संखुवासभामा काँग्रेसले चुनावी गतिविधि अगाडी बढायो

बाँदवारी ।

नेपाली काँग्रेसले खाँदवारी नगरपालिका र चैनपुर नगरपालिका घरदैलो चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

चैनपुर नगरपालिकाको वडा नं। ८ चापाभै र चैनपुर ११ लोहाकोटमा चुनावी कार्यक्रम सम्पन्न गर्ने क्रममा प्रदेश सभाका नेपाली काँग्रेसका उमेदवार दीपक लिम्बूले सम्बोधन गर्ने क्रममा संविधानलाई कार्यन्वयन गर्ने चरणमा मुलुक यतीखेर रहेको हुँदा काँग्रेसलाई विजय

गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा चुनाव प्रचार प्रसार समितिका संयोजक शंकरमान कँडेल, महासमिति सदस्य ज्ञानबहादुर कार्की, युवा नेता कुमारबाबु अधिकारी लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको नगर सभापति राजेन्द्र राउतले वताउनुभयो ।

यसै गरी चुनावी कार्यक्रमलाई संबोधन गर्ने क्रममा खाँदवारी नगरपालिका वडा नंंं ९ ढुंगा विसौनीमा भएको चुनावी सभालाई संबोधन गर्नुहुँदै पूर्व खानेपानी राज्य मत्री एवं प्रतिनिधि सभाका उमेदवार दीपक खड्काले आफू जोगमुनी किमाथांका सडक, अरुण तेस्रो आयोजना, लगायत जिल्लाका विकास निमार्णलाई मूर्त रुप दिन आफ्नो उमेदवारी रहेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा प्रदेश नं। १ संखुवासभा क्षेत्र नं। १ का उमेदवार टंकप्रसाद राई नेपाली काँग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, पूर्व पार्टी सभापति जनक थापा, महिला संघकी जिल्ला अध्यक्ष निरु वस्नेत लगायतका नेताहरुले कार्यक्रमलाई संबोधन गर्नुभएको कार्यक्रमको सभापति क्षेत्रीय सभापति निर्वाचन क्षेत्र नं। १ का उमेश चौहानको सभापतित्वमा भएको कार्यक्रममा ५० वढी जनताहरु अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

सुभेच्छुक संस्थाहरुले समेत लोकतन्त्रवादी उमेदवारहरुलाई सहयोग गर्ने

नेपाल शिक्षक संघ संखुवासभा जिल्ला कार्यसमितिको ऐतिहासिक बैठक थीरबहादुर राईको अध्यक्षतामा सदरमुकाम खाँदवारीमा सम्पन्न भएको छ ।

शिक्षक भेलालाई पार्टीका जिल्ला स्तरीय नेता तथा पार्टीका उमेदवारहरुले संबोधन गर्नुहुँदै प्रागिक वर्ग शिक्षहरु नै लोकतन्त्रका पहरेदार हुनेहुँदा आसन्न मंसिर १० गते हुने निर्वाचनमा काँग्रेसका उमेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो । बैठकले निर्वाचनका दुवै क्षेत्रमा स्थानीय तहका संगठन संरचनालाई पूर्णरुपले परिचालन गर्ने र निर्वाचनमा शिक्षकहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी प्रेस युनियन संखुवासभाले समेत जिल्ला कार्यसमितिको वैठकले काँग्रेसका ३ वटै उमेदवारहरु प्रदेश सभा र प्रतिनिधि सभाका उमेदवारहरुलाई विजयी गराउन संगठनका सम्पूर्ण सदस्यहरुलाई आ आफ्ना छापा र संचारमाध्यमहरुमा समाचार संप्रेशण गर्ने निर्णय भएको थियो । बैठकमा प्रेस युनियनको अगुवाइमा आगामी आसन्न प्रदेश सभा र संघिय संसदका उमेदवाहरुलाई विजयी गराउन लोकतन्त्र कोसेली प्रकासन गर्ने निर्णय गरिएको वैठकका सदस्य इन्द्रगरीले वताउनुभयो ।

विश्वकै धनी बने बेजोस, बिल गेट्स दोस्रोमा झरे

एजेन्सी ।

केही बर्षयता लगातार जसो विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा रहन सफल बिल गेट्सलाई उछिन्दै जेफ बेजोस विश्वकै धनी व्यक्ति बन्न सफल भएका छन् ।

विश्वकै सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।

विश्वकै धनीहरुको नाम सार्वजनिक गर्दै आएको फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड डलर पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति ९० अर्ब १० करोडमा सिमित हुन पुगेको छ । अर्थात् विल गेट्स भन्दा बेजोसको ५० करोड डलर बढी देखिएको छ ।

