भरत दाहाल : राजनीतिक विश्लेषक -

इण्डियन भूमिका कमजोर पार्ने भूमिकाको समर्थन !

पश्चिमाहरूको हात बलियो पार्ने चालबाजिको विरोध !

स्वघोषित वामहरूको एकता र यसमा उपेन्द्र र हृदयेशको मोर्चाबन्दीलाइ षडयन्त्रकारि तत्वहरूले चस्नको प्रयासका रूपमा अपब्याख्या गर्न खोजेको देखिन्छ ।

यिनीहरूले आफूलाइ राष्ट्रवादी देखाउन चिनियाँ बुर्का ओढेर एन्टी इण्डियन सेन्टिमेन्ट देखाउने छन् भन्ने कुरामा मलाइ कुनै संका छैन तर यो हो यूरो अमेरिकन ध्रुविकरण ।

तराइको चुनावपछि इण्डयन दबदबा निकै कमजोर देखिन गएपछि यस्तो ध्रुविकरणको प्रयास भएको छ । राजपा बाहेक सबै मधेशीहरूलाइ पश्चमाहरूले किनि सकेका छन् । एमाले पश्चमा एनजिओहरूको सञ्जाल हो, बाबुरामको नाभि सिआइए ब्लकको रअ हो र पुष्पकमल पनि उतैको मिशनमा उठाइएका हुन्। यिनीहरूको निकटताको सूत्र यहि हो ।

इण्डियनहरूलाइ कमजोर बनाउन यिनीहरूले खेल्ने भूमिकालाइ विरोध गर्न आवश्यक देखिन्न । किनभने दलालहरूका बीचको झगडाबाट हुने फाइदालाइ उपयोग गर्नु पर्दछ । तर इण्डियनहरूलाइ देखाएर आफूलाइ राष्ट्रवादी देखाउने र विचारको महत्वलाइ मार्ने यिनीहरूको चालबाजिलाइ भने पर्दाफास गर्नु पर्दछ ।

देशभक्तहरूका लागि शिक्षाको अद्वितिय अवसर

साम्राज्यवादीहरूले इण्डियन, यूरोपीयन र अमेरिकन गुहु मुत एउटै ठाउँमा घोलेर नेपालमा राष्ट्रियता र देशभक्ति छैन भन्ने कुरा स्थापित गर्ने र नेपाली राष्ट्रिय मनोविज्ञानलाइ निर्णायक रूपमा ढाल्ने षडयन्त्रमा अघि बढाएका छन् ।

एमाले, एमाओवादी, बाबुराम, उपेन्द्र, हृदयेशका नाममा बनाइएको डम्पिङ साइट बाट फैलन सक्ने रोगको कुनै पनि मूल्यमा सामना गर्नुपर्छ । यो देशभक्तहरूका लागि शिक्षाको अद्वितिय अवसर हो । अब बाँकि बक्यौता भ्रमहरू फालेर एकजुट हुने अवसर सिर्जना भएको छ ।

शालिन पशु जगतलाइ सलाम

देशभक्तिको अभियान तुहिने छैन

भन्नलाइ यिनीहरूले भन्नेछन् परिस्थिति फेरियो, जिम्मेवारि बोध भयो, कांग्रेसले सबक सिकायो र पार्टी एकता गर्नुपर्ने ठाउँमा पुग्यौं। यिनीहरूले यो पनि भन्नेछन् कि राजनीतिमा स्थायी शत्रुता भन्ने कुरा हुँदैन ।

यिनीहरू कांग्रेसभन्दा राम्रा न हिंजो थिए, न भोलि हुनेछन् । कांग्रेससंगै मिलेर देश लुटे, खरबौंको सम्पत्ति जोडे र विदेशी दलालका रूपमा देशको अस्मिता बेचे। कांग्रेससंगै मिले २० हजार नेपाली मारे ।

हिंजोसम्म एक अर्काको नजरमा कोहि खस नश्लवादी, कोहि राष्ट्रिय एकता विरोधि, कोहि जातिवादी, कोहि राष्ट्रवादी, कोहि राष्ट्रघाति, कोहि राष्ट्रिय एकताका विरोधि, कोहि तेश्रो लिंगि र कोहि पहिचान विरोधि थिए ।

