सल्यानमा दाउराको चिर्पट हानेर ७७ बर्षीय बाबुको हत्या

अशोज १६, २०७४ मा प्रकाशित | 2673 views

सल्यान ।

सल्यानमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा न ८ स्थित ज्यामिरेका अन्दाजी ३० नन्द यरीले आफ्नै बाबु ७७ वर्षिय कमारो यरीलाई दाउराको चिपर्ट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ  ।

आज दिउसो ३ बजेतिर बाबुले काम नगरेको भन्दै गाली गरेपछि रिसको झोकमा छोराले दाउराको चिरपर्टले बाबुलाई टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।

गम्भिर घाइते बाबुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी यरीको मानसिक सन्तुलन पनि ठिक नभएको स्थानीयले जनाएका छन् ।

हत्या आरोपि यरीलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत बहादुर विकले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web