश यात्रा भैरहने हुन्छ । विदेशमा धन आर्जन पनि राम्रो हुने मानिन्छ ।

जुन ब्यक्तिको ६ वटा औंलामा यस्तो चिन्ह छ औंलामा छ भने यसले धर्मकर्ममा विश्वास हुने ब्यक्ति जनाउँछ । यिनीहरु अध्यात्मिक प्रवचनमा पनि तीक्ष्ण हुन्छन् । १० बटै औंलामा शंख हुने ब्यक्ति महात्मा हुन्छ भने ८ वटा शंख हुने सुखी र धनी हुन्छन् ।

चक्र – समुन्द्र शास्त्रमा हस्त रेखामा हातमा हुने चक्रको बारेमा पनि चर्चा गरिएको छ । जुन ब्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुन्छन् । १ मात्र औंलामा चक्र भएमा विद्वान हुन्छ । २ औंलामा चक्र छ भने सुन्दर हुने मानिन्छ । भने ३ औंलामा चक्र हुने ब्यक्ति सुखी हुन्छन् र यस्ता ब्यक्तिलाई भोग र विलाश मन पर्छ ।

सूर्य पर्वत –हातको अनामिका औंलाको (चाेरऔंला )फेँदमा सूर्य पर्वत हुन्छ । सूर्यको सम्बन्ध राजनीतिक र सरकारी उच्च क्षेत्रसँग मानिन्छ । सूर्य रेखा सफा छ भने यस्ता ब्यक्ति सरकारी उच्च पदमा पुग्छन् । त्यसमा त्रिभुज समेत छ भने उनीहरुको प्रभाव देशमा मात्र होइन विदेशमा समेत हुन्छ ।

शंख र चक्रको फल

शंख हामीले शंखको चिन्ह मुख्यतया तीन प्रकारका भेट्न सकिन्छ ।
जस्तैः-

१)बाँया तर्फ घुमेको शंख
२)दाँया तर्फ घुमेको शंख
३) मिश्रति प्रकारको शंख बाँया तर्फ घुमेको शंख जुन व्यक्तिको औलामा बाँया घुमेको शंख को चिन्ह छ, त्यस्ता व्यक्तिहरूदाई प्रायः विदेशयात्राको अवसर प्राप्त भई नै रहन्छ र आफ्नो मिहिनेतको बलले समाजमा प्रसिद्धि कमाउँछन् । जातकलाई आध्यात्मतर्फ बढी रुचि गराउनुका साथै धर्ममा आस्था र विश्वास रहन्छ । यस प्रकारको शंख महिलाको लागि पनि अत्यन्त शुभदायक र सौ भाग्यकारी मानिन्छ ।

दाँयातर्फ घुमेको शंख दाँया घुमेको शंख भएका व्यक्तिलाई भाग्यशाली, धनवान, ज्ञानी, प्रतिभाशाली र धमात्मा बनाउदछ । मिश्रति प्रकारको शंख दाँया र बाँया तर्फ घुमेको शंखको फल भन्दा लगभग उस्ता उस्तै मान्न सकिन्छ तर मिश्रति प्रकारको शंखको रचना दर्ुइ विभिन्न दिशातर्फ मोडिएको हुन्छ ।

अतः त्यस्तो फल एक स्वतन्त्र शंखको भन्दा भिन्दै प्रकारको हुन्छ । मिश्रति प्रकारको शंख भएका व्यक्तिहरूमा भौतिकता र लालसाको गुण उत्पन्न गराउँछ । यस कारण जातकले प्रत्येक काम पैसाको लालचामा गर्दछ । यसमा बुद्धिको तीव्रतापनि कम हुन्छ । जातकले उच्च स्तरीय गुणको अनुसरण नगरेर विचारद्वारा ग्रसित हुन्छ ।

शंखको औला अनुसार फलः-
१)बुढी औठामा बाँया घुमेको शंख भएमाः- जातकले आफ्नो जीवनकालमा धेरै हानी नोक्सानी र कठिनाईको सामना गर्नुपर्दछ, साथै भावि आउने वाला समस्या र कस्ट द्वारा निराश हुन्छ ।

