‘भ्रष्ट’ गोपाल खड्का पदच्युत भएपछि प्रेम प्रसाद आचार्य आयल निगमको कार्यकारी निर्देशक

अशोज ४, २०७४ मा प्रकाशित | 977 views

काठमाडौं ।

आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेमप्रसाद अचार्यलाई खटाएको छ ।

आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि मन्त्रालयका उपसचिव आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पठाउने निर्णय गरेको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलले अर्को व्यवस्था नभएसम्मका लागि निगमको कार्यकारी निर्देशकको रुपमा आचार्यलाई काम लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको बैठकले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेपछि मन्त्रिस्तरीय निर्णयबाट निगमको कार्यकारी निर्देशकमा आचार्यलाई नियुक्त गरिएको हो ।

चाडबाडको समयमा प्रमुख निकाय नेतृत्वविहीन हुँदा पेट्रोलियम आपूर्तिमा समस्या पर्न सक्ने भन्दै सरकारले नेपाल आयल निगमको प्रमुुखको जिम्मेवारी तोकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web