बुटवल ।

नेकपा माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग वाईसिएलका कार्यकर्ताले रुपन्देहीको शुद्धोधन गाउँपालिका बेलडाडाका किसानको धान लुटेको छ ।

स्थानिय मुनिव लोनियाको पाकेको धान थ्रेसर लगाउने तयारीमा राखेको अवस्थामा २०÷२२ जनाको समूहमा आएका वाईसीएल कार्यकर्ताले आफैंले थ्रेसर लगाएर लुटेर लगेका हुन ।

किसान लोनियाले २० क्विन्टल धान लुटिएको बताएका छन् । उनले आफ्नो धान कार्तिक ५ गते नै लुटिएको र त्यस लगत्तै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । तर, प्रहरीले धान लुटिएको विषयमा अनुसन्धान नगरेको उनको आरोप छ ।

वाईसीएल प्रदेश ५ का सदस्य शम्भु लोनियाको नेतृत्वमा आएको टोलीले धान नियन्त्रणमा लिएको हो । उनीसंगै शुद्धोधन गाउँपालिका उपाध्यक्ष इन्द्र गैरे, हिमाल गैरे लगायत सहभागी थिए ।

वाईसीएल नेता शम्भु, मुनिव लोनियाका माइलो दाइका छोरा हुन । दाजुहरुको धम्कीका कारण मुनिवले प्रहरीको सहयोग लिएर धान रोपेका थिए । त्यही धान भित्र्याउने समयमा वाईसिएलले झण्डा गाड्दै नियन्त्रणमा लिएको हो ।

21.12¡ÆC