खं)औठामा दाया घुमेको शंख छ भने :-यस्ता व्यक्तिहरू भाग्यशाली र धनी हुन्छन् ।
२ क)बायाँ घुमेको शंखको चिन्ह तर्जनी औलामा भएमाः-जातकले आफ्ना इस्ट मित्रबाट धन र मान सम्मानको हानि नोक्सानी बेहोर्नु पर्दछ । खर्)तर्जनी औलामा दाँया घुमेको शंख छ भने :-त्यस्ता व्यत्तिले सामान्य जीवन यापन गर्ने हुन्छन् ।

३)मध्यमा औलाको टुप्पोमा दाँया घुमेको शंख भएमाः- जातकलाई धन पैसाको कुनै कमि हुँदैन र जातक धार्मिक विचारको स्वामी हुन्छ ।
४)अनामिका औलामा दाँया घुमेको शंख भएः- यस्ता व्यक्तिको संचित धन पैसाको नस्ट हुन्छ ।

चार महिनापछि स्थानीय तहले कानुन पायो

काठमाडौँ । चुनिएको चार महिनापछि स्थानीय तहका जनप्रतिनिधिले दैनिक कार्यसञ्चालन गर्न पाउने कानुन पाएका छन् । स्थानीय सरकार गठन भए पनि अहिले दैनिक कार्यसञ्चालन मन्त्रालयको निर्देशिकाको भरमा चलेको छ । स्थानीय न्यायपालिका र विधायिकाले पनि आफ्नो काम सुरु गर्न सकेका थिएनन् ।
संसद््ले मङ्गलबार पारित गरेको स्थानीय तह सञ्चालनसम्वन्धि विधेयक प्रमाणीकरणसँगै यो कानुन कार्यान्वयनमा आउनेछ । विधेयक प्रमाणीकरण भएपछि जनप्रतिनिधिले भोगिरहेको अन्योलतसमेत हट्ने विश्वास गरिएको छ । स्थानीय तहभित्रका तीन संरचना पनि कानुनी रूपमा क्रियाशील हुनेछन् । स्थानीय तहको निर्वाचन अगावै कानुन बनिसक्नुपर्ने भए पनि सरकारले संसद््मा विधेयक पेस गर्न ढिला गरेको थियो ।
पारित विधेयकले हाल केन्द्रीय स्तर तथा जिल्ला स्तरबाट हुने धेरै अधिकार स्थानीय तहमा हस्तान्तरण गरेको छ । पहिलो पटक स्थानीय तहबाटै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम हुँदैछ । न्यायिक अधिकारलाई अधिकार सम्पन्न बनाएको छ भने स्थानीय तहका लागि आवश्यक कानुन आफ्नै सभाले तर्जुमा गर्ने पाउने अधिकार प्रदान गरिएको छ ।
प्रादेशिक कानुनको अधीनमा रही स्थानीय कर, सेवा शुल्क र दस्तुर तोक्ने अधिकार पनि स्थानीय तहमा हुनेछ । सम्पत्ति, घरबहाल, जग्गा रजिस्ट्रेसन, सवारीसाधन कर लगाउने अधिकार पनि स्थानीय तहलाई हुनेछ । भूमि कर, पर्यटनसम्बन्धी शुल्क निर्धारण र मनोरञ्जन कर लगाउने अधिकार पनि स्थानीय तहले पाएका छन् ।

स्थानीय तहका आयोजनाको छनोट र तर्जुमा सम्बन्धित गाउँ÷नगरका कार्यपालिकाबाटै हुनेछ । जग्गाधनी प्रमाणपत्र वितरण पनि स्थानीय तहबाटै हुने गरी विधेयकमा अधिकार दिइएको छ । भवनसंहिता निर्माण तथा लागू र नक्सा पास पनि स्थानीय तहबाटै हुनेछ ।
संवैधानिक व्यवस्थालाई निरन्तरता दिँदै गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सीमा निर्धारण गाउँ र नगरको कार्यपालिकाबाटै हुनेछ । तर, गाउँ तथा नगरको सीमा निर्धारण गर्दा अन्य जिल्लामा पर्ने गरी सीमा निर्धारण गर्न भने पाइने छैन । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्षअगावै सीमा हेरफेर गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web