काठमाडौं । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबल प्रतियोगिता कात्तिक २८ गतेदेखि लगनखेलस्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजना हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान गरी ४ राष्ट्रको सहभागिता रहने आयोजक नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघद्वारा काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कालिकोटबाट शाही मुख्य मन्त्री, बुढा राष्ट्रिय सभामा सदस्य बनाउने प्रचण्डको आश्वासन

कालिकोट ।

आगामी निर्वाचनका लागी कार्ययोजना तयारीका लागी माओबादी केन्द्र कालिकोटको जिल्ला कमिट बैठक बिहिरबार सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

एमाले संग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको माओबादी केन्द्र कालिकोटको बैटकले गठबन्धनका बिषयमा चासोका साथ समिक्षा गर्दै निर्वाचन तयारी उपसमितिहरु गठन गरेको छ । बैठकले पार्टी पोलियट ब्युरो सदस्य धनजित शाहीको संयोजक रहेको एक निर्वाचन परिचालन समिति गठन गरेको माओबादी स्रोतले जनाएको छ ।

शाहीलाई मुख्य मन्त्रि र बुढालाई राष्ट्रिय सभामा सदस्य बनाउने प्रचण्डको आश्वासन पछि कुरा मिल्यो

टिकट बाडफाडमा चिसिएका नेताहरुका मनहरु बिस्तारै एक ठाउँमा आउन थालेका छन । बाम गठबन्धनमा निर्वाचन मनोन्वयनको अन्तिम दिन कार्तिक ५ गते सम्म केही ठाउँमा उमेदार र निर्वाचन क्षेत्र बाडफाडको टुँगो लाग्न नसके पछि पार्टी केन्द्रले जिल्लाको सिफारिस भन्दा केही तलमाथि पारेर टिकट बितरण गरेको थियो ।

त्यस पछि चिसिएका नेताहरुका मन बिस्तारै निर्वाचन मनोन्वयन दर्ता संगै एक ठाउँमा आउन थालेका हुन । माओबादी केन्द्र कालिकोटमा पनि यो बिवाद सामाजिक संन्जालमै बाहीर आयो ।

जिल्ला कमिटिको उमेदार छनोटका लागी बसेको बैठकले संघमा जिल्ला अध्यक्ष दुर्ग बहादुर रावत र महेन्द्र शाही र लक्ष्मि चौलागाईको नाम सिफारिस गरेको थियो भने जिल्ला इन्चाज जिवन बुढा लगाएत केही नेताहरुलाई प्रदेसमा सिफारिस गरेको भए पनि पार्टी केन्द्रले केन्द्रिय प्रतिनिधि सभाका लागी सिफारिस गरिएका दुर्ग बहादुर रावत लाई संघको प्रतिनिधिसभामा र बिना बिभागीय मन्त्रि शाही लाइ प्रदेसको उमेदार बनाए पछि रुष्ट बनेका जिल्ला इन्चार्ज बुढालाई बिना बिभागीय मन्त्रि शाही लाई प्रदेसको मुख्य मन्त्रि बनाउनु पर्ने भएकाले महेन्द्र शाहीलाई प्रदेसमा झार्दा टिकट फुत्किएको र आफुलाई राष्ट्रिय सभामा सदस्य बनाउने आश्वासन दिएको जिल्ला इन्चार्ज बुढाले बताएका छन ।नेताहरुले बैठकलाई सम्बोधन गर्दै अब गठबन्धनमा आबद्ध दलहरुका नेता बिचबढेको तिक्तताले फाईदा हुन्छ मख्खपरेका बिपक्षिा दललाईचुनौ,ति दिनपनि आफुहरु एक ठाउँमा आएर फिल्डमा जान लागेको नेताहरुले बताएका छन ।

मुख्य मन्त्रि नबन्ने अबस्था आए प्र्रदेस संसद भएर नबस्ने बिना बिभागिय मन्त्रि शाहीको घोषणा

पुर्व उर्जा तथा बिना बिभागीय मन्त्रि महेन्द्र बहादुर शाहीले आफु पार्टी केन्द्रको सल्हामा नै प्रदेस सभामा निर्वाचन लड्न आएको र सल्हा अनुसार प्रदेस मुख्य मन्त्रि बन्ने परिस्थिती नआए आफु राजिनामा दिएर पुन निर्वाचनको बाटो खुल्ला गरि दिने प्रतिबद्धता जनाएका छन ।

