न्युयोर्क । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताए ।

नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उनले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया सन् २०१५ मा निर्वाचित संविधान सभामार्फत लोकतान्त्रिक र समावेशी संविधान जारी भएपछि टुंगिएको बताए ।

देशभित्रकै शक्तिहरुको नेतृत्वमा सम्पन्न यो अभियानमा समर्थन र समझदारी दर्शाउने अन्तर्राष्ट्रिय समुदायको पनि प्रधानमन्त्री देउवाले उच्च प्रशंसा गरे ।

बीस वर्षपछि स्थानीय तहको चुनाव सम्पन्न गरेपछि अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी प्रान्तीय र संघीय संसदको चुनावको तिथि घोषणा गरिएको उनले महासभालाई जानकारी गराए ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच मूलभूत सिद्धान्त ‘पञ्चशील’ नेपालको परराष्ट्र नीतिका मुख्य आधार रहेको उल्लेख गर्दै उनले भने– “हामी असंलग्नतामा विश्वास गर्छौं । स्वतन्त्र परराष्ट्र नीतिको अभ्यास गर्दा हामी भय वा झुकावरहित भएर हरेक अन्तर्राष्ट्रिय मुद्दामा निर्णय लिन्छौं ।”

उनले भने – “अल्पविकसित तथा अतिकम विकसित मुलुकहरुले भूमण्डलीकरणको प्रक्रियाबाट लाभ उठाउन सकेका छैनन् । ती मुलुकका लागि भरपर्दो र दिगो वित्तीय स्रोत, साझेदारिता र प्रविधि हस्तान्तरण जरुरी हुन्छ ।”

व्यापार गर्दाको लागत तट क्षेत्रीय मुलुकहरुका दाँजोमा अति कमविकसित मुलुकहरुको उच्च हुने भएकाले ती मुलुकको दिगो विकासका लागि बहु–ढाँचायुक्त यातायात पूर्वाधार र भूपरिवेष्ठित मुलुकहरुका लागि निर्वाध पारवहन अधिकार अपरिहार्य हुने धारणा राख्दै उनले भने,– “सन् २०३० सम्मको कार्यक्रमसहित हामी इस्तानबुल कार्ययोजना, भियना कार्ययोजना र अदिसअबाबा कार्यसूचीको पूर्ण कार्यान्वयनका लागि आह्वान गर्दछौं ।”

व्यापार, लगानी र प्रविधिका दृष्टिबाट विकासशील राष्ट्रहरुको साझेदारिताका सम्भाव्य सबै अवसरहरुको पूर्णतः उपयोग गर्न जरुरी भएको पनि उनले उल्लेख गरे ।

व्यापार र लगानीका यथेष्ट सम्भावनाका ढोका खोल्दै भारत र चीनसँगको भौगोलिक सामिप्यताले नेपाललाई ती छिमेकी मुलुकमा हुँदै गरेका अभूतपूर्व आर्थिक परिवर्तनहरुबाट लाभ लिने अपूर्व अवसर प्रदान गरेको सन्दर्भ उल्लेख गर्दै उउनले भने – “दिगो विकास लक्ष्यका आर्थिक, सामाजिक र वातावरणीय पक्षहरुलाई समेटेर बृहत्तर समृद्धि प्राप्ति र बाँडचुँडको अनिवार्यताकै सेरोफेरोमा नेपालका विकास प्राथमिकताहरु तय गरिने छन् ।” ।

राष्ट्रसंघ सुरक्षा परिषद्को सुधारको काम लामो समयदेखि थाती रहँदै आएको बताउँदै उनले विश्वव्यापी योजनाहरुलाई मूर्तरुप दिन विकासशील राष्ट्रहरुले खेल्दैआएको भूमिकालाई हेरेर यो संस्थामा भइआएको उनीहरुको न्यून प्रतिनिधित्वको सवाललाई सम्बोधन गरिनु पर्ने विचार प्रकट गरे ।

यस्तो सुधार संरचनामा समावेशी र प्रतिनिधिमूलक, प्रक्रियामा पारदर्शी र चुस्त र कार्यान्वयनमा जवाफदेही र प्रभावकारी हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