यिनीहरूमध्ये कोहि मधेश विरोधि, कोहि मधेशवादी, कोहि गैरमार्क्सवादी नयाँ शक्ति, कोहि रअका एजेन्ट, कोहि कांग्रेसका पुच्छर, कोहि दिल्लीका घोडा, कोहि छौंडा, कोहि भगौडा र कोहि मोदीका कौडा थिए ।

साम्राज्यवादीहरूले नेपालमा राजनीतिक मूल्य र देशभक्ति भएका मानिस छैनन् भन्ने कुरा स्थापित गरेर नेपालीहरूको राष्ट्रिय मनोविज्ञान र मौलिक चिन्तनलाइ समाप्त पार्न धेरै कसरत गर्दै आएका छन् ।

यसको पहिलो प्रयोगका रूपमा नयाँ जनवादको खोलमा तिनीहरूले हत्केलाको माओवादीलाइ आकाशमा पुर्याएर पातालमा भासे र वर्गिय आन्दोलन उठ्नै नसक्ने गरी अविश्वास पैदा गर्न सफल भए ।

दोश्रो चरणमा यिनै दलालहरू मार्फत साम्प्रदायिकताको जहर ओकलेर समाजमा घृणाको बिउ रोपे र अब एमाले, एमाओवादी, नयाँ शक्ति, राजपा, फोरम सबैको गोबर ग्याँस प्लान्ट बनाएर देशभक्तिपूर्ण विचारका विरूद्धमा उर्जा निकाल्न खोजेका छन् ।

आज विहानसम्म एक अर्का विरूद्ध फेसबुकका भित्ता दूर्गन्धित बनाउँदै आएका यिनका नन्दिभृंगिहरूले जयकारको आवाज बुलन्द गर्नेछन् । हृदयेश त्रिपाठिको दिल्लीवाद, उपेन्द्रको बहुराष्ट्रवाद, एमालेको एनजिओवाद, बाबुरामको गैरमार्क्सवाद, पुष्पकमलको मिशिनरिवादबाट अग्रगामि छलाङ घोषणा गर्नेछन् ।

चेसको प्यादालाइ खेलाडिको औंलाले धकेलिन्छ। चुनाव जित्नका लागि पाइखानालाइ बेडरूम बनाए पनि मेरो टाउको दुख्दैन तर नेपालको राजनीतिलाइ साम्राज्यवादी योजनामा डम्पिङ साइट बनाउने यिनीहरूको कुत्सित चालबाट न देशभक्तहरू हडबडाउने छन् न त नेपाललाइ यिनीहरूको पञ्जाबाट मुक्त गर्ने अभियान नै छोड्ने छन् ।

यिनीहरूको चरित्र हेर्दा मलाइ पशु जगत कता हो कता बढि शालिन र सभ्य लाग्यो ।

पशु जगत सृष्टिले प्रदत्त गरेका मूल्यहरूबाट चलेको छ । मान्छेको अनुहारका नेपालका कुप्राणिहरू भन्दा श्रेष्ठ साबित भएको पशु जगतलाइ मेरो सलाम छ !

काठमाडौ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको पार्टी एकता गर्ने छलफल चल्न नपाउँदै नेपालमा राजनीतिक अस्थिरता निम्त्याउँदै आएको ठानिएको भारतले यसमा असन्तुष्टिसँगै मेल हुन नदिन प्रयास थालेको चर्चा चल्न थालेको छ ।

दुई पार्टीको सहकार्यमा दक्षिणी छिमेकी भारतले असन्तुष्टी जनाएको छ भने उत्तरी छिमेकी चीनले खुसी व्यक्त गरेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच पार्टी एकता गर्न दुवै पार्टीका नेताहरु सम्मिलित सात सदस्यीय संयोजन समिति बनेपछि भारतीय अधिकारीहरुले आफूलाई गल्ती गरेको बताएको जानकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठकमा गराएका छन् ।

‘तपाईको स्वतन्त्र व्यक्तित्व बनिरहेको थियो,एमालेसँग पार्टी एकता गर्ने तयारी हामीलाई राम्रो लागेको छैन’ प्रचण्डले बैठकमा राखेको धारणा उघृत गर्दै एक बरिष्ठ नेताले अन्नपूर्णअनलाइनसँग भने ‘चिनियाहरु भने हाम्रो यो तयारीमा खुसी देखिन्छन ।’

