सिमलटारी फ्रेन्ड्स क्लवको नेतृत्वमा एम्बुलेन्स सञ्चालनको तयारी

सिमलटारी,जेठ १८ । व्यवसायिकरणको बाटोमा लम्किरहेको गुल्मी जिल्लास्थित मर्भुङ गाविसको सिमलटारीलाई आधार बनाएर एम्बुलेन्स संचालन गर्न पहल थालिएको छ । सडक यातायातको पहुँच पुगेपनि स्तरीय स्वास्थ्य संस्था तथा एम्बुलेन्सको अभावमा यहाँका बासिन्दा आकस्मिक उपचारबाट बन्चित छन् । एम्बुलेन्स खरीद गर्न अहिले यूवाहरु आर्थिक सहयोग जुटाउने अभियानमा छन् ।

सिमलटारी फ्रेन्ड्स क्लवले यस अभियानको नेतृत्व गरिरहेको छ । क्लवले एम्बुलेन्स संचालन गर्ने अभियानमा सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेको छ । ‘हामी मानिसलाई अकाल मृत्युबाट जोगाउने अभियानमा छौं’, सिमलटारी ढावका स्थानीय यूवा (हाल कोरिया) भोजेन्द्र थापाले भने, ‘यस कार्यमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

सिमलटारी गुल्मी जिल्ला क्षेत्र नम्बर तीनको केन्द्र हो । यहाँ आकस्मिक उपचारको व्यवस्था छैन । सिमलटारीलाई केन्द्र बनाएर एम्बुलेन्स सञ्चालन गर्दा मर्भुङ, सिर्सेनी, घमिर, अर्जे, अर्खाबाङ, महभिर, धुर्कोटलगायत एक दर्जन गाविस प्रत्यक्ष लाभान्वित हुनेछन् । एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न चाहाने दाताहरुले साइन रेसुङ्गा विकास बैंकमा खोलिएको खाता नम्बर ०१४ ००४ ००१ ००४ ५३० ००००१ मा रकम जम्मा गर्न सक्ने क्लबको भनाई छ ।

तमघास_सिमलटारी_पूकोटदह सडक पिच आयोजना चलिरहेको सिमलटारीमा पछिल्लो समय सुस्त गतिमा भएपनि व्यवसायक गतिविधि प्रारम्भ भइसकेका छन् । निकै लामो समयदेखि सडक यातायातले जोडिएपनि अदुरदर्शी स्थानिय राजनैतिक नेतृत्वका कारण सिमलटारीले अझै पनि विकासको गति समाउन सकेको छैन ।

-अच्युत पुरीको ब्लगवाट

विइफर अल द्धारा सुनिताको उपचारको लागि सहयोग, थप सहयोग आवश्यक

१८ जेठ, टोकियो ।
सामाजिक संस्था विइफर अल जापानले ब्रेन ह्यामरेजका कारण अशक्त भई हाल नेपालमा उपचाररत सुनिता अधिकारी खरेलको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

जापानमा कामको सिलसिलामा रहनुभएकै समयमा ब्रेन ह्यामरेज हुँदा केही समय उपचार पछि थप उपचारको लागि नेपालमा रहनुभएकी सुनिताको लागि संस्थाले ५० हजार जापानी येन सहयोग गरेको संस्थाका अध्यक्ष सरोज कुमार खत्रीले जानकारी दिनुभयो ।

१ बर्ष अघि कोसेइ सुगिनामि अस्पतालमा ब्रेन ह्यामरेजको उपचार गर्नुभएकी सुनिताको हातखुट्टा बोली सबै अवरुद्ध रहेपनि हाल शहिद गंगालाल अस्पताल काठमाडौंमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको खत्रीको भनाई छ ।

सुनिताका पती गोकुल खरेललाई गत हप्ता सहयोग गरेको विइफरअलले उनको उपचारको लागि थप रहक आवश्यक भएकाले सहयोग जुटाउने प्रयास भइरहेको जनाएको छ ।

