आर्मी क्लबलाई हराउँदै एपीएफलाई पुरुष क्रिकेटमा स्वर्ण

पुस १५, २०७३ मा प्रकाशित | 909 views

<p>विराटनगर,पुस १५ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ स्वर्ण जितेको छ। &nbsp;विराटनगरस्थित वैजनाथपुर मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । &nbsp; टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले एपीएफलाई १ सय २१ रनमा समेटेको थियो। सुवास खकुरेल, आसिफ शेख र प्रदिप ऐरीलाई सस्तैमा गुमाएको एपीएफलाई सम्मानजनक स्थितीमा पुर्‍याउने क्रममा पारस खड्काले ३३ रनको महत्वपूर्ण इनिङग्सले खेलेका थिए।&nbsp;<br></p><p>उनले ३८ बल सामना गर्दै १ चौका र १ छक्का प्रहार गरे। &nbsp;आर्मीबाट सोमपाल काकी, विक्रम सोब र चन्द्र साउदले २ २ विकेट लिए। त्यस्तै अभिनास कर्ण र सागर पुनले एक एक विकेट लिए। &nbsp;जवाफी ब्याटिङमा उत्रिएको आर्मीबाट कसैले पनि राम्रो ब्याटिङ गर्न सकेनन्। नरेश बुढाएर १७ रन बटुलेपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन्। ११ ओभर ४ बलसम्म ४ विकेट गुमाएर ५४ रनको अवस्थामा रहेको आर्मी भूवन कार्की चम्किएपछि पराजित हुन पुगेको थियो। भूवन कार्कीले केवल ११ रन खर्चिएर ४ विकेट लिएपछि आर्मी १७ ओभर ४ बलमा ७२ रनमै अलआउट भयो। &nbsp;एपीएफबाट शक्ति गौचनले र यज्ञमान कुमालले थप २्२ तथा करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए। &nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web