यद्यपि, गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन । गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । तर उनको त्यो ताज एक दिन पनि टिकेको थिएन । र, शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरेका थिए । जुलाई महिनामा बेजोसको सम्पत्ति अहिलेको भन्दा बढी ९० अर्ब ९० करोड पुगेको थियो ।

बजोस ६ महिनाअघि मात्र वारेन बफेटलाई पछि पार्दै विश्वका दोश्रो धनी व्यक्ति बनेका हुन् । त्यसअघि उनि तेस्रो नम्वरमा थिए ।

यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अबै डलरको बढोत्तरी भएको छ ।

सन् १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा परेका थिए । अमेजन कम्पनी सार्वजनिक कम्पनी बनेको एक वर्षपछि नै उनी अर्बपतिको सूचिमा परे र त्यतिबेला उनको सम्पत्ति १ अर्ब ६० करोड थियो ।

अमेजनले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकमा कम्पनीले खूद मुनाफा २५ करोड ६० लाख डलर गर्न सफल भएको छ ।

यो वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको राजश्व आम्दानी ३४ प्रतिशतले बढेर ४३ अर्ब ७० करोड पुगेको छ ।

त्रिशुलीमा यात्रुबस खस्दा ३० जनाको निधन, एकैपरिवारका ६ जना परे (फोटो फिचर)

धादिङ।

त्रिशुली नदिमा भएको बस्दा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए । मृतक मध्ये १२ जनाको सनाखत भएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदिमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुने मध्ये १२ जनाको सनाखत खुलेको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा रहेका छन् ।

त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला  बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर रहेको राउतले जानकारी दिए ।

दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।

एकै परिवारका ६ को मृत्यु, २ बेपत्ता

मृत्युभएका मध्ये अधिकाशं सप्तरी जिल्लाका छन् । जहाँ अहिले शोकले ढुबेको छ । दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरु दुर्घटनामा परेका छन् ।

आफन्तको मृत्यु भएको खवरसँगै ज्यान गुमाएकाहरुको टोलमा रुवावासी नै चलेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्तीमा शनिबार बिहानैदेखि रुवावासी छ । तिलाठीका पंडित रमानाथ झाको सिंगो परिवार नै धादिङ दुर्घटनामा परि ज्यान गुमाएका छन् । २ छोरा, बुहारी, २ नातिसहित उनको परिवारका ६ जनाको उक्त घटनामा मृत्यु भएको छ ।

रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको तिलाठीका वडाध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए । संजितका कान्छा छोरा प्रतिक बेपता छन् ।

यस्तै संजितका सालो बिटु झा ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । संजितकी साली पुजा अझै वेपता छिन् । संजित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहमा कार्यरत थिए ।

हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली

नरेश मुखिया – सप्तरी

शुसान चौधरी – सप्तरी

रमानन्द यादव – सप्तरी

संजित कुमार झा – सप्तरी

सिम्मी कुमारी झा – सप्तरी

आदित्य यादव – सप्तरी

ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया

राज कपुर यादब – सिरहा

पार्वती चौधारी – सप्तरी

चन्द्ररेखा प्रमणी – सप्तरी

मन्जित कुमार झा – सप्तरी

चन्द्रावती झा – सप्तरी

महोत्तरीका यादव संयुक्त राष्ट्रसंघको प्रतिष्ठित अवार्ड बिजेता

काठमाडौं ।

महोत्तरी जिल्ला घर भएका नेपाली नागरिक नवल यादवले प्रतिष्ठित सन् २०१७ को संयुक्त राष्ट्रसंघीय महासचिव अवार्ड प्राप्त गरेका छन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघको सचिवालयमा शुक्रबार आयोजित एक समारोहका बीच राष्ट्रसंघका उपमहासचिव एमिना जे मोहम्मदले यादवलाई सो अवार्ड प्रदान गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आफ्नो जिम्मेवारीभन्दा माथि उठेर योगदान पुर्‍याउने आफ्ना कर्मचारीलाई चार विधामा महासचिव अवार्ड प्रदान गर्ने गर्छ ।

महासचिवको सचिवालयले १२१ वटा मनोनयन प्राप्त गरेकोमा त्यसबाट प्रत्येक विधामा चार फाइनलिस्टहरुको छनोट गरेको थियो । यादवले ‘च्याम्पियन अफ द सस्टेनेबल डेभलपमेन्ट गोल्स विधामा परस्कार जितेका हुन् । नेपालमा सामुदायिक स्कुलहरुलाई सहयोग गरेकोमा यादवलाई सो पुरस्कार दिइएको बताइएको छ ।

महोत्तरी जिल्लाको तिमाकियामा जन्मेका यादव सन् २००३ को अप्रिलमा इन्टरनल अडिटरका रुपमा संयुक्त राष्ट्रसंघमा प्रवेश गरेका थिए ।यादव एक चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले २५ वर्षसम्म नेपालको सरकारी कर्मचारीका रुपमा काम गरेका थिए ।

