सरकारी स्वामित्वको उदयपुर सिमेन्टबाट ३ महिनामा ५० करोडको सिमेन्ट बिक्री

कार्तिक १०, २०७४ मा प्रकाशित | 744 views

उदयपुर । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले ३ महिनाभित्र  ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ ।

साउनको पहिलो हप्तादेखि हालसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको र यो अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताउनुभयो ।

उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ८२९ रहेको छ । उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web