जिल्ला बाट एक नम्बरमा सिफारस भएका जिल्ल इन्चार्ज जिवन बुढालाई उछिनेर प्रदेशसभाका लागी टिकट पाएका शाहीले आफुलाई पार्टी अध्यक्ष प्रचण्डले प्रदेश मुख्य मन्त्रि बन्ने गरि प्रदेसमा निर्वाचन लड्न गरेको अनुरोधका आधारमा आफु निर्वाचन लड्न आएको बताउनु भएको छ ।

दुबै नेताहरुलाई संगैराखेर गरिएको कुराकानिमा संन्चार कर्मी सग जिल्ला इन्चार्ज बुढाले पनि कर्णाली जहीले पनि नेतृत्व फेरबदलका नाममा दिने ठाउँमा पुग्न नसकेको भन्दै झिनो मसिनो समस्याका कारण आफु नेताहरुको खुट्टातान्ने काममा नलागेको र पार्टीको निर्णय बमोजिम आफु निर्वाचनमा खटिन आएको बताउनु भयो ।

कुलेखानीमा डुबेर एकजना बेपत्ता

मकवानपुर ।

उत्तरी मकवानपुरको इन्दसरोबर गाउँपालिकामा रहेको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् ।

भक्तपुर दुवाकोटबाट कुलेखानी घुम्न आएका रोनाल्ड सुवाल हिजो कुलेखानीमा डुबेर बेपत्ता भएका हुन् ।

पौडि खेल्ने क्रममा खुलेखानीमा डुबेको प्रतक्षदर्शीको भनाई रहेको छ ।

सातजनाको समुह बनाएर पौडी खेलने क्रममा उनी डुबेको र बाँकी छ जना भने सकुसल रहेको मकवानपुरका प्रहरी उपरीक्षक बिकाजराज खनालले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेद्धार बनेर वडा अध्यक्षमा जितेका माओवादी केन्द्रमा प्रवेश

काठमाडौं ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं.–८ का निर्वाचित वडा अध्यक्ष सुक बहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधि सहित सयौं जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार बेलुका लाजिम्पाटमा आयोजित कार्यक्रममा स्वतन्त्र रुपमा उठेर वडा अध्यक्षमा निर्वाचित सुक बहादुर लामा, वडा सदस्यहरु आत्मराम खड्का, राजकुमार दनुवार, विन्दु तामाङ, चनमति सुनुवार, नगर सदस्य सरोज दनुवार लगायतका सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै स्वतन्त्र रुपमा निर्वाचित वडा अध्यक्ष लामाले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा हामी कुनै पार्टीमा नलागी चुनाव लडेका थियौं ।

म सहित सबै वडा सदस्यहरुले स्वतन्त्र उम्मेद्वारका हैसियतले चुनाव लड्यौं र जित्यौं । अहिले माओवादी केन्द्रको नीति, कार्यक्रम र योजनाबाट मात्रै स्थानीय तहलाई नमूनायोग्य बनाउन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएका छौं ।’

पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेद्वारका हैसियतले निर्वाचन जित्ने कुरा सामान्य मात्र नभएको बताउँदै माओवादी पार्टीको नीति र योजनाबाट मात्रै स्थानीय तहका जनप्रतिनिधिले जनचाहना अनुरुप काम गर्नसक्ने बताउनु भयो ।

आइएमइ लहानबाट २० लाखको चोरी

लहान ।

सिरहाको लहान नगरपालिका १ शहीद चोकस्थित कृष्णा मनि ट्रान्सफरमा शुक्रबार बिहान करिब २० लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट मुस्किलले एक सय मिटरको दूरीमा रहेको उक्त मनि ट्रान्सफरमा छ लाख रुपैयाँ नगदसहित एक थान ल्यापटप, स्क्यानर र १२ लाख ५० हजार रुपैयाँ बराबरको नेपाल टेलिकम र एनसेलको रिचार्ज चोरी भएको संचालक रामअशिष महतोले जानकारी दिए ।

संचालक महतोका अनुसार लहानको मुख्य चोकमा रहेको उक्त मनि ट्रान्सफरको पछिल्तिरको झ्यालको रड काटेर बिहान ४ बजेतिर चोरी भएको सिसि कयामेरामा देखिएको छ ।

मनि ट्रान्सफरमा चोरी भएको समयमा सिसि क्यामेरामा चोरले मुख छोपेको देखिएको संचालक महतोले बताए । त्यसपछि चोरले सिसि कयामेराको सबै तार काटिदिएको भेटिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले घटनाको विषयमा अनुसन्धान भईरहेको बताए ।

