ठूलो दुर्घटना टर्यो ! यात्रुबाहक बस र ट्रिपर ठोक्किदाँ २६ जना घाईते, सात गम्भीर

चितवन ।

यात्रुबहाक बस र ट्रिपर आज बिहान ९ः१५ बजे एक आपसमा ठक्कर खाँदा २६ जना घाईते भएका छन् ।

नारायणगढबाट गोर्खा जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्बरको ट्रिपर भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर जंगलमा ठक्कर खाँदा २६ जना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिब शर्मा आचार्यका अनुसार घाईतेहरुको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

उनीहरु मध्ये सात जना गम्भीर घाईते रहेका छन् । घाईते बसको चालक र यात्रुहरु हुन । ट्रिपर चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको शर्माले बताउनुभयो ।

उम्मेद्धार टुंग्याउँदै माओवादी केन्द्र

काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको सिट बाँडफाँडको विषयलाई अन्तिम चरणमा पुर्याएसँगै माओवादी केन्द्रले उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बाँकी रहेको निर्वाचन क्षेत्र र उम्मेदवार टुंगो लगाउन आन्तरिक तयारी गरिरहेको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुुषलले जानकारी दिनुुभयो ।

कार्तिक १६ गते मनोनयन दर्ता हुने भएकाले छिट्टै उम्मेदवमरको टुुङ्गो लगाउने तयारी पार्टीले गरिरहेको पनि माओवादी केन्द्रकी प्रवक्ता भुुषालले जानकारी दिनुुभयो ।

लोकतान्त्रीक गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री भन्छन्-‘बाम गठबन्धन तानाशाही लाद्न’

पोखरा ।

आफैं लोकतान्त्रीक गठबन्धन बनाउँदै फोरम लोकतान्त्रीकलाई पार्टीमा समायोजन तथा अन्य साना दलसँग चुनावी तालमेल गरिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनमाथि खनिन थालेका छन् ।

कन्युनिष्ट पार्टीहरुको गठबन्धनको खेदो खन्न थालेका प्रधानमन्त्री शेउवाले बाम गठबन्धन राष्ट्रको विरुद्ध रहेको आरोप लगाएका छन् ।

पोखरामा शनिबार विभिन्न दल आवद्ध भनिएका व्यक्तिहरुलाई टिका लगाएर काँग्रेस प्रवेश गराउँदै राष्ट्रियता कमजोर पार्ने षडयन्त्र सहित बाम गठबन्धन भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले भने ‘डर, त्रास र एकदलीय तानाशाही शासन लाद्नका लागि गठबन्धन भएको हो, निरंकुश शासन लाद्ने प्रयास भईरहेको छ। गठबन्धन राष्ट्रका विरुद्ध हो ।’

बाम दलहरुको गठबन्धनले मुलुकमा डर, त्रास निम्त्याउन थालेको तर्क गर्दै प्रधानमन्त्रीले  गठबन्धन कांग्रेस विरुद्ध रहेको पनि बताए ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको लडाई लोकतन्त्र र साम्यबादीबीचको रहेको भन्दै अब हुने निर्वाचन प्रजातन्त्र र साम्यवादीबीचको भएको धारणा राखे ।

निर्वाचनको तिथि नजिकिँदै गएपछि अखण्ड नेपाल पार्टी कांग्रेसमा मिसिएको छ ।

केन्द्रीय अध्यक्ष कुमार खड्का सहितका पदाधिकारीलाई शनिबार कांग्रेस सभापति देउवाले सदस्यता दिलाए । अखण्डका ५७ जिल्ला कार्यसमिति सहित सबै नेता कार्यकर्ता अब कांग्रेसमा मिसिएको अध्यक्ष खड्काले बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री र नेता पौडेलले अधिकाशं समय बाम गठबन्धनको आलोचना गर्न समय खर्चिएका थिए ।

भारतीय पुलमा अवरोध हुँदा यातायात आउजाउमा समस्या

बिरगञ्ज ।

भारतको फारबिसगञ्ज नजिकैको मीरगञ्ज पुलबाट आयात निर्यात ठप्पजस्तै हुँदा विराटनगर नाका भएर हुने आयात निर्यात फेरि प्रभावित भएको छ ।

पुल मर्मत गर्न खटिएको कन्ट्रयाक्टरले पुलको भारवाहन क्षमता २० टन मात्रै भनेपछि  आयात निर्यातमा थप झन्झट थपिएको हो ।

कन्ट्रयाक्टरकै रिपोर्टलाई आधार मानेर भारत सरकारले त्यो पुल भएर नेपालतर्फ अधिक भारवहन क्षमता भएका गाडी आउन रोक लगाएको छ ।