चिनिया कम्युनिष्ट पार्टीका नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई पार्टी एकता गरेर अगाडि बढन सुझाव दिदै आएका थिए । एमाले र माओवादी केन्द्र वीचको एकता बाबुराम भटटराईलाई पनि सहभागी गराउने बारेमा छलफल भइरहेको पनि प्रचण्डले बैठकमा जानकारी गराएका छन् ।

संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ नेताद्धय माधवकुमार नेपाल,झलनाथ खनाल र बरिष्ठ उपाध्यक्ष बामदेव गौतम छन भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।

दशै विदामा एमाले र माओवादीका नेताहरु वीच भएको छलफलका आधारमा सात बुँदे समझदारी तयार गरिएको छ । सो समझदारीपत्रलाई अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई सोमबार जानकारी गराएका हुन ।

एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्तावलाई माओवादी केन्द्रका अधिकाँश नेताहरुले महान,ऐतिहासिकको संज्ञा दिदै राष्टिय स्वाधिनता र समाजवादी क्रान्तिको ढोका खोल्ने प्रस्ताव रहेको धारणा व्यक्त गरेका छन् भने मात्रिका यादव,गोपाल किराँती र मणि थापाले फरक मत राखेका छन् ।

उनीहरुले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव गलत भएको धारणा व्यक्त गरेका थिए ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुर्य चिन्हबाट चुनाव लडने,दुवै निर्वाचनमा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने प्रस्ताव दुवै पार्टीका नेताहरुले तयार पारेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न बोलाइएको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अधिकाँश नेताहरुले आफनो धारणा राखेका थिए ।

एमालेसँग पार्टी एकताको प्रस्तावपछि माओवादीका नेता तथा कार्यकर्ताहरुका वीचमा नेतृत्वसँगै एमालेमा प्रवेश गर्ने वा बिद्रोह गर्ने भन्नेमा बहस शुरु भएको छ । माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको बहस सामाजिक सञ्जालमा पनि छताछुल्ल पोखिन थालेको छ ।

भैरहवा ।

सत्ता साझेदा रहेको माओवादी केन्द्रले आसन्न निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने बताएपछि नेपाली काँग्रेस माओवादीलाई फकाउन थागिपरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी चुनावमा माओवादी केन्द्रसँग चुनावी तालमेल हुन सक्ने भन्दै यसको खुलाशा गरेका छन् ।

कांग्रेसको संगठन खस्किएको भन्दै उनले चुनावमा माओवादीसँग तालमेल गर्नु राजनितिक बाध्यता भएको समेत बताएका छन् ।

आगामी चुनावका लागि एमाले र माओवादी केन्द्रबीच तालमेलको प्रयास भइरहेका बेला कोइरालाले माओवादीसँग कांग्रेसको पनि वार्ता भइरहेको बताए ।

मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले अन्य दल भन्दा माओवादी केन्द्रसँग तालमेल हुनसक्ने बताए ।

उनले भने, ‘चुनावमा तालमेल नगर्ने हो भने विजयी हुन सक्नु पर्यो नभए तालमेल गरेर जानुपर्यो ।’
तालमेलका विषयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच आजै भेटवार्ता हुने उनले बताए ।

काठमाडौं ।

नेपालमाथि नाकाबन्दी लगाउने तथा चरम राजनीतिक हस्तक्षेप गर्न भुमिका खेलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउने भएका छन् ।

भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ ।

त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने तयारीमा छन् । मोदीको नेपाल भ्रमणको मिति टुंगो लगाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जुटेको बताइएको छ ।

प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईका अनुसार मोदी तेस्रोपटक नेपाल आउने निश्चित भइसकेको छ ।

मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । त्यसको तीन महिनापछि नेपालमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।

अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।

राजविराज ।

‘भूमिरक्षक’का रूपमा चिनिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजयलाई भारतीय प्रहरीले जालसाँजी गरि पक्राउ गर्दा समेत नेपाल सरकारले छुटाउन प्रक्रिया अघि नबढाएपछि यसको चर्को आलोचना हुन थालेको छ ।

सीमापारी दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा शनिबार राति सांस्कृतिक कार्यक्रममा गएका अजयलाई मादक पदार्थ सेवन गरी होहल्ला गरेको झुठो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको कुनौलीका एक व्यापारीले जानकारी दिए ।