उनले राष्ट्र संघ महासचिवको सुधार प्रस्तावहरु अग्रगामी भएको बताउँदै भने,– “यसैहप्ताको शुरुतिर घोषणापत्र जारी गरे झैँ सदस्य राष्ट्रहरुले प्रष्ट समर्थन जनाइदिने काम भए त्यसले यो विश्व संस्थालाई उद्देश्य अनुरुपको उपयुक्त संस्था बनाउन मद्दत पु¥याउनेछ ।”

आफूले दुई दशकअघि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले यस अन्तरालमा थुप्रै चुनौतीका बीच गरिबी निवारण, विद्यालय भर्ना, लैंगिक समानता तथा सरुवा रोगसँगको लडाइँमा उल्लेखनीय सफलता हात लागेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघको महासचिवमा नियुक्त भएकामा एन्टोनियो गुटरेजलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले विश्व समुदायले जटिल र ध्रुवीकृत वातावरणमा आतंकवाद, जलवायु परिवर्तन, ऊर्जा संकट, खाद्य असुरक्षा, बसाइँसराइदेखि अतिवादसम्मका बहुपक्षीय संक्रमणकालीन चुनौतीहरुको सामना गर्नुपरेको उल्लेख गरे ।

उनले थपे, ‘‘जातीय तनाव र अन्तर–देशीय द्वन्द्वले लाखौं निर्दोष जनताको ज्यान लिएको छ । सिरिया, इराक, लिविया र यमनमा जनताका कष्ट घटेका छैनन् । यो परिदृश्यमा राष्ट्र संघको भूमिका र जिम्मेवारी बढेको छ ।”

आम विनाशकारी हतियारको दौडले विश्वलाई निरन्तर धम्क्याइरहेको भन्दै उनले निश्चित समयसीमाभित्र पूर्ण निःशस्त्रीकरण लागू गर्न आह्वान गरे ।

राष्ट्रसंघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहको अवज्ञा गर्दै आएकामा उत्तर कोरियाको आलोचना गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा परिषद्का सान्दर्भिक संकल्पलाई अंगीकार गर्न ऊ सँग आग्रह गरे ।

प्रधानमन्त्री देउवाले एक लाख ३० हजार शान्ति सैनिकलाई जोखिमपूर्ण क्षेत्रमा परिचालन गरिसकेको नेपालले यस पवित्र कार्यमा अतिरिक्त शान्ति सेना र थप जनशक्ति पठाउन तयार रहेको बताए ।

यौन शोषण तथा यौन दुव्र्यवहारको विषयमा शून्य सहनशीलताबाट अब पूर्णतः उन्मूलनकै अवस्था सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालको संविधानले सबै जनताका आकांक्षा समेटेको बताउँदै उनले यसमा दलित, मुस्लिम, मधेसी, आदिवासी र पिछडिएका समुदायका जनताको हक र हितको प्रवद्र्धन र संरक्षणका लागि शक्तिशाली आयोगहरुको व्यवस्था गरिएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले सम्पूर्ण परिस्थितिमा दिने मृत्युदण्डलाई वर्जित गरेको र ७ वटा मुख्य दस्तावेजसहित २४ अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजमा नेपाल पक्ष रहेका जानकारी दिँदै उनले भने,– “नेपालले इमान्दारितापूर्वक आफ्नो क्षमताअनुसार यससम्बन्धी अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्दैआएको छ । यसै पृष्ठभूमिमा सन् २०१८–२० का लागि नेपालले राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य पदमा उम्मेदवारी दिएको हो ।”

नेपाल यस परिषद्का लागि चुनिए उसले मानव अधिकारको क्षेत्रमा व्यक्त गर्दैआएको प्रतिवद्धता र गर्दैआएको योगदानको कदर हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप काम गर्न उत्प्रेरणा मिल्ने उनले बताए ।

जबर्जस्ती नागरिकलाई देश निकाला गर्नु मानवअधिकारविरुद्धको ठूलो अपराध भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जस्तोसुकै अवस्थामा पनि सुरक्षित तथा मर्यादित रुपमा स्वदेश फर्कने शरणार्थीको अधिकारलाई स्थापित गर्न जिम्मेवार र निर्णायक ढंगले काम गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरे ।