पुलबाट २० टनभन्दा बढी तौल भएका मालवाहक गाडी आउन रोक लगाइएपछि बथनाहाबाट नेपालतर्फको भीमनगर सुनसरीतर्फ रि रूट गरिएका मालवाहक गाडीको चाप बढेको छ ।

तिहारको बिदापछि रि रूटमा एकैपटक धेरै गाडी आएका कारण विराटनगरतर्फ भन्सार कार्यालयदेखि नै निकै ठूलो ताँती लागेको छ । साउन २८ गते र त्यसपछि आएको बाढीले मीरगञ्ज पुल भाँसिएको थियो ।

त्यसपछि भारतीय पक्षले पुलबाट ठूला सवारी साधन चलाउन पूर्णत रोक लगाएको छ । एक महिना भन्दा धेरै समससम्म आयात निर्यात पूर्णत रोक लगाइएको थियो।

नेपाली उद्योगी व्यवसायीले बथनाहामै मालवाहक गाडी रोकेर रि रूट गरेर ल्याउने गरेका छन् ।

मर्मत गरेर पुल सञ्चालनमा दसैंलगत्तै त्यो पुल फेरि आयात निर्यातका लागि बन्द गरिएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार पुल पुनः सञ्चालन गर्न भन्सार विभाग, अर्थ मन्त्रालय र नेपालस्थित भारतीय दुतावासलाई पत्राचार गरिएको छ। तर, पुलका कारण जोगवनी नाकाबाट आयात निर्यात फेरि ठप्प भएको छ ।

विराटनगर भन्सार कार्यालयको एक पटकमा मुश्किलले दुई सय गाडी मात्र अटाउँछन। त्यसले पार्किङमा पनि समस्या भएको छ ।

बिर्तामोडमा डीएसपी सरुवा र मृतक परिवारलाई १० लाख दिएपछि स्थिति सामान्य

बिर्तामोड ।

बेपत्ता बालक मृत अवस्थामा भेटिएपछि भएको उग्र प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि बढको बिर्तामोडको विवाद डिएसपीको सरुवा र प्रदर्शनमा मारिएका व्यक्तिको परिवारलाई १० लाख दिने सहमतीपछि सामान्य बनेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्र बस्नेतलाई विर्तामोडमा खटाइएको छ ।

झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

शनिबार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५/२५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।

दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड १ वैंसावाडी स्थित झाडीमा फेला परेको थियो ।

शुक्रबार भएको घट्नापछि बिर्तामोडमा लगाइएको कर्फ्यु हट्दै सामान्य बनेको छ ।

माओवादी वाईसिएलले किसानको धान लुट्यो

बुटवल ।

नेकपा माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग वाईसिएलका कार्यकर्ताले रुपन्देहीको शुद्धोधन गाउँपालिका बेलडाडाका किसानको धान लुटेको छ ।

स्थानिय मुनिव लोनियाको पाकेको धान थ्रेसर लगाउने तयारीमा राखेको अवस्थामा २०÷२२ जनाको समूहमा आएका वाईसीएल कार्यकर्ताले आफैंले थ्रेसर लगाएर लुटेर लगेका हुन ।

किसान लोनियाले २० क्विन्टल धान लुटिएको बताएका छन् । उनले आफ्नो धान कार्तिक ५ गते नै लुटिएको र त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । तर, प्रहरीले धान लुटिएको विषयमा अनुसन्धान नगरेको उनको आरोप छ ।

वाईसीएल प्रदेश ५ का सदस्य शम्भु लोनियाको नेतृत्वमा आएको टोलीले धान नियन्त्रणमा लिएको हो । उनीसंगै शुद्धोधन गाउँपालिका उपाध्यक्ष इन्द्र गैरे, हिमाल गैरे लगायत सहभागी थिए ।

वाईसीएल नेता शम्भु, मुनिव लोनियाका माइलो दाइका छोरा हुन । दाजुहरुको धम्कीका कारण मुनिवले प्रहरीको सहयोग लिएर धान रोपेका थिए । त्यही धान भित्र्याउने समयमा वाईसिएलले झण्डा गाड्दै नियन्त्रणमा लिएको हो ।

गण्डक नहरमा पानी नआउदा पर्सा, बारा र रौतहटका किसान प्रभावित

वीरगञ्ज ।

विगत ३ महिना देखी गण्डक नहरमा पानी नआउदा पर्सा, बारा र रौतहटका किसानहरू प्रभावित भएका छन् ।