दुर्गापूजाको मेला हेर्न कुनौली पुगेर नाचगान हेर्दै गरेका बेला केही भारतीय युवाले अजयलाई कुटपिट गरेको र त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको यादव परिवारले बताएको छ ।छोरा पक्राउ परेको खबर सुनेर खोजखबर गर्न गएका बाबु देवनारायणलाई समेत भारतीय प्रहरीले पक्राउ गरी भारत विहार राज्यको सुपौल जिल्लास्थित वीरपुर थानाको हिरासतमा राखिएको छ । उनीहरू दुबैलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिई हतकडी लगाएर राखेको छ । दशगजा क्षेत्रमा भएको झडपका बेला भारतको कुनौली थानाका इन्चार्ज रहेका विनोद यादवकै अगुवाइमा देवनारायण र उनका छोरालाई पक्राउ गरिएको यादव परिवारका सदस्यले बताए ।

त्यति बेलादेखि नै कुनौली थानाका इन्चार्ज विनोदले भाइ देवनारायणलाई निगरानीमा राखेको बताउँदै देवनारायणका दाजु असर्फी यादवले भने, ‘अहिले आएर अपहरणको झूटा मुद्दामा फसाउन खोजिएको छ ।’

भाइ देवनारायण र भतिजो अजयलाई वीरपुर थानामा हातखुट्टा बाँधेर राखिएको जानकारी दिँदै असर्फीले कुनौली थानाका इन्चार्ज विनोद यादवसँग पक्राउको कारणबारे सोध्दा ‘अदालतमा गएर बुझ्’ भन्दै हप्काएर पठाएको बताए । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले छोराको रिहाइका लागि सीमापार गएका यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण र उनका छोरा अजयलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । होहल्ला गरेको अभियोगमा पक्राउ परेका अजयविरुद्धपछि बुझ्दै जाँदा एफआईआर दर्ता रहेकोले उनलाई अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको भारतीय प्रहरीको कथन छ । अजय, उनका बुबा देवनारायणसहित चारजनाविरुद्ध मुद्दा दर्ता रहेको बताइएको छ ।

यादव गतवर्ष सप्तरीको तिलाठी र भारतको विहार राज्य सुपौलको कुनौली सीमास्थित दशगजा क्षेत्रमा पर्ने खाँडो नदीमा भारतीय पक्षले एकतर्फी रूपले बाँध बनाएको विरोधमा उत्रिएका थिए । सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गर्दै नेपालीको अगुवाइ गरेका यादवलाई भारतीय प्रहरीले निगरानीमा राख्दै आएको बताइन्छ । अहिले झूटो आरोपमा मुद्दा लगाएको तिलाठीवासीको दाबी छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मन्सुर मि श्राले पक्राउको विरोध गर्दै यादव बाबुछोराको रिहाइको पहल गर्न तिलाठीवासीले नेपाल सरकारसँंग माग गरेको बताए ।

उता देवनारायणका छोरा अजयले ६ महिनाअघि भारत कुनौलीकी ज्योति साहसँग भागेर प्रेमविवाह गरेपछि युवतीका माइती पक्षले अपहरण मुद्दाको उजुरी गरेकाले पक्राउ परेका यादव बाबुछोरालाई अनुसन्धानका लागि थुनामा राखेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासिन्दाले भने यसलाई भारतीय अतिक्रमणको विरोधको अगुवाई गर्दै आएका यादवलाई फसाउन खोजिएको षड्यन्त्रको रूपमा लिएका छन् ।

अपहृत भनिएकी ज्योति तिलाठी कोइलाडी गाउँपालिका १ का अजयसँग प्रेमविवाह गरी उनकै घरमा बसिरहेकी छन् । राजीखुशीले प्रेमविवाह गरेको बताएकी ज्योतिले आमाबुवाको चाहनाविपरीत प्रेमविवाह गरेकाले झूटो मुद्दा लगाएर ससुरा र श्रीमान्लाई फसाउन खोजेको बताइन् । उनले भनिन्, ‘म तत्कालै झूटा मुद्दा फिर्ता लिन सञ्चारकर्मीमार्फत आमाबुवालाई आग्रह गर्दछु । चोखो प्रेमका अगाडि भगवान पनि झुक्छन्, आमाबुवाले पनि ढिलो चाँडो बुझ्नेछन् ।’