यादवले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको स्थानमा सामुदायिक स्कुलहरुलाई सहयोग गरिरहेका छन् । आफ्नै पैसाबाट उनले विद्यालयको पूर्वाधारमा खर्च गर्दै आएका छन् ।

ऋण तिर्न नसकेपछि छोराको हत्या गरेर आत्महत्या

कैलाली ।

गरिविको मारमा परेर ऋण तिर्न नसकेपछि जिल्लामा एक पुरुषले नाबालक छोराको हत्या गरि आत्महत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशी झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् ।

पाँचतारे होटलमा सुरक्षाकर्मीलाई मतपत्र जोगाउने तालिम

काठमाडौं ।

निर्वाचन आयोगले लाखौं रुपैयाँ खर्चेर राजधानीको पाँचतारे होटेलमा चुनावमा मतपत्र जोगाउन सुरक्षाकर्मीलाई तालिम दिएको छ ।

मतपत्रको सुरक्षाबारे चारैवटा सुरक्षा निकायका अधिकारीलाई राखेर आयोगले तालिम आयोजना गरेको हो ।

राजधानीको होटल याक एण्ड यतीमा शुक्रबार विहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई तालिम आयोजना गरिएको हो ।

निर्वाचन स्थलमा मतपत्रको सुरक्षा कसरी गर्ने भनेर तालिम दिइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ‘चुनावमा बुथ कब्जा हुने, मतपत्र च्यातिने, लुटिने लगायतका सम्भावित घटना कसरी रोक्ने भनेर तालिम दिइने छ,’ प्रवक्ता ढकालको भनाई छ ।

निर्वाचनको सुरक्षाका लागि सरकाले तीन वटा सुरक्षा घेरा बनाएको छ । सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी र सबैभन्दा भित्री घेरामा नेपाल प्रहरीलाई खटाइने छ । त्यसका साथसाथै म्यादी प्रहरी र अनुसन्धान विभागको टोली पनि निर्वाचन व्यवस्थित र सूचना संकलनको लागि परिचालित हुनेछन् ।

बाबुरामको नयाँ शक्तिका नेता मदन राईले भोट फकाउन तरकारीको बिउ बाँडे

काठमाडौं ।

निर्वाचनको मुखमा पारेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेताले आफ्नो चुनावी क्षेत्रमा तरकारीको बिउ बाँडेका छन् ।

आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बनेका मदन राईले तरकारीको बीउ दिएर भोट माग्न सुरू गरेका हुन् ।

गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका छन् ।

तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन् । बीउ र घोषणापत्रसँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो ?’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ ।

झण्डै महिना दिनअघिदेखि चुनावी प्रचारमा लागेका राईले आचारसंहिताविपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन् ।

जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ । कृषि क्षेत्रको विज्ञ मानिएका राईले भने चुनावको संघारमै मतदातालाई प्रभावित पार्न तरकारीको बिउ बाँड्नुलाई जनतालाई आत्मनिर्भर बनाउन यसो गरेको जिकिर गरेका छन् ।

राईले वितरण गर्न लगाउनुभएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउको गेडा राखेका छन् ।

भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा छिरेका राईलाई जिल्लावासीले उति महत्वका साथ हेरेको पाईदैन भने बाम गठबन्धनबाट उम्मेद्धार बनेका एमालेका विशाल भट्टराई र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने ठानिएको छ । माओवादी र एमाले गठबन्धनका कारण बाम गठबन्धनका पक्षमा बढी मतदाता देखिएको पाइन्छ ।

नुवाकोट क्रिकेट संघमा पुन दुर्गाराज पाठक

बिदुर ।

नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेतृत्वसँगै यसअघि दुई समिति रहेको क्रिकेट संघ नुवाकोट एक भएको छ । समितिको उपाध्यक्षमा विनोद श्रेष्ठ, सचिवमा करण खतिवडा र कोषाध्यक्षमा पुनम श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा रामधन ढकाल, विमला भट्ट, राजेन्द्र पनेरु, सुरज सिलवाल, प्रज्वल सापकोटा, राजेश रिमाल, रोक्सनमान दुवाल, अनुजमान श्रेष्ठ, ओमप्रकाश श्रेष्ठ, विराटमानसिंह डंगोल र दीपेन्द्र प्याकुरेल चयन भएको निर्वाचन मण्डलका संयोजक देवराज कँडेलले जानकारी दिनुभयो ।

क्रिकेटको जिल्ला समितिमा सक्रिय रहनेमध्येको नुवाकोट क्रिकेट संघ उत्कृष्ट रहँदै आएको छ । काठमाडौँ उपत्यकापछि खेल र प्रतियोगिता सञ्चालन हुने जिल्लाका आधारमा नुवाकोट क्रिकेटको सक्रियता उत्कृष्ट रहेको छ ।