गत साउनमा आएको विनाशकारी बाढीले गण्डक नहरका विभिन्न स्थान भत्किएको कारण नहरमा पानी नआउँदा पर्सा, बारा र रौतहटका किसानहरू मर्कामा परेका हुन् ।

क्षतिग्रस्त  गण्डक नहर मर्मतमा सम्बन्धित निकाय उदासिन रहेको कृषकहरुको आरोप छ ।

धानमा फसल लाग्ने समयमा सिचाई गर्नु पर्ने भएपनि नहरमा नआउदा कृषकहरु चिन्तित भएका छन् । नहरमा आश्रीत कृषकहरु यो वर्ष धान वाली प्रभावित हुने भन्दै  चिन्तामा रहेको भिखमपुरका किसान दिनेश प्रसाद कुर्मीले बताउनुभयो ।

सिंचाइ नपुग्दा धानमा फूल फुल्ने बेलामा बोट सुक्न थालेको भन्दै नारायणी सिंचाइ परियोजनाले तत्काल गण्डक नहर मरमत नगरे यस वर्ष गहुँ खेतीसमेत लगाउन कठिन हुने धोबानी गाउपालिकामा अस्वारीका किसान महेश प्रसाद यादवले गुनासो गर्नुभयो ।

नारायणी सिंचाइ परियोजनाले तत्काल नहर मरम्मत गर्न तथा भारत तर्फको ड्याम मरम्मत गर्न बिहार सरकारको ध्यानाकर्षण गराउन किसानहरूले माग गरेका छन् ।

३ महिनादेखि नहरमा पानी नआउँदा पर्सा, बारा, रौतहटको हजारौ हेक्टर जमिनमा लगाइएको धान खेती प्रभावित भएको छ ।

विवाहपञ्चमी भव्य रुपमा मनाइने तयारी

जनकपुरधाम ।

आगामी मंसिर ७ गते हुने श्री सीताराम विवाह पञ्चमी महोत्वस यस पटक पनि ७ दिने कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने भएका छन् ।

श्रीसीताराम महोत्सव २०७४ को विषयमा आज जनकपुरधामको जानकी मंन्दिरमा आयोजना गरिएको विषेश वैठकवाट विगत वर्ष भन्दा पनि यस पटक भव्य रुपमा विवाहपञ्मी महोत्सव मनाउने निर्णय भएको छ ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत २ नगर दर्शन, ३ गते फूलवारीलिला, ४ गते धनुषयज्ञ, ५ गते तिलकोत्सव, ६ गते मटकोर, ७ गते विवाह उत्सव तथा ८ गते रामकलेवा संगै विवाहपञ्चमी महोत्सवको समापन गर्ने कार्यक्रम रहेको छ ।

जानकी मंन्दिरका छोटे महन्थ रामरोशन दासको अध्यक्षतामा भएको सो वैठकवाट मंन्दिरका महन्थको संयोजकत्वमा विवाहपञ्चमी मूला समारोह समिति गठन गर्ने निर्णय गरेको छ । यसै गरि विभिन्न उपसमितिहरु पनि मनाउने भएका छन् ।

यस पटक पनि भारतको अयोध्यावाट आउने जन्तिलाई भव्य रुपमा स्वागत गर्ने निर्णय पनि गरेको छ । प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ ।

वैठकमा जनकपुृर उपमहानगरपालिकाका निर्वाचित नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिता कुमारी मिश्र, विभिन्न वडाका अध्यक्षहरु, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई सुरक्षा निकायका प्रमुखहरु, विभिन्न दलका नेताहरु, समाजसेवी, युवा क्लवका अध्यक्षहरु पनि सहभागि रहनु भएको थियो ।

वैठकमा बोल्दै जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुर उपमहानगरपालिकाले विवाहपञ्चमी महोत्सवलाई भव्यता दिनका लागि सवै प्रकारको सहयोग गर्ने पनि बताउनु भयो ।

जिल्ला अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता तयारी अन्तिम चरणमा

लम्की ।

कैलालीको बर्दगोरिया गाउपालिकामा अन्तर जिल्ला विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०७४को तयारी अन्तिम चरणमा पुगेको छ ।

जगत ताराले २०७२/०७३ सालमा पनि माध्यमीक विद्यालय स्तरीय क्रीकेट प्रतियोगिता  सफलतापूर्वक आयोजना गरीसकेको छ ।

यस बर्ष पनि प्रतीयोगिता माध्यमीक तहकै हुने र प्रतियोगिताका नियमहरु सबै उहि रहने तर पुरस्कार रासिमा भने बृद्धी गरीएको जगत तारा ईग्लीस बोडिङ् स्कुलका सस्थापक एकेन्द्र मल्लले बताए ।

