जापानमा नोभेम्बर ६ मा प्रदर्शन हुने छक्का पन्जाको टिकट बुकिंग अन्तिम चरणमा

कार्तिक १२, २०७३ मा प्रकाशित | 1371 views

२६ साउन, काठमाडौं ।
नेपालमा सुपरहिट बनेको छक्का पञ्जा चलचित्रको टिकट जापानमा प्रदर्शन हुने मिति भन्दा एकसाता अघिनै आधा बढी विक्रि भएको छ ।

नोभेम्बर ६ तारिखमा टोक्यो स्थित मेगुरो कुन्मिन सेन्टरमा प्रदर्शन हुन लागेको चलचित्रको आधा बढी टिकट बुकिंग भइसकेको आयोजकले जनाएको छ ।

जापानमा चलचित्रको प्रदर्शन अधिकार लाखें ईन्टरटेनमेन्टले पाएको हो भने यसको बजार व्यवस्थापन स्वस्तिक नेपाल जापानले गरिरहेको छ

गित र ट्रेलर सार्वजनिक अघि नै लोकप्रिय बनेको चलचित्र छक्का पन्जा हाल नोपलमा ५१ औं दिन मनाउँदै मल्टिप्लेक्स चलचित्रघरहरुमा प्रदर्शन भइरहेको छ ।

चलचित्र हेर्न चाहने व्यक्तिहरुलाई तत्काल सम्पर्क गर्न अनुरोध गरेको आयोजकले टिकट बुकिंग अन्तिम चरणमा पुग्न लागेको जानकारी गराएको छ ।

टिकट बिक्रीको अनुमति सोल्मारी रेस्टुरेन्ट शिनोकुबो ०३ – ६२७९ २७९२ र साकुरा ईजाकाया शिनोकुबो ०३ ६२३३ ७८७९ मा सम्पर्क गर्न सकिनेछ ।

यस्तै व्यक्तिगत रुपमा समेत उमेशलाई ०८० ४७९९ २८४६ नम्वरमा गौरवलाई ०८०  ३९१५ – १४८५ र ०९० – ९२९९ – ४९९९ मा निरज जिलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

चलचित्र छक्का पन्जा यसअघिका दुई चलचित्र छ एकान छ र वडा नम्वर ६ को तुलनामा अझै लोकप्रिय भएको विश्लेषण यसको व्यापार र चर्चाबाट गरिएको छ ।

दिपकराज गिरी र दीपाश्री निरौलाको टिमले नै बनाएपनि छक्का पन्जालाई पहिलो पटक निर्देशन दिपाश्री ले गरेकी हुन् ।

चलचित्रमा दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारको उत्कृष्ठ हांस्य अभिनय देख्न सकिन्छ ।

चलचित्रमा मुख्य नायिकाको रुपमा लोकप्रिय नायिका प्रियंका कार्की सँगै नम्रता सापकोटा र बर्षा राउतको पनि अभिनय रहेको छ ।

चलचित्रमा हांस्य कलाकार कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको संयुक्त लगानी रहेको छ ।

चलचित्र प्रदर्शनको लागि बनाइएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web