संखुवासभामा काँग्रेसले चुनावी गतिविधि अगाडी बढायो

कार्तिक ११, २०७४ मा प्रकाशित | 644 views

बाँदवारी ।

नेपाली काँग्रेसले खाँदवारी नगरपालिका र चैनपुर नगरपालिका घरदैलो चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

चैनपुर नगरपालिकाको वडा नं। ८ चापाभै र चैनपुर ११ लोहाकोटमा चुनावी कार्यक्रम सम्पन्न गर्ने क्रममा प्रदेश सभाका नेपाली काँग्रेसका उमेदवार दीपक लिम्बूले सम्बोधन गर्ने क्रममा संविधानलाई कार्यन्वयन गर्ने चरणमा मुलुक यतीखेर रहेको हुँदा काँग्रेसलाई विजय

गराउन मतदाताहरुलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा चुनाव प्रचार प्रसार समितिका संयोजक शंकरमान कँडेल, महासमिति सदस्य ज्ञानबहादुर कार्की, युवा नेता कुमारबाबु अधिकारी लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको नगर सभापति राजेन्द्र राउतले वताउनुभयो ।

यसै गरी चुनावी कार्यक्रमलाई संबोधन गर्ने क्रममा खाँदवारी नगरपालिका वडा नंंं ९ ढुंगा विसौनीमा भएको चुनावी सभालाई संबोधन गर्नुहुँदै पूर्व खानेपानी राज्य मत्री एवं प्रतिनिधि सभाका उमेदवार दीपक खड्काले आफू जोगमुनी किमाथांका सडक, अरुण तेस्रो आयोजना, लगायत जिल्लाका विकास निमार्णलाई मूर्त रुप दिन आफ्नो उमेदवारी रहेको धारणा राख्नुभयो ।

सो कार्यक्रममा प्रदेश नं। १ संखुवासभा क्षेत्र नं। १ का उमेदवार टंकप्रसाद राई नेपाली काँग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, पूर्व पार्टी सभापति जनक थापा, महिला संघकी जिल्ला अध्यक्ष निरु वस्नेत लगायतका नेताहरुले कार्यक्रमलाई संबोधन गर्नुभएको कार्यक्रमको सभापति क्षेत्रीय सभापति निर्वाचन क्षेत्र नं। १ का उमेश चौहानको सभापतित्वमा भएको कार्यक्रममा ५० वढी जनताहरु अन्य पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

सुभेच्छुक संस्थाहरुले समेत लोकतन्त्रवादी उमेदवारहरुलाई सहयोग गर्ने

नेपाल शिक्षक संघ संखुवासभा जिल्ला कार्यसमितिको ऐतिहासिक बैठक थीरबहादुर राईको अध्यक्षतामा सदरमुकाम खाँदवारीमा सम्पन्न भएको छ ।

शिक्षक भेलालाई पार्टीका जिल्ला स्तरीय नेता तथा पार्टीका उमेदवारहरुले संबोधन गर्नुहुँदै प्रागिक वर्ग शिक्षहरु नै लोकतन्त्रका पहरेदार हुनेहुँदा आसन्न मंसिर १० गते हुने निर्वाचनमा काँग्रेसका उमेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो । बैठकले निर्वाचनका दुवै क्षेत्रमा स्थानीय तहका संगठन संरचनालाई पूर्णरुपले परिचालन गर्ने र निर्वाचनमा शिक्षकहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी प्रेस युनियन संखुवासभाले समेत जिल्ला कार्यसमितिको वैठकले काँग्रेसका ३ वटै उमेदवारहरु प्रदेश सभा र प्रतिनिधि सभाका उमेदवारहरुलाई विजयी गराउन संगठनका सम्पूर्ण सदस्यहरुलाई आ आफ्ना छापा र संचारमाध्यमहरुमा समाचार संप्रेशण गर्ने निर्णय भएको थियो । बैठकमा प्रेस युनियनको अगुवाइमा आगामी आसन्न प्रदेश सभा र संघिय संसदका उमेदवाहरुलाई विजयी गराउन लोकतन्त्र कोसेली प्रकासन गर्ने निर्णय गरिएको वैठकका सदस्य इन्द्रगरीले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web