टोकियो ।
सुदुरपश्चिमेली समाज जापानले नेपालका चार अपाङ्ग बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।

शैक्षिक गुणस्तर वृद्धिका लागि भन्दै जापानमा आयोजना गरिएको चिठ्ठा कार्यक्रमबाट बचेको रकमबाट अपाङता भएका बालबालिकाहरुलाई सहयोग गरेको बताएको छ ।

पहिलो चरण अन्र्तगत चार जनालाई २० हजार येन जनही हस्तान्तरण गरिएको बताएको छ ।

समाजले सुदूरपश्चिमका आठ जना अपाङ्ग बालबालिकालाई छनौट गरी आर्थिक सहयोग गर्ने योजना बनाएको बताएको छ । जस अन्र्तगत पहिलो चरणमा सुदुरपश्चिमका बैतडी, दार्चुला, अछाम, कैलाली र कंचनपुरका अपाङ्ग बालबालिकालाई सहयोग गर्ने बताइएको छ ।

यसरी सहयोग गर्न लागिएका बालबालिकाहरुमा बैतडी बसन्तपुरकी पुजा ठगुन्ना र मनोज ठगुन्ना, दार्चुला लटिनाथका योगेश सिंह र सुनिल भट्ट, अछाम साफेबगरका अंकित कुँवर र विनायकका हिमाल अधिकारी रहेका छन् ।
त्यसैगरी कैलाली पथरैयाका दुर्गा कुमारी थापा र कन्चनपुरका हरिश चुनारा रहेका छन् ।

यसअघि समेत सुदुर पश्चिमका विभिन्न ठाउँमा सहयोग गर्दै आएको बताएको समाजले आगामी दिनमा समेत सामाजिक क्षेत्रमा सहयोग गर्ने बताएको छ ।

15.19¡ÆC