काठमाडौं ।

प्रदेश नम्बर २ मा असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।

मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ ।

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार अपरान्ह ५ बजेसम्म २४९ वडाको मतपरिणाम प्राप्त भइसकेको छ ।

मतगणना छिटो सम्पन्न गर्न थप टोली गठन गरी गणना कार्य अघि बढाइरहेको आयोगले जनाएको छ ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मे्दवारको निधन भई स्थगित भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने छ ।

धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

धनुषाको हंसपुर नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३ हजार ३ सय २० मत प्राप्त गरी विजयी हनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रदिप यादवले ३ हजार २ सय २९ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी उपप्रमुखमा राजपाकै रेणुदेवी झा ३ हजार २ सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रामकुमारीले ३ हजार २७ मत प्राप्त गर्नुभएको छ ।

पर्साका १४ मध्ये कांग्रेसको ४ र एमालकोे ३ स्थानमा अग्रता

पर्सा जिल्लाको पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसले बहुदरामाई नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी र विन्दवासिनी गाउँपालिकामा अग्रता लिएको छ भने नेकपा एमालेले पर्सागढी, सखुवाप्रसौनी, पकहा मनैनपुरमा अग्रता कायम गरेको छ ।

त्यसैगरी माओवादी केन्द्रले ठोरी, छिपहरमाई गाउँपालिकामा अग्रता लिएको छ भने फोरम नेपालले पोखरिया नगरपालिका, जगरनाथपुर र धोविनी गाउँपालिकामा अग्रता लिएको छ ।

यता नेपाल जनता दलले पर्साको कालिकामाई गाउँपालिकामा अग्रता कायमै राखेको छ भने राजपाले २ नम्बर प्रदेशको १ मात्र महानगरपालिका वीरगञ्जमा अग्रता हासिल गरिरहेको छ ।

यसैबीच, पर्सा जिल्लाको प्राप्त पछिल्लो मत परिणाम अनुसार नगरपालिका तथा गाउँपालिकाका विभिन्न १४ वटा वडामा विभिन्न दलले जित हासिल गरेका छन् ।

घोषित परिणाम अनुसार संघीय समाजवादी फोरम, नेपाली काँंग्रेस, नेकपा एमालेले ३–३ वडामा विजयी हासिल गरेका छन भने राजपा नेपाल र माओवादी केन्द्र २–२ वटा र जनता दल १ वडामा विजयी भएका छन् ।

वीरगञ्जमा राजपाको अग्रता कायमै

प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय जनता पार्टीले अग्रता कायमै राखेको छ ।

राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले प्राप्त पछिल्लो मत परिणाम अनुसार १६८३ मत प्राप्त गर्नु भएको छ भने नेपाली काँग्रेसका मेयर उम्मेदवार अजयकुमार दिवेदीले १४७५ मत प्राप्त गरी सिंहलाई पछ्याई राख्नुभएको छ ।

उपमेयरमा राजपाकै रम्भा मिश्राले १ हजार ६ सय ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै, काँग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति कार्कीले १५६३ मत प्राप्त गर्नु भएको छ ।

यसैबीच, वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३२ को मतगणना स्थलमा मत पत्रको अर्धकट्टी भेटिएपछि विवाद भएको छ ।

विवाद पछि उक्त वडाको मत गणना स्थगित भएको छ । उत्पन्न विवाद मिलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

20.12¡ÆC