नेपालमा सन् २०१५ मा गएको भूकम्पको त्रासद अझै समाप्त भइनसकेको र पुनःनिर्माण कार्य जारी रहेको बताउँदै उनले पुनःनिर्माण कार्यका लागि प्राप्त उदार सहयोग प्रदान गरेकामा छिमेकी मुलुक, विकास साझेदार, अरु मित्रराष्ट्र र राष्ट्रसंघ परिवारप्रति आभार व्यक्त गरे ।

-(रासस)

काठमाडौं – सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।

क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’

रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो भएको चर्चा सिंहदरबारमा चल्ने गर्छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए ।

यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् । समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् ।

तर, मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् । ‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

काठमाडौं – सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।

क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् ।तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।

हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।

मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन्, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’

रेग्मीको प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग सम्बन्ध राम्रो भएको चर्चा सिंहदरबारमा चल्ने गर्छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा रेग्मीलाई अर्थसचिव बनाएका थिए ।

यस्तै, कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला निधिले रेग्मीलाई अर्थबाट गृहमा ल्याएका थिए भने अहिले माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा पनि गृहसचिव उनै छन् । समकालीनहरू उनलाई मन्त्रीको ‘एसम्यान’ भनेर टिप्पणी गर्छन् ।

तर, मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् । ‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

८ असोज, नुवाकोट । याउटेपन अथवा बच्चाको तौल न्यून भएर मृत्युबरण समेत गर्ने जोखिम अबस्थाको शिघ्र कुपोषण भएका बालबालिकाको सङ्ख्या तीन सय पाँच रहेको पाइएको छ । १५ सय ५६ जना बालबालिकामा मध्यम कुपोषण र ११ सय २ जना गर्भवती एंव सुत्केरी महिला कुपोषणको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले विभिन्न सामजिक सस्थाहरुसंगको सहकार्यमा तयार गरेको स्थलगत अध्ययनको आधारमा प्रयाप्त आहाराको कमी र विभिन्न रोगको सक्रमणको कारण शिघ्र कुपोषण भएको बालबालिकाको सङ्ख्या निकै धेरै देखिएको पाइएको हो ।
स्वास्थ्य कार्यालयसंग समन्वय गरी तथ्याङ्क संकलन एंव रोग पाइएका बिरामीहरुको उपचारमा सहयोग पु-याउदै आएको एसिएफ इन्टरनेशनलको अनुसार भूकम्पपछिको अहिलेसम्मको दुई वर्षको अवधिमा तीन सय पाँच जना पाइएकाले उनीहरु मध्ये जिल्लाको विभिन्न १२ स्थानमा उपलब्ध रहेको बहिरंग सेवा केन्द्र र अत्यन्त जोखिम अबस्थामा पुगेकाको जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।
जिल्लामा रहेका बाह्रै वटा स्थानीतहमा रहेका बालबालिकामा कुपोषणको अबस्था खोज, उद्धार र उपचारको लागी एक÷एक उपचार केन्द्र स्थापना गरिएको र केन्द्रमा उपचार हुन नसकेका बालबालिकको जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकको निगरानीमा राखेर उपचारको व्यवस्थाले केहीको अबस्था सामान्य हुदै आएको एसिएफका पोषण अधिकृत रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
जिल्लाको सबै बस्तीहरुमा पुगेर गरेको अध्ययनको आधारमा नुवाकोटमा जन्मेदेखि पाच वर्ष अर्थात ५९ महिनासम्मको बालबालिकाको सङ्ख्या करिब २६ हजार रहेको शिघ्र कुपोषण र मध्यम कुपोषण गरी १८ सय बालबालिका कुपोषणबाट ग्रस्त रहेको देखिएकाले उनीहरुको उपचार गरी स्वास्थ्य अबस्था सामान्य गराउने प्रयास भइरहेको एसिएफका पोषण अधिकृत श्रेष्ठले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार भूकम्प अघि छिटफुट मात्र देखिने गरेको कुपोषणको अबस्था एंव रोग भूकम्प पछि नुवाकोटमा निकै ठूलो सङ्ख्यामा बृद्धि भएको पाइएको छ ।
भूकम्पले खाद्यान्नको नष्ट गरेको कारण बालबालिकाले प्रयाप्त मात्रामा पोषण नपाएको अथवा भूकम्पपछिको अस्थायी आवासको कष्टपूर्ण बसाईमा अन्य रोगको सक्रमणको कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता नहुदाँ कुपोषण ग्रस्त बनेकाले भूकम्प पछि केही बालबालिकाको मृत्यु समेत भएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय नुवाकोटका पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिनुभएको छ ।
भूकम्प पछि बालबालिकामा देखिएको सक्रमण तथा उनीहरुको स्वास्थ्य अबस्था सुधारमा सामाजिक सस्थासंगको समन्वयनमा संकलन गरिएको तथ्याङको आधारमा रोगग्रस्त बालबालिकालाई निःशुल्क रुपमा उपचारको ब्यबस्था गरिएको पोषण विकास अधिकृत सिलवालले बताउनुभएको छ ।
जिल्लाको १२ स्थानमा रहेको बहिरंग केन्द्र र त्याहापनी उपचार हुन नसकेमा जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरी स्वास्थ्य अबस्था सुधार गराउन सहयोग पु¥याउदै आएको उहाँले बताउनुभयो ।
बालबालिकाले प्रयाप्त मात्रामा खान नपाएर मात्र नभई उनीहरुले खाने खाद्यान्नको सन्तुलन नमिलेर, ६ महिनासम्मको बालबालिकाले प्रयाप्त मात्रामा आमाको दुध खान नपाएमा, अन्य रोगले सक्रमण गरेमा पनि कुपोषण रोग लाग्ने भएकाले त्यसतर्फ अभिभावकहरु सचेत भएमा रोग लाग्नबाट बचाउन सकिने विज्ञहरुले सुझाब दिएका छन् ।
कुपोषण रोगको अबस्था जाँच गर्न सामान्य प्रकारणको फित्ता जाँच गरी थाहा पाउने र त्यसको लागी महिला स्वास्थ्य स्ंवंय सेविकाहरुलाई समेत प्रशिक्षण दिएर दक्ष बनाएकाले शंका लागेका बाललिकालाई जाँच गराउन एंव समयमै रोकथाम गर्न सकिने एसिएफका पोषण अधिकृत रमेश श्रेष्ठले बताउनुभयो ।
भूकम्प पछि पोषण सुधारको क्षेत्रमा काम गर्दै आएको एसिएफ सहित युनिसेफ लगायतका सस्थाबाट सञ्चालित कार्यक्रम पूरा भएको जनाएर बाँकी कार्यक्रमको जिम्मा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अमृत महर्जनका अनुसार सामाजिक सस्थाहरुले सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन जनशक्ति व्यबस्थापन लगायतमा स्वास्थ्य कार्यालय तयारी अबस्थामा रहेको छ ।

बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ जलविद्युत्को ड्यामनजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।

राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना ३ ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो ।

पाल्पा सिद्धबाबा मन्दिरबाट करिब ५०० मिटर उत्तर दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा कारमा सवार २ जनाको र ट्रकका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा ३ जना र ट्रकमा १ जना सवार थिए ।

बुटवल ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा विद्युत प्राधिकरणले खनेको खाल्डोमो जमेको पानीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

बाख्रा चराउन गएका ६ वर्षीय गोलु लोनिया र ५ वर्षीय गोबिन्द लोनियाको एक्कासी खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विद्युत सब स्टेशन निर्माणका लागि विद्युत प्राधिकरणले खाल्डो खनेको थियो ।

काभ्रे ।

काभ्रे जिल्लाको बनेपा न. पा. वडा नं. २ घिमिरे गाउँको पर्यटन र साँस्कृतिक विकासमा टेवा पुर्याउने उद्धेश्यले नमराज घिमिरे शिखरद्वारा सम्पादित पुस्तक ‘चिनारी’ को सिंचाइ मन्त्री संजय गौतमले आज विमोचन गर्नु भयो ।

सभासद कञ्चनचन्द्र वादे र साहित्यकार रमेश पौडेल शिखरद्वारा सम्पादित कृतिले त्यस क्षेत्रको भाषा, साहित्य संस्कृति र पर्यटनको चिनारी दिने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं ।

यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुुलनामा ८.१३ अंकले घटेर अन्तिम दिन १५३९.८१ अंकमा पुगेको छ ।