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले देवनारायण र उनका छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको सम्बन्धमा सीमाक्षेत्रका अधिकारीहरूसँग कुरा गर्दा अपहरणमा संलग्नता रहेको र अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको भन्दै रिहाइका लागि आफ्नो स्तरबाट हरसम्भव पहल भइरहेको जानकारी दिए ।

यादवकै नेतृत्वमा गतवर्ष तिलाठीवासीले भारतीय अतिक्रमणको प्रतिकार गर्दै उनीहरूलाई एकतर्फी रूपमा बाँध बाँध्नबाट लखेटेका थिए । उक्त घटनापछि निकै चर्चामा आएका देवनारायणलाई भूमिरक्षक भन्दै प्रशंसा गरिएको थियो । नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रह बेवास्ता गर्दै दशगजा मिचेर नेपाली भूमि डुबानमा पर्ने गरी एकतर्फी रूपमा भारतीय पक्षले निर्माण गर्न थालेको बाँध ०७३ साउन १३ गते नेपालीले भत्काएपछि भारतीय पक्ष र नेपाली पक्षबीच झडप भएको थियो । झडपमा यादवसहित तिलाठीका हर्षवद्र्धन कर्ण, सञ्जीव झा, रोशन झा, सुशील यादव र शंकरप्रसाद यादवलगायत घाइते भएका थिए ।

गोकर्ण अधिकारी -

दुई बर्षअघि देखी म ओटेल कलिगं कार्ड प्रयोग गरेर नेपालमा फोन गर्दै आएको छु । यसको पुरानो मोबाइल ऐप्लिकेसन र नयाँ दुवै एप प्रयोग गरिनै राखेको छु ।

प्राय दुई महिनामा एकपटक रिचार्जकार्ड किन्ने गर्छु भने महत्वपूर्ण चाडबाडको समयमा महिनामा एउटा खर्च गर्नेगरेको छु ।

मैले यसको प्रयोग थालेको केही महिनामा अहिले यसको प्रयोगमा आएको समस्या जस्तै समस्यामा परेर त्यतिखेर ३२ मिनेट बाँकी रहँदा एप्स डिलिट गरें र फेरी नयाँ ऐप्स डाउनलोड गरेर नयाँ कार्ड किनें ।

भर्खर जापान आएको मैले कहाँ भन्ने कसरी लुटिएको सत्यता सुनाउने खास मेसो पाइन । मेरा केही सहकर्मी तथा साथीहरु समेत कामगर्ने यस्तै कलिंग कार्ड प्रयोग नगरि मैले सुरुमा यही प्रयोग गरेकाले आजको मितिसम्म यसलाई प्रयोग गरेको हुँ ।

गाउँमा परिवार र आफन्तलाई सँधै अनि शहरमा साथिभाईलाई समय समयमा यसबाट कल गर्ने गरेको छु ।

करिव तीन महिना अघि एकैदिन १२ मिनेटसम्म मेरो रिचार्ज ओटेलले लुटेको म सँग प्रमाण अझै सुरक्षित छ ।

मैले नुवाकोटमा दिदिलाई फोन गर्दा फिलिपिन्स हो वा थाई यस्तै के भाषामा अन्तै फोन जुध्न गएर हरेक पटक मेरो व्यालेन्स काटिएको थियो । सुरुमा यसलाई मैले आफैंले केही बिगारेंकी भनेर ओटेल प्रतिको विश्वासले मौन बसेको थिएं । तर लगातार कल गरिरहँदा समेत उस्तै आवाज आउँदै हरेक पटक कल गर्दा केही सेकेण्डको पनि एक मिनेट काटिंदै लुटिएको पिडा मैले आजसम्म लुकाएको थिएं ।

बडा दशैंको महत्वपूर्ण चाडमा समेत ओटेलबाट लुटिनु अनि पिडित हुनुपरेपछि बल्ल मैले अब यस्ता लुट कम्पनीबारे बोल्नु आवश्यक छ भन्ने लागेर केही लेख्ने जमर्को गरेको हुँ ।

