बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ जलविद्युत्को ड्यामनजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।

राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना ३ ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो ।

पाल्पा सिद्धबाबा मन्दिरबाट करिब ५०० मिटर उत्तर दोभानमा माथिबाट खसेको ढुंगे पहिरोमा कारमा सवार २ जनाको र ट्रकका चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक तिनाउ गाउँपालिका–४ का माधव राना, कारमा सवार गुल्मी रुरु गाउँपालिका काउलेका तीलकराम भण्डारी र बलेटक्सार–४ गुल्मीका यमलाल ज्ञवाली रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक राना र कारमा सवार भण्डारीको घटनास्थलमा र कारमा सवार अर्का ज्ञवालीको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा ३ जना र ट्रकमा १ जना सवार थिए ।

16.12¡ÆC