यो साता स्टकको कारोवार रकम पनि गत साताको भन्दा ५०.३४ प्रतिशतले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८हजार १सय ५२ कारोबारहरुबाट १ अर्ब ७९ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरका ६७ लाख १५ हजार चार सय ९० कित्ता शेयरहरु किनबेच भएका छन् ।

यो साता समूहगत परिसूचकतर्फ उत्पादनमूलक, व्यापार र अन्य समूह बाहेकका सबै समूहको कारेबार घटेको छ ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक, र कारोबार संख्याको आधारमा सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेका छन ।

न्यूयोर्क ।

भारत भ्रमणमा गएर समावेशिताका लागि जसरी पनि संविधान संशोधन गर्ने राजनीतिक अभिव्यक्ति दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूयोर्क पुगेर भने नेपालको संविधान विश्वमै अनुपम भएको बताएका छन् ।

संविधान रक्षक भएर भारत पुगेर बिरोध गरेका देउवाले दुई हप्तामै आफ्नै बोलिलाई आफैंले काट्दै नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताएका हुन् ।

संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने बताए ।

उनले सबैको सहभागितामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको बताउँदै यसै वर्ष संविधानअनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन लागेको जानकारी गराए ।

समारोहमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलगायत राष्ट्र संघ र विभिन्न देशका उच्च अधिकारी सहभागी थिए ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला कार्यक्रममा सहभागी थिए ।

यसैबीच, प्रधानमन्त्री देउवा र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आजै भएको भेटवार्तामा आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री देउवा र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडबीच भएको भेटवार्तामा सार्वजनिक सेवा प्रवाहमा इ–गभर्नेन्सले पुर्याउने सहयोग तथा सहयोग आदानप्रदान, जलवायु परिवर्तनका प्रकोपबाट जुध्ने, राष्ट्र संघजस्ता साझा मञ्चमा मिलेर अघि बढ्ने लगायत विषयमा पनि छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

काठमाडौं ।

२ नम्बर प्रदेशको सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत ५६ नगरपालिका र ५६ गाउँपालिका गरी कूल ११२ स्थानको मत परिणाम प्राप्त भएको छ ।

घोषित परिणाम अनुसार नेपाली काँग्रेस ३४ स्थानमा, नेकपा एमाले १३ स्थानमा, नेकपा माओवादी केन्द्र १९, संघिय समाजवादी फोरम २१, राष्ट्रिय जनता पाटी १९, लोकतान्त्रिक फोरम ३, जनता दल २, र नयाँ शक्ति पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेस २० नगरपालिका प्रमुख, १४ गाउँपालिकाको अध्यक्ष, संघीय समाजवादी फोरम ६ नगरपालिकाको प्रमुख र १५ गाउँपालिकाको अध्यक्ष, नेकपा माओवादी केन्द्र १२ नगरपालिका प्रमुख र ७ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

यसैगरी, राष्ट्रिय जनता पार्टी ९ नगरपालिका प्रमुख र १० गाउँपालिकाको अध्यक्षमा, नेकपा एमाले ७ नगरपालिका प्रमुख र ६ गाउँपालिकाको अध्यक्षमा, फोरम लोकतान्त्रिक १ नगरपालिका प्रमुख र २ गाउँपालिकाको अध्यक्षमा, नेपाली जनता दल १ नगरपालिका प्रमुख र १ गाउँपालिकाको अध्यक्षमा र नयाँ शक्ति पार्टी १ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी

पर्सा ।

पर्साको जिराभवानी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रित महतो २९५९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महादेव महताले २२८७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा पदमा पनि नेकपा एमालेका उषा थरुनी २५३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी रेखा चौधरीले २०३३ मत प्राप्त गर्नुभएको छ ।

रौतहटको राजपुर नगरपालिकामा काँग्रेस विजयी

रौतहट ।

रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महम्मद सकिल अख्तर ४३०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकै जकिरा खातुन ४२४७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

माधव नारायण नगरपालिकाको प्रमखुमा संघीय समाजवादी फोरम नेपालका वीरेन्द्र प्रसाद यादव ३३४८ मत ल्याई विजयी हुनुभएको छ भने उपप्रमुखमा माओवादी केन्द्रका सिमल कुमारी शाहले २९५४ मतले विजयी हुनुभएको छ ।