लहानको मुख्य चोक मात्र होइन, २४ घण्टा प्रहरीको ड्युटी हुने चोकमा रहेको मनि ट्रान्सफरमा बिहानीपख चोरी भएपछि सर्वसाधारण डराएका छन् ।

विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा नेपालको ऐतिहासिक सफलता, बाबुछोरालाई रजत र कास्य

काठमाडौं । विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ ।

भारतको दिल्लीमा जारी प्रतियोगितामा नेपालका तर्पmबाट सहभागी भएका बाबु छोरा दुवैले पदक हात पार्दै ईतिहास रच्न सफल भएका थिए ।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक प्राप्त गरेका थिए ।

यसैगरी, पहिलो पटक प्रतियोगितामा सहभागी भएका उनका छोरा रोजिन नकर्मीले १९ वर्ष मुनि उमेर समूहको सव जुनियर समूहमा कांस्य पदक प्राप्त गर्न सफल भएका थिए ।

पावर लिफ्टिङ्गमा नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यसअघि, सन् २०१४ मा दिल्लीमै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए भने त्यसै प्रतियोगितामा बुद्धिजंग कार्कीले रजत पदक प्राप्त गरेका थिए ।

यसैगरी, सन् २०१५ मा केरलामा भएको प्रतियोगितामा ज्ञाननारायण महर्जन र २००५ मा दिल्लीमा भएको प्रतियोगितामा दिनेश श्रेष्ठले कांस्य पदक हात पार्न सफल भएका थिए ।

विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य सुुरु

काठमाडौं । उद्योग मन्त्रालयले बिगत २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य सुुरु गरेको छ ।

मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाइएको उद्योग राज्यमन्त्री रेशम लामाले बताउनुुभयो ।

विराटनगर जुट मिल सञ्चालन हुँदा मुलुकको कूल मागको करिब ७५ प्रतिशत जुटको उत्पादन हुने गरेको थियो ।

विसं २०५४ देखि मिल सञ्चालन हुन सकेको छैन ।

तोकिएको मितिमा चुनाव नभए संसद पुनःस्थापना हुने प्रचण्डको चेतावनी

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नभएमा व्यवस्थापिका–संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमै निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेको बताउनुभयो ।

अस्ताउँदो सूर्यलाई अर्घय दिएर छठ पर्व मनाइयो, छठको बिदा चाहिँ भोली

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घय दिइएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यस पर्व मंगलबारदेखि शुरु भएको हो ।

छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा स्थापित छठी माताको मन्दिरमा पूजा गरी वाग्मती नदीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।

उहाँले कमलपोखरीमा पनि स्थापित छठी मातालाई पूजा गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभयो ।

भोलि बिदा दिने सरकारको निर्णय

सरकारले छठ पर्वको उपलक्ष्यमा थप १ दिन भोलि कार्तिक १० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

खर काट्ने बेला भीरबाट लडेर मृत्यु

बैतडी ।

खर काट्ने बेला भीरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वर तिलाडीकी ३४ बर्षिया अनिता विष्ट रहेकी प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

आज बिहान साढे ९ बजे घर नजिकै रहेको तिलाडी भिरमा खर काटिरहेका बेला एक्कासी लडेर गम्भिर घाईते भएकी अनिताको उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । खर काट्ने बेला लडेर महिलाले अकालमै ज्यान गुमाउनुपरेको हो ।

यसअघि असोज ३१ गते पनि सुर्नया गाउँपालिका ४ मेलडाँडाकी ३२ बर्षीया जुनकिरी लुहारको खर काट्ने बेला भिरवाट लडेर मृत्यु भएको थियो ।

मोरङ कारागारमा ४२ जना मानसिक रोगी भेटिए

मोरङ ।

मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ ।

कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् ।

चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा अहिले ७५५ कैदीबन्दी छन् ।

४५ जिल्लामा निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्यो

काठमाडौं ।

दोस्रो चरणमा मंसिर २१ गते हुने बिभिन्न ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ क्षेत्रमा निर्वाचन हँुदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

प्रदेश नम्बर ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाटसुस्ता पूर्व), प्रदेश नम्बर ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

स्थापना भएका निर्बाचन कार्यालय आजैदेखि संचालनमा ल्याइएको छ ।

यही कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

24.12¡ÆC