बिरगञ्ज ।

भारतको फारबिसगञ्ज नजिकैको मीरगञ्ज पुलबाट आयात निर्यात ठप्पजस्तै हुँदा विराटनगर नाका भएर हुने आयात निर्यात फेरि प्रभावित भएको छ ।

पुल मर्मत गर्न खटिएको कन्ट्रयाक्टरले पुलको भारवाहन क्षमता २० टन मात्रै भनेपछि आयात निर्यातमा थप झन्झट थपिएको हो ।

कन्ट्रयाक्टरकै रिपोर्टलाई आधार मानेर भारत सरकारले त्यो पुल भएर नेपालतर्फ अधिक भारवहन क्षमता भएका गाडी आउन रोक लगाएको छ ।

पुलबाट २० टनभन्दा बढी तौल भएका मालवाहक गाडी आउन रोक लगाइएपछि बथनाहाबाट नेपालतर्फको भीमनगर सुनसरीतर्फ रि रूट गरिएका मालवाहक गाडीको चाप बढेको छ ।

तिहारको बिदापछि रि रूटमा एकैपटक धेरै गाडी आएका कारण विराटनगरतर्फ भन्सार कार्यालयदेखि नै निकै ठूलो ताँती लागेको छ । साउन २८ गते र त्यसपछि आएको बाढीले मीरगञ्ज पुल भाँसिएको थियो ।

त्यसपछि भारतीय पक्षले पुलबाट ठूला सवारी साधन चलाउन पूर्णत रोक लगाएको छ । एक महिना भन्दा धेरै समससम्म आयात निर्यात पूर्णत रोक लगाइएको थियो।

नेपाली उद्योगी व्यवसायीले बथनाहामै मालवाहक गाडी रोकेर रि रूट गरेर ल्याउने गरेका छन् ।

मर्मत गरेर पुल सञ्चालनमा दसैंलगत्तै त्यो पुल फेरि आयात निर्यातका लागि बन्द गरिएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार पुल पुनः सञ्चालन गर्न भन्सार विभाग, अर्थ मन्त्रालय र नेपालस्थित भारतीय दुतावासलाई पत्राचार गरिएको छ। तर, पुलका कारण जोगवनी नाकाबाट आयात निर्यात फेरि ठप्प भएको छ ।

विराटनगर भन्सार कार्यालयको एक पटकमा मुश्किलले दुई सय गाडी मात्र अटाउँछन। त्यसले पार्किङमा पनि समस्या भएको छ ।

19.12¡ÆC