यसैगरी, गुजरा नगरपालिकामा राजपाका सन्तुलालत प्रसाद चौधरी ५०७८ मतका साथ प्रमुखमा र राजपाकै रोशन खातुन उपप्रमुखमा ३४४५ मतले विजयी हुनुभएको छ ।

गोलबजार नगरपालिका

सिरहाको गोलबजार नगरपालिका को मेयरमा माओबादी केन्द्रका देवनाथ शाह ६४४३ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्धन्दी नेकपा एमालेका श्याम कुमार श्रेष्ठले ५०८९ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा माओवादी केन्द्रकै रेश्मा कुमारी थापा (यशु) ६३४९ मत ले विजयी हुनुभएको छ भने उहाँको निकटम प्रतिद्धन्दी एमालेकी सुनिता देवी सिंहले ४९२५ मत प्राप्त गर्नुभएको छ ।

गोलबजार नगरपालिकाका १३ वटा वडा मध्ये ९ वडामा माओवादी केन्द्र २ वटा वडामा एमाले र १–१ वडामा काँग्रेस र संघीय समाजवादी फोरम नेपालले जित हात पारेका छन् ।

लक्ष्मीपुर पत्तारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामशल्लभ शाह ४००४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी काँग्रेसका चतुरानन्द ठाकुरले ३२४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३६४६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसकी अमरकला यादवले ३३७१ मत प्राप्त गर्नुभएको छ ।

६ वटा वडा मध्ये २ काँग्रेस, ३ फोरम र १ एमालेले जितेको छ ।

लहान नगरपालिकाको मेयरमा एमालेका मुनि साह सुडी ११३०७ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी काँग्रेसका अचमितलाल चौधरीले ९१३१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपमेयरमा एमालेकै सरियार कुमारी चौधरीले १११६८ मतका साथ विजय हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी काँग्रेसकै पुनम चौधरी जयसवालले ९९०६ मत प्राप्त गर्नुभएको छ ।

स्वर्णपुरमा फोरम नेपाल विजयी

बारा ।

संघीय समाजवादी फोरम नेपालले बाराको स्वर्णपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ ।

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव ३ हजार ६५ मत ल्याई विजयी हुुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राकेश यादवले २ हजार ६९० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा फोरमकै बबिता यादव ३ हजार ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मदिफन खातुनले १ हजार ९८७ मत प्राप्त गर्नुभएको छ ।

पोखरिया नगरपालिकामा जनता दल विजयी

पर्सा ।

पर्साको पोखरिया नगरपालिका प्रमुखमा नेपाली जनता दलका दीपनारायण रौनियार ३०२६ मत ल्याई विजयी हुनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका सल्मा खातुन २७०४ मत ल्याई विजयी हुनुभएको छ ।

पर्साको जगरनाथपुरमा माओवादी केन्द्र विजयी

पर्सा ।

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका जालिम मियाँ बिजयी हुनुभएको छ ।

उहाँले ३४०१ मत ल्याएर बिजयी हासिल गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमका कृष्णमोहन प्रसाद यादवले ३०३७ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा संघीय समाजवादी फोरमकी बिस्मिलाह खातुनले ३१४१ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्दीमा माओवादी केन्द्रकी मीरादेवी कुर्मीले २४५० मत प्राप्त गर्नुभयो ।

राजविराज नगरपालिकाको मतगणना स्थगित

सप्तरी ।

सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ ।

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरूले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उहाँले बताउनु भयो ।

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ ।

Vote counting in Rajbiraj Municipality of Saptari district has been postponed from last night.

Chief Returning Officer of Saptari Sharada Prasad Koirala said that the vote count was postponed after the political parties had disputing voices after the votes reported in the results were lower as compared to the votes cast.

Koirala said that the vote count was postponed until further notice.

Currently, the ballot boxes are kept under tight security inside the hall of District Sports Development Committee.

As many as 65 lawmakers have registered amendments over the 30 points of the three bills: 'Bill Related to Election of the President and the Vice-President-2074 BS and bill related to 'Disaster Risk Reduction and Management Bill-2074 BS'.

According to parliament source, ruling Nepali Congress, CPN (Maoist Centre) and main opposition CPN (UML) and other Tarai-centric parties have registered amendments on the bills.

Home Minister Janardan Sharma had on September 19 presented the bills in the Parliament.