दशैंको नवमीको दिन मैले नेपालमा वुवालाई फोन गरें । त्यस्तै मध्यरातको समयमा कामबाट फर्कने क्रममा । तर यसपटक समेत नवुझिने आवाज उताबाट केही सेकेण्ड एकपटक दुई सेकेण्ड र अर्को पटक पाँच सेकेण्ड आएपछि मैले काटें । सुरुमा ख्याल गरिन पछि सुन्दा दुवै पटक एक एक मिनेट काटिएछ । अर्थात् करिव २० येन ओटेलले म बाट लुटिसकेछ ।

फेरी पनि दशैंको बेलामा घरमा कुरा गर्ने लालसाले म मौन बसें र दशैंको टिकाको दिन राती फोन गरें । करिव १० बजेतिर फोन गर्दा फेरी उस्तै समस्याले नबुझिने महिलाको आवाजपछि फोन काटें । मैले फोन काटेपनि पैसा काट्न भने ओटेलले छाडेनछ । तर अचम्मको कुरा यसपटक भने यसअघि सँधै यती मिनेट मात्र बाँकी भनेर तोक्ने ओटेलले सेकेण्डपनि भन्यो म छक्क परें ।

राती म चीबामा आफन्तकोमा दशैं मनाउन गएको थिएं । दाजु भाउजु दुवैजनाले ओटेल चलाउनुहुँदो रहेछ । मेरोबाट नभएपछि भाउजुकोबाट फोन गर्न खोजें । तर उहाँकोमा पनि उस्तै समस्या देखायो १ सयबढी मिनेट बाँकी रहेको उहाँ हजार बढी येन ओटेलले खाइदिएको भन्दै त्यतिबेला सारै थक्क र निरास हुनुभएको थियो ।

यो बारेमा लेखिंरहँदा ओटेल कम्पनीमा फोन गरेर मैंले केही कुराकानी गरेको छु । जसमा ओटेल आवद्ध एक व्यक्तिले यसबारेमा क्षमा त मागेका छन् तर उनको आवाजमा क्षमा मागेको होइन तैंले गुनासो राखिस् तेरो पैसा आयो अरु तलाई के चाहियो ? भन्ने नेपाली अहमताको आभास बढी देखिन्थ्यो ।

म लुटिएं भनेर सबैले गुनासो गर्न कत्तिको सम्भव छ ? जो जतिले प्रयोग गरेका छन् आफ्नो रिचार्ज कार्ड उनिहरुकोमा नयाँ सफ्टवेर राखेपनि स्वतः अपडेट गर्न मिल्ने र पुरानै लगइन हुने व्यवस्था गर्न के सकिंदै नसकिने थियो र ?

दशौं हजार प्रयोगकर्ता रहेको भन्दै विज्ञापनमा दशौं हजार खर्चन सक्ने कम्पनिले आफ्नो प्राविधिक त्रुटीले ग्राहक ठगिंदा कम्तिमा सामाजिक सञ्जालमा विज्ञापन गरेर क्षमा माग्न सक्दैन थियो ?

ग्राहक बढाउन खर्च गर्न सक्ने, त्रुटी हुँदा सेवाग्राहीलाई सुविधा र क्षमा माग्न नम्रता र शालिनता नदेखाए कम्पनी बिदेशी होला वा लगानीकर्ता बिदेशी तर नेपाली ग्राहकसँग सम्पर्क गर्ने व्यक्तिको व्यवहार उहि नेपालको साहुजी पाराको भएपछि दर्जनौं विकल्प रहिरहँदा अब किन सँधै लुटिरहने ओटेल प्रयोग गर्ने हामीले ?

नेपालमा एनेसेलबाट लुटिएका नेपालीले के जापान आएपछि पनि ओटेलसँग सँधै गुनासो गरिरहनुपर्ने हो ? लुटिएको रकम फिर्ता पाउँ भन्दै उल्टै पैसा र समय खर्च गर्दै फेरी न्याय माग्न उसैकोमा विन्ति गरिरहनु पर्ने यो कस्तो सेवा र व्यापार हो ओटेल कम्पनीको ?