गुल्मी आपचौर निवासी सुनीताका श्रीमान् हाल कुक भिषामा जापानमा कार्यरत हुनुहुन्छ ।

बनभोज गरेर मगरसंघ जापानद्धारा सामाजिक सहयोग

१८ जेठ टोकियो ।
मगरसंघ जापानले बनभोज गरेर त्यसबाट उठेको रकम सामाजिक सहयोगमा खर्चिने भएको छ ।

संघको आयोजनामा आइतबार जापानको कावासाकी सिनामारुको स्टेशन नजिकै मारुकोबासी पार्कमा बनभोज कार्यक्रम सम्पन्न भएको थियो ।

संघले बनभोजबाट उठेको रकम तनहुँ शुब्लागण्डकीका ५५ बर्षीय मृगौला रोगी तेज बहादुर थापा मगरको उपचारको लागि दिने बताएको छ । उनको हाल मणिपाल क्षिशण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

स्याङ्जा समाज, तमु धिं, शेर्पा संघ, नेपाल तामाङ समाज, आँपचौर समाज, खेलाडी मोहन महर्जन लगायत जापानमा रहेका विभिन्न जनजाती संस्था सहित केही जापानीको समेत सहभागीता रहेको कार्यक्रममा २ सय बढी व्यक्तिको सहभागीता रहेको थियो ।

भारतिय नागरिकको शव आफन्तको जिम्मा

पप्पु गुरुङ्, १८ जेठ, कञ्चनपुर ।  महाकाली नदीमा डुबेर बेपत्ता भनिएका भारतिय नागरिकको शवलाई आफन्तले जिम्मा लिएका छन् । भारतको लालकुवा, हल्दवानी, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवालको महाकाली नदीमा डुबेर बेपत्ता भएको थिए । स्थानियहरुले महाकाली नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उनको शव हिजो अबेर राती  दोधारा चाँदनी वडा नं. १० को नजिक रहेको महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । शवको प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीमा पोष्टमार्डम पछि आज आफन्तको जिम्मा लगाईएको छ् । आईतबार अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर  महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको चलखेल,किन बोलाए तीन हस्ती ?

काठमाडौं,जेठ १८ । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका आजको समाचारपत्र दैनिकले जनाएको छ ।

पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएका बुझिएको छ । उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन र भारतसँग मिलेर १० हजार मेगावाटको कर्णाली चिसापानी बनाउँन प्रस्ताव

काठमाडौं,जेठ १८ । उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना दक्षिण एसियाकै लागि लाभप्रद भएकाले सरकारले चीन र भारतलाई सहकार्य गरेर बनाउन प्रस्ताव गरेको बताएका छन् । उनले बाढी नियन्त्रण, ऊर्जा उत्पादन, पर्यटन, सुख्खायामको नियन्त्रित पानी लगायतका लाभका आधारमा लगानीमा साझेदारी गर्न दुई छिमेकी देशलाई प्रस्ताव गर्ने निर्णय गरिएको बताएको आजको अन्नपूर्णमा समाचार छ ।

सरकारले बजेटमा ‘कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनालाई भारत, चीन र नेपालको त्रिपक्षीय मैत्री परियोजनाको रुपमा विकास गर्न पहल गरिने’ उल्लेख गरेको छ ।

ऊर्जा मन्त्री रायमाझीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ठूलो आयोजना, ठूलो लागत र ठूलै लाभ भएकाले दक्षिण एसिया क्षेत्रमा साझेदारी गर्दा उपयुक्त हुने बताए । ‘यो एउटा प्रस्ताव हो, ठोस निर्णय भएर आएको होइन,’ उनले भने । कर्णाली चिसापानीको लाइसेन्स हात पार्न अमेरिकी बहुराष्ट्रिय कम्पनी एनरोन (पछि धराशायी भएको) ले २०५४ सालमा सक्दो प्रयास गरेको थियो ।