जगततारा ईङलिस बोर्डीङ स्कुलको आयोजनामा यही कार्तीक १५ गते देखि ३० गते सम्म राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने उद्देश्यका साथ सडकपुर बौनियामा जिल्ला विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा जिल्लाका करीब १५ टिमले सहभागी जनाइसकेका र १० टीमले सहभागीता जनाउने  खेलकुद सयोजक एकेन्द्र मल्लले जानकारी दिए ।स्थानिय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई देशव्यापी रुपमा चिनाउने उद्देश्य रहेको मल्लले बताए ।

दस हजार पुरस्कार रासिबाट सुरु भएको प्रतियोगितामा यस बर्षको पुरस्कार रासि ४१ ह्जार १ सय ११ रुपया ट्रफी,मेडल र प्रमाणपत्र ,द्धितिय हुनेलाई १७ हजार १ सय ११ रुपया ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरीनेछ साथै प्रतियोगिता भरीनै उत्कृष्ट खेलाडीलाई नगद ३ हजार १ सय ११ रुपया ट्रफी,र प्रमाणपत्र,उत्कृष्ट व्याट्स म्यानलाई नगद २ हजार १ सय ११  ट्रफी,र प्रमाणपत्र,उत्कृष्ट बलरलाई नगद २ हजार १ सय ११,  ट्रफी,र प्रमाणपत्र, राईजिङ प्लेयरलाई नगद २ हजार १ सय ११,  ट्रफी,र प्रमाणपत्र प्रदान गरिने छ ।

दोश्रो चरणका खेलहरुमा प्रत्यक म्याचको म्यान अफ दि म्याचलाई नगद ५ सय ५५ रुपया प्रदान गरिने छ ।

मुडा खेल मैदानमा संचालन हुने प्रतियोगिताका पहिलो चरणका खेलहरु लिग र त्यसपछीका खेलहरु नक आउट सिस्टमको आधारमा संचालन हुने आयोजकले जनाएको छ ।

घाइते अजिङगरलाई उपचारपछि जंगलमा छोडियो

तुलसीपुर ।

दाङको सामुदायिक वनमा भेटिएको घाइते अजिङगरलाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।

दंगीशरण गाउँपालिका २ स्थित तिल कन्या सामुदायिक वनमा भेटिएको घाइते अजिङगरलाई जिल्ला वन कार्यालय दाङले उद्धार गरेर उपचारपछि शनिबार राष्ट्रिय निकुञ्जमा लगेर छोडेको हो ।

घाइते अवस्थामा भेटिएको अजिङगरको लम्बाई ७.५ फिट र ९ इन्च मोटाई  भएको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिनुभयो ।

शुक्रबार वन छेउमा अजीङगर भेटिएपछि गोल्टाकुरी प्रहरी र्चौकीमा राखीएको थियो ।

सांसद उम्मेद्धार टिकट नदिएको भन्दै राजपा नेताले आमरण अनसन थाले

सप्तरी ।

टिकट नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव सहितका नेताहरुले आज देखी राजविराजमा आमरण अनसन सुरु गरेको छ  ।

पार्टीले स्थानिय तहमा टिकट नदिई प्रदेश सभाको टिकट दिने अश्वासन पाए पनि टिकट नदिएको प्रति घोर भ्रर्तसना गर्दै नेता मण्डल पार्टी विरुद्ध आमरण अनसनमा बसेको हो ।

पार्टी भित्र नातावाद कृपाबाद र आर्थिक चलखेलमा टिक वितरण प्रक्रियालाई रोकी जनअधार हेरर टिकट वितरणमा विषेश पहलको माग राखी आमरण अनसन बसेको बताईएको छ ।

मकवानपुरमा बेपत्ता भएका युवकको शव फेला

मकवानपुर ।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउपालिका वडा नंबर २ मा रहेको इन्दसरोबर तालमा डुबेर बेपत्ता भएका रोनाल्ड सुवालको शब आज भेटिएको छ । उहाँको शव ड्याम्म साईडमा भेटिएको हो ।

आफन्तले शव बुझेको र पोष्ट मार्टमको लागि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा लागिएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

भक्तपुर चागुनारायण नगरपालिका वडा नंबर २ का १९ बर्षिय सुवाल बिहीबार दिउसो २ बजेतिर तालमा डुबेर वेपत्ता हुनुभएको थियो । उहाँसंगै पौडी खेलेका अन्य ६ जना भने सकुशल रहेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web