प्रदेश नं २ । ११२ स्थान घोषणा हुँदा काँग्रेस पहिलो एमाले पाँचौं (सम्पूर्ण मतपरिणाम सहित)

अशोज ७, २०७४ मा प्रकाशित | 833 views

काठमाडौं ।

२ नम्बर प्रदेशको सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत ५६ नगरपालिका र ५६ गाउँपालिका गरी कूल ११२ स्थानको मत परिणाम प्राप्त भएको छ ।

घोषित परिणाम अनुसार नेपाली काँग्रेस ३४ स्थानमा, नेकपा एमाले १३ स्थानमा, नेकपा माओवादी केन्द्र १९, संघिय समाजवादी फोरम २१, राष्ट्रिय जनता पाटी १९, लोकतान्त्रिक फोरम ३, जनता दल २, र नयाँ शक्ति पार्टीले १ स्थानमा विजय हासिल गरेका छन् ।

पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेस २० नगरपालिका प्रमुख, १४ गाउँपालिकाको अध्यक्ष, संघीय समाजवादी फोरम ६ नगरपालिकाको प्रमुख र १५ गाउँपालिकाको अध्यक्ष, नेकपा माओवादी केन्द्र १२ नगरपालिका प्रमुख र ७ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

यसैगरी, राष्ट्रिय जनता पार्टी ९ नगरपालिका प्रमुख र १० गाउँपालिकाको अध्यक्षमा, नेकपा एमाले ७ नगरपालिका प्रमुख र ६ गाउँपालिकाको अध्यक्षमा, फोरम लोकतान्त्रिक १ नगरपालिका प्रमुख र २ गाउँपालिकाको अध्यक्षमा, नेपाली जनता दल १ नगरपालिका प्रमुख र १ गाउँपालिकाको अध्यक्षमा र नयाँ शक्ति पार्टी १ गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी

पर्सा ।

पर्साको जिराभवानी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका रामप्रित महतो २९५९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका महादेव महताले २२८७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपाध्यक्षमा पदमा पनि नेकपा एमालेका उषा थरुनी २५३८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी रेखा चौधरीले २०३३ मत प्राप्त गर्नुभएको छ ।

रौतहटको राजपुर नगरपालिकामा काँग्रेस विजयी

रौतहट ।

रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महम्मद सकिल अख्तर ४३०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपप्रमुखमा काँग्रेसकै जकिरा खातुन ४२४७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

माधव नारायण नगरपालिकाको प्रमखुमा संघीय समाजवादी फोरम नेपालका वीरेन्द्र प्रसाद यादव ३३४८ मत ल्याई विजयी हुनुभएको छ भने उपप्रमुखमा माओवादी केन्द्रका सिमल कुमारी शाहले २९५४ मतले विजयी हुनुभएको छ ।

यसैगरी, गुजरा नगरपालिकामा राजपाका सन्तुलालत प्रसाद चौधरी ५०७८ मतका साथ प्रमुखमा र राजपाकै रोशन खातुन उपप्रमुखमा ३४४५ मतले विजयी हुनुभएको छ ।

गोलबजार नगरपालिका

सिरहाको गोलबजार नगरपालिका को मेयरमा माओबादी केन्द्रका देवनाथ शाह ६४४३ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्धन्दी नेकपा एमालेका श्याम कुमार श्रेष्ठले ५०८९  मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा माओवादी केन्द्रकै रेश्मा कुमारी थापा (यशु) ६३४९ मत ले विजयी हुनुभएको छ भने उहाँको निकटम प्रतिद्धन्दी एमालेकी सुनिता देवी सिंहले ४९२५ मत प्राप्त गर्नुभएको छ ।

गोलबजार नगरपालिकाका १३ वटा वडा मध्ये ९ वडामा माओवादी केन्द्र २ वटा वडामा एमाले र १–१ वडामा काँग्रेस र संघीय समाजवादी फोरम नेपालले जित हात पारेका छन् ।

लक्ष्मीपुर पत्तारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामशल्लभ  शाह ४००४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी काँग्रेसका चतुरानन्द ठाकुरले ३२४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३६४६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसकी अमरकला यादवले ३३७१ मत प्राप्त गर्नुभएको छ ।

६ वटा वडा मध्ये २ काँग्रेस, ३ फोरम  र १ एमालेले जितेको छ ।

लहान नगरपालिकाको मेयरमा एमालेका मुनि साह सुडी ११३०७ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी काँग्रेसका अचमितलाल चौधरीले ९१३१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपमेयरमा एमालेकै सरियार कुमारी चौधरीले १११६८ मतका साथ विजय हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी काँग्रेसकै पुनम चौधरी जयसवालले ९९०६ मत प्राप्त गर्नुभएको छ ।

स्वर्णपुरमा फोरम नेपाल विजयी

बारा ।

संघीय समाजवादी फोरम नेपालले बाराको स्वर्णपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ ।

प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव ३ हजार ६५ मत ल्याई विजयी हुुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राकेश यादवले २ हजार ६९० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा फोरमकै बबिता यादव ३ हजार ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मदिफन खातुनले १ हजार ९८७ मत प्राप्त गर्नुभएको छ ।

पोखरिया नगरपालिकामा जनता दल विजयी

पर्सा ।

पर्साको पोखरिया नगरपालिका प्रमुखमा नेपाली जनता दलका दीपनारायण रौनियार ३०२६ मत ल्याई विजयी हुनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका सल्मा खातुन २७०४ मत ल्याई विजयी हुनुभएको छ  ।

पर्साको जगरनाथपुरमा माओवादी केन्द्र विजयी

पर्सा ।

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा  नेकपा माओवादी केन्द्रका जालिम मियाँ बिजयी हुनुभएको छ ।

उहाँले ३४०१ मत ल्याएर बिजयी हासिल गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरमका कृष्णमोहन प्रसाद यादवले ३०३७ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा संघीय समाजवादी फोरमकी बिस्मिलाह खातुनले ३१४१ मत प्राप्त गरी बिजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्दीमा माओवादी केन्द्रकी मीरादेवी कुर्मीले २४५० मत प्राप्त गर्नुभयो ।

राजविराज नगरपालिकाको मतगणना स्थगित

सप्तरी ।

सप्तरीको राजविराज नगरपालिकाको मतगणना गएरातिदेखि स्थगित भएको छ ।

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम भएको भन्दै दलहरूले विवाद उत्पन्न गरेपछि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सो विवाद उत्पन्नपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उहाँले बताउनु भयो ।

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा अहिले कडा सुरक्षाकाबीच मतपेटिका राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web