भारतसित तल्लो तटीय लाभका मुद्दाहरु छिनोफानो नगरी लाइसेन्स दिन खोजिएको भन्दै तत्कालीन सरकारको तीव्र विरोध भएपछि यो प्रकरण सेलाएको थियो ।  नेपाल र भारत मिलेर यो आयोजना बनाउन नेपाली विद्यार्थीहरुलाई भारतको रुड्की पढ्न पठाइएको थियो । रुड्कीबाट पहिलोपटक सन् १९८० मा ५० जना इन्जिनियर भएर आएका थिए ।

नेपाली भूभाग डुबानमा पारेर जम्मा भएको हिउँदको नियन्त्रित पानीको मूल्य र बर्खायामको बाढी नियन्त्रणको मूल्य दिन भारतले नचाहेपछि यो आयोजना अघि बढ्न नसकेको पूर्व जलस्रोत मन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीले बताए । ‘यी लाभको मूल्य नदिने हो भने यो आयोजना अघि बढाउनुको अर्थ छैन,’ ज्ञवालीले सोमबार अन्नपूर्ण पोस्टसँग भने, ‘खडेरीमा सिंचाइका लागि नियन्त्रित पानी अमृतसरह हो, भारतमा पेट्रोल हालेर सिंचाइ हुँदैन ।’

यता ऊर्जा मन्त्री रायमाझीले भने यसका लाभ र लागतका आधारमा हामी छिमेकीहरुसित छलफल गरेर यसलाई अघि बढाउने बताए । उपप्रधानमन्त्री रायमाझीले आगामी वर्षको बजेटमै ऊर्जा संकटकाल निवारण र विद्युत विकास दशक परेकाले ऐनका रुपमा ढुक्क भएर लागू हुने बताए ।

बजेटपछि काँध फेर्ने सहमति भएकै हो: झलनाथ,गोप्य सहमति भएकै छैन : ओली

काठमाडौं,जेठ १८ । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् । धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । एमाले र माओवादीबीच २३ वैशाखमा बालुवाटारमा भद्रसहमति भएको जनाइएको छ । खनालले बजेटपछि सरकारको काँध फेर्ने सहमति भएको प्रस्ट पारेका हुन् । ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो’ खनालले भनेका छन् ।बहुमतीय सरकारका लागि कि सहमतीय सकारका लागि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पहिले काँध फेरेपछि सहमति गर्दै जाने कुरा भएको हो ।’ कृषिमन्त्री हरिबोल गजुरेलफे पनि सरकार फेर्रने विषयमा सहमति भएको जनाउँदै भने ‘अहिले तुरुन्त सरकार परिवर्तन गर्दा राम्रो हुन्न, बजेटपछि प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने भन्ने सहमति त्यत्रा नेताहरूका बीचमा भएको हो,’ उनको भनाइ छ ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बजेट सार्वजनिक गरेर वाहवाही कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा भने, ‘ बजेटपछि सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन । व्यवस्थापिका संसदको अर्को निर्वाचन नभएसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन, दृढतापूर्वक बजेट कार्यान्यवनमा लाग्नुस् ।’ आजको दृष्टि साप्ताहिकमा खबर छ – बजेट सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको आयुका विषयमा आफ्नो दलका सांसदहरुलाई स्पष्टिकरण दिनुपर्नाको कारण थियो, केही दिनअघि प्रमुख सत्तासाझेदार दलका अध्यक्षले प्रचण्डले सत्ता परिवर्तन सम्बन्धि धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

सोही क्रममा प्रधानमन्त्रीले एमाओवादीसँग कुनै गोप्य सहमति भएको छैन भनि स्पष्टिकरण दिएका हुन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले सरकार छाड्दा वामपन्थीलाई नै छाड्ने र अरूलाई नछाड्ने पनि प्रस्ट पारेका थिए । सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको उनको भनाइ छ ।  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गरिब घरको तथ्यांकको सूचीमा सरकारी कर्मचारी पनि !

