सेवाग्राहीलाई सास्ती दिने नेपालमा ऐनसेल जापानमा ओटेल

अशोज १७, २०७४ मा प्रकाशित | 4422 views

गोकर्ण अधिकारी -

दुई बर्षअघि देखी म ओटेल कलिगं कार्ड प्रयोग गरेर नेपालमा फोन गर्दै आएको छु । यसको पुरानो मोबाइल ऐप्लिकेसन र नयाँ दुवै एप प्रयोग गरिनै राखेको छु ।

प्राय दुई महिनामा एकपटक रिचार्जकार्ड किन्ने गर्छु भने महत्वपूर्ण चाडबाडको समयमा महिनामा एउटा खर्च गर्नेगरेको छु ।

मैले यसको प्रयोग थालेको केही महिनामा अहिले यसको प्रयोगमा आएको समस्या जस्तै समस्यामा परेर त्यतिखेर ३२ मिनेट बाँकी रहँदा एप्स डिलिट गरें र फेरी नयाँ ऐप्स डाउनलोड गरेर नयाँ कार्ड किनें ।

भर्खर जापान आएको मैले कहाँ भन्ने कसरी लुटिएको सत्यता सुनाउने खास मेसो पाइन । मेरा केही सहकर्मी तथा साथीहरु समेत कामगर्ने यस्तै कलिंग कार्ड प्रयोग नगरि मैले सुरुमा यही प्रयोग गरेकाले आजको मितिसम्म यसलाई प्रयोग गरेको हुँ ।

गाउँमा परिवार र आफन्तलाई सँधै अनि शहरमा साथिभाईलाई समय समयमा यसबाट कल गर्ने गरेको छु ।

करिव तीन महिना अघि एकैदिन १२ मिनेटसम्म मेरो रिचार्ज ओटेलले लुटेको म सँग प्रमाण अझै सुरक्षित छ ।

मैले नुवाकोटमा दिदिलाई फोन गर्दा फिलिपिन्स हो वा थाई यस्तै के भाषामा अन्तै फोन जुध्न गएर हरेक पटक मेरो व्यालेन्स काटिएको थियो । सुरुमा यसलाई मैले आफैंले केही बिगारेंकी भनेर ओटेल प्रतिको विश्वासले मौन बसेको थिएं । तर लगातार कल गरिरहँदा समेत उस्तै आवाज आउँदै हरेक पटक कल गर्दा केही सेकेण्डको पनि एक मिनेट काटिंदै लुटिएको पिडा मैले आजसम्म लुकाएको थिएं ।

बडा दशैंको महत्वपूर्ण चाडमा समेत ओटेलबाट लुटिनु अनि पिडित हुनुपरेपछि बल्ल मैले अब यस्ता लुट कम्पनीबारे बोल्नु आवश्यक छ भन्ने लागेर केही लेख्ने जमर्को गरेको हुँ ।

दशैंको नवमीको दिन मैले नेपालमा वुवालाई फोन गरें । त्यस्तै मध्यरातको समयमा कामबाट फर्कने क्रममा । तर यसपटक समेत नवुझिने आवाज उताबाट केही सेकेण्ड एकपटक दुई सेकेण्ड र अर्को पटक पाँच सेकेण्ड आएपछि मैले काटें । सुरुमा ख्याल गरिन पछि सुन्दा दुवै पटक एक एक मिनेट काटिएछ । अर्थात् करिव २० येन ओटेलले म बाट लुटिसकेछ ।

फेरी पनि दशैंको बेलामा घरमा कुरा गर्ने लालसाले म मौन बसें र दशैंको टिकाको दिन राती फोन गरें । करिव १० बजेतिर फोन गर्दा फेरी उस्तै समस्याले नबुझिने महिलाको आवाजपछि फोन काटें । मैले फोन काटेपनि पैसा काट्न भने ओटेलले छाडेनछ । तर अचम्मको कुरा यसपटक भने यसअघि सँधै यती मिनेट मात्र बाँकी भनेर तोक्ने ओटेलले सेकेण्डपनि भन्यो म छक्क परें ।

राती म चीबामा आफन्तकोमा दशैं मनाउन गएको थिएं । दाजु भाउजु दुवैजनाले ओटेल चलाउनुहुँदो रहेछ । मेरोबाट नभएपछि भाउजुकोबाट फोन गर्न खोजें । तर उहाँकोमा पनि उस्तै समस्या देखायो १ सयबढी मिनेट बाँकी रहेको उहाँ हजार बढी येन ओटेलले खाइदिएको भन्दै त्यतिबेला सारै थक्क र निरास हुनुभएको थियो ।

यो बारेमा लेखिंरहँदा ओटेल कम्पनीमा फोन गरेर मैंले केही कुराकानी गरेको छु । जसमा ओटेल आवद्ध एक व्यक्तिले यसबारेमा क्षमा त मागेका छन् तर उनको आवाजमा क्षमा मागेको होइन तैंले गुनासो राखिस् तेरो पैसा आयो अरु तलाई के चाहियो ? भन्ने नेपाली अहमताको आभास बढी देखिन्थ्यो ।

म लुटिएं भनेर सबैले गुनासो गर्न कत्तिको सम्भव छ ? जो जतिले प्रयोग गरेका छन् आफ्नो रिचार्ज कार्ड उनिहरुकोमा नयाँ सफ्टवेर राखेपनि स्वतः अपडेट गर्न मिल्ने र पुरानै लगइन हुने व्यवस्था गर्न के सकिंदै नसकिने थियो र ?

दशौं हजार प्रयोगकर्ता रहेको भन्दै विज्ञापनमा दशौं हजार खर्चन सक्ने कम्पनिले आफ्नो प्राविधिक त्रुटीले ग्राहक ठगिंदा कम्तिमा सामाजिक सञ्जालमा विज्ञापन गरेर क्षमा माग्न सक्दैन थियो ?

ग्राहक बढाउन खर्च गर्न सक्ने, त्रुटी हुँदा सेवाग्राहीलाई सुविधा र क्षमा माग्न नम्रता र शालिनता नदेखाए कम्पनी बिदेशी होला वा लगानीकर्ता बिदेशी तर नेपाली ग्राहकसँग सम्पर्क गर्ने व्यक्तिको व्यवहार उहि नेपालको साहुजी पाराको भएपछि दर्जनौं विकल्प रहिरहँदा अब किन सँधै लुटिरहने ओटेल प्रयोग गर्ने हामीले ?

नेपालमा एनेसेलबाट लुटिएका नेपालीले के जापान आएपछि पनि ओटेलसँग सँधै गुनासो गरिरहनुपर्ने हो ? लुटिएको रकम फिर्ता पाउँ भन्दै उल्टै पैसा र समय खर्च गर्दै फेरी न्याय माग्न उसैकोमा विन्ति गरिरहनु पर्ने यो कस्तो सेवा र व्यापार हो ओटेल कम्पनीको ?

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web