जापान एमाले भातृसंस्था प्रवासी नेपाली मन्चमा नयाँ नेतृत्व

जापान ।
नेकपा एमाले आवद्ध जापान प्रवासि संगठन प्रवासी नेपाली मन्च जापानको अध्यक्षमा महेन्द्र श्रेष्ठ चयन भएका छन् ।

नेतृत्वमा धेरै दावेदार देखिएपछि तोकिए भन्दा एकदिन ढिलोगरि पदाधिकारीको टुंगो लागेको हो ।

नव निर्वाचीत मञ्चमा पाँच जना उपाध्यक्ष छन् । जसमा बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द खरेल, मोहन रायमाझी, बलराम भुसाल रहेका छन् ।

यसैगरि महासचिवमा सुरेश केसी, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष – पशुपति गिरी र दुई सचिवमा क्रमश विकास पौडेल र जीवन अर्याल रहेका छन् ।

कार्यसमिति सदस्यहरूमा क्रमश पर्शुराम बस्नेत, भिम न्यौपाने, देबिलाल भंडारी, बुद्धिराज धिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल,  राजु तिवारी र नारायण पौडेल रहेका छन्।

कार्यक्रममा एमाले स्थाई समिति सदस्य, प्रस्तावित क्षेत्र नं ४ का संयोजक तथा पूर्व मन्त्रि किरण गुरुङ तथा विशेष अतिथि एमाले बैकल्पिक सदस्य राजन राईको विशेष उपस्थिति रहेको थियो ।

नेकपा एमालेको प्रवास भातृसंस्थामा रहेका उल्लेखित मध्ये केही व्यक्तिहरु गैर आवासिय नेपाली संघ जापान जस्तो सामाजिक खालको सार्वजनिक संस्थामा समेत आवद्ध भएकाले उनिहरु पार्टीमा समेत लागेको भन्दै दलमा आवद्धहरु एनआरएन जस्तो संस्थामा रहेको भन्दै सामाजिक सञ्जालहरुमा केही आलोचना समेत भएको पाइएको छ ।

प्रतिक्रिया

TOP