काठमाडौं,जेठ १८ । सरकारले गरिब घर पहिचानको नामावली संकलन थाले पनि पहिलो चरणमा मुगुका २४ गाविसमा सरकारी कर्मचारीका परिवार नै गरिबको सूचीमा परेका छन् । गरिबी निवारण मन्त्रालयले गरिब घर पहिचान समन्वय समिति अन्र्गत गरिब पहिचान समन्वय समितिको बोर्डले पहिलो चरणको नामावली संकलनमा सरकारी कर्मचारीको नाम राखेर पठाएको छ । २०६९ बाट सुरु गरिएको गरिब घर पहिचान सर्वेक्षण तथा नामावली संकलनमा गैरसरकारी संस्था कार्यरत कर्मचारीहरुको नाम प्रकाशित गरिएको हो । जिल्लाका २४ गाविसमा ५ हजार ४ सय ८८ घरधुरी छन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीका २४ गाविसकै सामाजिक परिचालकमार्फत संकलन गरिएको तथ्यांक दाबी विरोधका लागि सूचना प्रकाशन गरिएको नामावलीमा ३६ सय ५७ घरधुरी गरिब घरको तथ्यांकमा परेका छन् । यस्तै १८ सय ३१ घरधुरी पहिचान हुन बाँकी छ । यसमध्ये ३१ घरधुरीमा सरकारी कर्मचारी, शिक्षक र गैरसरकारी संस्थाका कर्मचारी नामावलीमा परेका छन् आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

शेष घलेका कारण ठमेलमा आतंक,महानगरपालिकामा समेत उजुरी

काठमाडौं,जेठ १८ । भूकम्पले कही नभएको ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र हाइन, दजनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयवासीहरु आतंकित भएका हुन् । अर्वपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो ।

उनले आठ अर्ब रुपैयाँको लगानीमा निमार्ण गर्न लागको शेराटन होटल निमार्णको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् । होटल निमार्णका लागि धेरै जमिन खनिएको हो । जसकाकारण घलेविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले महानगरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

बेपत्ता भारतिय नागरिकको शव फेला

पप्पु गुरुङ्, १७ जेठ, कञ्चनपुर ।  महाकाली नदीमा डुबेर बेपत्ता भनिएका भारतिय नागरिकको शव आज फेला परेको छ् । भारतको लालकुवा, हल्दवानी, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवाल हिजो महाकाली नदीमा डुबेर बेपत्ता भएको थिए । स्थानियहरुले महाकाली नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव आज अबेर साँझ दोधारा चाँदनी वडा नं. १० को नजिक रहेको महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । शवको आज प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीमा पोष्टमार्डम गरिने प्रहरीले जनाएको छ् । पोष्टमार्डम पछि शव आफन्तको जिम्मा लगाईने बताईएको छ् । हिजो अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर  महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् । बेपत्ता स्यामवालको खेजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानिय तथा परिवारजन लागेको हो ।

नेपाली सेना लघु चलचित्र प्रतियोगिता

१८ जेठ, काठमाडौं ।

नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता २०७२ मा राष्ट्रको पहरेदार नामक चलचित्र प्रथम भएको छ ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हने चलचित्रलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा देवेन्द्र पाण्डेको लघु चलचित्र राष्ट्रको पहरेदार प्रथम, सुरज पौडेलेको लघु चलचित्र लक्ष्य जिन्दगीको द्वितीय र प्रतिश श्रेष्ठको लघु चलचित्र नयाँ घर तृतीय भएका छन ।

प्रतियोगिताका लागि २२ चलचित्रले निवेदन दिएकामा मापदण्ड पुरा गरेका ८ चलचित्रलाई प्रतिश्पर्धामा समावेश गरिएको थियो ।

हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्ने गरिएको सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले जानकाारी दिनुभयो ।

यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने र नेपाली चलचित्र क्षेत्रमा स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सत्ताघटक काँग्रेसको बिरोध सामना गर्न तयार

१८ जेठ, काठमाडौं ।
सत्ता साझेदार नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरूबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसदमा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा गर्दै अघि बढ्ने सहमति भएको हो ।

प्रधानमन्त्री का प्रेस सल्लाहकार प्रमोद दाहालको अनुसार नेताहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि कुराकानी भएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web