काठमाडौं ।

राष्टिय जनता पार्टी खोल्दै सह अध्यक्ष रहेका हृदयेश त्रिपाठी नेकपा एमालेको सुर्य चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् ।

नेकपा एमाले र त्रिपाठी नेतृत्वको तराई केन्द्रित नेताहरुको समुह स्वतन्त्र राजनीतिक समूहका बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ ।

स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, आज जारी विज्ञप्तिमा भनिएको छ, ।

तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ ।”

विज्ञप्तिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी नवलपरासी, विके गुप्ता कपिलवस्तु, पशुपतिदयाल मिश्र बाँके, ईश्वरदयाल मिश्र कपिलवस्तु र जगदीश शुक्ला बाँकेले हस्ताक्षर गर्नुभएको छ ।

दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई–मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका छन् ।

काठमाडौं ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र निर्वाचन आयोगल मंगलबारदेखि छाप्न सुरु गर्ने भएको छ ।

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनको मतपत्र छपाइको व्यवस्थापन गर्न निर्वाचन आयोगबाट जनशक्ति खटिइसकेको आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।

मतपत्रको छपाइ कडा सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमा हुनेछ । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभा सदस्य निर्वाचनका चुनाव चिह्न रहनेछन् ।

निर्वाचनका लागि मतदाताको संख्या यकिन भइनसके पनि समानुपातिक निर्वाचन प्रणालीका लागि हल्का रातो रङको झण्डै एक करोड ८० लाख मतपत्र छापिनेछ । आयोगले मतदाताको संख्या केही दिनभित्रै यकिन हुने जनाएको छ ।

समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशन भइसकेको छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दललाई आयोगले निर्वाचन चिह्न निर्धारण गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६–८६, प्रदेश नं ४ र ६ मा ८२–८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेशसभा सदस्य निर्वाचनमा सम्बन्धित प्रदेशमा राजनीतिक दलको सहभागितानुसार आयोगले सात प्रकारका मतपत्रको व्यवस्थापन गर्नेछ । समानुपातिकतर्फको मतपत्रको छपाइ आगामी कात्तिक ८ गतेभित्र पूरा हुनेछ । त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाइको काम शुरु गरिने आयोगको कार्यतालिका छ ।

स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले आगामी निर्वाचनमा मतदातालाई सहज हुने छरितो तथा मतदातामैत्री मतपत्रको ढाँचा तयार पारेर स्वीकृतसमेत गरिसकेको प्रवक्ता ढकालले जानकारी दिए । मतपत्रका लागि आयोगले ६०० टन कागजको व्यवस्थापनसमेत गरिसकेको जनाइएको छ ।

आगामी निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, तालीम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको छ । आयोग निर्वाचनसँग सम्बन्धित नियमावली र निर्देशिका तर्जुमाको अन्तिम तयारीमा जुटेको छ । आगामी निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलसँग घनीभूत रुपमा छलफल गर्ने कार्ययोजना छ । मंसिरमा हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक प्रणालीबाट २२९ जना चयन हुनुहुनेछ ।

सल्यान ।

सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित ज्यामिरेका अन्दाजी ३० नन्द यरीले आफ्नै बाबु ७७ वर्षिय कमारो यरीलाई दाउराको चिपर्ट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

आज दिउसो ३ बजेतिर बाबुले काम नगरेको भन्दै गाली गरेपछि रिसको झोकमा छोराले दाउराको चिरपर्टले बाबुलाई टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।

गम्भिर घाइते बाबुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी यरीको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले जनाएका छन् ।

हत्या आरोपि यरीलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत बहादुर विकले जानकारी दिनु भयो ।

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले नेकपा एमालेसँग पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक आसन्न निर्वाचनमा तालमेल र नेकपा एमालेसँग पार्टी एकताका विषयमा केन्द्रित रहेको थियो ।

बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

The Election Commission is to begin printing of necessary ballot papers from tomorrow for upcoming election to House of Representatives and State Assemblies slated for November 26 and December 7.

According to Commission spokesperson Nawaraj Dhakal, the commission has already been mobilized necessary man powers for the printing works.

The printing of ballot papers is taking place at Janak Educational Materials Centre, Sano Thimi Bhaktapur.

The office bearers meeting of CPN Maoist Centre has today discussed on possibility of party unity with CPN UML party.

The meeting held at Central party office Perish Danda, Kathmandu dwelt on the issues including party unification with UML and formation of electoral alliance, said party spokesperson Pampha Bhusal.

Leader Bhusal further said party chairman Pushpa Kamal Dahal Prachanda, leaders Narayan Kaji Shrestha and Ram Bahadur Thapa have been entrusted with the responsibility to take final decision on party unity and electoral alliance with UML party.