नुवाकोटमा उत्पादन भएका खेलाडी राष्ट्रियस्तरसम्म पहुँच जमाउन सकेपनि यहाँ खेल मैदानको अभाव भएकाले त्यसको समाधानका लागि दुई वर्षभित्र राष्ट्रियस्तरको मैदान निर्माण गर्ने नवनिर्वाचित अध्यक्ष पाठकले बताउनुभयो ।

एसियाली क्रिकेट संघको सहयोगमा नुवाकोटमा क्रिकेट खेल मैदान बनाउन आर्थिक र प्राविधिक सहयोगको प्रतिबद्धता मिलेको छ । मैदान निर्माणका लागि जग्गा अभावले ढिलाइ हुँदै आएको छ ।

ट्रम्पद्वारा अमेरिकामा संकटकाल घोषणा

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभर संकटकाल घोषणा गरेका छन् । तर यस्तो संकटकाल भने जनस्वास्थ्यको क्षेत्रमा घोषणा गरिएको हो ।

अमेरिकीहरुले दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई राष्ट्रिय लज्जाको संज्ञा दिंदै ट्रम्पले यस्ता औषधीको दुरुपयोगलाई रोक्न संकटकाल घोषणा गरेका हुन् ।

यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बिबिसिले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए ।

बिहीबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए ।

उनले भनेका छन्, अमेरिकी समाजको कुनै पनि त्यस्तो भाग बाँकी छैन, जहाँ नसालुऔषधीको प्रयोगले नसताएको होस्।

उनले भने, 'हामीले अरबौं अरब डलर खर्च गरेका छौं र अब धेरै पैसा हामी नसा नलगाउने खालको दुखाई कम गर्ने औषधी ल्याउनमा खर्च गर्नेछौं ।'

उनले यस्ता दुखाई कम गर्ने औषधीहरुको खपत विश्वका अन्य मुलुकका नागरिकले भन्दा अमेरिकीहरुले अत्यधिक गर्ने बताए।

अहिलेको घोषणाले जनस्वास्थ्यसम्बन्धी देखिएको संकटसँग जुध्नका लागि अनुदान रकम प्रयोग गर्न निर्देशित गर्छ।

संकटकालपछि कामचलाउ स्वास्थ्य मन्त्रीलाई निर्देशन दिनुका साथै स्वास्थ्यसम्बन्धी संघीय संस्थाहरुलाई पनि दुखाई कम गर्ने र अन्य नसालु औषधीहरुको प्रयोगबाट हुने मृत्यु कम गर्नका लागि आवश्यक उपायहरु अपनाउन निर्देशन दिन भनेका छन् ।

आलोचकहरुले भने ट्रम्पको घोषणा अनुसार थप आर्थिक कोषहरु अहिलेकै अवस्थामा प्रयोग गर्दा समस्या समाधान नहुने टिप्पणी गरेका छन् ।

पोल्ट्री तथा लाइभस्टक प्रदर्शनी १७ गते शुरु हुने

चितवन । पोल्ट्री व्यवसायको प्रवर्द्धनका लागि यही कात्तिक १७ गतेदेखि भरतपुरमा नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

नेपाल पोल्ट्री महासंघको आयोजनामा हुन लागेको मेलामा २ सयभन्दा बढी स्वदेशी र विदेशी व्यवसायी सहभागी हुनेछन् ।

मेलामा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, ह्याचरी उद्योग, बंगुरपालन उद्योग, मत्स्यपालन उद्योग र मासुजन्य उद्योगहरुको प्रदर्शनी रहने छ ।

महासंघका अध्यक्ष गुणचन्द्र विष्टले अन्तराष्ट्रिय स्तरको पोल्ट्री तथा लाइभस्टकजन्य उत्पादनका प्रविधि भित्र्याउन मेला सहयोगी हुने बताउनुुभयो । मेला ३ दिनसम्म चल्नेछ ।

एशियाकप क्रिकेटको लागि नेपाली टोली बंगलादेश जाने

काठमाडौं । आउँदो महिना मलेशियामा हुने एशिया कप अण्डर १९ क्रिकेट प्रतियोगिताको अभ्यासका लागि नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

गत महिना सम्पन्न पूर्वीय क्षेत्रको विजेता बन्दै नेपाल एशिया कपका लागि छनोट भएको थियो ।

बंगलादेशमा रहँदा नेपालले त्यहाँको युवा टोलीसँग ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्टबाट ३ महिनामा ५० करोडको सिमेन्ट बिक्री

उदयपुर । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले ३ महिनाभित्र  ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ ।

साउनको पहिलो हप्तादेखि हालसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको र यो अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो ।

उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ८२९ रहेको छ । उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web