बुटवल राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्सवमा सूचना प्रविधिमा ग्राहकको भिड

कार्तिक ७, २०७३ मा प्रकाशित | 740 views

७ कार्तिक, बुटवल ।
रूपन्देहीको बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्सवमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ । मेलामा राखिएका मोबाइल, ल्यापटप, कम्पुटर खरिद र तिनका पार्टपुर्जामा ग्राहकले निकै रुचि देखाएका छन् ।

बुटवलस्थित नेपाल उद्योग व्यापार सङ्गठन र काठमाडाँैस्थित नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको आयोजनामा बिहीबारदेखि सुरु भएको सो महोत्सवमा अपेक्षा गरिएको भन्दा दर्शकको सङ्ख्या बढेको छ । जसमा सूचना प्रविधिका स्टलमा ग्राहकले निकै चासो दिएको आयोजकको भनाइ छ ।

मेलामा दर्शकको वृद्धिसँगै सूचना प्रविधिका स्टलमा कारोबार बढ्ने अपेक्षा गरिएको उल्लेख गर्दै नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका कोषाध्यक्ष कृष्ण अर्यालले सूचना प्रविधिमा धेरैले चासो दिएको बताउनुभयो ।

महोत्वसमा ४२२ स्टलमध्ये सूचना प्रविधिका ५८ वटा स्टल छन् । सोलारदेखि नेट प्रोभाइटरसम्मका स्टल रहेको मेलाका सूचना प्रविधि उपसमितिका संयोजक मनोज गुप्ताले उल्लेख गर्नुभयो ।

यही काक्तिक १५ गतेसम्म चल्ने महोत्सवमा उद्योग, कृषि, पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रमसहित उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराइने सङ्गठनका अध्यक्ष तथा मूलआयोजक समितिका संयोजक खेम श्रीसले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web